बिहीबार , असोज ३ गते २०८१    
images
images

रोयल इनफिल्ड एसेम्बलमा ‘प्राविधिक अपराध’गर्ने टीजी अटो ग्रुपलाई कसले नियमन गर्ने?

मूल्य कम गर्नकै लागि एबीएस, एउटा डिस्क ब्रेक र एफआईलगायत पार्ट्स झिकियो

images
बुधबार, असोज २ २०८१
images
images
रोयल इनफिल्ड एसेम्बलमा ‘प्राविधिक अपराध’गर्ने टीजी अटो ग्रुपलाई कसले नियमन गर्ने?

एबीएस झिक्नेजस्तो गम्भीर विषयमा टीजी अटो ग्रुपसँगै आइसर मोटर इन्डियाले समेत ‘मौन समर्थन’ जनाइरहेको छ। अब यसबारेमा आइसर इन्डियाबाट पनि सरकारले जवाफ खोज्न जरुरी भइसकेको छ।

images
images

काठमाडौं- बेलायती आइकोनिक ब्रान्ड रोयल इनफिल्डको नेपालमा एसेम्बल हुँदा गरिएको ‘प्राविधिक अपराध’को नियमन र अनुगमन कसले गर्ने भन्ने अन्योलता देखिएको छ। रोयल इनफिल्डका मोटरसाइकल एसेम्बल गरिरहेको टीजी अटोग्रुप र अल्फा अटोमोटिभ्सले यही अन्योलताको फाइदा लिइरहेको छ। 

images
images
images

भारतीय कम्पनी आइसर इन्डिया लिमिटेडको स्वामित्वमा रहेको रोयल इनफिल्डका मोटरसाइकल त्रिवेणी समूहअन्तर्गतको अल्फा अटोमोटिभ्सले दुगड समूहबाट खोसेको थियो। रोयल इनफिल्डको आधिकारिक बिक्रेता हत्याएलगत्तै त्रिवेणी समूहले टीजी अटो ग्रुपमार्फत एसेम्बल सुरु गरेको थियो। 

यही ब्रान्ड विगतमा दुगड समूहले बिक्री गर्दा त्यतिबेला ब्रान्डमाथि कुनै प्रश्न उठेको थिएन। तर जब रोयल इनफिल्ड मोटरसाइलकको आधिकारिक बिक्रेता दुगडबाट त्रिवेणी समूहले खोस्यो, तब यो ब्रान्डले आफ्नो विरासत गुमाउँदै गइरहेको छ।

सुरक्षा र थ्रिलिङका लागि चिनिएको रोयल इनफिल्डका मोटरसाइकलमा महत्वपूर्ण पार्ट्स एबीएस, डिस्क ब्रेक, एफआईलगायत महत्वपूर्ण पार्ट्स झिकेर टीजी अटो ग्रुप र अल्फा अटोमोटिभले उपभोक्तामाथि कुठाराघात गरिरहेको छ। त्यतिमात्र होइन टीजी अटोले प्राविधिक अपराध नै गरिरहेको छ। 

images

रोयल इनफिल्ड ब्रान्ड दुगडबाट खोसाउन एक वर्षअघि नै त्रिवेणी समूह आएका मेघराज पौडेललाई बिक्री संख्या बढाउनु पर्ने ठूलै दबाब थियो। त्यसका लागि नेपालमै रोयल इनफिल्डको मोटरसाइकल एसेम्बल गर्ने र मूल्य घटाउन के-कसो गर्न सकिन्छ भनेर ट्रेडिङ गर्ने अल्फा अटोमिटिभ र एसेम्बल गर्ने टीजी अटो ग्रुपले दुई महिनासम्म घनिभूत छलफल गरेका थिए। 

टीजी अटोमोटिभका हर्ष संघाई, मेघराज पौडेलसहित उच्च व्यवस्थापकीय समूहले सो छलफलमा  नेपालमा उत्पादन गर्दा कम आवश्यक पर्ने पार्टपुर्जा झिकेर सस्तोमा कसरी ल्याउन सकिन्छ भन्नेमै केन्द्रित भएको थियो। त्यसक्रममा नेपालमा सवारी उत्पादनको कुनै कानून नभएकाले सुरक्षा विशेषता झिकेरै मोटरसाइकलको मूल्य घटाउने निष्कर्षमा छलफल पुगेको थियो। त्यसमा एबीएस (एन्टिलक ब्रेकिङ सिस्टम), डिस्क ब्रेक, एफआई (फ्युल इन्जेक्ट टेक्नोलोजी)सहितयत ५ वटा महत्वपूर्ण विशेषता झिक्ने निर्णय टीजी र अल्फाले गरेको थियो। 

उत्पादक कम्पनीले गरेको आएन्डडी र उत्पादनलाई नै चुनौती दिनेगरी हेभी मोटरसाइकलमा नाफा कमाउनकै लागि गरिएको प्राविधिक अपराधका विषयमा नेपालमा कुन निकायले नियमन गरेर छनबिन गरि कारबाही गर्ने भन्ने अन्योलता देखिएको छ।

उद्योग विभागले आफूहरूले उद्योग स्थापनाका लागि सहजीकरण गर्ने र तोकिएको औद्योगिक सर्त पूरा गरे नगरेको हेर्ने क्षेत्राधिकार रहेको बताएको छ। 

‘हामीलाई उद्योग स्थापना गर्दा तोकिएको नियम र सर्तहरू कार्यान्वयन भए नभएको हेर्ने क्षेत्राधिकार तोकिएको छ,’ उद्योग विभागका महानिर्देशक यज्ञराज कोइरालाले भने, ‘उत्पादक कम्पनी के झिकेर ल्याउँछन्, कमसल बनाउँछन् भन्नेबारेमा हामीले हेर्दैनौँ।’ सवारीसाधनको एसेम्बल, आयातको पाटो उद्योग विभागको जिम्मेवारीमा नभएको कोइरालाले बताए। 

२०७९ भदौमा मोटरसाइकल एसेम्बल गर्न समूहले टीजी अटो ग्रुपमार्फत उद्योगमा ३८ करोड रुपैयाँ लगानी गर्नेगरी कम्पनी दर्ता गरेको थियो। उद्योग बाराको जितपुर उपमहानगरपालिका वडा नम्बर ९ मा स्थापना भइसकेको छ। उद्योगले वार्षिक ८ हजार मोटरसाइकल एसेम्बल गर्ने दर्ता विवरणमा उल्लेख छ। 

आयात गरेर मोटरसाइकल बिक्री गर्दा त्यतिबेला रोयल इनफिल्डका मोटरसाइकलको सस्तो मोडलको मूल्य साढे ६ लाख रुपैयाँ थियो। यसरी एबीएससहितका विशेषता झिकेर मोटरसाइकल एसेम्बल गर्दा टीजी अटोले प्रतिगोटा १ लाख रुपैयाँभन्दा बढी मूल्यको महत्वपूर्ण सुरक्षा पार्ट्स झिकेर मोटरसाइकल बनाएको छ। 

उद्योग विभागले आफ्नो क्षेत्राधिकार भित्र नपर्ने बताइरहँदा यातायात व्यवस्था विभागले विगतमा उद्योगबाट अनुमति आएको विषय भन्दै पन्छिँदै आएको थियो।

उद्योग विभाग र यातायात व्यवस्था विभागले गर्नुपर्ने के हो र सीकेडी आयात हुँदा भएका छेडखानी, प्राविधिक अपराधका विषयमा बिजनेस न्युजले निरन्तर खोतल्दै जानेछ। त्यस्तै वाणिज्य तथा उपभोक्ता संरक्षण विभाग र उपभोक्ता अधिकारकर्मीहरूसँग पनि हेभी मोटरसाइकलमा झिक्नै नमिल्ने एबीएससहित सुरक्षा पार्ट्स झिकेर उपभोक्तामाथि गरिएको धोकाधडीबारे अध्ययन गरिनेछ। 

के गरेको हो टीजी अटोले रोयल इनफिल्ड एसेम्बल गर्दा?

त्रिवेणी समूहका अल्फा अटोमोटिभ्स र टीजी अटो ग्रुप प्रालिका उच्च पदस्थले रोयल इनफिल्डका मोटरसाइकल एसेम्बल गर्दा बजार हिस्सा बढाउन एबीएस, एउटा डिस्क ब्रेक, एफआईलगायत पार्ट्स झिक्ने निष्कर्ष निकाले। यसबारेमा सोही छलफलमा सहभागी केहीले भने ठूलो इन्जिन क्षमताको मोटरसाइकलमा एबीएस जस्तो महत्वपूर्ण सुरक्षा विशेषता झिक्न नहुने धारणा राखेका थिए। 

केही प्राविधिक तथा उच्च व्यवस्थापकहरूले एबीएस झिक्दा उपभोक्तामाथि अपराध नै हुने राय राखेका थिए। तर कम्पनीले गर्ने निर्णयमा उनीहरूको रायले कुनै स्थान पाउने कुरै भएन। टीजी अटो ग्रुप र अल्फा अटोमोटिभसँग सम्बन्धित व्यक्तिहरूसँग कुराकानी गरेर बिजनेस न्युजले यो तथ्य पत्ता लगाएको हो। 

भारतमा जुन विशेषता र कम्पोनेन्ट राखेर रोयल इनफिल्डका मोटरसाइकल उत्पादन भइरहेको छ नेपालमा भने त्यसलाई ‘कस्टमाइज’ गरेर ‘एबीएस’ र पछाडिको ‘डिस्क ब्रेक’, एफआईलगायत अन्य ४/५ वटा विशेषता झिकिएको छ। यसरी भारतमा त अनिवार्य नै गरिएको सुरक्षासम्बन्धी विशेषता झिकेर नेपालमा रोयल इनफिल्ड एसेम्बल भइरहँदा उपभोक्ता त ठगिएका छन् नै सडकमा हुने जोखिमसमेत बढेको छ। 

सवारीसाधन एसेम्बलको विषयमा हामी किन यति कमजोर भयौँ भन्ने समीक्षा आवश्यक देखिएको यातायात व्यवस्था विभागका पूर्वप्राविधिक निर्देशक गोविन्दप्रसाद खरेल र सदर अधिकारी बताउँछन्। सवारी उत्पादन सम्बिन्धी कानून नभएको बहानामा कुनै देशमा निश्चित गरिएको उत्पादनलाई तोडमोड गरेर एसेम्बल गर्न नपाइने उनीहरूको दाबी छ। 

‘अटोमोबाइल इन्जिनियरिङ’मा सवारीसाधनबारेको योजना, डिजाइन, निर्माण र स्तरवृद्धिका सबै विषयमा पछाडि फर्कनेभन्दा थप परिस्कृत गर्नेतर्फ नै विश्व लागिरहेको उनीहरू बताउँछन्। यस्तोमा केही सस्तो हुने नाममा भएकै सुरक्षा विशेषतासमेत झिकेर सवारी निर्माण गर्न नहुने उनीहरूको मत छ। 

१ सय ५० सीसी सम्मका मोटरसाइकलमा एबीएस अनिर्वाय भइसकेको अवस्थामा टीजी अटो ग्रुपले ३ सय ५० सीसीको रोयल इनफिल्डको मोटरसाइकलमा एबीएस झिक्नै मिल्दैन थियो। भारतमा १ सय ५० सीसीसम्मका मोटरसाइकलमा एबीएस अनिवार्य छ। नेपालमा हालसम्म सवारीसम्बन्धी यस्तो निश्चित मापदण्ड नै छैन। कानून नभएको अवस्थामा एबीएस झिकेर उपभोक्तामाथि अपराध गर्न नहुने इन्जिनियहरूको भनाइ छ।

टीजी अटो ग्रुपले भारतमा रोयल इनफिल्डले २०१७ सम्म उत्पादन गरेको ‘क्लासिक ३५०’ र अर्को एउटा मोडलको टाइप एप्रुभल (टीए) बुझाएर २०२३ मा उत्पादन भएको नयाँ मोडलमा एबीएस, डिस्क ब्रेक, एफआईलगायत झिकेर नेपालमा एसेम्बल गरिँदै आएको छ। यसबारेमा हालसम्म नियामक निकायले चासो नदिनु अर्को गम्भीर विषय हो। 

एबीएस मोटरसाइकल तथा गाडीहरूमा प्रयोग गरिएको ब्रेकिङ सिस्टमलाई चुस्त बनाउने प्रविधि हो। यसको प्रयोगले एक्कासी ब्रेक लगाउनु पर्दा टायरलाई फस्न वा जाम हुनबाट पनि बचाउँछ। अचानक ब्रेक लगाउँदा हुनसक्ने दुर्घटना रोक्न पनि यसले महत्वपूर्ण भूमिका खेल्छ। यसको सहयोगले ब्रेक अचानक लगाउँदा मोटरसाइकलको सन्तुलन बिग्रँदैन।

संयुक्त राष्ट्र संघअन्तर्गतको विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)ले विश्वभर उत्पादन हुने सवारीसाधनमा सुरक्षाबारे एकरुपता हुनुपर्ने बताएको छ। नेपाल संयुक्त राष्ट्र संघ तथा डब्लूएचओको सदस्य भएको र बडापत्रमा हस्ताक्षर गरेकाले उक्त नियम नेपालले पनि पालना गर्नुपर्ने हुन्छ। सडक सुरक्षा तथा सवारीसाधनलाई सुरक्षित रुपमा गुडाउन विभिन्न मापदण्ड तय गरिएको छ। 

संयुक्त राष्ट्र संघले सवारी सुरक्षाका ८ वटा आधारभुत विषय (भेहिकल सेफ्टी फन्डामेन्टल्स) तयार गरेको छ। जसको आठौँ नम्बर बुँदामा मोटरसाइकल एन्टिलक ब्रेकिङ सिस्टम (एबीएस) (आर७८) हुनुपर्ने उल्लेख गरेको छ। 

नेपालमा भने कानून नभएको फाइदा उठाउँदै संयुक्त राष्ट्र संघले नै तय गरेको मान्यताविपरीत सस्तोमा मोटरसाइकल बिक्री गर्न टीजी अटो ग्रुपले जानाजान उपभोक्ताको यात्रामाथि गम्भीर खेलबाड गरिरहेको छ। एबीएस झिक्ने जस्तो गम्भीर विषयमा टीजी अटो ग्रुपसँगै आइसर मोटर इन्डियाले समेत ‘मौन समर्थन’ जनाइरहेको छ। अब यसबारेमा आइसर इन्डियाबाट पनि सरकारले जवाफ खोज्न जरुरी भइसकेको छ। 

रोयल इनफिल्डको नेपाल एसेम्बल : यस्तो छ एबीएस हटाउँदाको ‘घातक’ इन्जिनियरिङ पाटो रोयल इनफिल्डको नेपाल एसेम्बल : यस्तो छ एबीएस हटाउँदाको ‘घातक’ इन्जिनियरिङ पाटो रोयल इनफिल्डको एसेम्बलमा दुई कम्पनी बनाएर 'स्मार्ट कर चोरी', उपभोक्तालाई आयातित सरहकै मूल्य रोयल इनफिल्डको एसेम्बलमा दुई कम्पनी बनाएर 'स्मार्ट कर चोरी', उपभोक्तालाई आयातित सरहकै मूल्य सुरक्षा पार्ट्स झिकेर नाफा कमाउन नेपालमा रोयल इनफिल्डले गरेको थियो यस्तो नियोजित निर्णय सुरक्षा पार्ट्स झिकेर नाफा कमाउन नेपालमा रोयल इनफिल्डले गरेको थियो यस्तो नियोजित निर्णय रोयल इनफिल्डमा अत्यावश्यक पार्ट्स झिकेर नाफा कमाउने कमसल शैली, इन्जिनियर भन्छन्- जोखिम बढ्छ रोयल इनफिल्डमा अत्यावश्यक पार्ट्स झिकेर नाफा कमाउने कमसल शैली, इन्जिनियर भन्छन्- जोखिम बढ्छ नेपालमा एसेम्बल भएका रोयल इनफिल्ड मोटरसाइकल प्रयोगकर्तालाई 'थापिएको पासो' नेपालमा एसेम्बल भएका रोयल इनफिल्ड मोटरसाइकल प्रयोगकर्तालाई 'थापिएको पासो' रोयल इनफिल्डको नेपाल एसेम्बल : सुरक्षा विशेषतामाथि गम्भीर खेलबाड रोयल इनफिल्डको नेपाल एसेम्बल : सुरक्षा विशेषतामाथि गम्भीर खेलबाड


प्रकाशित : बुधबार, असोज २ २०८११७:२९
  • सम्बन्धित विषय:

  • # दुईपांग्रे एसेम्बलको अन्तरकथा


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend