मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

६४ लाख विद्युतीय राहदानी छपाइ मूल्यांकनमा ढिलासुस्ती, प्राविधिकरुपमा असफल कम्पनीलाई पास गराउन चलखेल सुरु

बिहीबार , वैशाख १८ २०८२
६४ लाख विद्युतीय राहदानी छपाइ मूल्यांकनमा ढिलासुस्ती, प्राविधिकरुपमा असफल कम्पनीलाई पास गराउन चलखेल सुरु

अहिले विभागसँग स्टक राहदानी ६ लाख पनि छैन। ६ लाख राहदानीले बढीमा ५ देखि ६ महिनालाई मात्रै पुग्छ। टेन्डरमा सहभागी एक कम्पनीका अनुसार राहदानी छपाइका लागि सम्झौता भएपछि पनि काम थाल्न न्यूनतम पनि ८ महिनाभन्दा बढी लाग्छ।

काठमाडौं- राहदानी विभागले ६४ लाख विद्युतीय राहदानी छपाइका लागि टेन्डर गरेको पाँच महिना बितिसकेको छ। राहदानी छपाइका लागि पटकपटक टेन्डर खोलेको विभागले अझैसम्म पनि प्राविधिकरुपमा कम्पनी छनोट गर्न सकेको छैन।

विभागले २०८१ को मंसिर १ गते ६४ लाख राहदानी छपाइका लागि २ वटा प्याकेज रहने गरी पहिलोपटक टेन्डर गरेको थियो। २ पटकसम्म टेन्डरको समय थप भएको थियो। विभागले फागुन ९ गते टेन्डर खोलेको थियो। पहिलोपटक टेन्डर भएको मितिको करिब ३ महिनापछि मात्रै दोस्रो टेन्डर खोलेको थियो।

विभागले टेन्डर गरेको २ वटा प्याकेजमध्ये प्याकेज १ मा ३ वटा कम्पनी र प्याकेज २ मा ४ वटा कम्पनीको आवेदन परेको थियो। विभागले 'प्याकेज १' मा स्टिम इन्कुलिडिङ प्रि-इनरोलमेन्ट, इनरोलमेन्ट, डाटा म्यानेजम्यानेट र डेलिभरी राखेको थियो भने 'प्याकेज २' मा बुकलेट विथ पर्सनलाइजेसन, क्वालिटी कन्ट्रोल र प्याकेजिङ सिस्टम समावेश गरी टेन्डर गरेको थियो।

'प्याकेज १' अन्तर्गत आईटी इनरोलमेन्ट र 'प्याकेज २' अन्तर्गत बुकलेट रहेको थियो। टेन्डरको 'प्याकेज १' मा अहिले पनि राहदानी छपाइकै काम गरिरहेको फ्रान्सेली कम्पनी 'आईडीईएमआईए', जर्मन कम्पनी मुलबाउर र अमेरिकन कम्पनी आइरिस सफ्टवेयरको आवेदन परेको थियो।

यसैगरी प्याकेज २' अन्तर्गतको काममा लागि चारवटा कम्पनीले आवेदन दिएका छन्। जसमा राहदानी छपाइकै काम गरिरहेको फ्रान्सेली कम्पनी आईडीईएमआईए, जर्मन कम्पनी भेरिडस, जर्मन कम्पनी मुलबाउर र पोल्याण्डको पीडब्लू पीडब्लूले  आवेदन दिएका थिए।

विभागले टेन्डर खोलेर प्राविधिक मूल्यांकन थालेको ७० दिन भइसकेको छ। तर प्राविधिकरुपमा सफल कम्पनी छनोट गर्न सकेको छैन। प्राविधिकरुपमा कम्पनी छनोटपछि पनि दुईपक्षीय सम्झौता हुनका लागि महिना दिनको समय लाग्ने विभाग स्रोतको दाबी छ।

अहिले विभागसँग स्टक राहदानी ६ लाख पनि छैन। ६ लाख राहदानीले बढीमा ५ देखि ६ महिनालाई मात्रै पुग्छ। टेन्डरमा सहभागी एक कम्पनीका अनुसार राहदानी छपाइका लागि सम्झौता भएपछि पनि काम थाल्न न्यूनतम पनि ८ महिनाभन्दा बढी लाग्छ।

तर विभागका उच्च पदस्थ कर्मचारी तथा राजनीतिक तहबाट प्राविधिक मूल्यांकनमै कम्पनी छनोटको खेलमा लागेका छन्। प्राविधिक मूल्यांकन समितिको उपसमितिमा रहेका एक प्रतिनिधिका अनुसार अहिले प्राविधिकरुपमा कमजोर कम्पनीलाई पनि पास गराउन दबाब दिने काम भएको छ।

ती प्रतिनिधिका अनुसार प्राविधिकरुपमा कमजोर कम्पनीलाई पास गराउन उपसमितिका केही सदस्यहरुले असहमति जनाएपछि विभाग महानिर्देशक तीर्थराज अर्यालले उपसमितिले दिएको रिपोर्ट रिभ्यु गर्न भन्दै रिभ्यु कमिटी गठन गर्ने तयारी गरेका छन्। रिभ्यु कमिटी बनाएर प्राविधिकरुपमा असफल कम्पनीलाई समेत पास गराउने खेल सुरु भएको छ। 

विशेषत: प्याकेज २ अन्तर्गतको ६४ लाख बुकलेट छपाइका लागि ४ वटा कम्पनीले आवेदन दिएकामा २ वटामात्रै कम्पनी सफल भए पनि रिभ्यु कमिटी बनाएर ४ वटै कम्पनीलाई पास गराउने खेल सुरु भएको छ।

तर राजनीतिक दबाबमा प्राविधिकरुपमै असफल कम्पनीलाई पास गराउने खेल भएको स्रोतको दाबी छ। सरकार सञ्चालनमा रहेका सत्ता साझेदार २ दलको उच्च नेतृत्व तहले विभागका महानिर्देशक अर्याललाई दबाब दिइरहेका छन्।

विभागका महानिर्देशक अर्याललाई 'प्राविधिक मूल्यांकनको काममा किन ढिलासुस्ती भएको हो?' भनेर बिजनेस न्यूजले प्रश्न गर्दा अर्यालले अहिले टेन्डरमा सहभागी कम्पनीहरुको प्राविधिक मूल्यांकनको काम भइरहेको र कानूनअनुसार काम भइरहेको हुँदा यस विषयमा केही बोल्न नमिल्ने बताए। रिभ्यू कमिटी कानुनी रुपमा अवैधानिक हो।

६४ लाख राहदानी छपाइको 'प्याकेज १' मा तीन र 'प्याकेज २' मा चार कम्पनीको आवेदन ६४ लाख राहदानी छपाइको 'प्याकेज १' मा तीन र 'प्याकेज २' मा चार कम्पनीको आवेदन

राहदानी विभागसँग पौने ७ लाखमात्रै विद्युतीय पासपोर्ट राहदानी विभागसँग पौने ७ लाखमात्रै विद्युतीय पासपोर्ट

छपाइको टेन्डरमा ढिलासुस्तीकै कारण फेरि भेरिएसनबाट राहदानी लिनुपर्ने अवस्था आउँदै छपाइको टेन्डरमा ढिलासुस्तीकै कारण फेरि भेरिएसनबाट राहदानी लिनुपर्ने अवस्था आउँदै

६४ लाख राहदानी छपाइमा 'आईडीईएमआईए'लाई नै सहज हुनेगरी सर्त राखिएको भन्दै लेखा समितिमा उजुरी ६४ लाख राहदानी छपाइमा 'आईडीईएमआईए'लाई नै सहज हुनेगरी सर्त राखिएको भन्दै लेखा समितिमा उजुरी

६४ लाख राहदानी छपाइमा पुन: 'आईडीईएमआईए'लाई नै सहज हुनेगरी राखिएको एउटा सर्त ६४ लाख राहदानी छपाइमा पुन: 'आईडीईएमआईए'लाई नै सहज हुनेगरी राखिएको एउटा सर्त

६४ लाख राहदानी छपाइका लागि राहदानी विभागले गर्‍यो टेन्डर ६४ लाख राहदानी छपाइका लागि राहदानी विभागले गर्‍यो टेन्डर


प्रकाशित : बिहीबार , वैशाख १८ २०८२१४:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend