बुधबार, साउन २१ गते २०८२    
बुधबार, साउन २१ २०८२
images
images

जीएसएम-डिभाइस आयातको अनुमति लिएर सिम कार्ड आयात, बीवाईडी चढ्ने नेतादेखि उच्चपदस्थको लाइभ डेटा सिधै चीन

बीवाईडीका गाडी चढ्नेको डेटा सुरक्षा जोखिममा

images
बुधबार, साउन २१ २०८२
images
images
जीएसएम-डिभाइस आयातको अनुमति लिएर सिम कार्ड आयात, बीवाईडी चढ्ने नेतादेखि उच्चपदस्थको लाइभ डेटा सिधै चीन

चाइना मोबाइल हङकङको सिम कार्ड साइमेक्सले किनेर उपभोक्तालाई बिक्री गरेकाले त्यस्तो सिम भएका गाडीको डेटा सिधै चाइनामा पुगिरहेको छ। सरकारी अधिकारीको मात्र होइन हजारौँ बीवाईडीका कार चढ्ने उपभोक्ताको प्रत्यक्ष डेटा चीन पुगिरहँदा नियामक निकायहरु मौन छन्।

images
images

काठमाडौं- चिनियाँ विद्युतीय सवारी उत्पादक बीवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंकले सिम कार्ड राख्ने डिभाइसको आयात अनुमति लिएर सिमकार्ड आयात गरेको फेला परेको छ।

images

साइमेक्स इंकले २०२४ मार्च २६ मा नेपाल दूरसञ्चार प्राधिकरणबाट एमटीसीएफ-थ्री मोडल नम्बर उल्लेख भएको उपकरणको टाइप अप्रुभल स्वीकृति लिएको देखिन्छ। 

images
images

यो उपकरणको टाइम अप्रुभल स्वीकृति लिएर बीवाईडी बिक्रेता साइमेक्स इंकले चाइना मोबाइल हङकङको सिम कार्ड बल्क नम्बरमा आयात गरेर आफ्ना गाडी किन्ने उपभोक्तालाई बिक्री गरिरहेको छ। प्राधिकरणका उपनिर्देशक हिरण्यप्रसाद बास्ताकोटीले उक्त टाइप अप्रुभलको स्वीकृति दिएको देखिन्छ। 

images
images
images

जीएसएम-डिभाइस आयातको स्वीकृति पनि बीवाईडी बिक्रेता साइमेक्स इंकले नभइ डेलकन कम्प्लायन्स प्राइभेट लिमिटेडले लिएको छ। बीवाईडी अटो इन्डस्ट्री कम्पनी लिमिटेडले उत्पादन गरेको जीएसएम डिभाइसको टाइप अप्रुभल पाँच वर्षको अवधिका लागि स्वीकृत गरिएको छ।

यसरी उपकरणको अनुमति लिएर विदेशी कम्पनीको सक्रिय सिम कार्ड आयात गरेर साइमेक्सले नेपाली उपभोक्ताको डेटा ‘चीन निर्यात’ गरिरहेको छ। 

दूरसञ्चार ऐन २०५३ अनुसार कुनै पनि विदेशी वा अन्तर्राष्ट्रिय दूरसञ्चार सेवा प्रदायकले नेपालमा सेवा दिँदा नियामकबाट अनुमति लिनुपर्नेदेखि नेपालमै सर्भर राख्नुपर्ने व्यवस्था गरेको छ। कानूनले सिम कार्ड र ई-सिम कार्डलाई एकै रुपमा हेरेको छ। साइमेक्स इंकले त चाइना मोबाइल हङकङको एक्टिभ सिम कार्ड नै आयात गरेर बिक्री गरिरहेको छ। 

यता वैयक्तिक गोपनियतासम्बन्धी ऐनले नेपाली नागरिकको गोपनियता सुरक्षाको ग्यारेन्टी गरेको छ। साइमेक्सले चाइना मोबाइल हङकङको सिम कार्ड ल्याएर बिक्री गरेका उपभोक्ताले चलाएको बीवाईडीका कारको डेटा सिधै चीन पुगिरहेको छ। यसको अर्थ सइमेक्सले नेपाली नागरिकले प्रयोग गरेका बीवाईडीका गाडीको डेटा सिधै चीन पुग्दा वैयक्तिक गोपनियतासम्बन्धी ऐनको उल्लंघन भएको छ।

यसका साथै साइमेक्सले चीनबाट सिम कार्ड आयात गरेर बिक्री गर्दा दूरसञ्चार ऐनका अन्य प्रावधान तथा रेडियो ऐन २०१४ ले तोकेको व्यवस्थासमेत लत्याइएको छ। 

नेपाली बजारमा हालसम्म बीवाईडीका १० हजारभन्दा बढी विद्युतीय गाडी बिक्री भइसकेका छन्। सुरुवाती समयमा आयात भएका गाडीमा पनि सिम कार्ड रहेकोमा पछिल्लोपटक आयात भएका बीवाईडीका विद्युतीय गाडीमा पनि सिम कार्ड आयात भएको पाइएको छ। बीचको केही समय सिम कार्ड आयात हुन नसकेकाले साइमेक्सले चीनबाट कम्तिमा पनि ५ हजारवटा भन्दा बढी चिनियाँ सिम कार्ड आयात गरेर बिक्री गरेको देखिन्छ। यसबारेमा भन्सार विभाग, दूरसञ्चार प्राधिकरण, यातायात व्यवस्था विभागलगायत निकायले अनुसन्धान गर्नुपर्ने देखिएको छ। 

यसरी चिनियाँ सिम कार्ड रोमिङमा प्रयोग गरेर चलेका बीवाईडीका गाडीको डेटा सिधै चीनमा पुग्छ। नेपालमा बीवाईडीका विद्युतीय गाडी नेतादेखि उच्चपदस्थ सरकारी अधिकारिका साथै सुरक्षा निकाय र अनुसन्धान गर्ने निकायसम्मका व्यक्तिले चढ्दै आएका छन्।

चाइना मोबाइल हङकङको सिम कार्ड साइमेक्सले किनेर उपभोक्तालाई बिक्री गरेकाले त्यस्तो सिम भएका गाडीको डेटा सिधै चाइनामा पुगिरहेको छ। सरकारी अधिकारीको मात्र होइन हजारौँ बीवाईडीका कार चढ्ने उपभोक्ताको प्रत्यक्ष डेटा चीन पुगिरहँदा नियामक निकाय मौन छन्। 

यसबारेमा जिज्ञासा राख्दा नेपाल दूरसञ्चार प्राधिकरणले नयाँ विषय भएकाले अध्ययनकै क्रममा रहेको जनाएको छ। गाडी बिक्री गर्ने कम्पनीले सिम कार्ड नै आयात गर्न नपाउने व्यवस्था रहेकोमा डिलरझैँ गरेर विदेशी टेलिकम कम्पनीको सक्रिय सिम कार्ड ल्याउन पाउने कुनै आधारै नभएको नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले बताए।

‘गाडी आयात गर्ने कम्पनीले सिम कार्ड ल्याएको, त्यसमा पनि विदेशी टेलिकम कम्पनीको सक्रिय सिम कार्ड आएको विषय हाम्रा लागि पनि नयाँ विषय हो,’ अर्यालले भने, ‘विदेशी टेलिकम कम्पनीको सिम कार्ड नेपालमा ल्याएर बिक्री गर्न पाइने कुरा त हाम्रो कानूनले परिकल्पना नै गरेको छैन। त्यसरी विदेशी सिम कार्ड भएका सवारीको सबै डेटा सिधै चीन नै जाने भयो। यसबारेमा सबैसँग छलफल गरेर छिट्टै निष्कर्षमा पुग्छौँ।’ 

साइमेक्स इंकले ल्याएको एउटा सिम कार्डको भन्सारमा घोषणा गरेको खरिद मूल्य २ हजार ३ सय चिनियाँ युआन रहेको छ। साइमेक्सले प्रतिसिम कार्ड २ हजार ३ सय चिनियाँ युआन अर्थात प्रज्ञापनपत्रमा उल्लेख गरिएको बिनिमयदर १९.१४ अनुसार ४४ हजार २२ रुपैयाँमा खरिद गरेको छ। यसमा बीमा तथा फ्रेटसमेत जोडेर सबै कर लगाउँदा प्रतिसिम कार्ड नेपाल भित्रँदा करसहित ५८ हजार ५ सय ८७ रुपैयाँ परेको छ। सिम कार्डमा सरकारले भन्सार नलाग्ने व्यवस्था गरेको छ। 

साइमेक्सले सिम कार्ड नै भनेर आयात गरेको र सरकारले तोकेको सिम कार्डकै भन्सार उपशीर्षक ८५२३.५२.१० मा आयात भएको छ। सरकारले दूरसञ्चार प्रयोजनका लागि आयात हुने सिम कार्डमा भन्सार महसुल नलाग्ने व्यवस्था गरेको छ। सिम कार्डमा १० प्रतिशत अन्तःशुल्क र १३ प्रतिशत भ्याटमात्र लाग्ने व्यवस्था गरेको छ। यस हिसाबले साइमेक्सले आयात गरेको सिम कार्ड पनि सोही वर्गीकरणमा जाँचपास भएको छ।

साइमेक्स इंक चाइना मोबाइल हङकङको आधिकारिक बिक्रेता हुन मिल्छ? 

नेपालमा विदेशी सिम कार्ड आयात गरेर बिक्री गर्न पाइने परिकल्पनै छैन। यो सिधै कानूनले बर्जित गरेको विषय हो। तर बीवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंकले खुलेआम चिनियाँ टेलिकम कम्पनी चाइना मोबाइल हङकङको सिम कार्ड आयात गरेर बिक्री गरिरहेको छ। साइमेक्स इंक प्रालि बीवाईडीसँगै चिनियाँ टेलिकम कम्पनी ‘चाइना माबोइल हङकङ’को पनि आधिकारिक बिक्रेता भएको देखिएको छ। 

व्यक्तिगत प्रयोगजनका लागि रोमिङ सेवामा प्रयोग गरिने विदेशी सिम कार्ड साइमेक्सले आयात गरेर बिक्री गरिरहँदा राज्यका नियामक निकायहरु मुकदर्शक बनिरहेका छन्।

पछिल्लो एक वर्षभन्दा बढी समयदेखि साइमेक्सले चाइना मोबाइल हङकङको चालु अवस्थाको सिम कार्ड ल्याएर बिक्री गरिरहँदा नेपाल दूरसञ्चार प्राधिकरण बेखबर जस्तै छ।

दूरसञ्चार प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्याल नै आधिकारिक बिक्रेता भएर विदेशी सिम ल्याउन पाउने कुरा त परिकल्पनामै नभएको बताउँछन्। यस्तो अवस्थामा साइमेक्सले कसको आड र के कानूनी आधारमा सिम कार्ड आयात गरिरहेको छ? यो निकै गम्भीर विषय हो। 

बीवाईडी बिक्रेता साइमेक्स इंक ‘चाइना मोबाइल हङकङ’को पनि आधिकारिक बिक्रेता? बीवाईडी बिक्रेता साइमेक्स इंक ‘चाइना मोबाइल हङकङ’को पनि आधिकारिक बिक्रेता?


प्रकाशित : बुधबार, साउन २१ २०८२०७:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend