शुक्रबार, वैशाख १४ गते २०८१    
images
images
बीवाईडी बिक्रेता साइमेक्सको बदमासी

२०१५ मै बनेको पुरानो ई सिक्स ल्याएको पुष्टि, तर २०२१ लेखेर बिक्री 

डम्प गर्नुपर्ने विद्युतीय कार पठायो बीवाईडीले, ब्याट्रीको आयु सकिनै लाग्यो 

images
images
images
२०१५ मै बनेको पुरानो ई सिक्स ल्याएको पुष्टि, तर २०२१ लेखेर बिक्री 

वर्ष २०२१ मात्र लेखेर भन्सारले पठाएको र सोहीअनुसार दर्ता भएको ई सिक्स बिक्री गर्दा साइमेक्सले भने उपभोक्तालाई बिक्री बिजक थमाउँदा मोडल इयर २०२१ नै उल्लेख गरेको छ। 

images
images

काठमाडौं- बीवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंकले सस्तो मूल्यमा ल्याएका विद्युतीय कार ई सिक्स २०१५ मा बनेको पुष्टि भएको छ। बीवाईडी अटो इन्डस्ट्रीले बिक्री नभएर ग्यारेजमा थन्क्याएर राखिएका कार नेपाल पठाएको हो। बीवाईडीले डम्प/स्क्राप गर्नुपर्ने कार नेपाललाई भिडाएको हो। 

images
images
images

विद्युतीय सवारीमा प्रयोग भएका ब्याट्रीको आयु १० वर्षमात्र हुने गरेको विश्वव्यापी मान्यता छ। अहिले ब्याट्री सेल बनेको र सयौँको संख्यामा हुने त्यस्तो सेलमध्ये जुनमा समस्या आयो त्यही फेर्न मिल्ने हुन्छ। तर बीवाईडीले बनाएको पुराना एलएफपी ब्याट्री सिस्टममा ब्याट्रीको ढिक्का नै फेर्नुपर्छ। त्यसैले कम्पनीले यस्तो ब्याट्री प्रयोग गरेर सन् २०१५ मा बनाएको विद्युतीय कार नेपाली उपभोक्तालाई भिराएको हो। 

images

विद्युतीय सवारीमा प्रयोग भएको ब्याट्रीमा उत्पादक कम्पनीले नै ८ वर्षसम्मको मात्र वारेन्टी दिने गरेको छ। बीवाईडीले २०१५ मा उत्पादन गरेको कारमा नेपाल स्थित आधिकारिक बिक्रेता साइमेक्सलाई ‘वित्तीय रुपमा अप्ठेरो परेको’ भन्दै सस्तो मूल्यमा ६ वर्षभन्दा पुरानो कार बेचेको हो। बीवाईडीले ‘शून्य मूल्य’को ई सिक्स १० हजार प्रतिगोटाका दरले साइमेक्सलाई बिक्री गरेको बिजकसहतिको समाचार बिजनेस न्युजले प्रकाशित गरेको थियो।

images

बीवाईडी अटोले साइमेक्सलाई काटेको ‘ओरिजिनल कमर्सियल इनभोइस’मा २० वटा ई सिक्स (इयर २०१५ भर्सन-ब्याल्यरग्रिम आदी)को प्रतिगोटा १० हजार डलरका दरले २ लाख अमेरिकी डलर कायम गरिएको छ।

images
images

बीवाईडीले साइमेक्सलाई बीवाईडी ई सिक्स (इयर २०१५ भर्सन-ब्ल्याक) ६ वटा कार १० हजार डलरका दरले ६० हजार डलर, बीवाईडी ई सिक्स (इयर २०१५ भर्सन-ग्रिन) को ९ वटा कारको प्रतिकार १० हजार डलरका दरले ९० हजार डलर र बीवाईडी ई सिक्स (इयर २०१५ भर्स-(ह्वाइट) को ५ बीवाईडी ई सिक्स प्रतिकार १० हजारका दरले ५० हजार अमेरिकी डलरमा बिजक जारी भएको छ। यसरी खरिद गरिएको २० वटा बीवाईडी ई सिक्सको २ लाख डलर साइमेक्सले बीवाईडी अटो इन्डस्ट्री कम्पनीलाई एलसी (प्रतितपत्र) मार्फत प्रभु बैंकबाट भुक्तानी गरेको छ। उक्त बिजक २०२१ सेप्टेम्बर २ मा जारी भएको थियो। 

byd bill.jpg
बीवाईडीले सन् २०१५ मा बनेका ई सिक्स २०२१ मा बनेको भनेर बेचेको प्रमाण।

यता भन्सार कार्यालयले यातायात व्यवस्था कार्यालयलाई सवारी दर्ता गरिदिन काटेको पत्रमा बीवाईडीको ई सिक्स कारको मोडल इयर (उत्पादन वर्ष) उल्लेख नगरि वर्ष २०२१ मात्र उल्लेख गरेको छ। त्यसरी वर्ष २०२१ मात्र लेखेर भन्सारले पठाएको र सोहीअनुसार दर्ता भएको ई सिक्स बिक्री गर्दा साइमेक्सले भने उपभोक्तालाई बिक्री बिजक थमाउँदा मोडल इयर २०२१ नै उल्लेख गरेको छ। 

उत्पादक कम्पनीले नै बिजकमा बीवाईडी ई सिक्स २०१५ मा बनेको घोषणा गरेर पठाएको विद्युतीय कारलाई आयातकर्ताले २०२१ लेखेर दिनु पूर्णतः त्रुटी भएको भन्सारका एक पूर्वअधिकृतले बताए।

‘यसरी उत्पादक कम्पनीले बनेको वर्ष एउटा लेख्ने अनि आयाकर्ताले आफूलाई मन लागेको वर्ष लेखेर दिन थालियो भने प्रयोग भइसकेको कार आएको होइन भनेर कसरी थाहा पाउन सकिन्छ?,’ ती अधिकृतले भने, ‘यसमा उत्पादकले त आफ्नो उत्पादनको स्टक क्लियर गर्न सस्तोमै दिएको हो। तर आयातकर्ता गम्भीर बदमासी र जाँचपास गर्ने भन्सार कार्यालयको समेत हेलचक्र्‍याईं देखियो। यसबारे छिट्टै छानबिन गरेर कार दोषीलाई कारबाही नगर्ने हो भने अवस्था विकराल हुने देखिन्छ।’ 

२०१५ बनेको विद्युतीय कारलाई २०२१ बनेको भनेर बिक्री गर्दा त्यसमा भएको ब्याट्रीको आयु ३/४ वर्ष मात्र बाँकी रहेको छ। उक्त कारमा प्रयोग भएको एलएफपी ब्याट्री प्लेट ४ वर्षपछि फेर्नुपर्दा लाग्ने लागतले उपभोक्ता समस्यामा पर्नेछन्। बीवाईडी बिक्रेता साइमेक्सले नै पुरानो मोडल (२०१५) को ब्याट्री फेर्नु परेमा करिब ३० लाख रुपैयाँ लाग्ने बताएको थियो। 

बीवाईडी ई सिक्समा प्रयोग भएको एलएफपी ब्याट्रीको प्रतिकिलोवाट आवर लागत २०२२ मा १ सय ५१ अमेरिकी डलर रहेको छ। २०१६ मा एमएफपी ब्याट्रीको प्रतिकिलोवाट आवर लागत ३ सय २४ डलर भएको ब्लुम्बर्गले २०२२ डिसेम्बर ६ मा सार्वजनिक गरेको अध्ययनमा उल्लेख छ।

२०२१ मा प्रतिकिलोवाट आवर ब्याट्री उत्पादन लागत १ सय ४१ डलर थियो। साइमेक्सकै दाबीलाई आधार मान्ने हो भने पनि २०२१ मा बनेको ई सिक्समा प्रयोग भएको ब्याट्रीको लागत नै ८ हजार ६ सयभन्दा बढी अमेरिकी डलर पर्दछ। ब्याट्रीको लागत साढे ८ हजारभन्दा बढी पर्दा त्यही ब्याट्री प्रयोग भएको कार कसरी १० हजार डलरमा बन्न सक्छ? यसको सोझो जवाफ बीवाईडीले साइमेक्सलाई डम्प गर्नुपर्ने २० वटा ई सिक्स १० हजार डलर प्रतिगोटामा बिक्री गरि त्यसको मूल्य बनाएको हो। 

१२ लाख रुपैयाँमा उत्पादकसँग खरिद गरेको बीवाईडी ई सिक्सको भन्सारयोग्य मूल्य १७ लाख ५ हजारमा भन्सार जाँचपासपछि २२ लाख २६ हजार रुपैयाँ परेको ई सिक्सको बिक्री मूल्य ५० हजार रुपैयाँ निर्धारण गरेको छ। साइमेक्सले केही छुट दिएर ४५ लाख रुपैयाँमा उपभोक्तालाई बिजक जारी गरेको छ। २२ लाख रुपैयाँको कारमा ३० लाख रुपैयाँ ब्याट्री फेर्न लागत भनेर साइमेक्सले उपभोक्ता अधिकारको धज्जी उडाएको वाणिज्य विभागका एक अधिकारीले बताए। 

त्यतिमात्र होइन साइमेक्सले सस्तोमा किनेर ल्याएको ई सिक्सको बिक्री मूल्य धेरै बनाउन खर्च नै नहुने शीार्षकमा समेत खर्च भएको विवरण भन्सार कार्यालयलाई बुझाएको छ। यसबारे पनि बिजनेस न्युजले समाचार प्रकाशित गरेपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले साइमेक्ससँग प्रारम्भिक सोधपुछ गरेर अनुसन्धान गरिरहेको छ। पुरानो कार ल्याएर २०२१ मोडल भनि बिक्री गर्दा उपभोक्ता ठगिएको बारेसमेत अनुसन्धान हुनुपर्ने विभागले जनाएको छ। 

बीवाईडी बिक्रेता साइमेक्सको बदमासी : २२ लाखको ई-सिक्समा २८ लाख नाफा बीवाईडी बिक्रेता साइमेक्सको बदमासी : २२ लाखको ई-सिक्समा २८ लाख नाफा सरकार र उपभोक्तालाई झुक्याउन हुँदै नभएको खर्च देखाएर ई सिक्सको मूल्य निर्धारण  सरकार र उपभोक्तालाई झुक्याउन हुँदै नभएको खर्च देखाएर ई सिक्सको मूल्य निर्धारण  ब्याट्रीको लागतभन्दा कम १० हजार डलरमा कसरी आयो ई सिक्स? ब्याट्रीको लागतभन्दा कम १० हजार डलरमा कसरी आयो ई सिक्स? ई सिक्समा अधिक नाफा राखेकोबारे वाणिज्य विभागले थाल्यो अनुसन्धान ई सिक्समा अधिक नाफा राखेकोबारे वाणिज्य विभागले थाल्यो अनुसन्धान

images

प्रकाशित : आइतबार, पुस १७ २०७९१२:२०
  • सम्बन्धित विषय:

  • # बीवाईडीमा साइमेक्सको बदमासी


  • प्रतिक्रिया दिनुहोस