बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

ईभी गाडीको सिमकार्डमार्फत डेटा विदेश गइरहेकोबारे मन्त्री पुनको चासो, बीवाईडीले लैजान्छ चिनियाँ सिममार्फत नेपाली डेटा

डेटा नेपालमा नै राख्नेबारे विज्ञसँग छलफल

शुक्रबार, भदौ ५ २०८३
ईभी गाडीको सिमकार्डमार्फत डेटा विदेश गइरहेकोबारे मन्त्री पुनको चासो, बीवाईडीले लैजान्छ चिनियाँ सिममार्फत नेपाली डेटा

सरकारले बीवाईडीले चिनियाँ सिम कार्ड प्रयोग गरेर गाडीका सबै डेटा चीन लगिरहेको विषयलाई गम्भीरतापूर्वक लिएको संकेत मन्त्री पुनले थालेको छलफलबाट प्रष्ट भएको छ।

काठमाडौं- नेपालमा कतिपय विद्युतीय सवारीसाधन प्रयोग गर्ने प्रयोगकर्ताको डेटा सिमकार्डमार्फत विदेश गइरहेको विषयमा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले चासो व्यक्त गर्दै विज्ञहरूसँग छलफल गरेका छन्। 

नेपालमा प्रयोग हुने विद्युतीय गाडीका तथ्यांक चिनियाँ सक्रिय सिम कार्डमार्फत चीन गइरहेको छ। बीवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंकले त चिनियाँ कम्पनीको सक्रिय सिम कार्ड नै ल्याएर नेपालमा बिक्री गरिरहेको छ।

यसरी चिनियाँ टेलिकम कम्पनीको सिम कार्ड प्रयोग गर्दा गाडी चलाउने ग्राहकसहित गाडीको सम्पूर्ण डेटा सिधै चीन पुगिरहेको छ। यस विषयमा बिजनेस न्युजले २०८२ असारदेखि निरन्तर समाचार प्रकाशित गरिरहेको छ।

मुख्यगरी चिनियाँ कम्पनी बीवाईडीका गाडीमा चिनियाँ टेलिकम कम्पनी चाइना मोबाइलको हङकङमा रहेको पूर्ण स्वामित्वको चाइना मोबाइल हङकङ लिमिटेडको‌ सक्रिय सिम कार्ड प्रयोग भइरहेको छ।

सिम कार्डबाट गाडीको ब्याट्री, मोटरलगायतको तथ्यांक उत्पादक कम्पनीले सिम कार्डबाट विदेश लगेको र त्यसलाई नेपालमा पनि राख्नेबारे मन्त्री पुनले छलफल थालेका हुन्।

मन्त्री पुनले बिहीबार विज्ञहरूसँग विद्युतीय गाडीले सिम कार्डबाट ब्याट्री, मोटरलगायतको सम्पूर्ण विवरण विदेश लगेकाले त्यो नेपालमा पनि राख्न सकिने विषयबारे छलफल गरेको सामाजिक सञ्जालमा भिडियोसहित लेखेका छन्।

मन्त्री पुनले लेखेका छन्, 'विदेशी ईभी गाडीहरु नेपालका निकै नै भित्रिरहेका छन्। यो राम्रो पक्ष हो। तर ती गाडीहरू कहाँ कहाँ गुड्यो, कति किमी गुड्यो, इलेक्ट्रिक मोटर तथा ब्याट्रीको हालत के कस्तो छ? जस्ता सम्पूर्ण डेटाहरु गाडी मोबाइल सिमबाट सोझै गाडी बनाउने कम्पनीमा जान्छ। गाडी चलाउने व्यक्तिलाई यस्तो कुरा थाहा हुँदैन। त्यस्ता डेटाहरु वास्तवमा नेपालको ठूलो सम्पत्ति हो। त्यस्ता डेटाहरु नेपालमा नै सर्भर राखेर संकलन गर्ने र नेपालले पनि ती डेटाहरू प्रयोग गर्न पाउने व्यवस्था कसरी गर्ने भन्ने विषयमा विज्ञ र सरोकारवालाहरुबीच छलफल भयो। केही न केही निष्कर्ष निस्कने छ।'

सरकारले बीवाईडीले चिनियाँ सिम कार्ड प्रयोग गरेर गाडीका सबै डेटा चीन लगिरहेको विषयलाई गम्भीरतापूर्वक लिएको संकेत मन्त्री पुनले थालेको छलफलबाट प्रष्ट भएको छ।

सरकारले कानून नै बनाएर नेपालमा त्यस्ता गाडी कम्पनी तथा आयातकर्ताले डेटा सेन्टर वा सर्भर स्थापना गरेर गाडीमा सबै डेटा नेपाल सरकार तथा गाडी चलाउने उपभोक्ताले पाउनेगरी कानून बनाउने प्रक्रियामा छलफल थालेको हो।

मन्त्री पुनले सिम कार्ड नै ल्याएर डेटा विदेश लगेकोबारेमा चासो दिँदा सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिना भने हालसम्म बेखबर छन्।

नेपालमा गाडी बेच्ने कम्पनी बीवाईडी बिक्रेता साइमेक्क इंक प्रालिले चीनबाट महँगो मूल्यमा सक्रिय सिम कार्ड आयात गरेर बिक्री गर्दा तिमिल्सिनाको मन्त्रालय र उनी स्वयम् मौन देखिनुले संसय पैदा गरेको छ।

बीवाईडी बिक्रेता साइमेक्कले चाइना मोबाइल हङकङको सिम कार्ड ल्याएर गाडीसँगै उपभोक्तालाई बिक्री गर्दा दूरसञ्चार कानूनको ठाडो उल्लंघन त भएको छ नै नेपाली टेलिकम कम्पनीको डेटा व्यापारसमेत खोसिएको छ। 

बिजनेस न्युजले निरन्तर अवैधरूपमा सिम ल्याएको समाचार प्रकाशित गरेपछि बीवाईडी बिक्रेता साइमेक्स इंकले २०२५ अक्टोबर/नोभेम्बरदेखि छुट्टै सिम कार्डको एचएस कोडमा आयात गर्न बन्द गरेको थियो।

सरकारले हालसम्म साइमेक्सले गरेको अवैध कार्यमा कारबाहीको प्रक्रिया भने अघि बढाएको छैन। साइमेक्स इंक प्रालिले केही दिनअघि अब नेपालमै सिम कार्ड प्रयोग गर्ने भनेर एनसेलसँग सम्झौता गरेको छ। यसबाट पनि यसअघि साइमेक्सले बीवाईडीका गाडीमा अवैध रूपमा चीनबाट सिम आयात गरेर गाडीका सबै डेटा चीन पठाइरहेको थियो भन्ने प्रष्ट हुन्छ।

बीवाईडी बेच्ने साइमेक्स इंकले किन ल्यायो सिम कार्ड? एउटै सिम कार्डको मूल्य ५८ हजार ५ सय ८७ रुपैयाँ बीवाईडी बेच्ने साइमेक्स इंकले किन ल्यायो सिम कार्ड? एउटै सिम कार्डको मूल्य ५८ हजार ५ सय ८७ रुपैयाँ

बीवाईडी सिलायनमा ‘चाइना मोबाइल’को सिम कार्ड : मेकानिकल उपकरणसँगै टेलिकम उपकरणको आयात अनुमति मिल्छ? बीवाईडी सिलायनमा ‘चाइना मोबाइल’को सिम कार्ड : मेकानिकल उपकरणसँगै टेलिकम उपकरणको आयात अनुमति मिल्छ?

नेपालमा गुड्ने गाडीमा छ्यापछ्याप्ती चिनियाँ सिम कार्ड नेपालमा गुड्ने गाडीमा छ्यापछ्याप्ती चिनियाँ सिम कार्ड

बीवाईडी बिक्रेता साइमेक्स इंक ‘चाइना मोबाइल हङकङ’को पनि आधिकारिक बिक्रेता? बीवाईडी बिक्रेता साइमेक्स इंक ‘चाइना मोबाइल हङकङ’को पनि आधिकारिक बिक्रेता?

जीएसएम-डिभाइस आयातको अनुमति लिएर सिम कार्ड आयात, बीवाईडी चढ्ने नेतादेखि उच्चपदस्थको लाइभ डेटा सिधै चीन जीएसएम-डिभाइस आयातको अनुमति लिएर सिम कार्ड आयात, बीवाईडी चढ्ने नेतादेखि उच्चपदस्थको लाइभ डेटा सिधै चीन

उद्देश्यविपरीत सिम कार्ड आयात गर्न साइमेक्सले कसरी पायो विदेशी मुद्रा सटहीको सुविधा? उद्देश्यविपरीत सिम कार्ड आयात गर्न साइमेक्सले कसरी पायो विदेशी मुद्रा सटहीको सुविधा?

बीवाईडीले ‘डेटा चोरी’ गरेको इजरायलको ठहर, नेपालका सुरक्षा निकाय र नियामक मौन बीवाईडीले ‘डेटा चोरी’ गरेको इजरायलको ठहर, नेपालका सुरक्षा निकाय र नियामक मौन

अवैधरुपमा एउटै सिमलाई २ हजार ३ सय युआन खर्चिएर साइमेक्सले गरिरहेको छ ‘विदेशी मुद्रा निर्यात’ अवैधरुपमा एउटै सिमलाई २ हजार ३ सय युआन खर्चिएर साइमेक्सले गरिरहेको छ ‘विदेशी मुद्रा निर्यात’

साइमेक्सद्वारा चाइना मोबाइल हङकङको सक्रिय सिम कार्ड आयात : मन्त्रालय भन्छ- आयात गर्न पाइँदैन,  प्राधिकरण भने मौन साइमेक्सद्वारा चाइना मोबाइल हङकङको सक्रिय सिम कार्ड आयात : मन्त्रालय भन्छ- आयात गर्न पाइँदैन, प्राधिकरण भने मौन

अवैध सिम कार्ड आयात गरेको बीवाईडी बिक्रेता साइमेक्सद्वारा नै स्वीकार : दूरसञ्चार प्राधिकरण, भन्सार विभाग र राष्ट्र बैंक किन मौन? अवैध सिम कार्ड आयात गरेको बीवाईडी बिक्रेता साइमेक्सद्वारा नै स्वीकार : दूरसञ्चार प्राधिकरण, भन्सार विभाग र राष्ट्र बैंक किन मौन?

नेपाल टेलिकम र एनसेलको डेटा व्यापार खोसिएर बीवाईडीमार्फत गयो चाइना मोबाइलमा नेपाल टेलिकम र एनसेलको डेटा व्यापार खोसिएर बीवाईडीमार्फत गयो चाइना मोबाइलमा

 


प्रकाशित : शुक्रबार, भदौ ५ २०८३१३:१४
  • सम्बन्धित विषय:

  • # बीवाईडीमा साइमेक्सको बदमासी


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend