शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

बीवाईडी एटो टू दुर्घटनाबारे भोलिपल्टै बोलेको साइमेक्स नेल पेनिट्रेसन ब्याट्रीयुक्त एटो थ्रीको ब्याट्री खरानी हुँदा किन बोल्दैन?

नम्बर प्लेटन नराखी एटो टू चलाउन लगाउनेलाई हुनेछ यस्तो कारबाही

मंगलबार, जेठ ५ २०८३
बीवाईडी एटो टू दुर्घटनाबारे भोलिपल्टै बोलेको साइमेक्स नेल पेनिट्रेसन ब्याट्रीयुक्त एटो थ्रीको ब्याट्री खरानी हुँदा किन बोल्दैन?

दुर्घटना भएको गाडीमा अन्यथा हल्ला भएको भोलिपल्टै ‘त्यस्तो होइन’ भनेर कम्पनीले बिक्री नघटोस भन्ने खोजेको छ। तर हाइ भोल्टेज ब्याट्री बलेर खरानी भएको र विद्युतीय सवारीप्रति नै उपभोक्ताको सशंकित हुने घटनामा भने कुनै प्रतिक्रिया नदिनु कम्पनीको नियत देखिन्छ।

काठमाडौं- बैशाख २४ गते बिहीबार मोरङको पथरीमा बीवाईडीको एटो थ्री विद्युतीय कारमा ओगलागी भयो। बेहुला चढेको गाडी छहारीमा पार्किङका लागि लाखिएको केही बेरमै गाडी पछाडिको तल्लो भागबाट धुवाँको मुस्लो देखियो र केही बेरमा हाइ भोल्टेज ब्याट्रीसमेत बलेर बीवाईडी एटो थ्री जलेर पूर्णतः खरानी भयो।

त्यसको ९ दिनपछि अर्थात जेठ २ गते शनिबार बाराको सिमरामा बीवाईडीको एटो टू गाडी भयांकर दुर्घटनामा पर्‍यो। नम्बर प्लेटसमेत नराखी कुदाइएको उक्त एटो टू अत्याधिक गतिमा कुदाएर अनियन्त्रित भइ दुर्घटना भएको प्रष्ट देखिन्छ। नम्बर प्लेट नराखी सडकमा गाडी कुदाउनै नपाइने कानूनी व्यवस्था छ। 

यी दुई घटना गम्भीर प्रक्रितिका हुन्। मानवीय क्षति नभएकाले ठोकिएको एटो टू कम जोखिमयुक्त हो। विद्युतीय सवारी त्यसमा पनि नेल पेनिट्रेसन गरिएको, बल्ने जोखिम लगभग नभएको भनेर साइमेक्स इंकले प्रचार गरेर ब्लेड ब्याट्री भएको एटो थ्रीको हाइ भोल्टेज ब्याट्री नै बलेर खरानी हुनु धेरै जोखिम बोकेको विषय हो।

बीवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंक प्रालिले सिमरामा भएको एटो टू दुर्घटना बारे चौबिस घण्टा नवित्तदै प्रतिक्रिया दिएको छ। सामाजिक सञ्जालमा गाडी पड्किएको भनेर भिडियोहरु आएपछि साइमेक्सले पड्किएको नभइ दुर्घटनामा परेको प्रस्ट्याएको छ। 

प्रहरी प्रतिवेदन र आधिकारिक अनुसन्धानबाट पनि उक्त घटना एक सडक दुर्घटना मात्रै भएको पुष्टि भएको साइमेक्सले जनाएको मेरोअटो डटकमले लेखेको छ। ‘प्रहरी प्रतिवेदन र आधिकारिक अनुसन्धानपछि यो एक सडक दुर्घटना भएको पुष्टि भएको छ। यो कुनै सवारी साधन विस्फोट वा ब्याट्री फेल भएको घटना होइन। चालक सकुशल हुनुहुन्छ र उहाँलाई सामान्य चोटपटक मात्र लागेको पुष्टि गर्न पाउँदा हामीलाई राहत मिलेको छ,’ साइमेक्स बताएको भनिएको छ। 

यता बिजमान्डू डटकमले पनि इलाका प्रहरी कार्यालय सिमराका अनुसार गएको शनिबार साँझ ५ बजेर ५० मिनेट बारामा डिलरमा लैजाँदै गरेको बीवाईडी एटो टूले पैदल यात्रीलाई जोगाउन प्रयास गर्दा नियन्त्रण गुमाएर दुर्घटनामा परेको दाबी साइमेक्स इंकले गरेको उल्लेख गरेको छ। 

तर विद्युतीय सवारीको सबैभन्दा महत्वपूर्ण पक्ष हाइ भोल्टेज ब्याट्री हो। मोरङको पथरीमा बीवाईडी ब्यलेड ब्याट्री भएको त्यो पनि नेपालमै नेल पेनिट्रेसन टेस्ट गरेर आगो लाग्दैन भनेर साइमेक्सले नै देखाएको ब्याट्री भएको एटो थ्रीको हाइ भोल्टेज ब्याट्री बलेर खरानी हुँदा साइमेक्स इंक प्रालि चुइँक्क बोलेको छैन।

नेल पेनिट्रेसन टेस्टका नाममा साइमेक्स इंकले कुनै ल्याब वा प्रमाणित प्राविधिक टोलीबिना नै बीवाईडीले नेपालमा एलएफपी ब्याट्रीभन्दा एनएमसी ब्याट्री छिटो बल्ने भनेर देखाइ प्रचार गरेको थियो। बीवाईडीले बनाएको ब्याट्रीमा पनि आमरुपमा बनेका एलएफपी ब्याट्रीमा प्रयोग भएको तत्वहरु(केमेस्ट्री) समावेश छन्। बीवाईडीले आफ्नो ब्याट्रीमा अलग्गै तत्व भएको भान गराउन खोजी रहेको थियो।

यती दाबी गरिएको र सुरक्षित भनिएको ब्याट्री बलेर खरानी हुँदा साइनेक्स इंक वा गाडी तथा ब्याट्री उत्पादक बीवाईडी अटो इन्डस्ट्रीले आगो लागेको ९/१० दिन भइसक्दासमेत बीवाईडीका प्रयोगकर्ता तथा आम उपभोक्तालाई सामान्य जानकारी समेत गराएको छैन। पार्किङ गरेर राखिएको अवस्थामा आगो लाग्दा मानवीय क्षति हुने पाएन। तर गुडी रहेको वा गाडी भित्रै यात्रु रहेको अवस्थामा आयो लागेको भए वा अबका दिनमा लागे भने के हुने वा त्यसको जिम्मेवार को हुने भन्ने बारेमा जिम्मेवार कम्पनीले उपभोक्तालाई कुनै न कुनै जानकारी दिइसक्नु पर्ने थियो। बीवाईडीको हाइ भोल्टेज ब्याट्री बलेर खरानी भएको विषयमा न त आधिकारिक बिक्रेता साइमेक्स इंकले बोलेको छ न त ब्याट्री र कार बनाउने कम्पनी बीवाईडीले नै प्रतिक्रिया दिएको छ। 

यसले के पनि देखाउँछ भने उत्पादक कम्पनी विषयको गाम्भीर्यता भन्दा पनि बिक्रीमा केन्द्रित भएको प्रष्ट हुन्छ। दुर्घटना भएको गाडीमा अन्यथा हल्ला भएको भोलिपल्टै ‘त्यस्तो होइन’ भनेर कम्पनीले बिक्री नघटोस भन्ने खोजेको छ। तर हाइ भोल्टेज ब्याट्री बलेर खरानी भएको र विद्युतीय सवारीप्रति नै उपभोक्ताको सशंकित हुने घटनामा भने कुनै प्रतिक्रिया नदिनु कम्पनीको नियत देखिन्छ। 

नम्बर प्लेटन नराखी एटो टू चलाएकाले हुनेछ यस्तो कारबाही

बारामा दुर्घटनामा परेको बीवाईडीको एटो टू गाडीमा नम्बर प्लेट राखिएको छैन। नम्बर प्लेटन नै नराखेको गाडी तीव्र गतिमा सडकमा कुदाउँदा दुृर्घटना भएको देखिन्छ। अन टेस्ट लेखेर मनमौदी कुदाइएको बीवाईडी एटो टूले पैदल यात्रु वा अन्य गाडीलाई ठक्कर दिएको भए त्यसको जिम्मेवार को हुन्थ्यो? यसमा प्रहरी प्रशासनको पनि कमजोरी देखिन्छ। 

सवारी तथा यातायात व्यवस्था ऐनले त नम्बर प्लेट नराखी सवारी चलाउने र चलाउन लगाउनुलाई अपराधको रुपमा व्याख्या गरेको छ। यसरी नम्बर प्लेट नै नराखी गाडी चलाउन लगाउने बीवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंक प्रालिका सञ्चालकहरुलाई यातायात व्यवस्था ऐनको दफा १६० अनुसार कारबाही हुनुपर्छ। 

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६० मा दण्ड सजायको व्यवस्था रहेको छ। सो दफाको उपदफा १ मा दर्ताको प्रमाणपत्रमा उल्लेख भए बमोजिमको वास्तविक नम्बर वा प्लेट नराखी अर्कै नम्बर वा प्लेट राखी सवारी चलाउने वा चलाउन लगाउनेलाई अधिकार प्राप्त अधिकारीले छ महिनासम्म कैद वा पाँच हजारदेखि पन्ध्रहजार रुपैयाँसम्म जरीवाना गरी त्यस्तो सवारी जफत गर्नुपर्छ।

‘नेल पेनिट्रेसन टेस्ट’ र ब्लेड ब्याट्री भएको बीवाईडी गाडीमा पनि लाग्यो आगो

हाइ भोल्टेज ब्याट्री जलेर खरानी : बीवाईडी एटो थ्री आगलागीको सिलसिलेवार व्याख्या

बीवाईडीमा साइमेक्स इंकको बदमासीबारे अन्य सामग्री पढ्न यहाँ क्लिक गर्नुहोस्।


प्रकाशित : मंगलबार, जेठ ५ २०८३१६:२८
  • सम्बन्धित विषय:

  • # बीवाईडीमा साइमेक्सको बदमासी


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend