मंगलबार, असोज १ गते २०८१    
images
images

तथ्य तथ्यांक बेवास्ता गर्दै वायुसेवा निगमको बेथितिमा रास्वपाको साथ

सामान्य व्यापारिक सेवामा राष्ट्रवादको लेपन

images
बिहीबार , मंसिर २८ २०८०
images
images
तथ्य तथ्यांक बेवास्ता गर्दै वायुसेवा निगमको बेथितिमा रास्वपाको साथ

सरकारी निगाहका भरमा मात्र पाएको ग्राउन्ड ह्यान्डलिङ सेवा विस्तारलाई कमाउ धन्दा बनाइरहेको निगमलाई गुणस्तरीय सेवा विस्तारमा काम गर्न सुझाव दिनुको सट्टा बेथितिको निरन्तरताकै पक्षमा रास्वपाले वकालत गरेको छ।

images
images

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले तथ्य र तथ्यांकलाई बेवास्ता गर्दै राष्ट्रवादी बन्ने अनावश्यक होडमा नेपाल वायुसेवा निगमको बेथितिमा साथ दिएको छ। 

images
images
images

नेपाल नागरिक उड्डयन प्राधिकरणले कानून कार्यान्वयनको सम्बन्धमा काम गर्न खोजेको विषयमा बेथितिको चाङ बोकेको निगमलाई साथ दिने गरी रास्वपाले प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएको छ। 

केही दिनअगाडि नेपाल नागरिक उड्डयन प्राधिकरणले 'विमानस्थल सेवाशुल्क नियमावली २०७८' अनुसार विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ सेवा सञ्चालनमा कम्पनी छनोट गर्दा प्रतिस्पर्धाबाट गर्ने निर्णय गरेको थियो। 

उक्त निर्णयसँगै प्राधिकरणले अध्ययन समितिसमेत गठन गरेको छ। यस्तोमा कानून कार्यान्वयनमा सहयोग गर्नुपर्ने पार्टीले नै बेथिति र भ्रष्टाचारको अखडा बनाइएको निगमलाई नै साथ दिनेगरी प्रधानमन्त्रीको ध्याकर्षण गराएको हो। अनुभव, लगानी, आम्दानी र राष्ट्रिय सुरक्षा जस्ता चारवटा कारणले नेपाल एयरलाइन्सलाई नै ग्राउण्ड ह्यान्डलिङ दिनुपर्ने कारण रास्वपाले दिए पनि ती कुनै पनि कारण तथ्यमा आधारित छैन।  

images

प्रतिस्पर्धाबिना अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङ पाएको निगमले सेवाको गुणस्तर वृद्धिमा काम गर्न सकेको छैन। गुणस्तरीय सेवामा लापरबाही गरेको पाइएपछि ग्राउन्ड ह्यान्डलिङ सेवा सञ्चालनका लागि प्रतिस्पर्धाको आधारमा कम्पनी छनोटको काम हुन लागेको उड्डयन प्राधिकरणले जनाएको छ। 

निगमको ग्राउन्ड ह्यान्डलिङ सेवामा न त एयरलाइन्स कम्पनी न त हवाई यात्रु नै खुसी छन्। लगेज चोरी हुने तथा लगेजभित्रको सामान हराएको भन्दै यात्रुहरूबाट विरोधका आवाज सुनिन्छ। कतिपय यात्रुले त सामान चोरी भएको भन्दै विमानस्थल कार्यालयमा उजुरी दिइरहेका छन्। निगमको बदमासीकै कारण विमानस्थल कार्यालय तथा एयरलाइन्स कम्पनीले सास्ती भोग्नु परेको छ भने अर्कोतर्फ सामान चोरीको आरोप थेग्न परेको छ। 

निगमले तीन वर्षअगाडि नै ग्राउन्ड ह्यान्डलिङ सेवालाई गुणस्तरीय र सुविधासम्पन बनाउने भन्दै थप लगानी विस्तारको योजना अगाडि सारेको थियो। तर निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले 'जे गरेपनि आउने आम्दानी भइरहेको छ' भनेर ग्राउन्ड ह्यान्डलिङ सेवालाई गुणस्तरीय बनाउने योजना नै अलपत्र पारिदिएका थिए।

यस्तोमा रास्वपा उपसभापति डोलप्रसाद अर्यालको हस्ताक्षर रहेको ध्यानाकर्षणपत्रमा निगम व्यवस्थापनले दिएको गतल तथ्य र तथ्यांकलाई नै आधार मानेर पार्टीको धारणा सार्वजनिक गरिएको छ। निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङ सेवा सञ्चालनमा गरेको विकृतिको विषयलाई अन्देखा गरिएको छ। नागरिक उड्डयन प्राधिकरण ऐन तथा नियमावलीअनुसार नै ग्राउन्ड ह्यान्डलिङ प्राधिकरणको अधिकार क्षेत्रमा रहेको कुरा रास्वपाले बुझ्न खोजेको देखिँदैन। 

prachanda - rsp.jpg

सरकारी निगाहका भरमा मात्र पाएको ग्राउन्ड ह्यान्डलिङ सेवा विस्तारलाई कमाउ धन्दा बनाइरहेको निगमलाई गुणस्तरीय सेवा विस्तारमा काम गर्न सुझाव दिनुको सट्टा बेथितिको निरन्तरताकै पक्षमा रास्वपाले वकालत गरेको छ।

निगमले गरिरहेको ग्राउन्ड ह्यान्डलिङ विश्वकै महँगोमध्येमा पर्छ। लगानीबिना वार्षिक ५ अर्ब रुपैयाँ आम्दानी गरिरहेको निगमले ग्राउन्ड ह्यान्डलिङलाई कार्यकर्ता भर्तीको केन्द्रसमेत बनाइरहेको छ। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललगायत पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले नेपाल वायुसेवा निगमले ग्राउन्ड ह्यान्डलिङ सेवा प्रदान गर्दै आएको छ। निगमले सबै ग्राउन्ड ह्यान्डलिङको काम प्रतिस्पर्धाबिना नै पाएको हो। 

सेवाको गुणस्तर वृद्धिकै अपेक्षाअनुसार प्राधिकरणले २०७९ जेठबाट सञ्चालनमा आएको तथा २०७९ पुसमा उद्घाटन भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ सेवा निगमलाई नै दिँदै आएको थियो तर सेवाको गुणस्तर विकासमा काम नगरी निगमले ग्राउन्ड ह्यान्डलिङ सेवालाई कमाउने एकमात्र माध्यमका रुपमा लिँदै आएको देखिन्छ।  

ग्राउन्ड ह्यान्डलिङ सेवा प्रतिस्पर्धाबाट छनोट गर्दा गुणस्तरीय सेवा प्रदान हुने प्राधिकरण प्रवक्ता जगन्नाथ निरौला बताउँछन्। वायुसेवा कम्पनीले विमानस्थल सेवा शुल्कबापत तिर्ने रकमको ७० प्रतिशत रकम ग्राउन्ड ह्यान्डलिङ सेवा दिन कम्पनीलाई तिर्छन्। ३० प्रतिशतमात्रै प्राधिकरणको हिस्सा रहेको हुन्छ।

'प्रतिस्पर्धाबाट ग्राउन्ड ह्यान्डलिङ कम्पनी छनोट गरी सेवा लिँदा सबैभन्दा पहिले सेवाको गुणस्तर वृद्धि हुन्छ। वायुसेवा कम्पनीहरूले लिने सेवाबापतको रकम सस्तो हुन्छ। जसको प्रत्यक्ष फाइला हवाई यात्रुलाई हुन्छ। विश्वको महँगो भनिएको ग्राउन्ड ह्यान्डलिङ सेवा सस्तो हुन्छ र नेपाल नागरिक उड्डयन प्राधिकरणको आम्दानी पनि वृद्धि हुन्छ,' निरौलाले भने।

अहिले ग्राउन्ड ह्यान्डलिङ सेवाबापत निगमले संकलन गरेको रकममध्ये १५ प्रतिशत प्राधिकरणले पाउँछ। यो रकम पनि बढ्ने र सेवाको पनि गुणस्तर बढ्ने प्राधिकरणको भनाइ छ।

निगमले वार्षिक पाँच अर्ब रुपैयाँ बराबरको आम्दानी ग्राउन्ड ह्यान्डलिङ सेवाबाट गर्दै आएको छ तर सेवालाई गुणस्तरीय बनाउन भने केही गरेको छैन। गुणस्तरीय तथा सुविधासम्पन्न बनाउने योजना पनि कमिसनको चक्करमा थन्किएको छ। जसको असर गुणस्तरीय सेवामा परेको निष्कर्षसहित प्राधिकरणले प्रतिस्पर्धाको आधारमा ग्राउन्ड ह्यान्डलिङ सेवा दिन कम्पनी छनोट गर्न लागेको जनाएको छ।

निगमको ग्राउन्ड ह्यान्डलिङ सेवामा बारम्बार उजुरी तथा गुनासो आउन थालेपछि नेपाल नागिरक उड्डयन प्राधिकरणले पनि ग्राउन्ड ह्यान्डलिङ सेवालाई सुविधासम्पन्न तथा आधुनिक बनाउन नयाँ काम गर्नेु पर्ने निष्कर्ष निकालेको हो।

सेवालाई गुणस्तरीय बनाउने योजनामा काम नगर्ने र अन्तर्राष्ट्रिय विमानस्थलकै छबिमा आँच आउने काम गरिरहेका निगमका केही अधिकारी भने सरकारी संस्थानको व्यापार खोसेर निजीलाई दिन लागेको भनेर प्रचार गरिरहेका छन्। यसमा राष्ट्रवादी लेप लगाउन रास्वपा पनि अघि सरेको छ। 

'निगम आर्थिक स‌ंकटमा छ। निगमको सुरक्षा सरकारले गर्नु पर्नेमा दुई मत छैन। तर निगमले दिने सेवामा जसरी उजुरी आउन थालेको छ। यो राम्रो विषय होइन। निगमले लगानी विस्तार गरेर सेवालाई गुणस्तरीय बनाउँदैन भने त्यसको विकल्प खोज्नु पर्छ,' निगम एक पूर्वमहाप्रबन्धकले भने, 'गुणस्तरीय सेवा दिन सकिँदैन भने निगम आफैले हाम्रो काम जहाज उडाउने हो। जहाज उडानमै केन्द्रित हुन पर्छ। गुणस्तरीय ग्राउन्ड ह्यान्डलिङ सेवा दिने गरी कम्पनी छनोटमा विमानस्थल कार्यालयलाई बाटो खोलिदिनु पर्छ, विरोध गर्ने होइन।'

जहाज उडाएर सेवालाई प्रभावकारी बनाउँदै फाइदामा लैजानु पर्ने निगम सधैँ घाटामा छ। गत आवको साउनदेखि बैशाखसम्ममा नै निगम २ अर्ब १६ करोड घाटामा छ। कुनै पनि जहाज उडाएर नाफा आर्जन गर्न सकेको छैन। वाइडबडी उडानको ७ वर्षमा नै २० अर्ब घाटा खाएको छ। त्यसको प्रभावकारी उडानमा भने रास्वपा रहँदै आएको मौन छ। 

न्यारोबडी उडानबाट नाफा आर्जन गरिरहेको निगमले पछिल्लो समय त्यसबाट पनि घाटा खाएको छ। दुईवटा न्यारोबडी जहाजमध्ये एउटा जहाज सधैँजस्तो ग्राउन्डेड भएर बसेको छ। अधिकत ९० दिनलाई इन्जिन भाडामा लिन पाउने भएपनि दुई वर्षभन्दा बढी समय इन्जिन भाडामा लिएर बसेको विषयमा पनि रास्वपा मौन छ।

सेटिङमा एउटै कम्पनीलाई इन्जिन मर्मत गर्न र इन्जिन भाडामा लिने ठेक्का दिँदा पनि रास्वपा मौन नै बसेको छ। दुई सातादेखि भाडाको इन्जिन प्रयोग भएको जहाज विमानस्थलमा ग्राउन्डेड छ। जहाज ग्राउन्डेड हुँदा पनि दैनिक २ हजार डलर इन्जिन भाडामा खर्च भइरहेको छ। इजरायलमा मर्मतका लागि पठाइएको इन्जिन कहिले बन्छ कुनै अत्तोपत्तो छैन। यस्ता विषयमा रास्वपा अन्जान बनिदिएको छ।  

कर्मचारीकै लापरबाहीका कारण निगको दुई करोड रुपैयाँ गायब भएको विषयमा पनि रास्वपा मौन नै छ। निगम व्यवस्थापनले दुईसय जनाभन्दा बढी कार्यकर्ता भर्ती गरेर आर्थिक भार थप्दा रास्वपाले त्यस्तो बेथितिविरुद्ध बोलेको छैन।

हरेक ठेक्कापट्टामा निगम कार्यकारी अध्यक्ष अधिकारी विदेश भ्रमणमा गएर सेटिङ गरेको विषयमा केही नबोल्ने रास्वपा गुणस्तरहीन सेवाका कारण प्रतिस्पर्धामा कम्पनी छनोट गर्न लाग्दा भने अनावश्यक राष्ट्रवादी बन्न अग्रसर भएको छ। 

यसका साथै तीनवटा जहाज खरिद गर्न टेन्डर गरेर मूल्यांकन चरणमा पुग्दा आवश्यक जनशक्ति तयार भए नभएको विषयमा रास्वपा बोलेको छैन। जहाज खरिद प्रक्रियासँग जनशक्ति व्यवस्थापनमा कुनै चासो नदिन निगमलाई सचेत गराउनुकोसट्टा उसकै गुणगान गर्दै गलत काममा साथ दिन रास्वपा लागेको छ। 

यदि निगम योग्य छ भने प्रतिस्पर्धामा संलग्न हुन पाउने अवसर उसलाई पनि रहेकोतर्फ रास्वपाको ध्यान पुगेको देखिँदैन। सरकारी निगाहकै भरमा सेवा जस्तोसुकै भए पनि अवसर दिइरहुनुपर्ने हो या प्रतिस्पर्धामार्फत गुणस्तरीय सेवा दिनुपर्ने हो भन्नेमा रास्वपाले विचार गर्नुपर्छ। यदि तथ्य तथ्यांक विचार नगरी सामान्य व्यापारिक सेवामा राष्ट्रवादी लेपन लगाउने नै हो भने रास्वपाले निजी क्षेत्रलाई हेर्ने नजर उचित देखिँदैन। 

नेपाल एयरलाइन्सले सरकारी सहानुभूतिमा पाइरहेको ग्राउन्ड ह्यान्डलिङ, न सेवामा गुणस्तर न भरोसा नेपाल एयरलाइन्सले सरकारी सहानुभूतिमा पाइरहेको ग्राउन्ड ह्यान्डलिङ, न सेवामा गुणस्तर न भरोसा लाभ र लागत विश्लेषण नगरी जहाज खरिदको टेन्डर, ब्रान्ड नै तोकेर सञ्चालक समितिबाट निर्णय लाभ र लागत विश्लेषण नगरी जहाज खरिदको टेन्डर, ब्रान्ड नै तोकेर सञ्चालक समितिबाट निर्णय हवाई सुरक्षामा गम्भीर हुन छाडेर नियामकविरुद्ध प्रचारबाजीमा निगम व्यवस्थापन हवाई सुरक्षामा गम्भीर हुन छाडेर नियामकविरुद्ध प्रचारबाजीमा निगम व्यवस्थापन निगमका कार्यकारी अध्यक्ष अधिकारीलाई कार्यालय प्रवेशमा रोक, आर्थिक अनियमितता गरेको भन्दै राजीनामा माग निगमका कार्यकारी अध्यक्ष अधिकारीलाई कार्यालय प्रवेशमा रोक, आर्थिक अनियमितता गरेको भन्दै राजीनामा माग निगम अध्यक्ष अधिकारीकै सेटिङमा दुई करोड ह्याक भएको आशंका, गल्ती गर्नेलाई कारबाही नगरी तालाचाबी जिम्मा निगम अध्यक्ष अधिकारीकै सेटिङमा दुई करोड ह्याक भएको आशंका, गल्ती गर्नेलाई कारबाही नगरी तालाचाबी जिम्मा ६ वर्षमा निगमको घाटा साढे १५ अर्बभन्दा बढी, गत आवमा मात्रै २ अर्ब १६ करोड घाटा ६ वर्षमा निगमको घाटा साढे १५ अर्बभन्दा बढी, गत आवमा मात्रै २ अर्ब १६ करोड घाटा निगम सुधार अध्ययन समितिले फेरि भन्यो - निगमलाई कम्पनी मोडलमा नै लैजाऊ निगम सुधार अध्ययन समितिले फेरि भन्यो - निगमलाई कम्पनी मोडलमा नै लैजाऊ वायुसेवा निगम दोहनमा सर्वोच्चसम्म सेटिङ, दुई करोड गुम्दा पनि यसकारण चुपचाप छन् अध्यक्ष अधिकारी वायुसेवा निगम दोहनमा सर्वोच्चसम्म सेटिङ, दुई करोड गुम्दा पनि यसकारण चुपचाप छन् अध्यक्ष अधिकारी 


प्रकाशित : बिहीबार , मंसिर २८ २०८०११:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend