शुक्रबार, वैशाख १४ गते २०८१    
images
images
बीवाईडी बिक्रेता साइमेक्सको बदमासी

सरकार र उपभोक्तालाई झुक्याउन हुँदै नभएको खर्च देखाएर ई सिक्सको मूल्य निर्धारण 

images
images
images
सरकार र उपभोक्तालाई झुक्याउन हुँदै नभएको खर्च देखाएर ई सिक्सको मूल्य निर्धारण 

चीनबाट रसुवागढी नाकासम्म एउटा कार आयात भाडा/बीमा बापत २ हजार अमेरिकी डलर लाग्ने गरेको छ। विशेष परिस्थितिमा ५ सय डलर बढी लागेपछि २ हजार डलरभन्दा कम नै लाग्ने गरेको छ। तर साइमेक्सले भने एउटै कार आयातमा दोब्बर अर्थात् ४ हजार डलरभन्दा बढी लागत देखाएको छ। 

images
images

काठमाडौं- बीवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंकले चीनबाट आयात गरेको ई-सिक्स विद्युतीय कारको मूल्य निर्धारण गर्दा हुँदै नहुने खर्चका शीर्षक र हुनेमा दोब्बरभन्दा बढी खर्च देखाएको पाइएको छ।

images
images
images

कार खरिद गरेको सक्कली बिजक पेश गरेपछि भाडा, बीमालगायतका खर्चको विवरण भने आयातकर्ताले जति देखायो त्यति नै (स्वघोषणा)कायम हुने गरेको छ। यसको न त भन्सारले बिजक माग्छ न त पेश गरेको खर्चबारे कार्यालयले क्रसचेक नै गर्छ। बीवाईडी आयातकर्ता साइमेक्सले सस्तो मूल्यमा कार किनेर भाडा, बीमालगायतबाटै खर्च बढाएको पाइएको हो। 

images

सामान्य अवस्थामा चीनबाट रसुवागढी नाकासम्म एउटा कारको भाडा/बीमा बापत २ हजार अमेरिकी डलर लाग्ने गरेको छ। विशेष परिस्थितिमा ५ सय डलर बढी लागेपछि २ हजार डलरभन्दा कम नै लाग्ने गरेको छ। तर साइमेक्सले भने एउटै कार आयात गर्दाको भाडा/बीमालगायत खर्च दोब्बर अर्थात् ४ हजार डलरभन्दा बढी लागत देखाएको छ। 

images

‘१० हजार डलरमा किनेको कारको रसुवागढीसम्म ल्याउने भाडा मूल्यको करिब आधा नै पैसा लाग्ने भन्ने हुँदैन,’ चीनबाटै कार आयात गर्दै आएका एक आधिकारिक बिक्रेताका प्रतिनिधिले भने, ‘यो सस्तोमा कार पाएकाले ई सिक्सको बिक्री मूल्य ५० लाख रुपैयाँलाई जस्टिफाइ भएको देखाउन भाडा/बीमाबाटै लाग्ने भन्दा बढी खर्च देखाइएको रहेछ।’ आफूले तिरेको भाडा रकम २ लाख भए पनि भन्सारमा देखाउँदा करिब ५ लाख देखाएपछि त्यसको लागत बढेको देखिन्छ। तर वास्तविक अर्थमा केही कर बढी पर्ने र अन्तिम मूल्य उपभोक्ताले नै तिर्ने हो। जसले गर्दा आयातकर्तालाई ‘वैधानिक चोरीको बाटो’बाट फाइदा बढी हुन्छ। ‘हो, यही ‘वैधानिक चोरीको बाटो’ बीवाईडी आयातकर्ता साइमेक्सले अपनाएको देखिन्छ,’ ती प्रतिनिधिले थपे, ‘भाडा/बीमामा किन यति धेरै लागेको भनेर भन्सारले प्रश्न गर्दैन, किन कि उसलाई भाडा/बीमाको खर्च जति देखाए पनि त्यसबापत समेत राजस्व आउँछ।’ 

images
images

विद्युतीय कार नै अनपेक्षित सस्तो मूल्यमा किन्न पाएकाले साइमेक्सलाई त्यसको आधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी) ५० लाख राखेको पुष्टी गर्न निक्कै कठीन भएको देखिन्छ। १२ लाख २१ हजार रुपैयाँमा उत्पादकसँग कार किनेको र ४ लाख ८५ हजार रुपैयाँ रसुवा भन्सारसम्म ल्याउन लागेको भाडा, बीमालगायत रकम हो। 

खरिद मूल्य र भाडा, बीमालगायत मूल्यमा भन्सार लाग्छ। भन्सार लाग्ने रकम १७ लाख ५ हजार ९ सय रुपैयाँ हो। यो मूल्यमा १० प्रतिशत भन्सार, १३ प्रतिशत भ्याट र ५ प्रतिशत सबै जोडर ५ लाख २० हजार ६ सय रुपैयाँ कर सरकारलाई तिरेको छ। 

रसुवागढी भन्सार जाँचपासपछि एउटा बीवाईडी ई सिक्सको मूल्य २२ लाख २६ हजार ४ सय ५५ रुपैयाँ कायम भएको छ। यही मूल्यपछि साइमेक्सले भन्सारलाई बुझाएको खर्च विवरण र बिक्री मूल्य निक्कै अस्वाभाविक देखिएको छ। 

साइमेक्सले कयौं यस्तो खर्चका शीर्षकहरु देखाएको छ जुन खर्च नै हुँदैन। त्यतिमात्र होइन बिजनेस न्युजले प्राप्त गरेको साइमेक्सले भन्सार कार्यालयमा बुझाएको खर्चको 'ब्रेकडाउन'मा खर्च शीर्षक संख्या नै ३/४ ठाउँमा उल्लेख गरिएको छ। जसमा हुँदै नहुने खर्च देखाइएको छ। उदाहरणका लागि फ्रि एक्ससरिज/होमचार्जर शीर्षकमा ७ लाख रुपैयाँ खर्च देखाइएको छ। सो खर्च शीर्षकअनुसार साइमेक्स इंकले उपभोक्ताका लागि जारी गरेको बिक्री बिजकमा चार्जर दिएको समावेश नै छैन। त्यस्तै साइमेक्सले वायरहाउस चार्ज (ल्हासा) शीर्षकमा २ लाख २० हजार रुपैयाँ खर्च देखाएको छ।

यो खर्च सवारी रोकिएको खण्डमा दैनिक प्रतिसवारी ८० रुपैयाँ मात्र लाग्ने गरेको छ। तर साइमेक्सले ल्याएको बीवाईडी ई सिक्स त्यहाँ रोकिएको थाहा नभएको र त्यति धेरै पैसा खर्चका रुपमा देखाउनु भनेको उपभोक्ता माथि अन्याय र राज्यलाई गुमराहमा राख्ने काम भएको एक व्यवसायीले बताए। 

त्यस्तै साइमेक्ले एउटा विद्युतीय कारमा ‘प्रोभिजन फर एक्सचेन्ज रेट फ्लक्चुएसन’ शीर्षकमा १ लाख २० हजार रुपैयाँ खर्च देखाएको छ। हालसम्म कुनै पनि कम्पनीले यो शीर्षकमा खर्च देखाएको आफूले थाहा नपाएको चीनबाट कार आयात गर्दै आएका एक व्यवसायीले बताए। ‘यो कस्तो खर्च हो? १०/११ वर्षदेखि चीनबाट कार आयात गर्दै आएको छु। यसरी अनौठो शीर्षकमा पैसा लाग्छ भन्ने थाहै थिएन,’ ती व्यवसायीले भने, ‘यो चाहिँ अन्य व्यवसायीलाई पनि खर्च देखाउन सिक्ने अवसरका रुपमा देखियो। राजस्व अनुसन्धान वा आन्तरिक राजस्व कार्यालयले चासो देखाएन भने।’      

बीवाईडी बिक्रेता साइमेक्सको बदमासी : २२ लाखको ई-सिक्समा २८ लाख नाफा बीवाईडी बिक्रेता साइमेक्सको बदमासी : २२ लाखको ई-सिक्समा २८ लाख नाफा

यी हुन् हुँदै नहुने तर साइमेक्सले देखाएको खर्च विवरण 

-‘प्रोभिजन फर एक्सचेन्ज रेट फ्लक्चुएसन’ शीर्षकमा १ लाख २० हजार रुपैयाँ

-वायरहाउस चार्ज (ल्हासा) शीर्षकमा २ लाख २० हजार रुपैयाँ

-फ्रि एक्सेसरिज/होमचार्जर शीर्षकमा ७ लाख रुपैयाँ

खर्च हुने तर अत्याधिक खर्च देखाइएका शीर्षक

-रोड फ्रेट तथा बीमा ४ लाख ८५ हजार (लाग्ने औषत २ लाख रुपैयाँ) 

-रसुवा क्लियरेन्स र रसुवा-केटीएम भाडा र बीमा १ लाख ५० हजार रुपैयाँ (लाग्ने अधिकतम २५/५० हजार रुपैयाँ)

-डिलर कमिसन ५ लाख रुपैयाँ (आधिकारिक बिक्रेता साइमेक्सले नै बिजक जारी गरेको तर कमिसन देखाइएको)

-बैंकको ब्याजदर २४० दिनका लागि १२ प्रतिशत बापत १ लाख ६४ हजार ८ सय १ रुपैयाँ

-पीडीआई आफ्टर सेल्स, सर्भर, वारेन्टी र मर्मत खर्च १ लाख २५ हजार रुपैयाँ 

-डेस्टुफिङ एन्ड अनलोडिङ कस्ट ५० हजार रुपैयाँ 

हुनेभन्दा बढी खर्च देखाइएको र खर्च नै नहुने रकमलाई खर्च भएको भनी मूल्य निर्धारण गरिकाले बीवाईडी ई सिक्सको मूल्य ५० लाख रुपैयाँ पुगेको हो। सामान्य खर्च (अन्य कम्पनीको कार आयात गर्दा सरह) देखाएर आयात गरिएको अवस्थमा बीवाईडी ई सिक्समा २२ लाख २६ हजार रुपैयाँमा २ लाख अन्य खर्च लाग्ने र नाफासहित यो कारको मूल्य ३०-३२ लाख रुपैयाँ कायम गरिएको थियो भने स्वाभाविक हुने थियो। साथै उपभोक्ताले समेत उचित मूल्यमा विद्युतीय कार चढ्ने अवसर पाउँथे। 

साइमेक्सले (बीवाईडी ई सिक्स (इयर २०१५ भर्सन)भन्सार कार्यालयमा बुझाएको लागत विवरण : 

byd.png

 

images

प्रकाशित : बुधबार, पुस १३ २०७९१२:४९
  • सम्बन्धित विषय:

  • # #BYD
  • # #ev
  • # #cimex
  • # #NEPAL
  • # #price
  • # #highprice
  • # #tax
  • # #china
  • # बीवाईडीमा साइमेक्सको बदमासी


  • प्रतिक्रिया दिनुहोस