बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

६४ लाख राहदानी छपाइका लागि राहदानी विभागले गर्‍यो टेन्डर

बिहीबार , मंसिर १३ २०८१
६४ लाख राहदानी छपाइका लागि राहदानी विभागले गर्‍यो टेन्डर

विभागले ५ वर्षका लागि ६४ लाख राहदानी छपाईका लागि टेन्डर गरेको विभागमा महानिर्देशक तिर्थराज अर्यालले जनाकारी दिए। टेन्टरको समय सिनामा २०२५ को जनवरी १२ सम्म राखिएको छ।

काठमाडौं- भेरिएसनबाट विद्युतीय  राहदानी छपाइ गर्दै घोटाला गरिरहेको राहदानी विभागले अन्तत: विद्युतीय राहदानी छपाइका लागि टेन्डर गरेको छ। विभागले ४५ दिनको समयसीमा राखेर टेन्डर गरेको हो।

विभागले राहदनी छपाइका लागि २ वटा प्याकेजमा काम गर्ने गरी टेन्डर गरेको छ। विभागले पहिलो प्याकेजमा प्रविधि तथा उपकरणसहित वितरणलाई राखेको छ भने दोस्रो प्याकेजमा राहदानीको पर्सनलाइजेससहितको बुक लेटलाई राखेको छ।

विभागले ५ वर्षका लागि ६४ लाख राहदानी छपाइका लागि टेन्डर गरेको विभागमा महानिर्देशक तीर्थराज अर्यालले जनाकारी दिए। टेन्डरको समयसीमा २०२५ को जनवरी १२ सम्म राखिएको छ। थप विषयमा भने दिउँसोसम्म सार्वजिनक हुने बिड डकुमेन्टमा समावेश हुने उनले बताए।

टेन्डरको प्रि बिडिङ मिटिङ भने डिसेम्बर १९ मा राखिको छ।  यो मिटिङ भर्च्युल हुने विभागले जनाएको छ। टेन्डरमा सहभागी हुन चाहनेले २० हजार तिरेर आवेदन फर्म लिनु पर्ने छ।  विभागसँग अहिले १३ लाखको हाराहारीमा मात्रै राहदानी स्टक छ।

passport.jpg
२०७७ सालमा भएको टेन्डरमा २ वटै कामलाई एकै प्याकेजमा राखेर टेन्डर गरी घोटाला गरिएको थियो। २ वटै कामलाई एउटै प्याकेजमा राखेर भएको काम तथा सरकारलाई महँगो भएको भन्दै विरोध भएको थियो। अन्तत: विभागले अहिले भने २ वटा प्याकेजमा विभाजन गरी टेन्डर गरेको हो। 

विभागले यसअघि २० लाख राहदानी छपाइका लागि कम्पनी छनोट गरे पनि सेटिङमा ३१ लाख राहदानी भेरिएसनबाट लिएको थियो। भेरिएसनबाट राहदानी लिँदा भएको घोटालाको विषयमा अख्तियारले छानबीन अन्तिम चरणमा पुर्याएको छ।

विभागले गरेको टेन्डरमा अलग अलग प्याकेजका लागि अलग अलग कम्पनीले सहभागीता जनाउन पाउने भएपनि २ वटै प्याकेजको काम गर्नेगरी छुटसहित आउने पनि सक्ने विभागले जनाएको छ।


प्रकाशित : बिहीबार , मंसिर १३ २०८१०७:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend