आइतबार, वैशाख १६ गते २०८१    
images
images
images
images
बीवाईडी बिक्रेता साइमेक्सको बदमासी

ब्रान्डप्रति विश्वस्त बीवाईडी उपभोक्ता आधिकारिक बिक्रेतासँग सधैँ सशंकित 

images
images
images
ब्रान्डप्रति विश्वस्त बीवाईडी उपभोक्ता आधिकारिक बिक्रेतासँग सधैँ सशंकित 

बीवाईडी जस्तो ग्लोबल ब्रान्डको आधिकारिक बिक्रेताले यसरी सर्भिस नै दिँदैन भन्दा अनौठो लाग्न सक्छ जुन स्वभाविक पनि हो। तर नेपालका लागिआधिकारिक बिक्रेता साइमेक्सले गरिरहेका छ त्यस्तै। 

images
images

काठमाडौं- बीवाईडीका विद्युतीय कार खरिद गर्ने सबैजसो उपभोक्ता सन्तुष्ट नै छन्। विश्वव्यापी हुँदै गएको बीवाईडीले बनाएको विद्युतीय कार उत्कृष्ट छन्। तर नेपाली बजारमा भने बीवाईडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले सर्भिस दिन नसकेको गुनासो चुलिँदै गएको छ। 

images
images
images

बीवाईडी बिक्रेता साइमेक्सले गरेको बदमासीबारे बिजनेस न्युजले समाचार श्रृंखला प्रकाशित गरिरहँदा सर्भिस नपाएका उपभोक्ताको गुनासो आइरहेको छ। बीवाईडी जस्तो ग्लोबल ब्रान्डको आधिकारिक बिक्रेताले यसरी सर्भिस नै दिँदैन भन्दा अनौठो लाग्न सक्छ। तर नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्सले त्यस्तै गरिरहेका छ। 

images

बिजनेस न्युजले प्रकाशित गरेको समाचारमै ई सिक्सका एक उपभोक्ताले आफूले बीवाईडीको सर्भिस सेन्टर कहाँ छ भन्ने नै थाहा पाउन नसकेको बताएका छन्। विगत ७ महिनादेखि बीवाईडी ई सिक्स चलाइरहेका शोभाकर आचार्यले बीवाईडीको आधिकारिक सर्भिस सेन्टर कहाँ छ आफूलाई थाहा नभएको बताएका छन्। उनले लेखेका छन्, ‘यो समाचारमा म शतप्रतिशत सहमत छु। मैले पनि विगत ७ महिनादेखि बीवाईडी ई सिक्स चलाइरहेको छु। तर अहिलेसम्म बीवाईडीको आधिकारिक सर्भिस सेन्टर कहाँ छ मलाई कम्पनीले भनेको पनि छैन र थाहा पनि छैन।’ 

images

बीवाईडीले सर्भिस तथा स्पेयर पार्टस नदिएको गुनासो गर्ने आचार्य एक्ला ग्राहक हैनन्। दाङका अर्का बीवाईडी उपभोक्ताले ६ महिनादेखि ई सिक्सको एउटा वाइपर फेर्न भनेकोमा त्यो अहिलेसम्म सम्भव नभएको बताए। ई सिक्सका ग्राहक गोकर्ण गिरीले आफूलाई कार राम्रो लागेर खरिद गरेको तर झुर सर्भिस थियो भन्ने थाहा नभएको बताएका छन्। उनले यतिसम्म भनेका छन् की, ‘सामान्य सर्भिस पनि दिन नसक्ने भन्ने थाहा भएको भए मैले बीवाईडीको कार नै खरिद गर्ने थिइन।’ 

images
images

बीवाईडी ई सिक्स राम्रो लागेर किनेको र त्यसको वाइपर छोटो भएर फेर्न खोज्दा एउटाबाट अर्को, अर्कोबाट अर्कोलाई गर्दै टारिरहेको गिरीको गुनासो छ। उपभोक्ताले कार खरिद गरेपछि त्यसको पार्टस र सर्भिस भनेको समयमा पाउनु पर्ने हो तर गाडी उत्पादक कम्पनीले यहाँको आधिकारिक बिक्रेताले दिएको सेवाबारे चासो नदिएको हो कि के हो आफूलाई थाहा नभएको उनको भनाइ छ। 

यी त प्रतिनिधि उपभोक्तामात्र हुन्। साइमेक्सले बीवाईडी ब्रान्डकै बदनाम हुने गरि विद्युतीय सवारीका उपभोक्तालाई आवश्यक न्यूनतम सेवासमेत दिन नसकिरहेको उभोक्ताको प्रतिक्रियाबाटै थाहा हुन्छ। बीवाईडी ब्रान्ड नेपाल भित्रिएको करिब एक दशक हुँदासमेत साइमेक्सले सन्तुष्टिको तहसम्म सवारी बेच्न सकेन नै, ल्याएका सवारीमा स्पेयर पार्टस र सर्भिस पनि दिन नसकेको गुनासो उपभोक्ताले गरिरहेका छन्। 

बीवाईडीले नेपाली बजारमा वार्षिक दुई सयभन्दा बढी सवारी बिक्री गर्नुपर्ने माहोल बनिसक्दा हालसम्म वर्षमा ३०/४० वटा पनि गाडी बिक्री गर्न नसकेको एक अटोमोबाइल व्यवसायीले बताए। ‘ब्रान्ड आएको ८/९ वर्ष भइसकेको बीवाईडीले विश्वव्यापी छवी बनाइसक्दा समेत साइमेक्सले केही गर्न सकेको देखिँदैन,’ ती व्यवसायीले भने, ‘चीनबाट आएका केही ब्रान्डले एक वर्ष नपुग्दै झन्डै सय, २ सय गाडी बिक्री गरिसकेको छन्। यसमा हामीले त के नै भन्न सक्छौँ र।’ 

उपभोक्तामात्र होइन साइमेक्सको कार्यशैली र अव्यवसायिकताका कारण स्थानीय डिलरले समेत धमाधम बीवाईडीका कार बिक्री गर्न छाडिरहेका छन्। साइमेक्सकै अव्यवसायिकताले उपत्यकामा एकसहित बुटवल, बिर्तामोड तथा इटहरीका बीवाईडी डिलरले साइमेक्ससँगको सम्झौता रद्द गरिसकेका छन्। देशभरका चारवटा स्थानीय डिलर बीवाईडी ब्रान्डका कार बिक्री नगर्ने निष्कर्षमा पुगेका हुन्।

यसबारे पनि बीवाईडीका प्रतिनिधिले गम्भीर चासो दिएका हुन्। डिलर विस्तार हुनुको साटो बनेका डिलरहरूले छोटो समयमै छाड्दा ब्रान्ड इमेजमा नकारात्मक असर परेको बीवाईडी चीनका प्रतिनिधिले नै बताएका छन्। साइमेक्सले आधिकारिक बिक्रेता भएर बिक्री गर्न थालेको दशक हुन लाग्दा बल्ल एउटा आधिकारिक सर्भिस सेन्टर बनाएको छ। बीवाईडी चीनले ताकेता परेपछि साइमेक्सले एउटा ‘फ्ल्यागसिप’ शोरुम बनाएको थियो। 

साइमेक्सले ल्याएका बीवाईडीका विद्युतीय कार राम्रो भएपनि सर्भिसबारे धेरैले कम्प्लेन गरेपछि आफू बीवाईडीका कार किन्ने निर्णयबाट पछि हटेको एक उपभोक्ताले बताए।

‘सवारीसाधन खरिद गर्नेभन्दा पछि बिक्रीपछिको सेवा के हुन्छ भनेर जान्न आवश्यक छ। अहिले बीवाईडी खरिद गरेकाहरूले भोगेको समस्या देख्दा देख्दै किन्न त सकिन्न,’ ती उपभोक्ताले भने, ‘गाडी राम्रो भएपनि तत्काललाई यसबाट पछि हटेँ। भविष्यमा के हुन्छ हेर्नुपर्छ।’ तर ब्रान्डअनुसारको सर्भिस र स्पेयर पार्टन दिने विषयमा आधिकारिक बिक्रेताको यस्तो त्रुटी हुनु बीवाईडीकै लागि सकारात्मक नभएको उनको भनाइ छ। 

बीवाईडी बिक्रेता साइमेक्सको बदमासीबारे अन्य समाचार -

बीवाईडी अटो इन्डस्ट्रीको चेतावनी - 'सर्भिस र बजार विस्तार नगरे पुनर्विचार गर्छौं' बीवाईडी अटो इन्डस्ट्रीको चेतावनी - 'सर्भिस र बजार विस्तार नगरे पुनर्विचार गर्छौं'

ई-सिक्स : कबाडी कि अन्डर इनभ्वाइस? २०१९ मा ल्याउँदा ४० हजार, २०२२ मा १० हजार डलरमात्रैई-सिक्स : कबाडी कि अन्डर इनभ्वाइस? २०१९ मा ल्याउँदा ४० हजार, २०२२ मा १० हजार डलरमात्रै स्थानीय डिलर दिँदा ५० लाख धरौटी अनिवार्य, धमाधम बीवाईडी छोड्दै डिलरहरूस्थानीय डिलर दिँदा ५० लाख धरौटी अनिवार्य, धमाधम बीवाईडी छोड्दै डिलरहरू २०१५ मै बनेको पुरानो ई सिक्स ल्याएको पुष्टि, तर २०२१ लेखेर बिक्री २०१५ मै बनेको पुरानो ई सिक्स ल्याएको पुष्टि, तर २०२१ लेखेर बिक्री  ई सिक्समा अधिक नाफा राखेकोबारे वाणिज्य विभागले थाल्यो अनुसन्धानई सिक्समा अधिक नाफा राखेकोबारे वाणिज्य विभागले थाल्यो अनुसन्धान ब्याट्रीको लागतभन्दा कम १० हजार डलरमा कसरी आयो ई सिक्स?ब्याट्रीको लागतभन्दा कम १० हजार डलरमा कसरी आयो ई सिक्स? सरकार र उपभोक्तालाई झुक्याउन हुँदै नभएको खर्च देखाएर ई सिक्सको मूल्य निर्धारण सरकार र उपभोक्तालाई झुक्याउन हुँदै नभएको खर्च देखाएर ई सिक्सको मूल्य निर्धारण  बीवाईडी बिक्रेता साइमेक्सको बदमासी : २२ लाखको ई-सिक्समा २८ लाख नाफाबीवाईडी बिक्रेता साइमेक्सको बदमासी : २२ लाखको ई-सिक्समा २८ लाख नाफा २०१७ मै ‘२०१६ मोडल’ को ई-सिक्स आउँदा २०१९ र २०२२ मा ‘२०१५ मोडल' किन आए? २०१७ मै ‘२०१६ मोडल’ को ई-सिक्स आउँदा २०१९ र २०२२ मा ‘२०१५ मोडल' किन आए?

images

प्रकाशित : मंगलबार, माघ १७ २०७९११:५४
  • सम्बन्धित विषय:

  • # बीवाईडीमा साइमेक्सको बदमासी


  • प्रतिक्रिया दिनुहोस