काठमाडौं- ठूला-ठूला ठेक्काको टेन्डर स्पेसिफिकेसनदेखि नै सेटिङ हुने विषय सामान्य हुन थालिसकेको छ। पछिल्लो पटक नेपाल टेलिकमले गरेको बिलिङ प्रणाली जडानको ठेक्कामा पनि टेन्डर स्पेसिफिकेसनदेखि नै चिनियाँ कम्पनी हुवावेलाई सहज हुनेगरी काम गरेको विषय विवादमा नै छ।
टेलिकम उच्च व्यवस्थापनले हुवावेलाई ठेक्का दिलाउनकै लागि फेजआउट भइसकेको सफ्टवेयरलाई मान्यता दिनेगरी टेन्डर गरेको खुलास भएको छ।
निर्माता कम्पनीले नै 'इण्ड अफ लाइफ' घोषणा गरिसकेको सफ्टवेयलाई समेत मान्यता दिनेगरी बिलिङ प्रणालीको ठेक्का गरेको खुल्न आएको हो।
बिलिङ ठेक्काको टेन्डर डकुमेन्टको १२.१४ मा रहेको सर्भर, ओएस र नेटवर्कको न्यूनतम मापदण्ड उल्लेख गरिएको छ। जसमा इन्टेलको 'जियोन प्लाटिनम ८०००' सिरिजलाई मान्यता दिने व्यवस्था गरिएको छ।

यसैगरी हाडवेयर ओस एण्ड डाडावेसअन्तर्गत १२.२ मा बिलिङको काम सुरु गरेको पाँच वर्षसम्म 'इण्ड अफ लाइफ' घोषण नभएको हुनुपर्ने उल्लेख छ।

तर बिलिङ ठेक्कामा उल्लेख गरिएको इन्टेलको जियोन प्लाटिनम ८००० सिरिजलाई निर्माण कम्पनीले नै 'इण्ड अफ लाइफ' घोषणा गरिसकेको खुल्न आएको छ।
निर्माता कम्पनीले २०२५ को जनवरी १४ मा इन्टेलको जियोन प्लाटिनम ८००० सिरिजको 'इण्ड अफ लाइफ' घोषणा गरेको डकुमेन्ट बिजनेस न्युजलाई प्राप्त भएको छ।
बिलिङजस्तो संवेदनशील कामका लागि गरिएको टेन्डरमा यति ठूलो लापरबाही भएको छ। टेलिकम उच्च व्यवस्थापनमा उक्त जानकारी नहुनु भनेको प्रविधिप्रतिको ज्ञानको अभाव या त ठूलो हेलचक्र्याइँ हो।
टेन्डर स्पेसिफिकेसनमा 'इण्ड अफ लाइफ' घोषणाको सफ्टवेयर परेको विषय मूल्यांकनमा आएरमात्रै थाह भएको छ। संवेदनशील काममा यति ठूलो लापरबाही गरेपछि सिधै ठेक्का रद्द गर्नुपर्ने भएपनि हुवावेलाई नै दिने सेटिङको काम अझै चलिरहेको छ।
मूल्यांकन समितिले बिलिङ ठेक्कामा सहभागी हुवावे र ह्वेल क्लाउडको विषयमा अध्ययन गरेर रिपोर्टसमेत बुझाइसकेको छ। यो सबै कामको पछाडि एकमात्रै खेल बिलिङको ठेक्का हुवावेलाई दिनका लागि हो।
हुवावेलाई युरोप तथा अमेरिकाले चिप्स खरिदमा प्रतिबन्ध लगाएको छ। हुवावेसँग अहिले पुरानो २०१९/२० का सेकेन्ड ह्यान्ड प्रविधिमात्रै छ।
सोही कारण टेन्डर डकुमेन्टमा फोर्थ जेनेरेसनको इन्टेलको जियोन प्लाटिनम ८००० सिरिजलाई मान्यता दिन खोजिएको थियो। तर उक्त सफ्टवेयरलाई नै निर्माता कम्पनीले 'इण्ड अफ लाइफ' घोषणा गरेपछि ठेक्कामा नयाँ सेटिङ सुरु भएको छ।
नयाँ सेटिङमा टेलिकमकी निमित्त प्रबन्ध निर्देशक सविना मास्के लागिपरेकी छिन्। त्यसलाई सच्याएर ल्याउनका लागि भन्दै हुवावेलाई पत्राचार गरेको खुलेको स्रोतको दाबी छ। जसरी पत्राचार भएको छ त्यो सार्वजनिक खरिद ऐनविपरीत छ। टेन्डर डकुमेन्ट पेस गरिसकेपछि फेरि सच्याउन पाइँदैन।
जब कि एकपटक बोलकबोल गरेको विषय मूल्यांकनमा गएपछि सच्याउन पाइँदैन तर हुवावेलाई जसरी पनि ठेक्का दिनका लागि भन्दै मास्केले यस्तो चलखेल गर्न खोजेकी हुन्।
सफ्टवेयरकै ठेक्कामा गडबढी गरेको विषयमा टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेल र आपूर्ति कम्पनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केही समयअगाडि भ्रष्टाचारको मुद्दा दर्ता गराएको थियो।
पौडेल सूचना प्रविधि केन्द्रको कार्यकारी निर्देशक हुँदा गरेको ठेक्कामा २.४ गिगाहर्ज माग भएकोमा त्योभन्दा फरक क्षमताको जडान गरेको विषयलाई लिएर आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो।
हुवावेलाई बिलिङको ठेक्का दिएर प्रणाली नै हुवावेको नियन्त्रणमा जाने र टेलिकम एउटा भेण्डरको बन्धक बन्ने जोखिम बढेर गएको छ। नेटवर्कदेखि बिलिङसम्म हुवावेको प्रविधि भएपछि त्यसको जोखिम बढ्ने देखिएको छ।
टेन्डरको स्पेसिफिकेसन बनाउँदा कुनै पनि सफ्टवेयर वा उत्पादनको सत्यतथ्य परीक्षण नगरी मापदण्डमा राख्ने काम टेलिकमबाट भएको पाइएको छ। यति सामान्य काममा भएको खेलाचीले संस्थालाई नै धक्का पुग्ने देखिन्छ।
विस्मृतिमा गएको फोरजी काण्ड, त्यही मार्गबाट नेपाल टेलिकममा बिलिङको ठेक्का हत्याउँदै हुवावे
नेपाल टेलिकममा चिनियाँ कम्पनी हुवावेको नियन्त्रण बलियो हुँदै, स्वार्थको द्वन्द्वलाई बेवास्ता गर्दै एकल सिफारिस
टेलिकमको बिलिङमा टेन्डर मापदण्ड मिच्दै स्वार्थ बाझिने कम्पनी राखेर मूल्यांकन, प्रणाली नै हुवावेको नियन्त्रण हुने वातावरण बनाइँदै
टेलिकमको बिलिङ खरिद : हुवावेलाई पोस्न स्पेसिफिकेसनदेखि नै चलेखल, ह्वेलक्लाउडसँग हितको साँठगाँठ
नियामकीय राय, विज्ञको सुझाव र अदालतको आदेशविपरीत हुवावेलाई टेलिकमको बिलिङमा घुसाउने खेल
टेलिकमको प्रणालीमा हुवावेको एकाधिकार गराउन व्यवस्थापन नै सक्रिय, अदालती आदेशको बेवास्ता गर्दै बिलिङको ठेक्का अघि बढ्यो
नेपाल टेलिकमको बिलिङमा हुवावेलाई सहज हुनेगरी टेन्डर, सर्वोच्चको आदेशलाई अनदेखा
नेपाल टेलिकमको बिलिङमा हुवावे छिराउन फोरजीको बद्मासीबाट चोख्याउँदै