शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

बीवाईडी एटो थ्री चढ्ने ४ हजार परिवार कति सुरक्षित?

कारण पत्ता नलागेपछि साइमेक्सले नेपालमा बिक्री भएका एटो थ्री 'रिकल' गर्ला?

आइतबार, जेठ १० २०८३
बीवाईडी एटो थ्री चढ्ने ४ हजार परिवार कति सुरक्षित?

ब्रान्डको बिक्री जोगाउन एटो थ्रीमा आगो लागेको वास्तविक कारण नभन्ने साइमेक्सको कुरा होला। बाहिर नल्याइए पनि साइमेक्सलाई के कारणले आगो लागेको हो?, थाहा भइसकेको होला। एटो थ्री चढ्ने ४ हजार परिवारको जीवनको सुरक्षाका लागि साइमेक्सले नेपालमा गुडी रहेको गाडीको ‘ब्याट्री सुरक्षा जाँच’ गर्ला?

काठमाडौं- मोरङका पथरीमा वैशाख २४ गते बीवाईडीको एटो थ्री बलेर खरानी भयो। त्यसको २ सातापछि जेठ ७ गते साइमेक्स इंकले विज्ञप्तिमार्फत एटो थ्रीको हाइ भोल्टेज ब्याट्री बाह्य कारणले आगो लागेको र ब्याट्री सुरक्षित छ भन्यो। आगलागीको स्पष्ट कारण पत्ता लागि नसकेको कम्पनीले बताइ रहँदा एटो थ्री चढ्ने ४ हजार नेपाली परिवार सुक्षित छन् वा छैनन् बताएन। 

एटो थ्री बलेर खरानी हुनुको कारण पत्ता नगालेपनि परिणाममा ब्याट्री बलेर खरानी भएकाले नेपालमा बीवाईडीको एटो थ्री चढ्नेहरुमा गम्भीर डर उत्पन्न गराएको छ। गाडी मानिसको घर पछिको घर हो। परिवारसहित यात्रा गर्दा त्यस्तो घर(एटो थ्री)को ब्याट्री नै बलेर खरानी भएको समाचार आउँदा ४ हजारभन्दा बढी नेपाली परिवारको मनमा चिसो परिसकेको छ। 

एटो थ्रीमा आगो लाग्दा नै चिन्तित ४ हजार परिवार साइमेक्सको प्रारम्भिक भनाइबाट झनै सशंकित बनेका छन्। साइमेक्सले हाइ भोल्टेज ब्याट्री बलेर खरानी भएको विषयलाई ढाकछोप गरेर सुरक्षित छ भनिरहँदा एटो थ्री चढ्ने ४ हजार नेपाली परिवार थप असुरक्षित महसुर गर्न थालेका छन्। पार्किङमा राखेको एटो थ्री बलिरहँदा छोराछोरी, श्रीमान/श्रीमतिसहित परिवार नै यात्रामा रहेको आफ्नै एटो थ्री बल्यो भने के होला? भन्ने प्रश्नले उपभोक्तालाई पिरोल्न थालेको छ। 

साइमेक्सले एटो थ्री चढ्ने परिवारलाई सान्तौना दिनुको साटो गलत व्याख्या गरेर उपभोक्तामा सन्त्रास पैदा भएको छ। साइमेक्स इंकले स्पस्ट जवाफ नदिँदा यसरी हजारौँ परिवारको यात्रालाई जोखिममामात्र पारेको छैन हरेक पटक चलाउँदा आफ्नै एटो थ्रीको 'ब्याट्री बल्यो भने' भन्ने मानसिक चिन्ता थपिदिको छ। 

ब्रान्डको बिक्री जोगाउन एटो थ्रीमा आगो लागेको वास्तविक कारण नभन्नु साइमेक्सको कुरा होला। बाहिर नल्याइए पनि साइमेक्स र बीवाईडी अटो इन्डस्ट्रीजलाई के कारणले आगो लागेको हो?, थाहा भइसकेको होला। तर एटो थ्री चढ्ने ४ हजार परिवारको जीवनको सुरक्षाको सुनिश्चितता देखिएको छैन। उपभोक्ताको सुरक्षा र उनीहरुको मनमा रहेको चिसो हटाउन साइमेक्सले नेपालमा गुडी रहेको ४ हजारभन्दा बढी गाडीको ‘ब्याट्री सुरक्षा जाँच’ गर्ला?

गाडीको प्राविधिक कारणले नभइ चुरोटको ठुटो, गाडी सुझाउन प्रयोग भएका सजावटबाट आगलागी भएको जिकिर साइमेक्सले गरेको छ। आगो लागेर खरानी भएको एटो थ्रीभित्र रहेको नरविल आधा बलेर बाँकी रहेको हास्यास्पद कुरा साइमेक्सले गरेको छ। साइमेक्सको यो प्रष्टीकरणबाट नेपाली एटो थ्री उपभोक्तामात्र होइन ब्लेड ब्याट्री प्रयोग भएका बीवाईडीका गाडी प्रयोगकर्तामाझ त्रासदी पैदा गरेको छ। 

साइमेक्सको सो प्रष्टीकरणमा धेरै कुरा खुलाइएको छैन। उसले प्रारम्भिक जानकारीका रुपमा सार्वजनिक गरेको कुरा र एटो थ्री आगो लागेर खरानी भएको कुराबीच तादतम्यता नमिल्दा उपभोक्ता थप सशंकित बनाएका हुन्। नेपालमा ४ हजार भन्दा बढी बीवाईडी लटो थ्री प्रयोगकर्ताहरूलाई आस्वस्त पार्न साइमेक्स इंक प्रालिले नेपालमा बिक्री भएको एटो थ्री 'रिकल' गरेर हाइ भोल्टेज ब्याट्री वा कन्ट्रोलर वा अन्य के कारणले भएको त्यो समाधान गर्ला वा यत्तिकै नेपाली उपभोक्तालाई डरमै राख्ला?

बीवाईडीको ब्लेड ब्याट्रीमै समस्या आएको हो भने एटो थ्रीका उपभोक्तामात्र होइन डलफिन, सिलायन सेभेन, एटो वान तथा एटो टूका उपभोक्ता पनि आफ्नो गाडीमा कति खेर आगो लाग्ने हो भन्ने त्रासमा गाडी कुदाउन बाध्य हुनेछन्। जबसम्म साइमेक्स इंकले वास्तविक कुरा बताएर गाडीमा देखिएको प्राविधिक विषय गाडी रिकल गरेर समाधान गरिदिँदैन तवसम्म यो त्रास कायम मात्र हुँदैन बढ्दै जानेछ। 

विद्युतीय कारमा मात्र होइन आगो आईसीई इन्जिनमा अहिले पनि बेलाबेला लाग्दै आएको छ। विद्युतीय कारमा आगलागी हुनु अनौठो विषय होइन। तर बीवाईडीले नेल पेनिट्रेसन गरेर आगै लाग्दैन भनेर नेपाली उपभोक्तालाई बिक्री गरेको ब्लेड ब्याट्रीयुक्त कारमा आगो लाग्नु अनौठो हो। पाँचतारे रिसोर्ट गोकर्णमा साइमेक्सले २ वर्षअघि नेल पेनिट्रेसन गरेर बल्दैन भनेको ब्याट्री बलेपछि बीवाईडीका विद्युतीय कार प्रयोगकर्ता बढी सशंकित बनेका हुन्। 

हालसम्मको आयात तथ्यांकअनुसार साइमेक्स इंक प्रालिले ४ हजार २ सय ८६ वटा एटो थ्री भित्र्याएको छ। यी मध्ये केही सय गाडी स्टकमा भएपछि करिब ४ हजार एटो थ्री सडकमा गुडिरहेका छन्, त्यो पनि परिवार बोकेर।  
साइमेक्स इंकले विज्ञप्तिमार्फत भनेको कुरा र आम मानिसले एटो थ्री बलेको भिडियोबाट देखिने कुरा पटक्कै मिल खाँदैन। साइमेक्सको विज्ञप्तिमा ब्याट्री प्याक पूर्ण सुरक्षित छ, ब्लेड ब्याट्रीमा कुनै थर्मल रनवे वा आन्तरिक सर्ट-सर्किट भएको छैन, भनेको छ। 

तर भिडियोमा हेर्दा आगो लागेको एटो थ्रीबाट सेतो धुवाँ (अफ ग्यासिङ) भिडियोको सुरुवातमै गाडीको तल्लो भाग (ब्याट्री प्याक क्षेत्र)बाट तीव्र गतिमा बाक्लो सेतो धुवाँ निस्किएको देखिन्छ। यो लिथियम-आयन/एलएफपी ब्याट्री अत्यधिक तातेर भित्रको केमिकल उम्लँदा (इलेक्ट्रोलाइट भ्यापोराइजेसन) निस्कने ग्यास हो, जुन थर्मल रनवेको पहिलो र मुख्य लक्षण मानिन्छ। आगलागीको क्रममा स्पष्ट रूपमा सुनिएका स(साना विष्फोटका आवाजहरू ब्याट्रीका इन्डिभिजुअल सेलहरू आन्तरिक चापका कारण पालैपालो पड्किएका देखिन्छ।

त्यसैगरी साइमेक्सले गाडीमा आगो केवल बाह्य स्रोत (सजावट र पात वा चुरोटको ठूटा)बाट मात्र लागेको हो, ब्याट्रीको यसमा कुनै भूमिका नभएको दाबी गरेको छ। तर आगो निभिसकेको ४/५ घण्टापछि  क्रेनले गाडी उठाउने क्रममा ब्याट्री प्याकबाट पुनः धुवाँ निस्किएको भिडियोमा देखिन्छ। यदि आगो बाहिरी वस्तुमा मात्र सीमित हुन्थ्यो भने आगो निभेपछि ब्याट्री पूर्णरूपमा निष्क्रिय (डेड) हुनुपर्ने थियो। ५/६ घण्टापछि पनि हल्लिँदा धुवाँ निस्कनुले ब्याट्री भित्रका सेलहरू क्षतिग्रस्त भइ स्टोर्ड इनर्जी लिक भइरहेको र आन्तरिक सर्ट-सर्किट जारी रहेको प्रस्टै बुझ्न सकिन्छ।

साइमेक्सकोले हाइ भोल्टेज ब्याट्रीसहित भीसीयू, बीएमएस, एमसीयू, मोटर सुरक्षित रहेको जिकिर गरेको छ। साइमेक्सको यो कुरा पनि सरासन गलत छ। जेनजी आन्दोलनमा बाहिरी रूपमा जलाइएका ईभीहरुको अवस्था हेर्दा, उच्च तापक्रममा गाडीका कपर वायरिङ, आल्मुनियम हाउजिङ र संवेदनशील इलेक्ट्रोनिक सेन्सरहरू जलेर नस्ट भएको देखिन्छ। यो घटनामा गरिएको दाबी प्राविधिक रुपमा पनि शंकास्पद देखिन्छ। एटो थ्री बलिरहँदा देखिएको आगोको लप्काले भिषण आगलागी भएको बताउँ छ र त्यो गाडीका पार्टपूर्जा सुरक्षित छ भन्नु हास्यास्पद कुरा हो। 

ईभी ब्याट्रीलाई जोगाउन बलियो धातुको हाउजिङ प्रयोग गरिएको हुन्छ। गाडीको बाहिरी भाग र अन्डरबडीमा आफैँ आगो सल्किने कुनै तत्व हुँदैन। यदि आगो बाहिरको पात वा सजावटबाट सुरु भएको भए पहिले टायर, बाहिरी बम्पर वा पेन्ट संरचना जल्नुपर्ने थियो। तर भिडियोमा बाहिरी बडी नभइ सिधै गाडीको मुनिबाट प्रेसरका साथ धुवाँ निस्कनु र ड्यासबोर्डको एसी भेन्ट (एचभीएसी भेन्ट)बाट क्याबिन भित्र धुवाँ भरिनुले आगो भित्र भाग (ब्याट्री प्याक)बाट सुरु भइ बाहिर फैलिएको भान हुन्छ।

साइमेक्सले भने उपभोक्तालाई प्रारम्भिक रिपोर्टमै झुक्याउने गरी एटो थ्रीमा आगो ब्याट्री भित्रबाट नभइ बाहिरी कारणले लागेर गाडी जलेको बताएको छ। वैशाख २४ गते गाडी जलेर एटो थ्रीको च्यासिसको अस्तिपञ्जरमात्र बाँकी हुँदा ब्याट्री सुरक्षित छ भनेको विषयमा नियामक निकायको समेत ध्यान आकृष्ट हुनुपर्ने आवश्यकता छ।

‘नेल पेनिट्रेसन टेस्ट’ र ब्लेड ब्याट्री भएको बीवाईडी गाडीमा पनि लाग्यो आगो

हाइ भोल्टेज ब्याट्री जलेर खरानी : बीवाईडी एटो थ्री आगलागीको सिलसिलेवार व्याख्या

बीवाईडी एटो टू दुर्घटनाबारे भोलिपल्टै बोलेको साइमेक्स नेल पेनिट्रेसन ब्याट्रीयुक्त एटो थ्रीको ब्याट्री खरानी हुँदा किन बोल्दैन?

बलेको एटो थ्रीबारे साइमेक्स इंकको प्रतिक्रिया : अनुमानित जिकिर र वास्तविकताबीच गम्भीर बेमेल

बीवाईडीमा साइमेक्स इंकको बदमासीबारे अन्य सामग्री पढ्न यहाँ क्लिक गर्नुहोस्।


प्रकाशित : आइतबार, जेठ १० २०८३१७:०६
  • सम्बन्धित विषय:

  • # बीवाईडीमा साइमेक्सको बदमासी


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend