शनिबार, वैशाख १५ गते २०८१    
images
images
बीवाईडी बिक्रेता साइमेक्सको बदमासी

ब्याट्रीको लागतभन्दा कम १० हजार डलरमा कसरी आयो ई सिक्स?

images
images
images
ब्याट्रीको लागतभन्दा कम १० हजार डलरमा कसरी आयो ई सिक्स?

बीवाईडी ई सिक्समा प्रयोग भएको एलएफपी ब्याट्रीको प्रतिप्याक लागत २०२२ मा १ सय ५१ अमेरिकी डलर रहेको छ। २०१६ मा एमएफपी ब्याट्रीको प्रतिप्याक लागत ३ सय २४ डलर भएको ब्लुम्बर्गले २०२२ डिसेम्बर ६ मा सार्वजनिक गरेको अध्ययनमा उल्लेख छ।

images
images

काठमाडौं- चिनियाँ विद्युतीय कार उत्पादक कम्पनी बीवाईडी अटो इन्डस्ट्री कम्पनी लिमिटेडले नेपाली बिक्रेता साइमेक्स इंकलाई एउटा ई सिक्स १० हजार अमेरिकी डलरमा बेचेको छ। जब कि १० हजार डलर ई सिक्समा प्रयोग भएको ब्याट्री उत्पादनकै लागिसमेत पुग्दैन।  

images
images
images

बीवाईडी अटोले किन र कसरी यति सस्तो मूल्यमा विद्युतीय कार ई सिक्स साइमेक्सलाई बेच्यो भन्ने गम्भीर प्रश्न उब्जिएको छ। बीवाईडी अटोले साइमेक्स इंकलाई २०२१ सेप्टेम्बर २ मा काटेको कमर्सियल बिजकमा एउटा कारको मूल्य १० हजार अमेरिकी डलर कायम गरिएको छ। 

images

बिजनेस न्युजले प्राप्त गरेको बीवाईडी अटोले साइमेक्सलाई काटेको ‘ओरिजिनल कमर्सियल इनभोइस’मा २० वटा ई सिक्स (इयर २०१५ भर्सन-ब्याल्य/ग्रिम आदी)को प्रतिगोटा १० हजार डलरका दरले २ लाख अमेरिकी डलर कायम गरिएको छ। 

images

बीवाईडीले साइमेक्सलाई बीवाईडी ई सिक्स (इयर २०१५ भर्सन-ब्ल्याक) ६ वटा कार १० हजार डलरका दरले ६० हजार डलर, बीवाईडी ई सिक्स (इयर २०१५ भर्सन-ग्रिन) को ९ वटा कारको प्रतिकार १० हजार डलरका दरले ९० हजार डलर र बीवाईडी ई सिक्स (इयर २०१५ भर्सन-ह्वाइट) को ५ बीवाईडी ई सिक्स प्रतिकार १० हजारका दरले ५० हजार अमेरिकी डलरमा बिजक जारी भएको छ। यसरी खरिद गरिएको २० वटा बीवाईडी ई सिक्सको २ लाख डलर साइमेक्सले बीवाईडी अटो इन्डस्ट्री कम्पनीलाई एलसी (प्रतितपत्र) मार्फत प्रभु बैंकबाट भुक्तानी गरिएको हो। उक्त बिजक २०२१ सेप्टेम्बर २ मा जारी भएको थियो। 

images
images

बीवाईडी बिक्रेता साइमेक्सको बदमासी : सरकार र उपभोक्तालाई झुक्याउन हुँदै नभएको खर्च देखाएर ई सिक्सको मूल्य निर्धारण  बीवाईडी बिक्रेता साइमेक्सको बदमासी : सरकार र उपभोक्तालाई झुक्याउन हुँदै नभएको खर्च देखाएर ई सिक्सको मूल्य निर्धारण 

बीवाईडीले २०१३/१४ मा पहिलोपटक विद्युतीय कार ई सिक्स चीनमा सार्वजनिक गर्दा यसको मूल्य ५० हजार अमेरिकी डलर थियो। तत्कालीन समयमा विद्युतीय सवारीमा प्रयोग हुने ब्याट्रीको उत्पादन लागत निकै महँगो थियो। साथै विद्युतीय कारको उत्पादन तथा प्रविधिसमेत महँगो नै पर्दथ्यो। 

विद्युतीय कार उत्पादनमा सबैभन्दा धेरै लागत ब्याट्रीको छ। ब्याट्रीको क्षमताका आधारमा त्यसको लागत निर्धारण हुँदै आएको छ। विद्युतीय कारको अंकित मूल्यको ४० देखि ६० प्रतिशत लागत ब्याट्रीमै हुने गरेको छ। २०१६ को मूल्यअनुसार बीवाईडीको विद्युतीय कार ई सिक्सको ब्याट्री लागत १९ हजार अमेरिकी डलर लागेको थियो। 

२०१५/१६ देखि नै बीवाईडीको विद्युतीय कार ई सिक्स नेपाली बजारमा समेत आएको थियो। तत्कालीन समयमा पनि बीवाईडीको आधिकारिक बिक्रेता साइमेक्स इंक नै थियो। तर साइमेक्स इंकको व्यवस्थापन भने टीबीआई समूह र प्रसिद्धबहादुर पाण्डेको कम्पनीले गर्दै आएको थियो। हाल यसको व्यवस्थापन भने अरु नै व्यक्तिहरूले गर्दै आएका छन्। त्यतिबेला बीवाईडी ई सिक्सको नेपाली बजार मूल्य ७५ लाख रुपैयाँ तोकिएको थियो। त्यतिबेला बीवाईडी अटोले साइमेक्सलाई प्रति ई सिक्स ५० हजार डलरमा बिक्री गरेको थियो। 

बीवाईडी ई सिक्समा प्रयोग भएको एलएफपी ब्याट्रीको प्रतिप्याक लागत २०२२ मा १ सय ५१ अमेरिकी डलर रहेको छ। २०१६ मा एमएफपी ब्याट्रीको प्रतिप्याक लागत ३ सय २४ डलर भएको ब्लुम्बर्गले २०२२ डिसेम्बर ६ मा सार्वजनिक गरेको अध्ययनमा उल्लेख छ।

२०२१ मा प्रतिकिलोवाट आवर ब्याट्री उत्पादन लागत १ सय ४१ डलर थियो। साइमेक्सकै दाबीलाई आधार मान्ने हो भने पनि २०२१ मा बनेको ई सिक्समा प्रयोग भएको ब्याट्रीको लागत नै ८ हजार ६ सयभन्दा बढी अमेरिकी डलर पर्दछ। ब्याट्रीको लागत साढे ८ हजारभन्दा बढी पर्दा त्यही ब्याट्री प्रयोग भएको कार कसरी १० हजार डलरमा बन्न सक्छ? 

li io price.jpeg

८ हजार डलरको ब्याट्री प्रयोग भएको कार बन्न कम्तिमा १५ हजार डलर लाग्ने देखिन्छ। त्यसमा कम्पनीको नाफालगायत विषय जोडेपछि मात्र बिक्री मूल्य तय हुन्छ। तर साइमेक्स इंकले १० हजार डलरमै बीवाईडी ई सिक्स पाएको छ। 

अघिल्लो वर्ष सार्वजनिक भएको अर्को अध्ययनमा २०२२ मा विद्युृतीय कारको प्रतिप्याक (किलोवाटआवर) ब्याट्रीको लागत १ सय डलरभन्दा कम हुने उल्लेख थियो। तर कोरोना महामारीपछि उत्पन्न परिस्थितिका कारण कच्चा पदार्थको मूल्य बढ्दा ब्याट्री लागत घट्नुको साटो २०२२ मा बढेको हो।  

२०१५/१६ यता विश्वभर विद्युतीय कारमा प्रयोग हुने ब्याट्रीको मूल्य हरेक वर्ष ५ देखि ६ प्रतिशत घट्दै आएको थियो। तर २०२२ मा भने कच्च पदार्थको मूल्य बढेका कारण ब्याट्रीको मूल्य १ दशकयात पहिलो पटक ७ प्रतिशतले बढेको हो। 

बीवाईडी ई सिक्समा ६१ किलोवाट आवरको एलएफपी ब्याट्री प्याक रहेको छ। बीवाईडी ई सिक्समा रहेको ६१ किलोवाट आवर ब्याट्री र प्रतिकिलोवाट एलएफपी ब्याट्री मूल्य ३ सय डलरका हिसाबले १८ हजार डलरभन्दा बढी पर्दथ्यो। २०१५/१६ मा उत्पादन भएको बीवाईडी ई सिक्समा प्रयोग भएको ब्याट्रीको लागत २० हजार डलरभन्दा कम हुनै नसक्ने चीनबाटै विद्युतीय कार आयात गर्दै आएका व्यवसायीहरूको भनाइ छ। 

बीवाईडी बिक्रेता साइमेक्सको बदमासी : २२ लाखको ई-सिक्समा २८ लाख नाफा बीवाईडी बिक्रेता साइमेक्सको बदमासी : २२ लाखको ई-सिक्समा २८ लाख नाफा

साइमेक्स इंकले नै केही समयअघिमात्र नयाँ ई सिक्सको ब्याट्री प्याक फेर्नु परेमा ४० लाख रुपैयाँ र पुराना ई सिक्सको ब्याट्री प्याक फेर्नु परे ३० लाख रुपैयाँ लाग्ने बताएको एक उपभोक्ताले बताए।

‘१० हजार डलरमा कार नै ल्याएर हामी उपभोक्तालाई कम्पनीले नराम्रोसँग झुक्याएको रहेछ,’ ती उपभोक्ताले भने, ‘हामीले ब्याट्री फेर्न कति लाग्छ भन्दा ३० लाख भनियो। यसबारे सरकार र मातहतका निकायले कनि चासो दिँदैनन् कुन्नी।’ ब्याट्री आयात गर्दा पनि केही प्रतिशत कर, ल्याउने भाडा केही नाफा हिसाब गर्ने हो भने ३० लाख रुपैयाँ पर्ने भनिएको ब्याट्रीको लागत १२/१५ हजार डलर स्वभाविक रुपमै पर्छ।

बीवाईडीको नेपाल आएका नयाँ तथा पुराना दुवै ई सिक्समा एलएफपी ब्याट्री प्रयोग गरिएको छ। साइमेक्सले ल्याएको बीवाईडी ई सिक्स विद्युतीय कारको उत्पादन वर्ष कहिले हो? भन्ने टड्कारो प्रश्न उठेको छ। 

doc.png

images

प्रकाशित : बिहीबार , पुस १४ २०७९०१:००
  • सम्बन्धित विषय:

  • # बीवाईडीमा साइमेक्सको बदमासी


  • प्रतिक्रिया दिनुहोस