शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

साइमेक्सद्वारा चाइना मोबाइल हङकङको सक्रिय सिम कार्ड आयात : मन्त्रालय भन्छ- आयात गर्न पाइँदैन, प्राधिकरण भने मौन

आइतबार, मंसिर ७ २०८२
साइमेक्सद्वारा चाइना मोबाइल हङकङको सक्रिय सिम कार्ड आयात : मन्त्रालय भन्छ- आयात गर्न पाइँदैन,  प्राधिकरण भने मौन

मन्त्रालयका सूचना अधिकारी तथा उपसचिव रविन्द्रप्रसाल पौड्यालले जुनसुकै कम्पनीले पनि सक्रिय अवस्थाको विदेशी सिम कार्ड आयात गरेर बिक्री गर्न नपाउने बताएका छन्।

काठमाडौं- सार्वभौम मुलकमा अन्य देशको सक्रिय सिम कार्ड आयात गरेर बिक्री गर्नु अकल्पनीय हो। तर नेपालमा भने खुलेआम रुपमा चाइना मोबाइल हङकङ लिमिटेडको हजारौँ सिम कार्ड आयात भएर बिक्री भइरहँदा सरकारी निकायहरू अस्वाभाविक मौनतामा छन्। 

साइमेक्स इंक प्रालि नामक कम्पनीले चाइना मोबाइल हङकङको  सक्रिय सिम कार्ड आयात गरेको हो। यो कम्पनीले नेपाल दूरसञ्चार प्राधिकरणबाट सिम कार्ड आयातको अनुमति पाएको छैन। तेस्रो पक्षबाट त्यो पनि जीएसएम डिभाइस आयातको अनुमति लिएको छ। सोही अनुमति देखाएर साइमेक्स इंक प्रालिले चाइना मोबाइल हङकङको एक्टिभ सिम कार्ड आयात गरेर बिक्री गरिरहेको छ। 

यसबारेमा बिजनेस न्युजले २०८२ असार १० गते नै समाचार प्रकाशित गरेको थियो। त्यसपछि दूरसञ्चार प्राधिकरणका प्रवक्तासमेत रहेका निर्देशक मिनप्रसाद अर्यालले सक्रिय अवस्थाको विदेशी सिम कार्ड आयात गरेर बिक्री गर्न नपाइने बताएका थिए। तर यती गम्भीर विषय उजागर भएको महिनौँ हुँदासम्म दूरसञ्चार प्राधिकरणले कुनै अनुसन्धान गरेको छैन। 

दूरसञ्चार प्राधिकरणको मौनतापछि बिजनेस न्युजले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सूचना अधिकारीलाई सोध्दा विदेशी कम्पनीको सक्रिय सिम कार्ड आयात गरेर बिक्री गर्न नपाइने बताएका छन्। मन्त्रालयका सूचना अधिकारी तथा उपसचिव रविन्द्रप्रसाल पौड्यालले जुन सुकै कम्पनीले पनि सक्रिय अवस्थाको विदेशी सिम कार्ड आयात गरेर बिक्री गर्न नपाउने बताए। ‘नेपालको कानूनअनुसार विदेशी सक्रिय सिम कार्ड आयात गर्नै पाइँदैन,’ उनले भने, ‘यसबारेमा हामीले भन्दा बढी विषयविज्ञ संस्थाका रुपमा दूरसञ्चार प्राधिकरणले एक्सन लिनुपर्ने हो।’ अब यस विषयमा मन्त्रालयको समेत ध्यानाकर्षकण भएको उनको भनाइ छ।  

एक वर्षभन्दा बढी समयदेखि साइमेक्स इंकले चिनियाँ टेलिकम कम्पनी चाइना मोबाइल हङकङ लिमिटेड (सीएमएचके) को सिम कार्ड आयात गरेर बिक्री गरिरहेको छ। साइमेक्स इंक प्रालि बीवाईडीसँगै चिनियाँ टेलिकम कम्पनी ‘चाइना मोबाइल हङकङ’को पनि आधिकारिक बिक्रेताजस्तो देखिएको छ।

दूरसञ्चार प्राधिकरणबाट अनुमति नलिइ सिम कार्ड नै आयात गर्न नपाइने कानूनी व्यवस्थाबीच साइमेक्स इंकले आधिकारिक बिक्रेताकै रुपमा चीनबाट ‘एक्टिभेटेड सिम कार्ड’ ल्याएर बिक्री गरिरहँदा पनि हालसम्म प्राधिकरणले चासो दिएको छैन। 

साइमेक्सले सफ्टवेयर अपडेटका नाममा चीनको सक्रिय सिम कार्ड त्यो पनि महँगो मूल्यमा ल्याएर बिक्री गरिरहँदा नियामक निकाय मौन रहनु गम्भीर विषय हो। चीनको सिम कार्ड नभइकन पनि विद्युतीय कार चल्न सम्भव छ। त्यस्तै सफ्टवेयर अपडेट गर्नका लागि नेपाली टेलिकम कम्पनीकै सिम कार्डसमेत प्रयोग गर्न सकिन्छ। नेपाल बिक्री भइरहेका अन्य केही कम्पनीले पनि नेपालकै टेलिकम कम्पनीको सिम कार्ड प्रयोग गरिरहेका छन्।

गाडी बिक्री गर्ने कम्पनीले सिम कार्ड नै आयात गर्न नपाउने व्यवस्था रहेकोमा डिलरझैँ गरेर विदेशी टेलिकम कम्पनीको सक्रिय सिम कार्ड ल्याउन पाउने कुनै आधारै नभएको नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मिनप्रसाद अयालले बताएका थिए। उनले भनेका थिए, ‘गाडी आयात गर्ने कम्पनीले सिम कार्ड ल्याएको, त्यसमा पनि विदेशी टेलिकम कम्पनीको सक्रिय सिम कार्ड आएको विषय हाम्रा लागि पनि नयाँ हो। विदेशी टेलिकम कम्पनीको सिम कार्ड नेपालमा ल्याएर बिक्री गर्न पाइने कुरा त हाम्रो कानूनले परिकल्पना नै गरेको छैन। यसबारेमा सबैसँग छलफल गरेर छिट्टै निष्कर्षमा पुग्छौँ।’ 

नेपाली बजारमा हालसम्म बीवाईडीका १० हजारभन्दा बढी विद्युतीय गाडी बिक्री भइसकेका छन्। सुरुवाती समयमा आयात भएका गाडीमा पनि सिम कार्ड रहेकोमा पछिल्लोपटक आयात भएका बीवाईडीका विद्युतीय गाडीमा सिम कार्ड नै आयात भएको पाइएको छ। बीचको केही समय सिम कार्ड आयात हुन नसकेकाले साइमेक्सले कम्तिमा ५ हजार वटाभन्दा बढी चिनियाँ सिम कार्ड आयात गरेर बिक्री गरेको अनुमान गरिएको छ।

त्यस्तै साइमेक्स इंकले ल्याएको सिम कार्डको मूल्यसमेत अस्वाभाविक देखिएको छ। अवैध रुपमा साइमेक्सले ल्याएको एउटा सिम कार्डको भन्सारमा घोषणा गरेको खरिद मूल्य नै २ हजार ३ सय चिनियाँ युआन रहेको छ। साइमेक्सले प्रतिसिम कार्ड २ हजार ३ सय चिनियाँ युआन अर्थात प्रज्ञापनपत्रमा उल्लेख गरिएको विनिमय दरअनुसार प्रतियुआन १९.१४ रुपैयाँ हुँदा ४४ हजार २२ रुपैयाँमा खरिद गरेको छ। यसमा बीमा तथा फ्रेटसमेत जोडेर सबै कर लगाउँदा प्रतिसिम कार्ड नेपाल भित्रँदा ५८ हजार ५ सय ८७ रुपैयाँ परेको छ। 

सरकारले तय गरेको सिम कार्डको एचएस कार्ड अर्थात भन्सार उपशीर्षकअनुसार आयात भएका सिम कार्ड सबै कर तिरेर नेपाल भित्रँदा १ सय रुपैयाँ मात्र रहेको छ। उक्त उपशीर्षकमा हरेक वर्ष लाखौँ सिम कार्ड आयात हुँदै आएको छ। सोही उपशीर्षकमा साइकेक्स इंक प्रालिले आयात गरेको सिम कार्डको मूल्य ५८ हजार रुपैयाँभन्दा बढी हुनु गम्भीर विषय हो। यस्तो विषयमा भन्सार विभाग, दूरसञ्चार प्राधिकरण, राजस्व अनुसन्धान विभागलगायत निकाय मौन हुनु झनै रहस्यमयी छ। 

साइमेक्सले सिम कार्ड नै भनेर आयात गरेको र सरकारले तोकेको सिम कार्डकै भन्सार उपशीर्षक ८५२३.५२.१० मा आयात भएको छ। सरकारले दूरसञ्चार प्रयोजनका लागि आयात हुने सिम कार्डमा भन्सार महसुल नलाग्ने व्यवस्था गरेको छ। सिम कार्डमा १० प्रतिशत अन्तःशुल्क र १३ प्रतिशत भ्याटमात्र लाग्ने व्यवस्था छ। यस हिसाबले साइमेक्सले आयात गरेको सिम कार्ड पनि सोही वर्गीकरणमा जाँचपास भएको छ।

चाइना मोबाइल हङकङ कम्पनी लिमिटेड (सीएमएचके) चाइना मोबाइलको स्वामित्वमा रहेको कम्पनी हो। चाइना मोबाइल चीनको सबैभन्दा ठूलो टेलिकम कम्पनी हो। १९९७ को जनवरीदेखि सीएमएचकेले हङकङ दूरसञ्चार सेवा प्रदान गर्दै आएको छ। सीएमएचके हाल हङकङको सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक कम्पनीको रुपमा रहेको छ। 

सीएमएचकेले मोबाइल टेलिफोन इन्टरनेस सर्भिस र ब्रोडब्यान्ड सेवा उपलब्ध गराउँदै आएको छ। चाइना मोबाइल वा चाइना मोबाइल लिमिटेडको नाममा चिनिने यो कम्पनीको पूर्ण स्वामित्व चाइना मोबाइल कम्युनिकेसन्स ग्रुप कम्पनी लिमिटेडको नाममा रहेको छ। यो कम्पनी शतप्रतिशत चीन सरकारको हो। 

बीवाईडी बेच्ने साइमेक्स इंकले किन ल्यायो सिम कार्ड? एउटै सिम कार्डको मूल्य ५८ हजार ५ सय ८७ रुपैयाँ बीवाईडी बेच्ने साइमेक्स इंकले किन ल्यायो सिम कार्ड? एउटै सिम कार्डको मूल्य ५८ हजार ५ सय ८७ रुपैयाँ

बीवाईडी सिलायनमा ‘चाइना मोबाइल’को सिम कार्ड : मेकानिकल उपकरणसँगै टेलिकम उपकरणको आयात अनुमति मिल्छ? बीवाईडी सिलायनमा ‘चाइना मोबाइल’को सिम कार्ड : मेकानिकल उपकरणसँगै टेलिकम उपकरणको आयात अनुमति मिल्छ?

नेपालमा गुड्ने गाडीमा छ्यापछ्याप्ती चिनियाँ सिम कार्ड नेपालमा गुड्ने गाडीमा छ्यापछ्याप्ती चिनियाँ सिम कार्ड

बीवाईडी बिक्रेता साइमेक्स इंक ‘चाइना मोबाइल हङकङ’को पनि आधिकारिक बिक्रेता? बीवाईडी बिक्रेता साइमेक्स इंक ‘चाइना मोबाइल हङकङ’को पनि आधिकारिक बिक्रेता?

जीएसएम-डिभाइस आयातको अनुमति लिएर सिम कार्ड आयात, बीवाईडी चढ्ने नेतादेखि उच्चपदस्थको लाइभ डेटा सिधै चीन जीएसएम-डिभाइस आयातको अनुमति लिएर सिम कार्ड आयात, बीवाईडी चढ्ने नेतादेखि उच्चपदस्थको लाइभ डेटा सिधै चीन

उद्देश्यविपरीत सिम कार्ड आयात गर्न साइमेक्सले कसरी पायो विदेशी मुद्रा सटहीको सुविधा? उद्देश्यविपरीत सिम कार्ड आयात गर्न साइमेक्सले कसरी पायो विदेशी मुद्रा सटहीको सुविधा?

बीवाईडीले ‘डेटा चोरी’ गरेको इजरायलको ठहर, नेपालका सुरक्षा निकाय र नियामक मौन बीवाईडीले ‘डेटा चोरी’ गरेको इजरायलको ठहर, नेपालका सुरक्षा निकाय र नियामक मौन

अवैधरुपमा एउटै सिमलाई २ हजार ३ सय युआन खर्चिएर साइमेक्सले गरिरहेको छ ‘विदेशी मुद्रा निर्यात’ अवैधरुपमा एउटै सिमलाई २ हजार ३ सय युआन खर्चिएर साइमेक्सले गरिरहेको छ ‘विदेशी मुद्रा निर्यात’


प्रकाशित : आइतबार, मंसिर ७ २०८२१५:५८
  • सम्बन्धित विषय:

  • # बीवाईडीमा साइमेक्सको बदमासी


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend