शनिबार, साउन १२ गते २०८१    
images
images
images

हवाई सुरक्षामा गम्भीर हुन छाडेर नियामकविरुद्ध प्रचारबाजीमा निगम व्यवस्थापन

images
आइतबार, मंसिर १७ २०८०
images
images
हवाई सुरक्षामा गम्भीर हुन छाडेर नियामकविरुद्ध प्रचारबाजीमा निगम व्यवस्थापन

निगम व्यवस्थापन हवाई सुरक्षा सुधारमा लाग्नुको सट्टा नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणविरुद्ध भ्रामक प्रचारमा उत्रिएको छ।

images

काठमाडौं- युरोपेली संघले नेपाल वायुसेवा निगमले नेपालको हवाई सुरक्षामा गम्भीर लापरबाही गरेको उल्लेख गर्दै प्रतिवेदन सार्वजनिक गरेसँगै निगम व्यवस्थापन भने नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणविरुद्ध प्रचारबाजीमा उत्रिएको छ। 

images
images

निगमले विज्ञाप्ती जारी गर्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले निगमविरुद्ध भ्रमपूर्ण प्रचार गरेको आरोप लगाएको छ।

images

युरोपेली संघ (ईयू)को प्रतिवेदनमा नेपाल वायुसेवा निगम र श्री एयरलाइन्सका कारण नेपाललाई कालोसूचीबाट हटाउन नसकिएको उल्लेख गरेको छ तर निगम व्यवस्थापन भने हवाई सुरक्षा सुधारमा लाग्नुको सट्टा नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणविरुद्ध भ्रामक प्रचारमा उत्रिएको हो। आफूहरूले राम्ररी काम गरिरहँदा पनि प्राधिकरणले गलत प्रचार गरेको आरोप निगमको छ। 

जब कि ईयूले नेपाली हवाई आकाशलाई कालोसूचीमा राखेको एक दशकपछि नेपाल नागरिक उड्डयन प्राधिकरणप्रति सकारात्मक देखिएको छ। प्राधिकरणले एक वर्षयता हवाई सुरक्षामा उल्लेख्य सुधार गरेको विषय प्रतिवेदनमै उल्लेख गरेको छ। 

images

ईयूले नेपाली वायुसेवा कम्पनीका जहाजलाई युरोपेली आकाशमा उडाउन लगाएको प्रतिबन्ध कायमै राखे पनि सुधारमा व्यापक सुधार भइरहेको प्रतिवेदनमा उल्लेख गरेको छ।  

प्राधिकरणले ईयूले देखाएका कमीकमजोरी सुधार गर्न नेपाल एयरलाइन्स र श्री एयरलाइन्सलाई निर्देशन दिइसकेको छ। शुक्रबार नै प्राधिकरणले निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई स्पष्टीकरण नै सोधेको छ। 

प्रतिवेदनमा अडिटमा परेका नेपाल एयरलाइन्स र श्री एयरलाइन्समा सेफ्टी मापदण्ड पूरा नभएको उल्लेख गरिएको छ। नियामकले देखाएका कमजोरी र निर्देशन परिपालना नगरेको, उडान तालिका व्यवस्थापन नभएको, उडान समय सीमितता, उडान योजनालगायत कारण देखाउँदै प्रतिबन्ध यथावत् राखिएको छ। 


प्रकाशित : आइतबार, मंसिर १७ २०८०१७:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend