शुक्रबार, वैशाख ७ गते २०८१    
images
images
बीवाईडी बिक्रेता साइमेक्सको बदमासी

बीवाईडी अटो इन्डस्ट्रीको चेतावनी - 'सर्भिस र बजार विस्तार नगरे पुनर्विचार गर्छौं'

images
images
बीवाईडी अटो इन्डस्ट्रीको चेतावनी - 'सर्भिस र बजार विस्तार नगरे पुनर्विचार गर्छौं'

बीवाईडीका उच्च प्रतिनिधि उक्त शोरुम पुग्दासमेत राम्ररी काम नभएको, सीआई (कर्पोरेट आइडेन्टिटी) मापदण्ड फलो नगरेको पाएपछि चेतावनी दिएको डिलरमिटdf सहभागि एक व्यवसायीले बताए। ‘७/८ वर्षदेखि बीवाईडीको आधिकारिक बिक्रेता नेपालमा छ।

images
images

काठमाडौं- विद्युतीय सवारीको प्रयोग र त्यसप्रति उपभोक्ताको चासो उल्लेख्य रुपमा बढेको छ। संसारभर देखिएको उक्त प्रभाव नेपाली बजारमा पनि स्वभाविक रुपमा परेकै छ। त्यसैले त सरकारले विद्युतीय सवारीमा कर सहुलियत दिएको छ, विभिन्न ब्रान्डका विद्युतीय कार नेपाली बजारमा भित्रिएका छन्। 

images
images
images

नेपाल भित्रिएका दर्जनौँ विद्युतीय ब्रान्ड मध्येको एक हो- बीवाईडी। यो चिनियाँ ब्रान्ड समकालीन विश्वको सबैभन्दा चर्चित विद्युतीय कार ब्रान्ड मध्येको हो। नेपाल भित्रने पुरानो विद्युतीय सवारी ब्रान्डमध्येमा पनि पर्छ बीवाईडी। त्यसभन्दा धेरै पछि आएका वा भनौँ आएको एक/दुई वर्षमा सयौँ विद्युतीय गाडी बिक्री गर्ने ब्रान्ड पनि छन्। 

images

तर २०१५/१६ मै नेपाल भित्रिएर उपभोक्तामाझ राम्रो छाप बनाएको बीवाईडी ब्रान्डका विद्युतीय कार किन वर्षमा केही दर्जन पनि बिक्री हुन नसक्ने अवस्थामा छ? यो प्रश्न स्वभाविक रुपमा उठेको छ त्यो पनि प्रिन्सिपल कम्पनी बीवाईडी अटो इन्डस्ट्रीबाटै।

images

गएको डिसेम्बरमा बीवाईडी अटो इन्डस्ट्रीको उच्च प्रतिनिधिसहितको टोली नेपाल आएको थियो। 

images
images

बीवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंकको अवस्थाबारे जानकारी लिन, सार्क क्षेत्रस्तरीय डिलर मिट र नेपालका स्थानीय डिलर मिट गर्ने गरी उक्त टोली नेपाल आएको थियो। टोलीले साइमेक्सले गर्न नसकेको बजार विस्तारबारे गम्भीर चासो देखाएको हो। बीवाईडीले उत्पादन गरेका विद्युतीय कार संसारभरका बजारमा विस्तार भइरहेको, धेरै पछि गएका ब्रान्ड बजारमा उत्कृष्ट नतिजा आइरहेको तर पुराना डिलरसिप भइकन साइमेक्सले ब्रान्डकै भ्यालु घट्ने गरि काम गरेको निष्कर्ष बीवाइडीले निकालेको छ। 

साइमेक्सले बीवाईडीले सार्क रिजनको डिलर मिट नेपालमै गर्ने बताएपछि नक्सालमा हतार हतार एउटा ‘फ्ल्यासिप’ शोरुम बनाएको थियो। बीवाईडीका उच्च प्रतिनिधि उक्त शोरुम पुग्दासमेत राम्ररी काम नभएको, सीआई (कर्पोरेट आइडेन्टिटी) मापदण्ड फलो नगरेको पाएपछि चेतावनी दिएको डिलरमिटमा सहभागी एक व्यवसायीले बताए।

‘७/८ वर्षदेखि बीवाईडीको आधिकारिक बिक्रेता नेपालमा छ। यतिका वर्षसम्म ब्रान्डको एउटा पनि फ्ल्यागसिप शोरुम र सर्भिस सेन्टर नदेखेपछि बीवाईडीका प्रतिनिधि तीनछक परेका थिए,’ ती व्यवसायीले भने, ‘बनेको एउटा शोरुम पनि सीआईअनुसार नपाउँदा त्यति ठूलो ब्रान्डका प्रतिनिधिहरू झोक्किनु स्वभाविक नै हो।’ 

बीवाईडी प्रतिनिधिले सार्क क्षेत्रको र नेपालका स्थानीय डिलरको अलग्गै भेला गरेको थियो। सार्क क्षेत्रको भेलामा नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्सप्रति लक्षित गर्दै बीवाईडी प्रतिनिधिले कम्पनीले दिएको बिक्री टार्गेट पूरा नगरे डिलरसिप बारे मौन बस्न नसक्ने प्रष्ट रुपमा बताएको थियो। त्यस्तै नेपाली बीवाईडी उपभोक्ताबाट समयमै र राम्रो सर्भिस प्राप्त नगरेको गुनासो आफूहरूसम्म आइपुगेको बीवाईडी प्रतिनिधिले साइमेक्सलाई बताएको थियो। 

बीवाईडी बिक्रेता साइमेक्स इंक प्रालिले एउटा स्थानीय डिलरसँग ५० लाख रुपैयाँ धरौटीका रुपमा अनिवार्य राख्ने पर्ने नियम बनाएको छ। यसरी डिलर बनेबापत दिएको ५० लाख धरौटी डिलर छाडेपछि मात्र दिने व्यवस्था साइमेक्सले गरेको छ। 

नेपालमा उपलब्ध सवारी ब्रान्डका आधिकारिक बिक्रेता कुनै पनि कम्पनीले साइमेक्सले जसरी अस्वभाविक ५० लाख रुपैयाँ धरौटीका नाममा संकलन गर्ने गरेको पाइँदैन। धरौटी लिनेमात्र नभइ साइमेक्सले स्थानीय एलसी खोलेर गाडी मगाएका डिलरहरूसँग नगदसमेत माग्ने गरेको छ। 

त्यस्तै साइमेक्सले डिलरसँग गाडी लिन नगद राख्नु पर्ने र उनीहरूले पैसा पठाइसक्दा पनि गाडी दिन महिनौँ लाग्ने गरेको डिलरहरूको भनाइ छ। ढिलो गरी गाडी दिने र दिएको गाडी डिलरको नाममा नामसारी गर्न अर्काे ४/६ महिनासम्म झुलाउने गरेको एक डिलर सञ्चालकले बताए। 

साइमेक्सको सोही रबैयाका कारण उपत्यकामा एकसहित बुटवल, बिर्तामोड तथा इटहरीका बीवाईडी डिलरले साइमेक्ससँगको सम्झौता रद्द गरेर बीवाईडी बेच्न छाडिसकेका छन्। देशभरका चारवटा स्थानीय डिलर बीवाईडी ब्रान्डका कार बिक्री नगर्ने निष्कर्षमा पुगेका हुन्। यसबारे पनि बीवाईडीका प्रतिनिधिले गम्भीर चासो दिएका हुन्। डिलर विस्तार हुनुको साटो बनेका डिलरहरूले छोटो समयमै छाड्दा 'ब्रान्ड इमेज'मा नकारात्मक असर परेको बीवाईडीको भनाइ रहेको परिचय नखुलाउने शर्तमा एक सहभागीले बताए। 

त्यति ठूलो ब्रान्डको आधिकारिक बिक्रेता रहेको कम्पनी साइमेक्स र त्यसमा सञ्चालकहरूको रबैया देखेर र व्यवसाय गर्दा अपनाउनु पर्ने सामान्य ‘व्यवसायिक व्यवहार’ पनि नदेखाएका भन्दै स्थानीय डिलरहरू बीवाईडी नै बिक्री नगरी अन्य चिनियाँ वा तेस्रो मुलुकका विद्युतीय कार बिक्री गर्न थाल्नुले पनि साइमेक्सको ‘व्यवसायिकता’मा बीवाईडीले नै प्रश्न उठाएको हो। 

सर्भिस नपाएको उपभोक्ताको गुनासो

बीवाईडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले विद्युतीय कार बिक्री गरेपनि आवश्यकताअनुसार स्पेयर पार्टस् र सर्भिस नदिएको भन्दै उपभोक्ताहरूले गुनासो गरेका छन्। त्यस्तै कम्पनीले कार आयात गर्दाको खर्चमा ७ लाख रुपैयाँको चार्जर उपभोक्तालाई दिने गरी देखाएको भएपनि अहिलेसम्म कुनै पनि उपभोक्ताले चार्जर पाएका छैनन्। 

चार्जर कार लागि साइमेक्सबाट छुट्टै खरिद गर्नुपर्ने व्यवस्था गरिएको छ। सुरुमा साइमेक्सले ई सिक्स खरिद गर्दा ७ किलोवाटको चार्जर दिने बताएपनि नदिने गरेको बीवाईडीका ग्राहक दिपेश सुवेदीले बताए। ‘साइमेक्सको व्यवसायिक पाटोको त कुरै नगरौँ, उसको सर्भिससमेत झुर छ,’ सुवेदीले भने, ‘७ किलोवाटको चार्जर दिन्छु भनेर गाडी किनेँ। एक वर्ष कुरेर झगडै गरेपछि त्यो पनि ३.३ किलोवाटको मात्र चार्जर दिए।’ यस्तो सर्भिसले कसरी उपभोक्ताले विश्वास गरेर बीवाईडीका कार किन्ने वातावरण बन्ला? उनले प्रश्न गरे। 

त्यस्तै दाङका अर्का बीवाईडी ग्राहकले ६ महिनाभन्दा लामो समयदेखि ई सिक्सको एउटा वाइपर फेर्न भनेकोमा त्यो अहिलेसम्म सम्भव नभएको बताए।

ई सिक्सका अर्का ग्राहक गोकर्ण गिरीले आफूलाई कार राम्रो लागेर खरिद गरेको तर झुर सर्भिस थियो भन्ने थाहा भएको भए आफूले बीवाईडी ब्रान्डको कार नै नकिन्ने निर्णय गर्ने बताए। ‘मैले वाइपर फेर्न खोजेको हो। तर एउटालाई भन्यो अर्कोलाई, अर्कोलाई भन्यो झन अर्कोलाई गरेर टारिरहेका छन्,’ गिरिले भने, ‘उपभोक्ताले कार खरिद गरेपछि त्यसको पार्टस् र सर्भिस भनेको समयमा पाउनु पर्छ।’

यी त प्रतिनिधि समस्या मात्र हुन्। साइमेक्सका कारण लाखौँ लगानी गरेर कार किनेकाहरूले सर्भिस र पार्टस् नपाउने बीवाईडी ब्रान्डकै लागि नकारात्मक सन्देश हो। 

बीवाईडी बिक्रेता साइमेक्सको बदमासीबारे अन्य समाचार -

ई-सिक्स : कबाडी कि अन्डर इनभ्वाइस? २०१९ मा ल्याउँदा ४० हजार, २०२२ मा १० हजार डलरमात्रैई-सिक्स : कबाडी कि अन्डर इनभ्वाइस? २०१९ मा ल्याउँदा ४० हजार, २०२२ मा १० हजार डलरमात्रै स्थानीय डिलर दिँदा ५० लाख धरौटी अनिवार्य, धमाधम बीवाईडी छोड्दै डिलरहरूस्थानीय डिलर दिँदा ५० लाख धरौटी अनिवार्य, धमाधम बीवाईडी छोड्दै डिलरहरू २०१५ मै बनेको पुरानो ई सिक्स ल्याएको पुष्टि, तर २०२१ लेखेर बिक्री २०१५ मै बनेको पुरानो ई सिक्स ल्याएको पुष्टि, तर २०२१ लेखेर बिक्री  ई सिक्समा अधिक नाफा राखेकोबारे वाणिज्य विभागले थाल्यो अनुसन्धानई सिक्समा अधिक नाफा राखेकोबारे वाणिज्य विभागले थाल्यो अनुसन्धान ब्याट्रीको लागतभन्दा कम १० हजार डलरमा कसरी आयो ई सिक्स?ब्याट्रीको लागतभन्दा कम १० हजार डलरमा कसरी आयो ई सिक्स? सरकार र उपभोक्तालाई झुक्याउन हुँदै नभएको खर्च देखाएर ई सिक्सको मूल्य निर्धारण सरकार र उपभोक्तालाई झुक्याउन हुँदै नभएको खर्च देखाएर ई सिक्सको मूल्य निर्धारण  बीवाईडी बिक्रेता साइमेक्सको बदमासी : २२ लाखको ई-सिक्समा २८ लाख नाफाबीवाईडी बिक्रेता साइमेक्सको बदमासी : २२ लाखको ई-सिक्समा २८ लाख नाफा २०१७ मै ‘२०१६ मोडल’ को ई-सिक्स आउँदा २०१९ र २०२२ मा ‘२०१५ मोडल' किन आए? २०१७ मै ‘२०१६ मोडल’ को ई-सिक्स आउँदा २०१९ र २०२२ मा ‘२०१५ मोडल' किन आए?

images

प्रकाशित : सोमबार, माघ ९ २०७९११:४८
  • सम्बन्धित विषय:

  • # बीवाईडीमा साइमेक्सको बदमासी


  • प्रतिक्रिया दिनुहोस