शनिबार, वैशाख ८ गते २०८१    
images
images
बीवाईडी बिक्रेता साइमेक्सको बदमासी

२०१७ मै ‘२०१६ मोडल’ को ई-सिक्स आउँदा २०१९ र २०२२ मा ‘२०१५ मोडल' किन आए?

बदमासी छोप्न हारगुहार

images
images
२०१७ मै ‘२०१६ मोडल’ को ई-सिक्स आउँदा २०१९ र २०२२ मा ‘२०१५ मोडल' किन आए?

साइमेक्स प्रतिनिधिले नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाललाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमै भए पनि सहयोग गरिदिन भनेको हो।

images
images

काठमाडौं- बीवाईडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले उत्पादन भएको ७ वर्षपछि विद्युतीय कार ई सिक्स आयात गरेको छ। सन् २०१७ मा आयात गरेको ई सिक्स सन् २०१६ मा बनेको थियो। तर त्यसयता आयात गरेका ई सिक्स भने सन् २०१५ मै बनेका हुन्। 

images
images
images

उपभोक्ता अधिकार र सरकारलाई झुक्याउँदै बीवाईडी बिक्रेता साइमेक्सले पुराना विद्युतीय कार नेपाल ल्याएको हो।

images

साइमेक्सले उपभोक्तालाई ७ वर्ष पुरानो कारमात्र भिराएन सस्तो मूल्यमा ल्याएर सरकारलाई तिर्नुपर्ने करसमेत मार्‍यो। बिक्री मूल्य कायम गर्दा भने नयाँ कारसरह नै अस्वाभाविक खर्च विवरण देखाएर उपभोक्ता ‘लुट्ने’ काम गरेकोसमेत पुष्टि भएको छ। यसबारे सरकारी निकायहरूले अनुसन्धान थाले पनि कारबाहीको प्रक्रियाबारे अनिर्णित रहेका छन्। 

images

सरकारले विद्युतीय सवारीलाई प्रवर्द्धन गर्ने उद्देश्यले कर सहुलियत दिँदै आएकोमा बीवाईडी बिक्रेता साइमेक्सले भने त्यसको दुरुपयोग गर्दै कम मूल्यमा ल्याइएका कारमा कम कर तिरेर उपभोक्तासँग भने नयाँसरह नै मूल्य लिएर बिक्री गरेको हो। कर सहुलियतको प्रत्यक्ष प्रभाव विद्युतीय कारको उपभोक्ता मूल्यमा हुनुपर्नेमा त्यसको गलत फाइदा उठाउँदै साइमेक्सजस्ता आधिकारिक बिक्रेताले अकुत नाफा लिएका हुन्। यसरी कम मूल्यमा कार ल्याएर साइमेक्सले मात्र बदमासी गरेको छैन, बीवाईडीले समेत नेपाली उपभोक्तालाई झुक्याएर ७ वर्ष पुराना कार भिराएको छ। 

images
images

साइमेक्सले ल्याएको बीवाईडीको ई सिक्स विद्युतीय कारबारे भन्सार साथै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुसन्धान गरिरहेको भन्सारका एक अधिकृतले जानकारी दिए। ‘सबै कुरा छर्लंग बाहिर आइसकेको छ। भन्सार विभाग र वाणिज्य विभागले आ-आफ्नो तर्फबाट अनुसन्धान थालेका र यसबारे निर्णय लिन भने ढिलाइ गर्न खोजिएको हो कि जस्तो देखिन्छ,’ ती अधिकृतले भने, ‘तर प्रमाणसहित धेरै कुरा बाहिरिएकाले वाणिज्य र भन्सार विभाग पछि हट्न सक्दैनन्। यसमा उपभोक्ता अधिकारकर्मीहरू मौन हुनु अनौठो हो।’ 

साइमेक्सले बीवाईडीले २०१५ मै बनाएको ई सिक्स विद्युतीय कार दुईपटक ल्याउँदा भिन्दाभिन्दै मूल्यमा ल्याएको छ। साइमेक्सले २०१९ मार्च १९ मा ल्याएको ई सिक्सको प्रज्ञापन पत्रअनुसार प्रतिकार ४० हजार अमेरिकी डलर बीवाईडी अटो इन्डस्ट्री कम्पनी लिमिटेडलाई तिरेको छ। साइमेक्सले नै २०२२ अप्रिल १८ मा ल्याएको २० वटा ई सिक्सको प्रज्ञापन पत्रअनुसार भने सो कार प्रत्येकको १० हजार डलरमात्र तिरेको छ। 

2017 ma 16 model.PNG

भन्सारलाई झुक्याउन २०१५ भर्सनमात्र उल्लेख

बीवाईडी बिक्रेता साइमेक्सले भन्सारमा पेश गरेको कागजपत्रमा ई सिक्सको मोडल इयर प्रष्टसँग उल्लेख गरेको छैन।

बीवाईडी अटो इन्डस्ट्री कम्पनीले काटेको इनभ्वोइसमा ‘इयर २०१५ भर्सन ब्ल्याक, ह्वाइट, ग्रिन’ लेखिएको छ। तर साइमेक्सले भन्सारमा पेश गरेको कागजपत्रमा ‘इयर २०१५ भर्सन’मात्र लेखिएको छ। 

2019 maa 2015 model.PNG

साइमेक्सले भन्सारलाई अलमलमा पार्न २०१५ भर्सन लेखेर कागजात पेश गर्दा पनि भन्सारका कर्मचारीहरूले गाडीको क्लियरेन्स गर्दा बेवास्ता गरेको देखिन्छ।

यसले सरकारले राजस्व गुमायो भने पुराना कार ल्याएर उपभोक्ताको अधिकार हनन गरिएको छ। स्टकको पुराना कार ल्याएर उपभोक्तालाई अत्याधिक महँगो मूल्यमा बिक्री गरिएको हो। 

2022 ma 2015 model.PNG

कम मूल्यमा कार ल्याएर सोहीअनुसार बिक्री मूल्य राखेर बिक्री गरेको भए उपभोक्ताले राहत पाउने थिए तर साइमेक्सले पुरानो कार ल्याएर नयाँसरह मूल्य राखेर बिक्री गर्नु अपराध नै भएको एक व्यवसायीले बताए।

'यस्तो जटिल विषयमा उपभोक्ता अधिकारका कुरा गर्नेहरू कहाँ हराए भन्न अप्ठेरो नभएको' ती व्यवसायीको भनाइ छ।

ब्याट्रीको मूल्यमा छैन ठूलो गिरावट

बीवाईडी ई सिक्समा प्रयोग भएको एलएफपी ब्याट्रीको प्रतिप्याक लागत २०२२ मा १ सय ५१ अमेरिकी डलर रहेको छ। २०१६ मा एमएफपी ब्याट्रीको प्रतिप्याक लागत ३ सय २४ डलर भएको ब्लुम्बर्गले २०२२ डिसेम्बर ६ मा सार्वजनिक गरेको अध्ययनमा उल्लेख छ।

२०२१ मा प्रतिकिलोवाट आवर ब्याट्री उत्पादन लागत १ सय ४१ डलर थियो। साइमेक्सकै दाबीलाई आधार मान्ने हो भने पनि २०२१ मा बनेको ई सिक्समा प्रयोग भएको ब्याट्रीको लागत नै ८ हजार ६ सयभन्दा बढी अमेरिकी डलर पर्दछ। ब्याट्रीको लागत साढे ८ हजारभन्दा बढी पर्दा त्यही ब्याट्री प्रयोग भएको कार कसरी १० हजार डलरमा बन्न सक्छ? २०१५/१६ यता विश्वभर विद्युतीय कारमा प्रयोग हुने ब्याट्रीको मूल्य हरेक वर्ष ५ देखि ६ प्रतिशत घट्दै आएको थियो। तर २०२२ मा भने कच्चा पदार्थको मूल्य बढेका कारण ब्याट्रीको मूल्य १ दशकयता पहिलो पटक ७ प्रतिशतले बढेको थियो। 

बीवाईडी ई सिक्समा ६१ किलोवाट आवरको एलएफपी ब्याट्री प्याक रहेको छ। बीवाईडी ई सिक्समा रहेको ६१ किलोवाट आवर ब्याट्री र प्रतिकिलोवाट एलएफपी ब्याट्री मूल्य ३ सय डलरका हिसाबले १८ हजार डलरभन्दा बढी पर्दथ्यो। २०१५/१६ मा उत्पादन भएको बीवाईडी ई(सिक्समा प्रयोग भएको ब्याट्रीको लागत २० हजार डलरभन्दा कम हुनै नसक्ने चीनबाटै विद्युतीय कार आयात गर्दै आएका व्यवसायीहरूको भनाइ छ। 

यसको पुष्टि साइमेक्सले नै चीनबाट वीरगञ्ज नाका हुँदै २०१९ मार्च १९ मा ई सिक्स (इयर २०१५)को प्रतिगोटा मूल्य ४० हजार अमेरिकी डलर परेको छ। त्यस्तै साइमेक्सले नै २०१७ मा ल्याएको ई सिक्स भने २०१५ मा बनेको उल्लेख छ। त्यसयता साइमेक्सले बीवाईडीले कबाडीका रुपमा स्क्राप गर्नुपर्ने विद्युतीय कार नेपाल ल्याएको पुष्टि हुन्छ। 

बदमासी छोप्न हारगुहार

साइमेक्सले बीवाईडीको पुरानो ई-सिक्स ब्याट्रीको लागतभन्दा कम मूल्यमा ल्याएर अस्वभाविक खर्च देखाई चर्को मूल्यमा बिक्री गरेको प्रमाणसहित बिजनेस न्युजले समाचार प्रकाशित गरेपछि साइमेक्सले अटोमोबाइल व्यवसायीहरूसँग गुहार मागेको छ। 

साइमेक्स प्रतिनिधिले नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाललाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमै सहयोग गरिदिन भनेको हो।

‘संस्थाले एउटा व्यवसायीलाई अप्ठेरो परेको बेला बोलिदिनु पर्ने भन्दै अनौपचारिक रुपमा नाडामै प्रस्ताव आएको छ,’ एक व्यवसायीले भने, ‘यसबारे नाडाले संस्थागत रुपमा वा हरेक व्यवसायीले आ-आफ्नो ढंगमा पनि केही बोल्ने देखिएको छैन। प्रमाणसहित समाचार आएको छ, यस्तोमा साइमेक्स इंककी एमडी यमुनाजीले नै भनेर पनि केही बोल्ने मुडमा व्यवसायीहरू देखिँदैनन्।’ यमुना नाडाको कार्यसमिति सदस्य हुँदा पनि बदमासीबारे केही बोल्ने अवस्था नरहेको ती व्यवसायीले बताए।  

ई-सिक्स : कबाडी कि अन्डर इनभ्वाइस? २०१९ मा ल्याउँदा ४० हजार, २०२२ मा १० हजार डलरमात्रै ई-सिक्स : कबाडी कि अन्डर इनभ्वाइस? २०१९ मा ल्याउँदा ४० हजार, २०२२ मा १० हजार डलरमात्रै स्थानीय डिलर दिँदा ५० लाख धरौटी अनिवार्य, धमाधम बीवाईडी छोड्दै डिलरहरू स्थानीय डिलर दिँदा ५० लाख धरौटी अनिवार्य, धमाधम बीवाईडी छोड्दै डिलरहरू २०१५ मै बनेको पुरानो ई सिक्स ल्याएको पुष्टि, तर २०२१ लेखेर बिक्री  २०१५ मै बनेको पुरानो ई सिक्स ल्याएको पुष्टि, तर २०२१ लेखेर बिक्री  ई सिक्समा अधिक नाफा राखेकोबारे वाणिज्य विभागले थाल्यो अनुसन्धान ई सिक्समा अधिक नाफा राखेकोबारे वाणिज्य विभागले थाल्यो अनुसन्धान ब्याट्रीको लागतभन्दा कम १० हजार डलरमा कसरी आयो ई सिक्स? ब्याट्रीको लागतभन्दा कम १० हजार डलरमा कसरी आयो ई सिक्स? सरकार र उपभोक्तालाई झुक्याउन हुँदै नभएको खर्च देखाएर ई सिक्सको मूल्य निर्धारण  सरकार र उपभोक्तालाई झुक्याउन हुँदै नभएको खर्च देखाएर ई सिक्सको मूल्य निर्धारण  बीवाईडी बिक्रेता साइमेक्सको बदमासी : २२ लाखको ई-सिक्समा २८ लाख नाफा बीवाईडी बिक्रेता साइमेक्सको बदमासी : २२ लाखको ई-सिक्समा २८ लाख नाफा

images

प्रकाशित : बिहीबार , माघ ५ २०७९०४:३५
  • सम्बन्धित विषय:

  • # बीवाईडीमा साइमेक्सको बदमासी


  • प्रतिक्रिया दिनुहोस