आइतबार, वैशाख २३ गते २०८१    
images
images

नेपाल एयरलाइन्सले सरकारी सहानुभूतिमा पाइरहेको ग्राउन्ड ह्यान्डलिङ, न सेवामा गुणस्तर न भरोसा

images
images
images
नेपाल एयरलाइन्सले सरकारी सहानुभूतिमा पाइरहेको ग्राउन्ड ह्यान्डलिङ, न सेवामा गुणस्तर न भरोसा

सेवाको गुणस्तर वृद्धिकै अपेक्षाअनुसार प्राधिकरणले २०७९ जेठबाट सञ्चालनमा आएको तथा २०७९ पुसेदेखि उद्घाटन भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ सेवा निगमलाई नै दिँदै आएको थियो। तर सेवाको गुरणस्तर विकासमा काम नगरी निगमले ग्राउन्ड ह्यान्डलिङ सेवालाई कमाउ धन्दाको रुपमा लिँदै आएको देखिन्छ।

images
images

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललगायत पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले नेपाल वायुसेवा निगमले ग्राउन्ड ह्यान्डलिङ सेवा प्रदान गर्दै आएको छ। निगमले ग्राउन्ड ह्यान्डलिङ सेवा प्रतिस्पर्धाबिना पाएको थियो। प्रतिस्पर्धाबिना ग्राउन्ड ह्यान्डलिङ पाएपछि सेवाको गुणस्तर वृद्धिमा निगमले कुनै काम गरेको छैन। 

images
images
images

सेवाको गुणस्तर वृद्धिकै अपेक्षाअनुसार प्राधिकरणले २०७९ जेठबाट सञ्चालनमा आएको तथा २०७९ पुसेदेखि उद्घाटन भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ सेवा निगमलाई नै दिँदै आएको थियो। तर सेवाको गुरणस्तर विकासमा काम नगरी निगमले ग्राउन्ड ह्यान्डलिङ सेवालाई कमाउ धन्दाको रुपमा लिँदै आएको देखिन्छ।  

images

गुणस्तरीय सेवामा लापरबाही गरेको भन्दै ग्राउन्ड ह्यान्डलिङ सेवा सञ्चालनका लागि प्रतिस्पर्धाको आधारमा कम्पनी छनोट गर्ने प्राधिकरणले निर्णय गरेको हो। निर्णयसँगै प्राधिकरणले प्रधिस्पर्धाबाट कम्पनी छनोटका लागि आवश्यक तयारी गर्न समिति समेत गठन गरेको छ। तर सधैँ सरकारी एयरलाइन्स भएकै कारण सहानभूतिमा ग्राउन्ड ह्यान्डलिङको काम लिँदै आएको निगमले भने आन्दोलन सुरु गरेको छ।

images

ग्राउन्ड ह्यान्डलिङ सेवा प्रतिस्पर्धाबाट छनोट गर्दा गुणस्तरीय सेवा प्रदान हुने प्राधिकरण प्रवक्ता जगन्नाथ निरौला बताउँछन्। वायुसेवा कम्पनीले विमानस्थल सेवा शुल्कबापत तिर्ने रकमको ७० प्रतिशत रकम ग्राउन्ड ह्यान्डलिङ सेवा दिन कम्पनीलाई तिर्छन्। ३० प्रतिशतमात्रै प्राधिकरणको हिस्सा रहेको हुन्छ।

images
images

'प्रतिस्पर्धाबाट ग्राउन्ड ह्यान्डलिङ कम्पनी छनोट गरी सेवा लिँदा सबैभन्दा पहिले सेवाको गुणस्तर वृद्धि हुन्छ। वायु सेवा कम्पनीहरूले लिने सेवाबापतको रकम सस्तो हुन्छ। जसको प्रत्यक्ष फाइला हवाई यात्रुलाई हुन्छ। विश्वको महँगो भनिएको ग्राउन्ड ह्यान्डलिङ सेवा सस्तो हुन्छ र नेपाल नागरिक उड्डयन प्राधिकरणको आम्दानी पनि वृद्धि हुन्छ,' निरौलाले भने।

अहिले ग्राउन्ड ह्यान्डलिङ सेवाबापत निगमले संकलन गरेको रकममध्ये १५ प्रतिशत प्राधिकरणले पाउँछ। यो रकम पनि बढ्ने र सेवाको पनि गुणस्तर बढ्ने प्राधिकरणको भनाइ छ।

निगमको ग्राउन्ड ह्यान्डलिङ सेवामा न त एयरलाइन्स कम्पनी न त हवाई यात्रु नै खुसी छन्। लगेज चोरी हुने तथा लगेजभित्रको सामान हराएको भन्दै यात्रुहरूबाट विरोधका आवाज सुनिन्छ। कतिपय यात्रुले त साना चोरी भएको भन्दै विमानस्थल कार्यालयमा उजुरी दिइरहेका छन्। निगमको बदमासीकै कारण विमानस्थल कार्यालय तथा एयरलाइन्स कम्पनीले सास्ती भोग्न परेको छ भने अर्कोतर्फ सामान चोरीको आरोप थेग्न परेको छ। 

निगमले तीन वर्षअगाडि नै ग्राउन्ड ह्यान्डलिङ सेवालाई गुणस्तरीय र सुविधासम्पन बनाउने भन्दै थप लगानी विस्तारको योजना अगाडि सारेको थियो। तर निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले 'जे गरेपनि आउने आम्दानी भइरहेको छ' भनेर ग्राउन्ड ह्यान्डलिङ सेवालाई गुणस्तरीय बनाउने योजना नै अलपत्र पारिदिएका थिए। 

निगमले वार्षिक पाँच अर्ब रुपैयाँ बराबरको आम्दानी ग्राउन्ड ह्यान्डलिङ सेवाबाट गर्दै आएको छ। तर सेवालाई गुणस्तरीय बनाउन भने केही गरेको छैन। गुणस्तरीय तथा सुविधासम्पन्न बनाउने योजना पनि कमिसनको चक्करमा थन्किएको छ। जसको असर गुणस्तरीय सेवामा असर परेको निष्कर्ष सहित प्राधिकरणले प्रतिस्पर्धाको आधारमा ग्राउन्डह्यान्डलिङ सेवा दिन कम्पनी छनोट गर्न लागेको जनाएको छ।

निगमको ग्राउन्ड ह्यान्डलिङ सेवामा बारम्बार उजुरी तथा गुनासो आउन थालेपछि नेपाल नागिरक उड्डयन प्राधिकरणले पनि ग्राउन्ड ह्यान्डलिङ सेवालाई सुविधासम्पन्न तथा आधुनिक बनाउने नयाँ काम गर्नेु पर्ने निष्कर्ष निकालेको हो। तर सेवालाई गुणस्तरीय बनाउने योजनामा काम नगर्ने र अन्तर्राष्ट्रिय विमानस्थलकै छबिमा आँच आउने काम गरिरहेका निगमका केही अधिकारी भने सरकारी संस्थानको व्यापार खोसेर निजीलाई दिन लागेको भनेर प्रचार गरिरहेका छन्।

'निगम आर्थिक स‌ंकटमा छ। निगमको सुरक्षा सरकारले गर्नु पर्नेमा दुई मत छैन। तर निगमले दिने सेवामा जसरी उजुरी आउन थालेको छ। यो राम्रो विषय होइन। निगमले लगानी विस्तार गरेर सेवालाई गुणस्तरीय बनाउँदैन भने त्यसको विकल्प खोज्नु पर्छ,' निगम एक पूर्वमहाप्रबन्धकले भने, 'गुणस्तरीय सेवा दिन सकिँदैन भने निगम आफैले हाम्रो काम जहाज उडाउने हो। जहाज उडानमै केन्द्रित हुन पर्छ। गुणस्तरीय ग्राउन्ड ह्यान्डलिङ सेवा दिने गरी कम्पनी छनोटमा विमानस्थल कार्यालयलाई बाटो खोलिदिनु पर्छ, विरोध गर्ने होइन।

कि त निगमले समयसापेक्ष सेवालाई गुणस्तरीय बनाउनु पर्ने ती अधिकारीको भनाइ छ।

निगमको ग्राउन्ड ह्यान्डलिङमा समस्या भएर नै प्रश्न उठेको हो। समस्या नभएको भए त कसैले पनि प्रश्न नगर्ने निगम सञ्चालक समितका एक सदस्यले बताए। 'साच्चिकै भन्ने हो भने निगमको ग्राउन्ड ह्यान्डलिक सेवा अन्य देशको तुलनामा म‌हँगो छ। महँगो भएअनुसारको सेवा यात्रु तथा एयरलाइन्स कम्पनीले पाएका छैनन्। निगमकै कारण पनि हवाई टिकट म‌हँगो भएको कुरा सत्य हो,' ती सदस्यले भने, 'निगमले केही लगानी विस्तार गरेर ग्राउन्ड ह्यान्डलिङ सेवालाई गुणस्तरीय र गुनासो नआउने बनाउनु पर्छ। अन्यथा विमानस्थलले यस विषयमा कुनै निर्णय गर्दा निगमले स्वीकार गर्नु पर्छ।'

२७ अर्बको लगानीमा तीन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ सेवा विस्तारको योजना अलपत्र

निगमका कार्यकारी अध्यक्ष अधिकारीले तीनवटा अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ सेवा विस्तार तथा पूर्वाधार विकासका योजना अलपत्र पारेका छन्। पूर्वमहाप्रबन्धक डिमप्रकाश पौडेलको पालामा २७ अर्ब खर्चेर तीनवटा विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ सेवा विस्तार गर्ने योजना ल्याइएको थियो। तर कार्यकारी अध्यक्ष अधिकारीले उक्त योजना नै गायब बनादिएका छन्।

पौडेलले (सन् २०२१-२०३०) १० वर्षमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र सञ्चालनको तयारीमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ सेवालाई गुणस्तरीय र आधुनिक बनाउन भन्दै २७ अर्ब लगानी गर्ने योजना सार्वजनिक गरेको थियो। अधिकारीले उक्त योजना अलपत्र पारिदिएका छन्।

निगमले अहिले सञ्चालनमा रहेको त्रिभुवन र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङ सेवा सञ्चालन गर्दै आएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ सेवा पनि निगमले नै गर्दै छ। तर लगानी विस्तार गर्ने कुनै तयारी भएको छैन। यसअघिको लगानी विस्तार गर्ने योजना पनि अलपत्र परेको छ।

निगमलाई २०७७ पुसमै नेपाल नागरिक उड्डयन प्राधिकरणले ग्राउन्ड ह्यान्डलिङ सेवा विस्तार गर्न पत्राचार गरेको थियो। सोही आधारमा तत्कालीन व्यवस्थापनले १० वर्षमा २७ अर्ब लगानी गर्ने योजना अगाडि सारेको थियो।

नेपाल एयरलाइन्सको मुख्य आम्दानीको स्रोतमा ग्राउन्ड ह्यान्डलिङ सेवा हो। तर निगमले गुणस्तरीय ग्राउन्ड ह्यान्डलिङ सेवा दिन सकेको छैन। निगमको ग्राउन्ड ह्यान्डलिङ सेवाको विषयलाई लिएर जहिले पनि प्रश्न उठिरहेको छ। निगम व्यवस्थापनले भने ग्राउन्ड ह्यान्डलिङ सेवा विस्तारमा भने कुनै चासो दिएको छैन।

कोभिड अगाडिसम्म निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ सेवाबाट मात्रै वार्षिक करिब ५ अर्ब आम्दानी गरिरहेको थियो। कोभिडका कारण दुईवर्ष आम्दानी कम भए पनि पुन: पहिलेकै अवस्थामा ग्राउन्ड ह्यान्डलिङ सेवाबाट आम्दानी गरिरहेको छ। अहिले थप दुईवटा विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ सेवा सञ्चालन गर्न अनुमति पाएको निगमले काठमाडौंमा प्रयोग भएको उपकरण लगेर सेवा दिइरहेको छ। तर आवश्यक पूर्वाधार र उपकरणमा लगानी विस्तार गरेको छैन।

२०७७ पुसमा निगम व्यवस्थापनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा निर्माणको चरणमा रहेका गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा २७ अर्ब ३३ करोड रुपैयाँ लगानी गर्ने योजना अगाडि सारेको थियो। प्राधिकरणको पत्र पाएसँगै निगम व्यवस्थापनले गौतम बुद्ध र पोखरामा नयाँ संरचना बनाउन र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेवा विस्तार गर्न योजना बनाएको थियो।

निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवा विस्तार तथा गुणस्तरीय सेवा प्रदान गर्नका लागि सन् २०२१ देखि २०३० सम्म १७ अर्ब १७ करोड लगानी गर्ने योजना बनाएको थियो। यसैगरी गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङको पूर्वाधार तयार गर्दै सेवा सञ्चालनका लागि २०३० सम्म ६ अर्ब ११ करोड रुपैयाँ र पोखरा क्षेत्रीय विमानस्थलमा पनि २०३० सम्म ४ अर्ब ५ करोड रुपैयाँ लगानी गर्नेगरी योजना अगाडि सारेको थियो।

३ विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ सेवामा कुन वर्ष कति लगानी?

२०२१ : १ अर्ब ९४ करोड    

२०२२ : २ अर्ब ९ करोड

२०२३ : २ अर्ब २४ करोड

२०२४ : २ अर्ब ४१ करोड

२०२५ : २ अर्ब ५८ करोड

२०२६ : २ अर्ब ७७ करोड

२०२७ : २ अर्ब ९८ करोड

२०२८ : ३ अर्ब २० करोड

२०२९ : ३ अर्ब ४३ करोड 

२०३० : ३ अर्ब ६९ करोड

images

प्रकाशित : शुक्रबार, मंसिर २२ २०८००७:४५

प्रतिक्रिया दिनुहोस