शनिबार, साउन १२ गते २०८१    
images
images
images

लाभ र लागत विश्लेषण नगरी जहाज खरिदको टेन्डर, ब्रान्ड नै तोकेर सञ्चालक समितिबाट निर्णय

images
मंगलबार, कात्तिक १४ २०८०
images
images
लाभ र लागत विश्लेषण नगरी जहाज खरिदको टेन्डर, ब्रान्ड नै तोकेर सञ्चालक समितिबाट निर्णय

जहाज खरिद प्रक्रिया सुरु नहुँदै अधिकारीले ट्विनअटरको एजेन्टसँग बारम्बार भेटघाट गरिरहेको समेत निगम स्रोतको दाबी छ।

images

काठमाडौं- नेपाल वायुसेवा निगमले लाभ र लागतको विश्लेषण नै नगरी स्टल उडानका लागि ३ वटा जहाज खरिद प्रक्रिया सुरू गरेको छ।

images
images

निगम सञ्चालक समितिबाट ३ वटा जहाज खरिदको निर्णय गर्दै राय सुझावका लागि निगम व्यवस्थापनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाएको थियो। मन्त्रालयका सबै जना सहसचिवहरूले जहाज खरिदको विषयमा एकमत राख्दै राय दिएको एक सहसचिवले बताए।

images

ती सहसचिवका अनुसार आन्तरिक स्रोतबाट जहाज खरिद गर्न निगमले आफै निर्णय गर्ने सक्ने भन्दै एक वाक्यमा नै राय दिएका थिए। सहसचिवहरुले 'लाभ तथा लागतको विश्लेषण तथा क्षमातको मूल्यांकन गरी प्रचलित कानूनबमोजिम गर्नू' भन्दै राय दिएका थिए। उक्त रायसँगै जहाज खरिदको निर्णय निगम आफैले गर्न सक्ने हुँदा मन्त्रालयको कुनै निर्णयसमेत आवश्यक नपर्ने भन्दै सचिवहरूले राय दिएका हुन्।

तर पर्यटनमन्त्री सुदन किरातीले भने नेपाल एयरलाइन्सको मागबमोजिम गर्नू भनेर निगमले पठाएको प्रस्तावमा तोक लगाएको मन्त्रालयका एक कर्मचारीले बताए। मन्त्री किरातीले नै ट्विनटर जहाज खरिद गर्ने गरी निर्णय गराउन निगम अध्यक्ष युवराज अधिकारीलाई दबाब दिएका थिए।

images

सोहीअनुसार निगम सञ्चालक समितिबाट निर्णय भएको थियो। निगम सञ्चालक समितिको निर्णयमा अर्थ मन्त्रालयको भने फरक मत रहेको थियो। मन्त्रालयले संस्थागत सुधार तथा व्यवसायी योजनाबिना जहाज खरिदमा सहमति हुन नसक्ने भन्दै फरक मत राखेको थियो। 

मन्त्रालयबाट कानूनबमोजिम जहाज खरिद गर्ने निर्णय निगम आफै गर्न सक्ने भन्दै मन्त्रालयबाट फाइल फर्केपछि भने निगम सञ्चालक समितिले ब्रान्ड नै तोकिएको विषयलाई करेक्सन गर्दै सबै कम्पनीले भाग लिन पाउने गरी टेन्डर गरिएको सञ्चालक किशोर प्रधानले बताए।

'जहाज खरिदको प्रस्तावसँगै लागत तथा लाभको विषय सञ्चालक समितिमा उठेको थियो। सबै सञ्चालकहरुले निगम व्यवस्थापनसँग प्रश्न पनि गरेका थिए। योजना भएको तर कार्यान्वयनमा मात्रै प्रश्न उठेको विषयमा समेत छलफल भएको थियो,' प्रधानले भने, 'लाभ तथा लागतको विषयमा नै प्रश्न गर्दै अर्थको प्रतिनिधिले फरक मत राखेपनि अन्य सञ्चालकहरुबाट सर्वसहमितमा नै जहाज खरिदको निर्णय भएको र पहिलेको गल्तीलाई सञ्चाएर टेन्डर गरिएको हो।'

उनले योसँगै निगमको पद एकै व्यक्तिलाई दिँदा कतिपय विषय विवादमा आएको समेत बताएका छन्। महाप्रबन्धक र बोर्ड अध्यक्ष एउटै व्यक्ति हुँदा निगमका निर्णमा समस्या आएको उनको भनाइ छ। साथै निगमको उडान तालिकामा विभागीय मन्त्रीको हस्तक्षेपले समेत असर गरेका बताएका छन्।

निगम अध्यक्ष अधिकारीले नै कमिसनको लोभमा नै ब्रान्ड नै तोकेर पहिले सञ्चालक समितिबाट निर्णय गराएको र पछि मन्त्रालयबाट कानूनअनुसार गर्नुपर्ने भन्दै राय आएपछि ब्रान्ड झिकेको निगम एक कर्मचारीले बताए। जहाज खरिद प्रक्रिया सुरु नहुँदै अधिकारीले ट्विनअटरको एजेन्टसँग बारम्बार भेटघाट गरिरहेको समेत निगम स्रोतको दाबी छ।

कमिसनको लोभमा अधिकारीले हतार हतारमा बिना व्यावसायिक योजना जहाज खरिदको निर्णय गरेको एकपछि अर्को घटनापछि पुष्टि हुँदै आएको छ। तर मन्त्री किरातीले भने अधिकारीको कामको बचाउ गर्दै आएका छन्। 


प्रकाशित : मंगलबार, कात्तिक १४ २०८०००:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend