आइतबार, भदौ २३ गते २०८१    
images
images
दुईपांग्रे एसेम्बलको अन्तरकथा

रोयल इनफिल्डको एसेम्बलमा दुई कम्पनी बनाएर 'स्मार्ट कर चोरी', उपभोक्तालाई आयातित सरहकै मूल्य

images
बिहीबार , असार ६ २०८१
images
images
रोयल इनफिल्डको एसेम्बलमा दुई कम्पनी बनाएर 'स्मार्ट कर चोरी', उपभोक्तालाई आयातित सरहकै मूल्य

टीजी अटो र अल्फा आटोमोटिभले सरकारबाट पाएको विभिन्न कर सहुलियत उपभोक्तालाई 'पासअन' नगरी आफैँले राखेका छन्।

images
images

काठमाडौं- सरकारले दुईपांग्रे सवारी एसेम्बल गर्दा कर सहुलियत दिने व्यवस्था बजेटमार्फत नै गर्दै आएको छ। स्वदेशमै औद्योगीकरणको सुरुवात गर्ने, रोजगारी सिर्जना हुने तथा उपभोक्ताले केही सहुलियत दरमा मोटरसाइकल तथा स्कुटर पाउन् भन्ने हेतुले सरकारले त्यस्तो छुटको व्यवस्था गरेको हो। 

images
images
images

तर काम भने सरकारको उक्त सोचको विपरीत हुनेगरी भइरहेको छ। नेपालमा एसेम्बल भएका मोटरसाइकल भारत वा अन्य देशबाट आयात गरिएकोभन्दा कम मूल्यमा पाउनु त परको कुरा उल्टै महँगो हुने गरेको छ।

नेपालमा एसेम्बल गरिएका रोयल इनफिल्डको मोटरसाइकल सस्तोमा बिक्री गरेको भएपनि त्यसमा झिक्नै नमिल्ने सुरक्षा विशेषता झिकेर केही सस्तो बनाइएको हो। 

बेलायती ब्रान्ड रोयल इनफिल्डको नेपालका लागि आधिकारिक बिक्रेता त्रिवेणी समूहअन्तर्गतको अल्फा अटोमोटिभ प्रालि हो। हाल रोयल इनफिल्डको पूर्णस्वामित्व भारतीय कम्पनी आइसर मोटरसँग रहेको छ। त्रिवेणी समूहले रोयल इनफिल्ड ब्रान्ड दुगड समूहबाट २०७८ चैतमा खोसेको थियो। 

images

२०८० बैशाखदेखि त्रिवेणी समूहअन्तर्गतकै टीजी अटो ग्रुपले सीकेडी (कम्प्लिट नक डाउन युनिट) आयात गरेर नेपालमै रोयल इनफिल्डका मोटरसाइकल जोड्न थालेको हो। यसरी सीकेडी आयात गर्दा सरकारले अन्तःशुल्कमा ५० प्रतिशत छुट दिँदै आएको छ। त्यस्तै उत्पादक कम्पनीलाई आयकरमा एक तह छुट दिएको छ।

टीजी ग्रुपले १ लाख ९४ हजार ६ सय ८९ रुपैयाँ ९५ पैसामा सीकेडी किनेको छ। यसमा २८.५० प्रतिशत भन्सार, भन्सार लागेपछिको मूल्यमा ३० प्रतिशत अन्तःशुल्क र १३ प्रतिशत भ्याट र २० हजार रुपैयाँ सडक सम्भार दस्तुर लाग्छ।

भन्सार बिन्दुमा डीकेडी (डिस-एसेम्बल नकडाउन) आइपुग्दा उल्लेखित कर लाग्छ। त्यसपछि भ्यालु एड गरिएको मूल्यमा अन्तःशुल्क लाग्छ। तर आयातकर्ताहरूले सीकेडी (कम्लिट नकडाउन) का रुपमा ल्याएर त्यहीअनुसारको छुट लिइरहेका छन्। भारतमा तयार मोटरसाइकल फुकालेर (डिसएसेम्बल) नेपाल ल्याएर पुनः एसेम्बल गरिरहेका छन्। 

एसेम्बल वा ट्रेडिङ गर्ने कम्पनीलाई नभइ भ्याट उपभोक्तालाई लाग्ने हो। ट्रेडिङ गर्ने अल्फा अटोमोटिभले उपभोक्तालाई ५ लाख ३० हजार रुपैयाँमा रोयल इनफिल्डको क्लासिक ३५० मोडल बिक्री गरिरहेको छ। यो सबै चक्रमा एसेम्बल गर्ने टीजी अटो ग्रुप प्रालिले ४ हजार ६ सय २३ रुपैयाँ (२ प्रतिशत) भ्यालु एड गर्दा ट्रेडिङ गर्ने अल्फा अटोमोटिभ प्रालिले १ लाख ११ हजार रुपैयाँ (३१ प्रतिशत) भ्यालु एड गरेको छ। 

टीजी अटो ग्रुपले नेपालमै रोयल इनफिल्डको क्लासिक ३५० एसेम्बल गरेर भ्यालु एड गरेबापत सरकारबाट ३ हजार रुपैयाँ थप अन्तःशुल्क छुट पाएको छ। 

त्रिवेणी समूहअन्तर्गतका यी दुई कम्पनीले अन्तःशुल्क छुट लिएर उपभोक्तालाई हस्तान्तरण त गरेनन् नै महत्वपूर्ण सुरक्षा विशेषता एबीएस (एन्टिलक ब्रेकिङ सिस्टम), एउटा डिस्क ब्रेक, एफआई (फ्युल एन्जेक्ट) लगायत अन्य पार्टस नै झिकेर अकुत नाफाका लागि कमसल मोटरसाइकल नेपालमा ‘जोडेर’ बिक्री गरिरहेका छन्। 

यस्तो छ टीजी र अल्फा अटोमोटिभको एसेम्बल र ट्रेडिङको हिसाब

talika 1.jpg
talika 2.jpg
talika 3.jpg

टीजी अटो ग्रुपले सीकेडी आयात गर्दा सीआईएफ भ्यालु १ लाख ९४ हजार ६ सय ८९ रुपैयाँ ९५ पैसामा भन्सार शुल्क ५५ हजार ४ सय ८६ रुपैयाँ ६४ पैसा र सडक मर्मत दस्तुर २० हजार रुपैयाँ लगाएर सीकेडीको कुल लागत २ लाख ७० हजार १ सय ७६ रुपैयाँ ५९ पैसा परेको छ। (आयात गर्दाको अन्तःशुल्क र भ्याट एसेम्बल गरेर बिक्री गर्दा क्रेडिट पाइने भएकाले कस्टिङमा राखिँदैन।)

अब २ लाख ७० हजार १ सय ७६ रुपैयाँ ५९ पैसा परेको एउटा सीकेडीलाई टीजी अटो ग्रुपले एसेम्बल गरेर अल्फा अटोमोटिभलाई बिक्री गर्दा २ लाख ७४ हजार ८ सय रुपैयाँमा अन्तःशुल्क ८२ हजार ४ सय ४० रुपैयाँ र ४६ हजार ४ सय ४१ रुपैयाँ २० पैसा भ्याट जोडेर बेचेको छ। (यो अन्तःशुल्क र भ्याटमा आयात गर्दा तिरेको अन्तःशुल्क र भ्याट क्रमशः मिलान गरेर बाँकी मात्र राज्यलाई तिरिन्छ।)

२ लाख ७० हजार १ सय ७६ रुपैयाँ ५९ पैसा परेको सीकेडीलाई सम्पूर्ण खर्च लगाइ एसेम्बल गरी जम्मा २ लाख ७४ हजार ८ सय रुपैयाँमा अल्फालाई बेचेको र यो प्रक्रियामा भ्यालु एड जम्मा ४ हजार ६ सय २४ रुपैयाँ ४१ पैसा भएको छ। (अन्तःशुुल्क र भ्याटमा देखिएको धेरै फरक चाहिँ टीजीले अल्फालाई बेच्दा सडक मर्मत शुल्क २० हजार रुपैयाँ पनि लाग्ने भएकोले)। 

अब अल्फाले ग्राहकलाई बेच्दा रोयल इनफिल्ड क्लासिक ३५० मोटरसाइकल ४ लाख ६९ हजार २६ रुपैयाँ ६६ पैसा र १३ प्रतिशत भ्याट बापत ६० हजार ९ सय ७३ रुपैयाँ जोडेर बिक्री गरेको छ।

अल्फाको सो मोटरसाइकलमा जम्मा लागत २ लाख ७४ हजार ८ सय र अन्तःशुल्क बापतको ८२ हजार ४ सय ४० रुपैयाँ गरेर ३ लाख ५७ हजार २ सय ४० रुपैयाँ मात्र हो। (अन्तःशुल्कको क्रेडिट उत्पादकले मात्र पाउने हुनाले त्योभन्दा अर्को च्यानललाई अन्तःशुल्क पनि लागतमै जोडिन आउँछ। तर भ्याट चाहिँ अन्तिम उपभोक्तालाई मात्र लागतको रुपमा आउँछ।) 

यहाँ एसेम्बल गर्ने टीजी अटो ग्रुपले जम्मा ४ हजार ६ सय २३ रूपैयाँ भ्यालु एड गरेको छ। यता ट्रेडिङ गर्ने अल्फा अटोमोटिभले १ लाख ११ हजार ७ सय ८६ रुपैयाँ ५५ पैसा भ्यालु एड गरेको देखिन्छ। 

यहाँ टीजी अटोले गरेको भ्यालु एडमा अन्तःशुल्क लाग्ने हुँदा कम देखाएर बाँकी भ्यालु एडिसनलाई सरासर आफ्नै भगिनी संस्था अल्फा अटोमोटिभमा ट्रान्सफर गरेको देखियो। जसले गर्दा राज्यको अन्तःशुल्कमा सिधा कमी आएको छ। अर्थात त्रिवेणी समूहका दुई कम्पनी मिलेर अन्त:शुल्कका साथै त्यो अन्त:शुल्कमा लाग्ने मुअ करसमेत छली गरेको देखिन आएको छ।

टीजी अटो र अल्फा आटोमोटिभले सरकारबाट पाएको विभिन्न कर सहुलियत उपभोक्तालाई 'पासअन' नगरी आफैँले राखेका छन्।

एसेम्बल गर्नेहरूलाई उपभोक्ताले आयातित सवारीको तुलनामा थोरै भएपनि सस्तोमा पाउने र औद्योगीकरणको ढोका खुल्ने अपेक्षासहित सरकारले कर छुट दिएको हो। तर सरकारको अपेक्षाको ठीक उल्टो एसेम्बल गर्नेहरूले उपभोक्तालाई आयातित मोटरसाइकलको तुलनामा एक पैसा पनि छुट दिएका छैनन्।

सुरक्षा पार्ट्स झिकेर नाफा कमाउन नेपालमा रोयल इनफिल्डले गरेको थियो यस्तो नियोजित निर्णय सुरक्षा पार्ट्स झिकेर नाफा कमाउन नेपालमा रोयल इनफिल्डले गरेको थियो यस्तो नियोजित निर्णय रोयल इनफिल्डमा अत्यावश्यक पार्ट्स झिकेर नाफा कमाउने कमसल शैली, इन्जिनियर भन्छन्- जोखिम बढ्छ रोयल इनफिल्डमा अत्यावश्यक पार्ट्स झिकेर नाफा कमाउने कमसल शैली, इन्जिनियर भन्छन्- जोखिम बढ्छ नेपालमा एसेम्बल भएका रोयल इनफिल्ड मोटरसाइकल प्रयोगकर्तालाई 'थापिएको पासो' नेपालमा एसेम्बल भएका रोयल इनफिल्ड मोटरसाइकल प्रयोगकर्तालाई 'थापिएको पासो' रोयल इनफिल्डको नेपाल एसेम्बल : सुरक्षा विशेषतामाथि गम्भीर खेलबाड रोयल इनफिल्डको नेपाल एसेम्बल : सुरक्षा विशेषतामाथि गम्भीर खेलबाड


प्रकाशित : बिहीबार , असार ६ २०८११७:०८
  • सम्बन्धित विषय:

  • # दुईपांग्रे एसेम्बलको अन्तरकथा


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend