बुधबार, वैशाख १२ गते २०८१    
images
images
बीवाईडी बिक्रेता साइमेक्सको बदमासी

ई-सिक्स : कबाडी कि अन्डर इनभ्वाइस? २०१९ मा ल्याउँदा ४० हजार, २०२२ मा १० हजार डलरमात्रै

images
images
images
ई-सिक्स : कबाडी कि अन्डर इनभ्वाइस? २०१९ मा ल्याउँदा ४० हजार, २०२२ मा १० हजार डलरमात्रै
images
images

काठमाडौं- सरकारले विद्युतीय सवारीलाई प्रवर्द्धन गर्ने उद्देश्यले कर सहुलियत दिँदै आएको छ। कर सहुलियतको प्रत्यक्ष प्रभाव विद्युतीय कारको उपभोक्ता मूल्यमा हुनुपर्ने हो। अधिकांश आधिकारिक बिक्रेताले त्यसको पालना गरेको देखिन्छ। तर चिनियाँ विद्युतीय कार उत्पादक बीवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंकले भने यसको चरम दुरुपयोग गरेको पाइएको छ। 

images
images
images

साइमेक्सले बीवाईडीले २०१५ मै बनाएको ई-सिक्स विद्युतीय कार दुईपटक ल्याउँदा भिन्दाभिन्दै मूल्यमा ल्याएको तथ्य बिजनेस न्युजले प्राप्त गरेको छ। साइमेक्सले २०१९ मार्च १९ मा ल्याएको ई-सिक्सको प्रज्ञापन पत्रअनुसार प्रतिकार ४० हजार अमेरिकी डलर बीवाईडी अटो इन्डस्ट्री कम्पनी लिमिटेडलाई तिरेको छ। साइमेक्सले नै २०२२ अप्रिल १८ मा ल्याएको २० वटा ई-सिक्सको प्रज्ञापन पत्रअनुसार भने सो कार प्रत्येकको १० हजार डलरमात्र तिरेको छ। 

images

करिब ३ वर्षको अवधिमा एउटै विद्युतीय कारको मूल्य कसरी ३० हजार अमेरिकी डलर घट्न सक्छ?

images

साइमेक्सले २०१९ मार्च १९ मा वीरगञ्ज भन्सारबाट ल्याएको १० वटा ई-सिक्स (इयर २०१५) को ४ लाख अमेरिकी डलर तिरेको छ। तर त्यही ई-सिक्स साइमेक्सले २०२२ अप्रिल १८ मा रसुवागढी भन्सारबाट ल्याउँदा भने ७ वटा कारको ७० हजार डलर तिरेको छ।

images
images

तीन वर्षको अवधिमा एउटा कारमा यति ठूलो मूल्यान्तर हुनेगरि कुनै पनि वस्तुको मूल्य नघटेको अटोमोबाइल व्यवसायीहरू बताउँछन्। संसारभर विद्युतीय कारको माग अत्याधिक भएको र कच्चा पदार्थको मूल्य बढेकाले २०२२ मा विद्युतीय सवारीको मूल्य ७ प्रतिशत बढेको तथ्यांक छ। 

बीवाईडी ई-सिक्समा प्रयोग भएको एलएफपी ब्याट्रीको प्रतिप्याक लागत २०२२ मा १ सय ५१ अमेरिकी डलर रहेको छ। २०१६ मा एमएफपी ब्याट्रीको प्रतिप्याक लागत ३ सय २४ डलर भएको ब्लुम्बर्गले २०२२ डिसेम्बर ६ मा सार्वजनिक गरेको अध्ययनमा उल्लेख छ।

२०२१ मा प्रतिकिलोवाट आवर ब्याट्री उत्पादन लागत १ सय ४१ डलर थियो। साइमेक्सकै दाबीलाई आधार मान्ने हो भने पनि २०२१ मा बनेको ई-सिक्समा प्रयोग भएको ब्याट्रीको लागत नै ८ हजार ६ सयभन्दा बढी अमेरिकी डलर पर्दछ। ब्याट्रीको लागत साढे ८ हजारभन्दा बढी पर्दा त्यही ब्याट्री प्रयोग भएको कार कसरी १० हजार डलरमा बन्न सक्छ?

२०१५/१६ यता विश्वभर विद्युतीय कारमा प्रयोग हुने ब्याट्रीको मूल्य हरेक वर्ष ५ देखि ६ प्रतिशत घट्दै आएको थियो। तर २०२२ मा भने कच्चा पदार्थको मूल्य बढेका कारण ब्याट्रीको मूल्य १ दशकयता पहिलो पटक ७ प्रतिशतले बढेको हो। 

बीवाईडी ई-सिक्समा ६१ किलोवाट आवरको एलएफपी ब्याट्री प्याक रहेको छ। बीवाईडी ई-सिक्समा रहेको ६१ किलोवाट आवर ब्याट्री र प्रतिकिलोवाट एलएफपी ब्याट्री मूल्य ३ सय डलरका हिसाबले १८ हजार डलरभन्दा बढी पर्दथ्यो। २०१५/१६ मा उत्पादन भएको बीवाईडी ई-सिक्समा प्रयोग भएको ब्याट्रीको लागत २० हजार डलरभन्दा कम हुनै नसक्ने चीनबाटै विद्युतीय कार आयात गर्दै आएका व्यवसायीहरूको भनाइ छ। 

यसको पुष्टि साइमेक्सले नै चीनबाट वीरगञ्ज नाका हुँदै २०१९ मार्च १९ मा ई-सिक्स (इयर २०१५)को प्रतिगोटा मूल्य ४० हजार अमेरिकी डलर परेको छ। त्यस्तै साइमेक्सले नै २०१७ मा ल्याएको ई-सिक्स भने २०१५ मा बनेको उल्लेख छ। त्यसयता साइमेक्सले बीवाईडीले कबाडीका रुपमा स्क्राप गर्नुपर्ने विद्युतीय कार नेपाल ल्याएको पुष्टि हुन्छ। 

invoice 1.jpg
साइमेक्सले २०२२/४/१८ मा रसुवागढी भन्सारबाट कार ल्याउँदाको प्रज्ञापनपत्र।

कम मूल्यमा कार ल्याएर सोहीअनुसार बिक्री मूल्य राखेर बिक्री गरेको भए उपभोक्ताले राहत पाउने थिए तर साइमेक्सले पुरानो कार ल्याएर नयाँसरह मूल्य राखेर बिक्री गर्नु अपराध नै भएको एक व्यवसायीले बताए।

‘प्रथमतः पुराना कार ल्याउनै हुँदैन थियो। ल्याए पनि त्यहीअनुसार उचित मूल्य राखेर बिक्री गर्नुपर्ने थियो,’ ती व्यवसायीले भने, ‘तर साइमेक्सले एउटै कारमा किनेकोभन्दा बढी नाफा राख्नु गम्भीर वित्तीय अपराध नै हो।’ यसबारेमा भन्सार, अन्तरिक राजस्व विभाग र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तत्काल कदम चाल्नु पर्ने उनको भनाइ छ। 

invoice.jpg
साइमेक्सले २०१९/३/१९ मा वीरगञ्ज भन्सारबाट कार ल्याउँदाको प्रज्ञापनपत्र।

बीवाईडी बिक्रेता साइमेक्सले वास्तविक मूल्य उल्लेख गरेको बेलामा कार वीरगञ्ज भन्सार हुँदै आयात गरेको छ भने कम मूल्यका कार रसुवागढी भन्सारबाट ल्याएको छ। भन्सारको सिस्टममा एकै प्रकृतिका कारको पुराना रेकर्ड हेरेर त्यहीअनुसार अस्वभाविक कम वा बढी मूल्यमा कार आएमा कारबाही गर्नुपर्ने हो। तर भन्सार परिवर्तन भएको वा रेकर्ड नभएको बहानामा बीवाईडी बिक्रेता साइमेक्स इंकको बदमासीलाई भन्सार कार्यालयले सहीछाप लगाएको भन्सारका एक अधिकृतले बताए। 

‘बीवाईडी बिक्रेता साइमेक्स इंकले ३ वर्षको अवधिमा ४० हजार डलरको ई-सिक्स कार १० हजार डलर ल्याएर बिक्री गरेको छ,’ ती अधिकृतले भने, ‘यो तहको मूल्य घट्नु अस्वभाविक हो। अब भन्सार विभागले २०१९ र २०२२ को प्रज्ञापनपत्र अध्ययन गरेर ३० हजार डलर नै मूल्य अन्तर देखिएको हो भने २०१९ कै मूल्यअनुसार २०२२ का कारको मूल्य निर्धारण गरेर बाँकी हुन आउने रकमको भन्सार तिराउनु पर्छ।’

भन्सार विभागले थप भन्सार तिराउने तर उपभोक्तासँग थप रकम लिन नपाउने गरि वाणिज्य विभागसँग समन्वय गर्नुपर्ने ती अधिकृतले उल्लेख गरे। 

बीवाईडी बिक्रेता साइमेक्स इंकले गरेको बदमासीका आधारमा उसलाई अन्डर इन्भ्वाइस गरेको कसूरमा समेत कारबाही हुने अर्का एक अटोमोबाइल व्यवसायीले बताए। यता साइमेक्स भने आफूहरूको बदमासी बाहिरिएसँगै अफवाह फैलाइएको भन्दै नाडाका पदाधिकारी तथा सदस्यहरूलाई 'प्रतिरोध गरिदिन' आग्रह गर्दै दौडधुप गरिरहेको छ।

बीवाईडी बिक्रेता साइमेक्सको बदमासीबारे अन्य सामग्री-

बीवाईडी बिक्रेता साइमेक्सको बदमासी : २२ लाखको ई-सिक्समा २८ लाख नाफा बीवाईडी बिक्रेता साइमेक्सको बदमासी : २२ लाखको ई-सिक्समा २८ लाख नाफा सरकार र उपभोक्तालाई झुक्याउन हुँदै नभएको खर्च देखाएर ई सिक्सको मूल्य निर्धारण  सरकार र उपभोक्तालाई झुक्याउन हुँदै नभएको खर्च देखाएर ई सिक्सको मूल्य निर्धारण  ब्याट्रीको लागतभन्दा कम १० हजार डलरमा कसरी आयो ई सिक्स? ब्याट्रीको लागतभन्दा कम १० हजार डलरमा कसरी आयो ई सिक्स? ई सिक्समा अधिक नाफा राखेकोबारे वाणिज्य विभागले थाल्यो अनुसन्धान ई सिक्समा अधिक नाफा राखेकोबारे वाणिज्य विभागले थाल्यो अनुसन्धान बीवाईडी बिक्रेता साइमेक्सको बदमासी : २०१५ मै बनेको पुरानो ई सिक्स ल्याएको पुष्टि, तर २०२१ लेखेर बिक्री  बीवाईडी बिक्रेता साइमेक्सको बदमासी : २०१५ मै बनेको पुरानो ई सिक्स ल्याएको पुष्टि, तर २०२१ लेखेर बिक्री  स्थानीय डिलर दिँदा ५० लाख धरौटी अनिवार्य, धमाधम बीवाईडी छोड्दै डिलरहरू स्थानीय डिलर दिँदा ५० लाख धरौटी अनिवार्य, धमाधम बीवाईडी छोड्दै डिलरहरू

images

प्रकाशित : आइतबार, पुस २४ २०७९१२:३६
  • सम्बन्धित विषय:

  • # बीवाईडीमा साइमेक्सको बदमासी


  • प्रतिक्रिया दिनुहोस