बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

निगमका कार्यकारी अध्यक्ष अधिकारीलाई कार्यालय प्रवेशमा रोक, आर्थिक अनियमितता गरेको भन्दै राजीनामा माग

आइतबार, मंसिर १७ २०८०
निगमका कार्यकारी अध्यक्ष अधिकारीलाई कार्यालय प्रवेशमा रोक, आर्थिक अनियमितता गरेको भन्दै राजीनामा माग

काठमाडौं- नेपाल वायुसेवा निगमका कर्मचारीहरूले कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई कार्यालय प्रवेशमा रोक लगाएका छन्।

कार्यकारी अध्यक्ष अधिकारीले निगमलाई धरासायी बनाउनुको साथै आर्थिक अनियमितता गरेको भन्दै कर्मचारी संघ संगठनहरूले बहिष्कारको आन्दोलन सुरु गरेका छन्।

निगम कर्मचारी संघका अध्यक्ष मानबहादुर कुँवरका अनुसार कार्यकारी अध्यक्ष अधिकारी नहटेसम्म आन्दोलन जारी रहने छ।

नेपाल वायुसेवा निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गर्दै आएको ग्राउन्ड ह्यान्डलिङ सेवालाई जोगाउन नसकेको, आर्थिक विकृतिमा अध्यक्ष लिप्त भएको आरोपसमेत अध्यक्ष कुवँरले लगाए। आज आइतबारदेखि नै कार्यकारी अध्यक्ष अधिकारीलाई कार्यालय प्रवेशमा रोक लगाइएको हो।  

अधिकारीले जहाज मर्मतमा कमिसनको बार्गेनिङ गर्दै ढिलासुस्ती गर्दा उडान अस्तव्यस्त भएको आरोप कर्मचारीहरूले लगाएका छन्। 

एमआरओ हुँदाहुँदै एओजी गराएर तथा अनावश्यक प्रचारबाजी गरी निगमको करोडौँ रकम अपचलन गरेका कारण पनि अधिकारी हटाउनुको विकल्प नभएको कुवँर बताउँछन्। 

कर्मचारी संघले भदौ १० गते जारी गरेको विज्ञप्तिलाई बेवास्ता गर्दै मनोमानी ढंगले मासिक तथा ज्यालादारी र करारका कर्मचारी भर्ती गरी स्थायी तथा योग्य कर्मचारीको मनोबल गिराउने काम गरेको विषयसमेत उनको बहिर्गमनको एजेन्डामा राखिएको छ।

संघले वर्षौंअगाडि नै फेजआउट भएको बोइङ कलसाइन नाइन एन एसीबी जहाजको पार्किङ तथा बीमाबापतको रकमबाट निगमलाई आर्थिक भार बढाएकोसमेत कर्मचारीहरूको आरोप छ। 


प्रकाशित : आइतबार, मंसिर १७ २०८०१४:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend