बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

निगम सुधार अध्ययन समितिले फेरि भन्यो - निगमलाई कम्पनी मोडलमा नै लैजाऊ

आइतबार, असोज १४ २०८०
निगम सुधार अध्ययन समितिले फेरि भन्यो - निगमलाई कम्पनी मोडलमा नै लैजाऊ

निगमको कार्य प्रद्धतिलाई व्यवस्थित गर्न विदेश अनुभवी र बहुप्रकारको जहाज सेवा प्रदान गरिरहेका कम्पनीलाई रणनीतिक सम्झौता र करारको व्यवस्थापन गर्नसमेत समितिले सुझाव दिएको छ।

काठमाडौं- नेपाल वायु सेवा निगम सुधारका लागि सुझाव दिने भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको अध्ययन समितिले निगमलाई कम्पनी मोडलमा सञ्चालन गर्नुपर्ने सुझाव दिएको छ।

पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीको संयोजकत्वमा गठन भएको अध्ययन समितले निमगलाई कम्पनी मोडलमा लगी रणनीतिक राझेदारसहितको कम्पनी सञ्चालन गर्न उचित हुने सुझाव दिएको छ। समितिले अर्को विकल्पको रुपमा होल्डिङअन्तर्गत सञ्चालन गर्न सकिने समेत सुझाव दिएको छ।

अन्तर्राष्ट्रिय हवाई सेवा प्रदान गर्ने सहायक कम्पनी, आन्तरिक हवाई उडान सेवा सञ्चालन गर्ने सहायक कम्पनी र मूल कम्पनीले भूमिस्थ सेवा, उड्डयनसम्बन्धी तालिम,  क्याटरिङ, विमानलगायत उपकरण मर्मतसम्भार आदि काम गर्ने र सहायक कम्पनीलाई आवश्यक प्राविधिक काममा सघाउने गरी गर्न सुझाव दिएको हो।

यसैगरी निगमको कार्य प्रद्धतिलाई व्यवस्थित गर्न विदेश अनुभवी र बहुप्रकारको जहाज सेवा प्रदान गरिरहेका कम्पनीलाई रणनीतिक सम्झौता र करारको व्यवस्थापन गर्ने सुझावसमेत समितिले दिएको छ।

समितिले निगमलाई होल्डिङ कम्पनीमा परिणत गरी अधिक सेयर सरकार र सरकार सम्बन्धित संस्थाहरुको रहने गरी अन्तर्राष्ट्रिय उडानका लागि र आन्तरिक उडानको लागि छुट्टाछुट्टै सहायक कम्पनीको निर्माण गरी होल्डिङ कम्पनीले भूमिस्थ सेवा, विमान सञ्चालनसम्बन्धी तालिम, क्याटरिङको एमआरओमा काम गर्ने समेत प्रतिवेदनमा उल्लेख छ। 

अध्ययन समितिले नेपाल वायुसेवा निगमको बोर्ड अध्यक्ष मन्त्रिपरिषदबाट नियुक्ति गर्ने व्यवस्थालाई संशोधन गरी विभागीय मन्त्रालयको सचिवलाई पदेन अध्यक्ष बनाउने र कार्यकारी प्रबन्ध निर्देशक चाहीँ खुल्ला प्रतिस्पर्धाबाट नियुक्ति गर्नुपर्ने सुझाव दिएको छ।

वायुसेवा निगम सुधार गर्न दुई दशकमा आधा दर्जन कार्यदल, निगम खारेज गर्नेदेखि कम्पनी माेडलमा लैजानेसम्मका सुझाव वायुसेवा निगम सुधार गर्न दुई दशकमा आधा दर्जन कार्यदल, निगम खारेज गर्नेदेखि कम्पनी माेडलमा लैजानेसम्मका सुझाव


प्रकाशित : आइतबार, असोज १४ २०८०११:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend