शुक्रबार, कात्तिक २ गते २०८१    
images
images

रोयल इनफिल्डको नेपाल एसेम्बल : यस्तो छ एबीएस हटाउँदाको ‘घातक’ इन्जिनियरिङ पाटो

images
बुधबार, असार १२ २०८१
images
images
रोयल इनफिल्डको नेपाल एसेम्बल : यस्तो छ एबीएस हटाउँदाको ‘घातक’ इन्जिनियरिङ पाटो

रोयल इनफिल्डको नेपालका लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ र टीजी अटो ग्रुप प्रालि मिलेर नेपालमा एसेम्बल गर्दा भारतमा अनिवार्य गरिएको एबीएस नै झिकिदिएका हुन्।

images
images

काठमाडौं- ठूलो इन्जिन क्षमताका मोटरसाइकललाई सुरक्षित बनाउन उत्पादक कम्पनीहरूले नयाँ-नयाँ आविष्कार गर्दै गए। त्यसैमध्येको एउटा आविष्कार हो 'एबीएस' अर्थात एन्टिलक ब्रेकिङ सिस्टम। यसले अपर्झट ब्रेक लगाउँदा परम्परागत ब्रेकिङ सिस्टमको तुलनामा मोटरसाइकललाई नियन्त्रित रुपमा ब्रेक लगाउन मद्धत गर्दै दुर्घटनाको जोखिम कम गर्छ। 

images
images
images

विश्वका विभिन्न विकसित देशसहित भारतले पनि सन् २०१८ देखि मोटरसाइकलमा एबीएस अनिवार्य गरेको छ। भारतबाट नेपालमा आयात भएका मोटरसाइकलमा पनि त्यसैअनुरुप एबीएस हुन्छन्। तर जब नेपालमा एसेम्बल किट ल्याएर एसेम्बल गर्न थालियो, एसेम्बलकर्ताले आरएन्डडी (रिसर्च एन्ड डेभलपमेन्ट) लाई नै चुनौती दिँदै एबीएस झिकेर ‘मेकानिकल अपराध’ गरेका छन्। 

रोयल इनफिल्डको नेपालका लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ र टीजी अटो ग्रुप प्रालि मिलेर नेपालमा एसेम्बल गर्दा भारतमा अनिवार्य गरिएको एबीएस नै झिकिदिएका हुन्। दुगड समूहबाट रोयल इनफिल्डको आधिकारिक बिक्रेता खोसेको त्रिवेणी समूहले अल्फा अटोमोटिभ प्रालिबाट मोटरसाइकल बिक्री गरिरहेको छ भने एसेम्बल टीजी अटो ग्रुप प्रालिबाट गरिरहेको छ।  

images

रोयल इनफिल्डका मोटरसाइकल २५० सीसीभन्दा बढी इन्जिन क्षमताका छन्। २५० सीसीभन्दा बढी क्षमताका मोटरसाइकलमा एबीएसको झिक्दा हुने प्राविधिक पक्षको बारेमा यहाँ विस्तृतमा उल्लेख गरिएको छ।  

images

कम्पोनेन्ट 

स्पीड सेन्सर- दुवै पांग्राको गति अनुगमन गरेर मनिटरमा सम्भावित लकअपबारे जानकारी दिनु। 

इलेक्ट्रोनिक कन्ट्रोल युनिट (ईसीयू) : स्पीड सेन्सरलाई गतिबारे जानकारी दिनु र आवश्यकताअनुसार ब्रेक लगाउने प्रक्रियामा जानु। 

हाइड्रोलिक कन्ट्रोल युनिट : ब्रेक लगाउँदा पांग्रा लग-अप गर्न ईसीयूबाट आएको संकेतअनुसार ब्रेक प्रेसर मिलानमा सहयोग गर्नु। 

कार्यदक्षता 

रियल टाइम मनिटरिङ : एबीएसले मोटरसाइकलका दुवै पांग्राको गति नियमित रुपमा मनिटर गरिरहेको हुन्छ। 

प्रेसर मोडुलेसन : जब मोटरसाइकलको पांग्रा लक हुने कुरा एबीएसले थाहा पाउँछ, त्यतिबेला ब्रेक प्रेसरलाई नियन्त्रण गर्छ। 

पल्सिङ ब्रेक प्रभाव : एबीएस सक्रिय हुँदा मोटरसाइकल चालकले ब्रेक लिवरमार्फत पल्सिङ प्रभावबारे महसुस गर्न सक्छन्। यो प्रणालीले सक्रिय रुपमा लक-पअ हुँदा सोचबुझपूर्ण काम गर्छ। 

मर्मत तथा विश्वसनीयता 

नियमित चेकजाँच : एबीएस प्रणालीको सेन्सर र हाइड्रोलिकले काम गरिरहेको छ वा छैन भनेर नियमित रुपम मर्मतको जरुरी हुन्छ। नियमित मर्मत हुन सकेमा एबीएसको विश्वसनियता कायम रहन्छ। 

दीर्घायू : आधुनिक एबीएस प्रणाली उच्च कार्यदक्षताका साथ डिजाइन गरेर प्रयोगमा ल्याएएको हुन्छ। मोटरसाइकलको समग्र जीवन बढाउन यसको भूमिका रहन्छ। 

२५० सीसीभन्दा माथिका मोटरसाइकलमा एबीएसको मुख्य फाइदाहरू

१. थप सुरक्षित बनाउनु 

ह्वील लक-अप रोक्नु : एबीएसले आपतकालीन ब्रेक लगाउँदा ह्वीललाई लक हुनबाट रोक्छ। यसले आपतकालीन ब्रेक लगाउँदा मोटरसाइकल चिप्लिने र दुर्घटना हुने जोखिम कम गराउँछ। 

नियन्त्रण बढाउन सघाउन : आपतकालीन ब्रेक लगाउनु पर्ने अवस्थामा एबीएसको मद्धत हुँदा मोटरसाइकल चालकले ब्रेक प्रेसरलाई परिमार्जन गर्दै सहजै मोटरसाइकललाई नियन्त्रणमा लिन सघाउँछ। 

२. ब्रेकिङ दुरी कम गराउनु 

सही ब्रेकिङ : एबीएसले मोटरसाइकलमा आपतकालीन ब्रेक लगाउँदाको अवस्थामा चिप्लिनबाट रोक्न थप प्रभावकारी ब्रेक लगाउन अनुमति दिन्छ। यसो हुँदा एबीएस नभएको मोटरसाइकलको तुलनामा भएको मोटरसाइकल थोरै दुरीमा रोक्ने सहयोग पुग्छ। विशेषगरी यो चिप्लो र ओसिलो बाटोमा बढी प्रभावकारी हुन्छ। 

३. स्थिरता बढाउनु 

सन्तुलन कायम राख्नु : मोटरसाइकलको दुवै पांग्रा चलिरहेकै अवस्थामा ब्रेक लगाउँदा एबीएसले मोटरसाइकलको स्ट्याबिलिटी कन्ट्रोल कायम राख्न सहयोग गर्छ। मोटरसाइकलको सन्तुलन कायम राख्न एबीएसले महत्वपूर्ण भूमिका खेल्छ। 

स्मुद डिक्लेरेसन : एबीएस प्रणालीले स्मुद डिक्लेरेसन प्रवाह गर्छ। यो स्थिरता नियन्त्रणका लागि महत्वपूर्ण छ। विशेषगरी यो कम अनुभव भएका मोटरसाइकल चालकका लागि बढी प्रभावकारी हुन्छ। 

४. चालकलाई विश्वासिलो बनाउनु

चालकको विश्वास बढाउन : एबीएस भएको मोटरसाइकल चलाउँदा आपतकालीन अवस्था वा इमर्जेन्सीमा ब्रेक लगाउँदा चालकमा कन्फिडेन्स बढाउँछ। 

सुरक्षित मोटरसाइकल चलाउने बानीको विकास : एबीएस भएको मोटरसाइकल चलाउनेले सुरक्षित चलानको बानी विकास गराउँछ। एबीएस भएको मोटरसाइकल चलाउनेलाई सुरक्षित हुने कुराले पनि कन्फिडेन्स बढाउँछ। 

५. विभिन्न परिस्थितिमा अनुकूलता 

बहुउपयोगी : एबीएसले विभिन्न परिस्थितिमा हुने चलानमा राम्रो काम गर्न सक्छ। जस्तो कि ओसिलो, हिलो वा धुलो सडकमा मोटरसाइकल चलाउँदा चुनौतीहरू हुन्छन्। तर एबीएस हुँदा त्यस्तो बाटोमा अनुकूलता हुन्छ। विभिन्न प्रतिकूल अवस्थाको बाटोमा एबीएस सिस्टम सक्रिय हुँदा चालकले निकै सहज रुपमा मोटरसाइकल चलाउन सक्छ। 

६. नियमहरूको अनुपालन 

सुरक्षा मापदण्ड पूरा गर्नु : विभिन्न देशहरूले दुईपांग्रे सवारीलाई थप सुरक्षित बनाउन विभिन्न सुरक्षा विशेषताहरू अनिवार्य गर्दै लगेका हुन्छन्। त्यस्तैमध्येको एक हो एबीएस। सम्बन्धित देशका नियामकहरूले २०० सीसीभन्दा माथिका वा सबै मोटरसाइकलमा एबीएस अनिर्या गराइसकेका छन्।

परम्परागत ब्रेकिङ सिस्टम र एबीएस सिस्टम

परम्परागत ब्रेकिङ सिस्टममा चालकले लगाउने ब्रेकमै निर्भर हुने र ह्वील लक हुनबाट रोक्न नसकिने हुन्छ। यस्तो ब्रेक लगाउँदा चिप्लने, नियन्त्रण गुमाउन सक्ने र गम्भीर दुर्घटना हुने सम्भावना बढ्छ। एबीएस हुँदा आपतकालीन ब्रेकमा समेत ह्वील लकअप हुनबाट रोक्छ। 

परम्परागत ब्रेकिङ सिस्टम भएका हेभी मोटरसाइकललाई राम्रो रोड कन्डिसनमा मात्र होइन ग्रावेल वा कच्ची सडकमा समेत जोखिमपूर्ण मानिन्छ। तर एबीएस भएको मोटरसाइकलमा ब्रेक लगाउँदा हुने जोखिम न्यून हुन्छ।

मोटरसाइकलबाट एबीएस हटाउँदाको प्रभाव 

१. ह्वील लकअप हुने र चिप्लिने जोखिम बढ्छ 

ह्वील लकअप : एबीएस नहुँदा आपतकालीन ब्रेक लगाउँदा ह्वील लकअप हुन्छ। यसले आपतकालीन ब्रेक लगाउँदा जब ह्वील लक हुन्छ तब मोटरसाइकलको पांग्रा घुम्दैन तर मोटरसाइकल निरन्तर अघि बढिरहन्छ। जसले गर्दा मोटरसाइकल चिप्लिन्छ। एबीएस झिक्दा मोटरसाइकलको ब्रेकिमा त्यसैपनि खतरनाक हुन्छ। चिप्लो वा ओसिलो सडकमा यो अझै जोखिमयुक्त हुन्छ। 

स्किडिङ र नियन्त्रण गुम्नु : एबीएस झिकिएको मोटरसाइकलको ह्वील लक हुँदा स्वभाविक रुपमा स्किडिङ हुन्छ, जसका कारण मोटरसाइकलले पूर्णत: नियन्त्रण गुमाउँछ। आपतकालीन ब्रेकको समयमा यो दुर्घटनाको आम कारण हो। 

२. ब्रेकिङ दुरी बढाउँछ

ब्रेकिङ इफिसियन्सी घटाउँछ : एबीएसले ह्वीललाई लक नगरी ब्रेकिङ प्रेसरलाई नियन्त्रित रुपमा बढाएर रोक्छ। तर एबीएस नहुँदा म्यानुअल्ली ब्रेक प्रेसर मेन्टेन गर्न कठिन हुने भएकाले ब्रेकको इफिसियन्सी कम हुन्छ। परिणामत: मोटरसाइकल रोकिने दुरी बढ्छ। तत्काल रोक्नु पर्दा जोखिम उच्च हुन्छ।

ब्रेकिङ स्थितिमा विविधता : हिलो वा ओसिलो सडकमा एबीएसले कम दुरी र सम्भावित ठाउँमै नियन्त्रण राख्न मद्दत गर्छ तर एबीएस झिक्दा ठीक विपरीत हुन्छ। खराब सडकमा एबीएस नहुँदा सम्भावित ठाउँमा राक्नु निक्कै चुनौतीपूर्ण काम हो। 

३. स्थिरता र ह्यान्डलिङ कम हुनु

ब्रेक लगाउँदाको स्थिरता : एबीएसले नियन्त्रित रुपमा ह्वील लकअप गर्ने भएकाले स्थिरतामा सहयोग हुन्छ। दुवै पांग्रा समान रुपमा रोटेन हुने र समान हिसाबले ब्रेकिङ फोर्स एबीएसले उपलब्ध गराउँछ। 

एबीएस हटाउँदा समान ब्रेक फोर्स नजान सक्छ। जसका कारण आपतकालीन ब्रेक लगाउँदा मोटरसाइकलको अस्थिरता बढ्छ। 

कर्नरिङमा प्रभाव : एबीएस नभएको मोटरसाइकल कर्नरिङ ब्रेक लगाउँदा खतरनाक हुन्छ। यसको कारण हो ह्वील लक हुने सम्भावन हुने भएकाले मोटरसाइकल अनियन्त्रित हुन्छ। एबीएस हुँदा ब्रेक फोर्स मेन्टेन हुने भएकोले स्टेबिलिटी कायम राख्न सहयोग पुग्छ। 

४. चालकको आत्मविश्वास कम हुने र सुरक्षा घट्ने 

चालकको व्यवहारमा असर : एबीएस हुँदा चालकलाई थप विश्वास र आपतकालीन ब्रेक पनि सहजै लाग्ने र मोटरसाइकल नियन्त्रण हुने विश्वास हुन्छ। तर एबीएस नहुँदा चालकलाई कम सुरक्षित र सशंकित बनाउँछ। परिणामत: समग्र चलाइको अनुभवम नै खराब बन्न सक्छ। 

आपतकालीन ब्रेक लगाउनु पर्ने अवस्थामा एबीएस नहुँदा ब्रेक लगाए चिप्लिने र विस्तारै लगाए चाहेको स्थानमा रोक्न नसकिने हुन्छ। 

नयाँ चालकहरूलाई सिक्ने अवसर कम हुने : एबीएस भएको मोटरसाइकल चलाउँदा नयाँ चालकहरूले त्यसबारेमा जान्ने र त्यसको काम तथा सकारात्मक प्रभावबारे थाहा पाउने अवसर हुन्छ। तर शक्तिशाली मोटरसाइकलमा एबीएस झिक्दा चालहरू उक्त अवसरबाट बञ्चित हुन्छन्। 

५. कानूनी र बीमाका प्रभावहरू 

नियमहरूको अनुपालन : संसारका सबैजसो देशले २०० सीसीभन्दा बढी इन्जिन क्षमताका मोटरसाइकलमा एबीएस अनिवार्य गरेका छन्। यस्ता मोटरसाइकलबाट एबीएस हटाउनु कानूनको गम्भीर उल्लंघन हो। अपरिपक्व र असुरक्षित मोटरसाइकल एसेम्बल गर्ने वा बिक्री गर्नेलाई हदैसम्मको कारबारही हुनुपर्छ। 

बीमामा पुनर्विचार हुनुपर्ने : एबीएससहितको मोटरसाइल दुर्घटना कम हुने सम्भावना भएकाले त्यसको बीमा प्रिमियम कम हुने गरेको छ। तर नेपालका बीमा कम्पनीहरूले रोयल इनफिल्डका मोटरसाइकल एसेम्बल गर्दा गैरकानूनी रुपमा एबीएस झिकेकाले बीमा प्रिमियम बढाएका छैनन्।

एबीएस घटाइएका मोटरसाइकल दुर्घटनाको जोखिम उच्च हुँदा लागत बढ्ने भएकाले बीमा प्रिमियम पनि बढ्नु पर्ने हुन्छ। बीमा कम्पनीहरूले २५० सीसीभन्दा बढी क्षमताका मोटरसाइकलमा एबीएस झिकिएको छ भने त्यसका लागि बीमा पोलिसी नै नयाँ ल्याउनु पर्छ। 

६. प्राविधिक र मेकानिकल प्रभाव 

ब्रेक सिस्टमको डिजाइन : एबीएससहितको मोटरसाइकलको ब्रेकिङ आर्किटेक्चर नै एकीकृत ब्रेकिङ सिस्टमसँग इन्टिग्रेट हुने गरी गरिएको हुन्छ। त्यसबाट एबीएस झिक्दा उक्त ब्रेकिङ आर्किटेक्चर नै खलबलिन पुग्छ। यो अवस्थामा ब्रेक लगाउँदा कयौँ कुराहरू कम्प्रमाइज गर्नुपर्ने हुन्छ। ब्रेकको प्रभावकारितामै प्रश्न उठ्छ। 

आरएन्डडीबाट नभइ स्वस्फुर्त रुपमा लागत कटौतीकै लागि एबीएस झिक्दा त्यसबाट गम्भीर मेकानिकल समस्या आउन सक्छ। ब्रेकको प्रभाव समग्र मोटरसाइकलको उत्पादकत्वमा पर्नेछ। 

मेन्टेनेन्स तथा रिपेयर : एबीएसले नियमित मेन्टेनेन्स खोज्छ। एबीएस अटाउँदा ब्रेक मेन्टेनेन्स असहज हुनसक्छ। एबीएस झिक्दा जटिलता निम्तिने र मोटरसाइकलको ब्रेकिङ सिस्टम नै मोडिफाइड गर्नुपर्ने हुनसक्छ। यो पनि जटिल विषय हो। 

२०१८ को अप्रिलबाट भारतमा दुईपांग्रेमा एबीएस र सीबीए अनिवार्य

भारतको हाइवे तथा परिवहन मन्त्रालयले २०१७ को अप्रिलबाट नयाँ उत्पादनमा एबीएस र सीबीएस अनिवार्य गरेको थियो भने त्यसअघि उत्पादन भइरहेका दुईपांग्रे मोडलमा २०१८ को अप्रिलदेखि एबीएस र सीबीएस अनिवार्य गरिएको थियो। 

एबीएस (एन्टिलक ब्रेकिङ सिस्टम) र सीबीएस (कम्बाइन्ड ब्रेकिङ सिस्टम)ले आपतकालीन ब्रेक लगाउँदा सवारीलाई सुरक्षित राख्न सहयोग गर्छ। 

रोयल इनफिल्डको एसेम्बलमा दुई कम्पनी बनाएर 'स्मार्ट कर चोरी', उपभोक्तालाई आयातित सरहकै मूल्य रोयल इनफिल्डको एसेम्बलमा दुई कम्पनी बनाएर 'स्मार्ट कर चोरी', उपभोक्तालाई आयातित सरहकै मूल्य सुरक्षा पार्ट्स झिकेर नाफा कमाउन नेपालमा रोयल इनफिल्डले गरेको थियो यस्तो नियोजित निर्णय सुरक्षा पार्ट्स झिकेर नाफा कमाउन नेपालमा रोयल इनफिल्डले गरेको थियो यस्तो नियोजित निर्णय रोयल इनफिल्डमा अत्यावश्यक पार्ट्स झिकेर नाफा कमाउने कमसल शैली, इन्जिनियर भन्छन्- जोखिम बढ्छ रोयल इनफिल्डमा अत्यावश्यक पार्ट्स झिकेर नाफा कमाउने कमसल शैली, इन्जिनियर भन्छन्- जोखिम बढ्छ नेपालमा एसेम्बल भएका रोयल इनफिल्ड मोटरसाइकल प्रयोगकर्तालाई 'थापिएको पासो' नेपालमा एसेम्बल भएका रोयल इनफिल्ड मोटरसाइकल प्रयोगकर्तालाई 'थापिएको पासो' रोयल इनफिल्डको नेपाल एसेम्बल : सुरक्षा विशेषतामाथि गम्भीर खेलबाड रोयल इनफिल्डको नेपाल एसेम्बल : सुरक्षा विशेषतामाथि गम्भीर खेलबाड


प्रकाशित : बुधबार, असार १२ २०८११७:१९
  • सम्बन्धित विषय:

  • # दुईपांग्रे एसेम्बलको अन्तरकथा


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend