शनिबार, वैशाख १५ गते २०८१    
images
images
बीवाईडी बिक्रेता साइमेक्सको बदमासी 

स्थानीय डिलर दिँदा ५० लाख धरौटी अनिवार्य, धमाधम बीवाईडी छोड्दै डिलरहरू

डिलर छाडेकाको धरौटी फिर्ता नगरेपछि बैंक धाउँदै

images
images
images
स्थानीय डिलर दिँदा ५० लाख धरौटी अनिवार्य, धमाधम बीवाईडी छोड्दै डिलरहरू

सबैजसोले ५ देखि १० लाख रुपैयाँ सुरुमा लिइने गरेको र उक्त रकम १ वर्ष नपुग्दै डिलरले लिने गाडी वा पार्टपुर्जाको रकममा मिलान गर्ने गरेको बताए। तर साइमेक्सले भने कहीँ नभएको नियम बनाएर ५० लाख रुपैयाँ धरौटी बापत उठाएको हो। 

images
images

काठमाडौं- सवारीसाधनको स्थानीय डिलर बन्नका लागि कति धरौटी राख्नु पर्ला? ५ लाख, १० लाख रुपैयाँ वा अलि बढी। सामान्यतः नेपाली आधिकारिक बिक्रेताहरूले केही लाख रुपैयाँ सुरुमा डिलरहरूबाट डिपोजिट लिने र एक वर्षभन्दा कम समयमा सो रकम डिलरलाई दिने सामानमा मिलान गर्ने गरेका छन्। 

images
images
images

यस्तोमा चिनियाँ सवारी उत्पादक कम्पनी बीवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंक प्रालिले भने एउटा स्थानीय डिलरसँग ५० लाख रुपैयाँ धरौटीका रुपमा अनिवार्य राख्ने पर्ने नियम बनाएको पाइएको छ। यसरी डिलर बनेबापत दिएको ५० लाख धरौटी डिलर छाडेपछि मात्र दिने व्यवस्था साइमेक्सले गरेको छ। 

images

नेपालमा उपलब्ध सवारी ब्रान्डका आधिकारिक बिक्रेता कुनै पनि कम्पनीले साइमेक्सले जसरी अस्वभाविक ५० लाख रुपैयाँ धरौटीका नाममा संकलन गर्ने गरेको पाइएन। बिजनेस न्युजले १० भन्दा बढी आधिकारिक बिक्रेतासँग स्थानीय डिलर नियुक्त गर्दा लिने गरेको धरौटी वा ग्यारेन्टी रकमबारे सोधेको थियो। सबैजसोले ५ देखि १० लाख रुपैयाँ सुरुमा लिइने गरेको र उक्त रकम १ वर्ष नपुग्दै डिलरले लिने गाडी वा पार्टपुर्जाको रकममा मिलान गर्ने गरेको बताए। तर साइमेक्सले भने कहीँ नभएको नियम बनाएर ५० लाख रुपैयाँ धरौटी बापत उठाएको हो। 

images

धरौटी लिनेमात्र नभइ साइमेक्सले स्थानीय एलसी खोलेर गाडी मगाएका डिलरहरूसँग नगदसमेत माग्ने गरेको छ। त्यस्तै साइमेक्सले डिलरसँग गाडी लिन नगद राख्नु पर्ने र उनीहरूले पैसा पठाइसक्दा पनि गाडी दिन महिनौँ लाग्ने गरेको डिलरहरूको भनाइ छ। ढिलो गरि गाडी दिने र दिएको गाडी डिलरको नाममा नामसारी गर्न अर्को ४/६ महिनासम्म झुलाउने गरेको एक डिलर सञ्चालकले बताए। 

images
images

साइमेक्सको सोही रबैयाका कारण उपत्यकामा एकसहित बुटवल, बिर्तामोड तथा इटहरीका बीवाईडी डिलरले साइमेक्ससँगको सम्झौता रद्द गरेर बीवाईडी बेच्न छाडिसकेका छन्। देशभरका ४ वटा स्थानीय डिलर बीावाईडी ब्रान्डका कार बिक्री नगर्ने निष्कर्षमा पुगेका हुन्। 

साइमेक्ससँग बुटवलमा बीवाईडीका कार बिक्री गर्ने गरि सम्झौता गरेको जारा मोटर्सले पनि ५० लाख रुपैयाँ धरौटी बुझाएको थियो। धरौटी रकम बुझाएर शोरुम बनाएर गाडी बिक्री गर्न लोकल एसली खोल्दासमेत साइमेक्सले कार चाहिने भए नगद रकम नदिएसम्म कार नदिएको जारा मोटर्सले जनाएको छ। ‘कार लिएर बिक्री गर्नका लागि १० करोडको एलसी पास गरेर पठाउँदा पनि साइमेक्सले २ वटा कारका लागि नगद चाहिने भनेर १ करोड रुपैयाँ मागेको थियो,’ जारा मोटर्सका प्रबन्ध निर्देशक अमित पौडेलले भने, ‘त्यसरी पैसा पठाउँदा समेत कार दिन महिनौँ लगाउने गरेको नमीठो अनुभव पनि गरियो।’ 

त्यति ठूलो ब्रान्डको आधिकारिक बिक्रेता रहेको कम्पनी साइमेक्स र त्यसमा सञ्चालकहरूको रबैया देखेर र व्यवसाय गर्दा अपनाउनु पर्ने सामान्य ‘व्यवसायिक व्यवहार’ पनि नदेखाएकाले आफूले बीवाईडीको बुटवल डिलर छाडेको पौडेल बताउँछन्। ‘एलसी दिएर, मागेजति नगद दिँदा पनि कार नदिने, फोनमा कुरा गर्दा पटक पटक कुरा फेर्ने साइमेक्समा सञ्चालकको व्यवहारले आजित भएँ,’ पौडेलले भने, ‘यो हदको अव्यवसायिक व्यक्तिहरूले चलाएको कम्पनी साइमेक्ससँग काम गर्न नसकिने निष्कर्षमा पुगेर सम्झौता भंग गरेँ।’ 

साइमेक्सले डिलरलाई लामो समय झुलाएर कार दिएपनि डिलरको नाममा नामसारी गर्न अर्को महिनौँ कुराउने गरेको थियो। बीवाईडीको आधिकारिक बिक्रेता साइमेक्सको सो व्यवहारका कारण उपत्यकाका एक डिलरले समेत सम्झौता ता भंग गरेर बीवाईडी बिक्री नगर्ने निर्णय गरेको बताएको छ। ‘एलसी दियो गाडी दिँदैन, पैसा दियो महिनौँपछि गाडी दिन्छन् तर पास गरिदिँदैनन्,’ ती डिलर सञ्चालकले भने, ‘यति अव्यवस्थित र अव्यवसायिकहरूसँग लामो सहकार्य गर्न नसकिने देखेर आफूले धरौटीमा राखेको ५० लाख एउटा गाडीमा लामो समय लगाएर मिलान गरेपछि सम्झौता तोडियो।’ 

यतिमात्र होइन साइमेक्ससँग सम्झौता गरेका पूर्वको विराटनगर, इटहरी र बिर्तामोडमा बीवाईडीका कार बिक्री गर्ने भनेका कम्पनीहरूले समेत सम्झौता तोडिसकेका छन्। सुरुमा तीनवटै सहरमा आफूहरूलाई बीवाईडीको गाडी बिक्री गर्न दिने भनेको साइमेक्सले ५० लाख रुपैयाँ धरौटी पनि लिने र अन्य कम्पनीलाई समेत डिलर दिएकाले आफूहरूले साइमेक्ससँग काम गर्न नसक्ने निष्कर्ष निकालेको ती डिलर सञ्चालकले बताए। ‘अन्य स्थानीय डिलरसँग कुराकानी गर्दा एक दुई वटा डिलरसँग पहुँच र चाकडीकै आधारमा ५० लाख रुपैयाँ धरौटी नलिइ डिलर दिइएको पाइयो,’ पूर्वका एक डिलर सञ्चालकले भने, ‘त्यसरी नलिनुमा हाम्रो गुनासो होइन तर लङटम काम गर्ने लक्ष्य लिएको र त्यति ठूलो बीवाईडीको आधिकारिक बिक्रेता साइमेक्स इंकको अव्यवसायिक व्यवहारबाट चकित परेँ।’ 

बीवाईडी बिक्रेता साइमेक्सको व्यवहार टिठलाग्दो भएको पूर्वको डिलर छाडेका तथा बीवाईडीका ग्राहकसमेत रहेका दिपेश सुवेदीले बताए। ‘साइमेक्सको व्यवसायिक पाटोको त कुरै नगरौँ, उसको सर्भिससमेत झुर छ,’ सुवेदीले भने, ‘७ किलोवाटको चार्जर दिन्छु भनेर गाडी किनेँ। १ वर्ष कुरेर झगडै गरेपछि मात्र ३.३ किलोवाटको मात्र चार्जर दिए।’ 

उता बुटवलको डिलरले साइमेक्ससँग बीवाईडीका कार बिक्री नगर्ने निर्णय गरेर सम्झौता रद्द गरेको १ वर्षभन्दा बढी समय भइसक्दा पनि पूरै पैसा फिर्ता नपाएको जनाएको छ। ‘गाडी बेच्दिनँ भनेर सम्झौता रद्द गरेको वर्ष दिनभन्दा बढी भइसक्यो साइमेक्सले अझै ३ लाख ७० हजार रुपैयाँ फिर्ता दिएको छ्रैन,’ जारा मोटरका सञ्चालक पौडेलले भने, ‘साइमेक्सको अव्यवसायिकता यति धेरै छ कि मैले साइमेक्सकै नाममा जम्मा गरेको पैसा अहिले फिर्ता गर्ने बेलामा त्यहीँका कर्मचारीको नाममा हामीलाई चेक दिएको छ।’

सबैजसो स्थानीय डिलरले सीआई (कर्पोरेट आइडेन्टिटी) अनुसार नै करोडौँ खर्च गरेर बीवाईडीको शोरुम बनाएका थिए। तर साइमेक्सको गैह्रव्यवसायिक व्यवहारले उनीहरूले बीवाईडी छाडेर अन्य ब्रान्डका कार बिक्री गर्न थालेका वा तरखरमा रहेका छन्। केही ठाउँमा साइमेक्सले नयाँ डिलर बनाएपनि उनीहरू पनि कति दिन टिक्ने हो दिनगन्ती सुरु भएजस्तै अवस्थामा पुगेको एक डिलर सञ्चालकले ठट्यौली पारामा सुनाए। 

बीवाईडी बिक्रेता साइमेक्सको बदमासी : २२ लाखको ई-सिक्समा २८ लाख नाफा बीवाईडी बिक्रेता साइमेक्सको बदमासी : २२ लाखको ई-सिक्समा २८ लाख नाफा सरकार र उपभोक्तालाई झुक्याउन हुँदै नभएको खर्च देखाएर ई सिक्सको मूल्य निर्धारण  सरकार र उपभोक्तालाई झुक्याउन हुँदै नभएको खर्च देखाएर ई सिक्सको मूल्य निर्धारण  ब्याट्रीको लागतभन्दा कम १० हजार डलरमा कसरी आयो ई सिक्स? ब्याट्रीको लागतभन्दा कम १० हजार डलरमा कसरी आयो ई सिक्स? ई सिक्समा अधिक नाफा राखेकोबारे वाणिज्य विभागले थाल्यो अनुसन्धान ई सिक्समा अधिक नाफा राखेकोबारे वाणिज्य विभागले थाल्यो अनुसन्धान बीवाईडी बिक्रेता साइमेक्सको बदमासी : २०१५ मै बनेको पुरानो ई सिक्स ल्याएको पुष्टि, तर २०२१ लेखेर बिक्री  बीवाईडी बिक्रेता साइमेक्सको बदमासी : २०१५ मै बनेको पुरानो ई सिक्स ल्याएको पुष्टि, तर २०२१ लेखेर बिक्री 

images

प्रकाशित : बुधबार, पुस २० २०७९११:५३
  • सम्बन्धित विषय:

  • # बीवाईडीमा साइमेक्सको बदमासी


  • प्रतिक्रिया दिनुहोस