शनिबार, जेठ २४ गते २०८२    
शनिबार, जेठ २४ २०८२
images
images

टेलिकमको बिलिङ खरिद : हुवावेलाई पोस्न स्पेसिफिकेसनदेखि नै चलेखल, ह्वेलक्लाउडसँग हितको साँठगाँठ

images
शुक्रबार, जेठ २३ २०८२
images
images
टेलिकमको बिलिङ खरिद : हुवावेलाई पोस्न स्पेसिफिकेसनदेखि नै चलेखल, ह्वेलक्लाउडसँग हितको साँठगाँठ

एसिया इन्फोसँगै किनेमा अहिलेकै मौजुदा प्रणाली लिने निश्चित छ। यो कारणले पनि हुवावेका लागि सस्तो पर्ने देखिएको छ।

images
images

काठमाडौं- नेपाल टेलिकमको बिलिङ प्रणाली जडानका लागि आह्वान भएको टेन्डरमा प्रस्ताव पेश गरेका दुबै चिनियाँ कम्पनी स्वार्थ बाझिने खालको पाइएको छ। अलिबाबाको बहुमत सेयर रहेको ह्लेल क्लाउड जेडटीईको मुख्य रणनीतिक साझेदार हो भने हुवावेको आफ्नै हो। 

images
images
images

नेपाल टेलिकमभित्रको कोर तथा र्‍यान नेटवर्कमा एकछत्र भएका यी दुबै कम्पनीकै बिलिङ प्रणाली जडान हुने अवस्था आएको छ। दुईमध्ये एकले पाउने निश्चित भएको छ, यदि अहिलेको प्रक्रियाले निरन्तरता पाएमा।

images
images

विभिन्न निकाय तथा विज्ञहरूले नै स्वार्थ बाँझिने र भेन्डर लक हुनेगरी कुनै पनि प्रणाली खरिद नगर्न दिइएको आदेश, सुझाव तथा निर्देशनभन्दा बाहिर गएर टेलिकमभित्र यी दुईमध्ये एक चिनियाँ कम्पनीलाई भित्र्याउन सुरूदेखि नै चलखेल भएको छ। 

images
images
images

पहिलेको टेन्डरमा एउटामात्र कम्पनी आएको थियो। त्यतिबेला चिनियाँ कम्पनीको प्रवेश गरेका थिएनन्। एउटामात्र कम्पनी भएको भन्दै टेन्डर रद्द गरियो र टेन्डरमा संशोधन गर्दै नयाँ टेन्डर आह्वान गरियो। नयाँ टेन्डमा संशोधन गर्दा चिनियाँ कम्पनीलाई अनुकूल हुने अवस्था सिर्जना गरियो। कमसल गुणस्तरलाई पनि प्रवेश दिनेगरी सर्तमा व्यवस्था गरियो। 

अहिले नै प्रयोग भइरहेकोभन्दा कमसल हार्डवेयरलाई पनि बिलिङमा मान्यता दिने व्यवस्था गरियो यो नै हुवावेलाई सजिलो बनाउनका लागि हो। अहिलेकै बिलिङमा इन्टेलको २.४ र रिस्कको ५ गिगाहर्ज क्षमताको हार्डवेयर प्रयोग भइरहेको छ। तर अब दुबै क्याटोगरीमा २.४ लाई नै मान्यता दिने व्यवस्था गरिएको छ।

जब कि बजारमा अहिले अपग्रेड भएर इन्टेलको २.७ पुगिसकेको छ। त्यस्तै रिस्ककै पनि अबदेखि ५ नभइ २.४ मै सीमित पारिएको छ।सामान्यत: १० वर्षको अवधि हुने यस्ता हार्डवेयर हुवावेसँग २०१९ पछिको नयाँ उपकरणमा पहुँच छैन। अमेरिका, युरोपले हुवावेमाथि प्रतिबन्ध लगाएका छन्। त्यसैले हुवावेसँग २०१९ अघिकै उपकरणमात्र रहेका छन्। 

तर चीनबाहिरका कम्पनीहरूले योभन्दा माथिल्लो तहको प्रविधि तथा उपकरणमा गइसकेका छन्। उनीहरूसँग यस्तो कमसल र सस्तो प्रविधि नै छैन। त्यसैले उनीहरू स्वाभाविक रुपमा महंगोमा जाने तर चिनियाँका लागि जस्तो पनि उपकरण भएकाले सस्तो वर्गमा आउने बनाइयो। 

हुवावेलाई बिलिङमा छिराउनका लागि सुरूदेखि नै खेल खेलिएको मात्र होइन। अहिले अन्तिममा प्रस्ताव गरेका दुई कम्पनी चीनका हुन्, हुवावे र ह्लेल क्लाउड। ह्लेल क्लाउड सुरुमा जेडटीईकै सहायक कम्पनी थियो। सन् २०१८ मा अलिबाबाले किनेको थियो। तर पनि जेडटीईको रणनीतिक साझेदार हो। त्यस्तै हुवावे पनि चीनकै कम्पनी हो। 

यी दुई कम्पनीमा प्रतिस्पर्धा नाममात्र हुने निश्चित भएको छ। यदि हुवावेले बिलिङको ठेक्का जितेमा एउटा प्रविधि ह्वेल क्लाउड वा एसिया इन्फोसँगै खरिद गर्नेछ। किनभने हुवावेसँग कस्टमर रिलेसनसीप म्यानेजमेन्ट(सीआरएम) छैन। ह्वेल क्लाउडसँगको व्यावसायिक सम्बन्ध भने रहेको छ। एसिया इन्फोसँगै किनेमा अहिलेकै मौजुदा प्रणाली लिने निश्चित छ। यो कारणले पनि हुवावेका लागि सस्तो पर्ने देखिएको छ। 

हुवावेको सम्भावित भेन्डर नै ह्वेलक्लाउड भएपछि टेन्डरमा प्रतिस्पर्धाको सम्भावना न्यून देखिएको छ। गुणस्तरीय सेवा तथा प्रविधिको सम्भावनालाई सुरूमै समाप्त पारिएको थियो भने अहिले आएर पूर्ण भेन्डरलकको अवस्थामा पुर्‍याउन लागिएको छ। 

सस्तो मूल्यमा कमसल उपकरण हालेर टेन्डर जित्नेमात्र होइन संवेदनशील प्रणालीमाथि एकाधिकार हुने भएको छ। त्यस्तै ह्लेल क्लाउड पनि नियन्त्रणको स्वार्थ जोडिने भएकाले यी दुईवटा कम्पनीकोमात्र प्रस्ताव परेकाले फेरि नयाँ टेन्डरमा जानुको साटो उनीहरूलाई नै टेन्डर दिने तयारी टेलिकमले अघि बढाएको हो।

ह्लेल क्लाउडका लोकेन्द्र कार्की स्थानीय प्रतिनिधि हुन्। कांग्रेस नेता तथा पूर्वसञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका भाइ कार्कीले सकभर यही कम्पनीलाई ठेक्का दिलाउनका लागि प्रयास गरिरहेका छन्। 


प्रकाशित : शुक्रबार, जेठ २३ २०८२१०:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend