बुधबार, वैशाख १९ गते २०८१    
images
images
दुईपांग्रे एसेम्बलको अन्तरकथा

नेपालमा एसेम्बल भएका रोयल इनफिल्ड मोटरसाइकल प्रयोगकर्तालाई 'थापिएको पासो'

कानून नभएको फाइदा उठाउँदै ‘कस्टमाइज टाइप एप्रुभल’मा मोटरसाइकल बनाउँदै टीजी ग्रुप

images
images
images
नेपालमा एसेम्बल भएका रोयल इनफिल्ड मोटरसाइकल प्रयोगकर्तालाई 'थापिएको पासो'

विशेषता झिकेपछि टीजी अटो ग्रुपले रोयल इनफिल्डको माउ कम्पनी आइसर मोटर इन्डियामार्फत बेलायतको भेहिकल सर्टिफिकेसन एजेन्सी (भीसीए-यूके)बाट टाइप एप्रुभल गराएपछि त्यसको परीक्षण भने भएको छैन।

images
images

काठमाडौं- नेपालमा हालसम्म आफ्नै नियम तथा मापदण्डमा सवारी साधन उत्पादन हुन सकेको छैन। नेपाली डिजाइन र ब्रान्डको यात्रीले मोटरसाइकल बनाएको छ तर यो पनि स्वनियमन र नियन्त्रणमा रहेको छ। यातायात व्यवस्था विभागले समयको मागअनुसार कानून नभएपनि सहजीकरणको भूमिका खेलिदिएको छ। 

images
images
images

सवारीसाधन उत्पादन वा एसेम्बल पूर्णतः प्राविधिक काम हो। यसका लागि निश्चित कानून, मापदण्ड, परीक्षणको व्यवस्था र दक्ष प्राविधिक समूह आवश्यक पर्छ। संसारमा कुनैपनि देशमा कानून र मापदण्ड नभइ तथा परीक्षणबेगर सवारी उत्पादन तथा एसेम्बल हुँदैन। तर नेपालमा भने बिनाकानून, नियमन र परीक्षणबेगरै सवारी एसेम्बल हुँदै आइरहेको छ। 

images

अन्य देशमा डिजाइन, टाइप एप्रुभलअनुसार बनेर सीओपी पाएपछि ‘डिस एसेम्बल’ गरेर ल्याइएका सवारी पुनः एसेम्बल गर्दा त्यसको परीक्षण हुनुपर्छ। सवारीसाधन ‘मेसिनरी उपकरण’ त्यसमा पनि मानिस बसेर कुदाइने भएकाले त्यो मावन जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्छ। त्यसैले कार/मोटरसाइकलको एसेम्बल गर्दा न्यूनतम मापदण्डसहितको कानूनी व्यवस्था हुनैपर्छ। 

images

नेपालमा भने परीक्षण धेरै परको कुरा, एसेम्बल गर्नकै लागि कुनैपनि कानून वा मापदण्ड नै छैन। विद्यमान सवारी तथा यातायात व्यवस्था ऐन २०४९ ले नेपालमा सवारी साधन उत्पादन वा एसेम्बलको परिकल्पना नै गरेन। सोहीकारण हालसम्म यससँग सम्बन्धित कुनै नियम वा कानून बन्न सकेन। 

images
images

नेपालमा कानून बन्न नसकेको मौका छोपेर रोयल इनफिल्डका मोटरसाइकल भारतमा स्वीकृत भएको टाइप एप्रुभल र सीओपी (कन्फमिटी अफ प्रोडक्सन) लाई नै कस्टमाइज गरेर सामान्य स्वीकृतिको प्रक्रिया देखाएर सुरक्षाका महत्वपूर्ण पार्ट झिकेर ल्याएको पाइएको हो।

रोयल इनफिल्डको नेपालका लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रालि हो। यो कम्पनी त्रिवेणी समूहअन्तर्गतको हो। यही समूहअन्तर्गतको अर्को कम्पनी टीजी अटो ग्रुप प्रालिले रोयल इनफिल्डका मोटरसाइकल एसेम्बल गरेर अल्फा अटोमोटिभलाई बिक्री गर्छ। 

टीजी अटो ग्रुपले भारतमा जुन विशेषता र कम्पोनेन्ट राखेर रोयल इनफिल्डका मोटरसाइकल उत्पादन भइरहेको छ त्यसलाई कस्टमाइज गरेर एबीएस (एन्टिलक ब्रेकिङ सिस्टम), पछाडिको डिस्क ब्रेकलगायत अन्य ३/४ वटा विशेषता झिकेर ल्याएको छ।

यसरी विशेषता झिकेपछि टीजी अटो ग्रुपले रोयल इनफिल्डको माउ कम्पनी आइसर मोटर इन्डियामार्फत बेलायतको भेहिकल सर्टिफिकेसन एजेन्सी (भीसीए-यूके)बाट टाइप एप्रुभल गराएपछि त्यसको परीक्षण भने भएको छैन। 

टाइप एप्रुभल पाएपछि त्यहीअनुसार सवारी उत्पादन गरेर परीक्षणपछि सीओपी जारी गर्नुपर्छ। कम्पनीको सेल्फ सीओपीलाई मान्यता दिने व्यवस्था छ। तर उक्त सीओपी टीजी ग्रुपले के आधारमा गरेको हो त्यो खुलाएको छैन। यो अवस्थामा भारतबाट जारी भएको सीओपी मान्य नहुने एक मेकानिकल इन्जिनियरले बताए। 

‘हो यहीँनेर हो कम्पनीहरुले हाम्रो देशमा कानून नभएको फाइदा उठाएर प्रक्रियागत गन्जागोल सृजना गरेर नेपाली उपभोक्तालाई लटपट्याएको,’ ती इन्जिनियरले भने, ‘यति ठूलो इन्जिनका मोटरसाइकलमा महत्वपूर्ण सुरक्षा विशेषता झिकेर उपभोक्ताको जीवनलाई पासो थाप्ने काम सवारी एसेम्बलकर्ताले गरेको छ भन्दा फरक पर्दैन।’ यसबारेमा नियामक निकायले तत्काल एक्सन लिएर नसच्याउने हो भने यसले भयाभव स्थिति निम्त्याउने ती इन्जिनियरको भनाइ छ।  

संयुक्त राष्ट्र संघअन्तर्गतको विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)ले विश्वभर उत्पादन हुने सवारीसाधनमा सुरक्षाबारे एकरुपता हुनुपर्ने बताएको छ। नेपाल संयुक्त राष्ट्र संघ तथा डब्लूएचओको सदस्य भएको र बडापत्रमा हस्ताक्षर गरेकाले उक्त नियम नेपालले पनि पालना गर्नुपर्ने हुन्छ। सडक सुरक्षा तथा सवारीसाधनलाई सुरक्षित रुपमा गुडाउन विभिन्न मापदण्ड तय गरिएको छ। 

संयुक्त राष्ट्र संघले सवारी सुरक्षाका ८ वटा आधारभुत विषय (भेहिकल सेफ्टी फन्डामेन्टल्स) तयार गरेको छ। जसको आठौँ नम्बर बुँदामा मोटरसाइकल एन्टिलक ब्रेकिङ सिस्टम (एबीएस)(आर७८) हुनुपर्ने उल्लेख गरेको छ। 

नेपालमा भने जानाजान कानून नभएको फाइदा उठाउँदै संयुक्त राष्ट्र संघले नै तय गरेको मान्यताविपरीत टीजी अटो ग्रुपले आइसर मोटर इन्डियालाई प्रभावित पारेर एबीएस, एउटा डिस्क ब्रेकलगायत विशेषता झिकेर मोटरसाइकल एसेम्बल गरिरहेको छ। बजारमा अस्वस्थ्य प्रतिस्पर्धा सृजना गर्न र मूल्य घटाएको बहानामा बिक्री नम्बर निकाल्न टीजी अटो ग्रुपले ‘प्राविधिक अपराध’ गरिरहेको छ।

भारत सरकारले हेभी मोटरसाइकलहरुमा २ सय ५० सीसीभन्दा बढी इन्जिन क्षमतामा एबीएस अनिर्वाय गरिसकेको छ। २०१७ देखि भारतमा यस्ता मोटरसाइकलमा एबीएस अनिवार्य गरिएको थियो। उक्त सयमदेखि नेपालमै एसेम्बल हुनुपूर्व आएका रोयल इनफिल्डका सबै मोटरसाइकलमा एबीएस जडित थिए।  

यता टीजी अटो ग्रुपले नेपालमा एसेम्बल भएका रोयल इनफिल्डका मोटरसाइकलमा एबीएससँगै पछाडिको डिस्क ब्रेक पनि झिकेको छ। भारतमै बनेर आउँदा रोयल इनफिल्डका सबै मोटरसाइकलमा डुअल डिस्क ब्रेक थियो। तर कस्ट कटिङका नाममा मोटरसाइकलका महत्वपूर्ण सुरक्षा विशेषता झिकेर रोयल इनफिल्डको ‘ब्रान्ड लिगेसी’ नै धुमिल बनाउन खोजिएको छ।  

भारतमा टाइप एप्रुभल र त्यसअनुसार सीओपी जारी भए/नभएको परीक्षण गर्ने आधा दर्जनभन्दा बढी निकाय छन्। त्यसमध्ये अधिकांश सवारीको परीक्षण गर्ने निकाय एआरएआई (अटोमोटिभ रिसर्च एसोसिएसन अफ इन्डिया)बाटै हुने गरेको छ।

नेपालमा भारतबाट आउने सवारीसाधनको आयात स्वीकृतिका लागि एआरएआई सर्टिफाइड सीओपी बुझाउनु पर्ने व्यवस्था थियो। अहिले विशेषगरी प्रदूषणको हकमा मात्र यो सर्टिफिकेट यातायात व्यवस्था विभागले हेर्दै आएको छ। तर नेपालमै मोटरसाइकल एसेम्बल हुन थालेपछि सीओपीको सबै पाटो हेर्न छाडियो।

अहिले प्रदूषण मापदण्ड पूरा गरेको छ भने अन्य कुराको वास्ता गरिँदैन। कानून नहुँदा मोटरसाइकलको डिजाइन सिद्धान्तमै खलल पुग्नेगरी सुरक्षा विशेषता झिक्दा पनि परीक्षण गर्ने मेसिनरी उपकरण त छैन नै सामान्य मापदण्डसमेत छैन। 

टाइप एप्रुभलमा भएको महत्वपूर्ण विशेषता झिकेर उत्पादन गर्दा त्यो रिसर्च एन्ड डेभलपमेन्ट(आरएन्डडी)को सिद्धान्तविपरीतमात्र हुँदैन, सवारीको सक्षम परीक्षणसमेत हुन सक्दैन।

यसबारेमा यातायात व्यवस्था विभागले प्रदूषणबाहेक अन्य प्राविधिक कागजात हेर्ने कानूनी व्यवस्था नभएको जनाएको छ। एसेम्बलको मापदण्ड ड्राफ्ट तयार पारेर पठाएकोमा कानून मन्त्रालयले ऐनले परिकल्पना नगरेको भन्दै फिर्ता पठाएको जनाएको छ। 

त्रिवेणी समूहअन्तर्गतको टीजी अटो ग्रुपले एसेम्बल र अल्फा अटोमोटिभले बिक्री गर्दै आएको रोयल इन्फिल्डका मोटरसाइकल २०८० बैशाखदेखि नेपालमै एसेम्बल हुँदै आइरहेको छ। सुरुमा क्लासिक ३५० र त्यसपछि हन्टर ३५० एसेम्बल गरिरहेको टीजी अटो ग्रुपले अहिले थप दुई मोडल पनि एसेम्बल गरिरहेको छ। 

२०७८ चैतमा दुगड समूहबाट रोयल इनफिल्ड ब्रान्ड खोसिएको थियो। त्यसलगत्तै सोहीमहिना त्रिवेणी समूहअन्तर्गतको अल्फा अटोमोटिभ प्रालि रोयल इनफिल्डको नेपालका लागि आधिकारिक बिक्रेता नियुक्त भएको थियो। 

२०७९ भदौमा मोटरसाइकल एसेम्बल गर्न समूहले टीजी अटो ग्रुपमार्फत उद्योगमा ३८ करोड रुपैयाँ लगानी गर्नेगरी कम्पनी दर्ता गरेको थियो। उद्योग बाराको जितपुर उपमहानगरपालिका वडा नम्बर ९ मा स्थापना भएर एसेम्बल सुरु भइसकेको छ। 

रोयल इनफिल्डको नेपाल एसेम्बल : सुरक्षा विशेषतामाथि गम्भीर खेलबाड रोयल इनफिल्डको नेपाल एसेम्बल : सुरक्षा विशेषतामाथि गम्भीर खेलबाड

images

प्रकाशित : बुधबार, चैत ७ २०८००४:१४
  • सम्बन्धित विषय:

  • # दुईपांग्रे एसेम्बलको अन्तरकथा


  • प्रतिक्रिया दिनुहोस