शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

बीवाईडी बिक्रेता साइमेक्सको बदमासी : २२ लाखको ई-सिक्समा २८ लाख नाफा

images
मंगलबार, पुस १२ २०७९
images
बीवाईडी बिक्रेता साइमेक्सको बदमासी : २२ लाखको ई-सिक्समा २८ लाख नाफा

एउटा ई -सिक्सको खरिद मूल्य १२ लाख २१ हजार ९ सय रुपैयाँ परेको थियो। आयात गर्दा लागेको शुल्क र गाडीको खरिद लागतसमेत गर्दा यो कारको भन्सारयोग्य मूल्य १७ लाख ५ हजार ९ सय रुपैयाँ रहेको छ। सबै कर तिर्दा २२ लाख २६ हजार परेको गाडीको बिक्री मूल्य ५० लाख तोकिएको छ।

images
images

काठमाडौं- चिनियाँ विद्युतीय सवारी उत्पादक बीवाईडी अटोको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंकले एउटै सवारीमा अस्वाभाविक नाफा लिएको पाइएको छ। कम्पनीले भन्सार जाँचपास गरिसक्दा करिब २२ लाख रुपैयाँ परेको विद्युतीय कारको बिक्री मूल्य ५० लाख रुपैयाँ कायम गरेर ५ लाख रुपैयाँ छुट दिँदै बिक्री गरेको पाइएको हो। 

images
images
images

साइमेक्सले एमआरपीमा एउटै कारमा २८ लाख र छुटपछिको मूल्यमा २३ लाख रुपैयाँ नाफा राखेर बिक्री गरेको हो। साइमेक्सले बीवाईडी अटो इन्डस्ट्री कम्पनी लिमिटेडबाट बीवाईडी ई-सिक्स विद्युतीय कार सन् २०२१ सेप्टेम्बर २ तारिखमा १० हजार अमेरिकी डलरमा खरिद गरेको हो।

images
images

बिजनेस न्युजले प्राप्त गरेको बिजकमा 'बीवाईडी अटो इन्डिस्ट्री को लि'ले साइमेक्स इंक प्रालिका नाममा काटेको ‘कमर्सियल इनभ्वाइस’मा (वर्ष २०१५ भर्सन ब्ल्याक) एउटा ई सिक्सको प्रतिकार खरिद मूल्य १० हजार डलरमात्र उल्लेख छ। त्यस्तै साइमेक्सले भन्सार जाँचपासका लागि पेस गरेको दस्तावेजमा प्लान्टबाट रसुवागढी भन्सारसम्म ल्याउन प्रतिकार ४ लाख ८४ हजार १ सय ७४ रुपैयाँ भाडा, बीमालगायत शुल्क लागेको छ। 

images
images

साइमेक्सले बीवाईडीसँग कार खरिद गरेको सयममा अमेरिकी डलरको विनिमयदर १ सय २२ रुपैयाँ १९ पैसा थियो। एउटा ई-सिक्सको खरिद मूल्य १२ लाख २१ हजार ९ सय रुपैयाँ परेको थियो। आयात गर्दा लागेको शुल्क र गाडीको खरिद लागतसमेत गर्दा यो कारको भन्सारयोग्य मूल्य १७ लाख ५ हजार ९ सय रुपैयाँ रहेको छ। 

बीवाईडीको ई सिक्स १ सय किलोवाटसम्म मोटर क्षमता भएको विद्युतीय कार भएकाले यसमा १० प्रतिशत भन्सार, १३ प्रतिशत मूल्य अभिवृद्धि कर र ५ प्रतिशत सडक सम्भार दस्तुर लाग्छ। १७ लाख ५ हजार ९ सय रुपैयाँको ई सिक्समा १० प्रतिशत भन्सार, १३ प्रतिशत भ्याट र ५ प्रतिशत सडक सम्भार दस्तुरसहित सरकारलाई एउटा कार वापत ५ लाख २० हजार ६ सय रुपैयाँ कर तिरिएको छ। 

bydbanner.png
साइमेक्सले ल्याएको ई सिक्सको प्रज्ञापनपत्र।

साइमेक्सले ल्याएको बीवाईडी ई सिक्स भन्सार जाँचपास भएर नेपाल प्रवेश गर्दा प्रतिकारको मूल्य २२ लाख २६ हजार ४ सय ५५ रुपैयाँ लागत परेको छ। तर साइमेक्सले सो गाडीको ५० लाख रुपैयाँ बिक्री मूल्य राखेको छ।

साइमेक्सले सरकारी कार्यालयमा पेस गरेको विवरणमा पनि बीवाईडी ई-सिक्सको कुल बिक्री मूल्य ५० लाख रुपैयाँ नै राखेको छ। यो मूल्यलाई आधार मान्ने हो भने साइमेक्सले बीवाईडी ई सिक्समा २८ लाख रुपैयाँ नाफा राखेको देखिन्छ।  

बिजनेस न्युजलाई प्राप्त एक बिजकका अनुसार साइमेक्सले सो गाडी ५ लाख रुपैयाँ छुट दिएर ४५ लाख रुपैयाँमा बिक्री गरेको छ। यो आधारमा साइमेक्सले प्रतिगाडी पलर मूल्यका हिसाबमा २३ लाख रुपैयाँ नाफा राखेर बिक्री गरेको देखिन्छ।

रसुवा भन्सारबाट काठमाडौं ल्याउन आयातकर्ताहरूले गुडाएरै ल्याउने गरेका छन्। गुडाएर ल्याउँदा एउटा कार काठमाडौं ल्याउन १० हजार रुपैयाँभन्दा कम लागत लाग्छ। तर कोही उपभोक्ताले तत्काल कार ल्याइदिन आग्रह गरे कन्टेनरमा राखेर ल्याउँदा उक्त कारको भाडा ३० देखि ५० हजार रुपैयाँ अतिरिक्त लाग्ने गरेको छ। त्यो भाडा रकमसमेत बिक्री मूल्यमै जोडिने गरेको छ।

जतिसुकै ओभरहेड कस्ट, ब्याजलगायत जोडे पनि प्रतिगाडी २ लाख रुपैयाँभन्दा बढी खर्च नहुने चीनबाटै कार आयात गरेर बिक्री गर्दै आएका व्यवसायी बताउँछन्। ‘यति धेरै खर्च किन र कसरी देखाइयो त्यसबारे हामीलाई थाहा हुने कुरा भएन,’ एक बिक्रेताले भने, ‘उत्पादक कम्पनीसँग कार नै ज्यादै न्यून मूल्यमा किनेर ल्याएकाले अन्य खर्च धेरै देखाएको हुनसक्छ।’ 

यता बीवाईडीको नेपालमा लागि आधिकारिक बिक्रेता साइमेक्स इंककी एमडी यमुना श्रेष्ठले भने लागेको लागतकै आधारमा कारको मूल्य निर्धारण भएको दाबी गरिन्। अन्यथा मूल्य निर्धारण नभएको जिकिर गर्दै श्रेष्ठले भनिन्, '१० हजार डलरमा किनेको कारकाे मूल्य ५० लाख परेको मात्र होइन ५० हजार डलरमा किनेको कार ५५ लाखमा बिक्री गरेको पनि त छ नि।' आफूहरूले लागतअनुसार नै मूल्य कायम गरेर बिक्री गरेको उनको भनाइ छ।  

सरकारले विद्युतीय सवारीलाई कर सहुलियत दिएको छ। त्यसमा पनि एकसय किलोवाटसम्म मोटर क्षमता भएका विद्युतीय कारमा न्यूनतम् कर लाग्ने व्यवस्था गरिएको छ। सरकारले दिएको सहुलियत र सस्तोमा उत्पादकसँग खरिद गरिएको विद्युतीय कारमा अस्वाभाविक नाफा साइमेक्सले लिएको हो। साइमेक्सले भन्सार कार्यालयमा पेस गरेको खर्च विवरण र मूल्य निर्धारण नै कहालीलाग्दो देखिन्छ। 


प्रकाशित : मंगलबार, पुस १२ २०७९११:१०
  • सम्बन्धित विषय:

  • # #ELECTRIC
  • # #NEPAL
  • # #CHAINA
  • # #highprice
  • # #बीवाईडी
  • # बीवाईडीमा साइमेक्सको बदमासी


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend