शनिबार, वैशाख १३ गते २०८२    
शनिबार, वैशाख १३ २०८२
images
images

‘प्राइस वार’ छल्न वर्ल्डलिंकको अस्वस्थ अभ्यास, प्रोक्सी कम्पनी खडा गरेर प्रतिस्पर्धी तह लगाउने रणनीति

images
शुक्रबार, वैशाख १२ २०८२
images
‘प्राइस वार’ छल्न वर्ल्डलिंकको अस्वस्थ अभ्यास, प्रोक्सी कम्पनी खडा गरेर प्रतिस्पर्धी तह लगाउने रणनीति

नेपालको बजारमा उल्लेख्य सहभागीता भएका २० वटा इन्टरनेट सेवा प्रदायक कम्पनी छन्। यसमध्ये ३१ प्रतिशत बजार हिस्सासहित वर्ल्डलिंक कम्युनिकेसन एक नम्बरमा छ।

images
images

काठमाडौं- नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंकले बजारमा प्रतिस्पर्धालाई प्रभावित पार्नेगरी अस्वस्थ गतिविधिमा संलग्न हुँदै आएको छ। बजारमा नयाँ प्रतिस्पर्धी थपिएर मूल्य घटाएर ग्राहक आकर्षित गर्न थालेपछि प्रोक्सी कम्पनी खडा गरेर प्रतिस्पर्धालाई सीमित पार्ने काममा संलग्न हुँदै आएको छ।

images
images
images

कानूनीरुपमा अलग्गै कम्पनी बनाएर त्यसबाट बजारमा अरुले सिर्जना गरेको प्राइस वारलाई काउन्टर दिन यो कम्पनीले प्रोक्सी कम्पनी खडा गरेर यस्तो गरेको हो। नियामकदेखि बजारका खेलाडी सबैलाई थाहा भएर पनि यसमाथि कसैले औँला उठाएका छैनन्।

images
images

वर्ल्डलिंक बजारको सबैभन्दा ठूलो कम्पनी भएपनि यसले बजारमा प्रतिस्पर्धा गर्नका लागि फाइटर विंगकका रुपमा छुट्टै स्याटेलाइट कम्पनी खडा गरेको छ। यो कम्पनीको कानूनी साइनो भने मुख्य कम्पनीका प्रवर्द्धकसँग कतै पनि देखिँदैन। तर व्यावहारिकरुपमा भने सबैतिर जोडिएको छ।

images
images

ब्यान्डविथ खरिदेखि नेटवर्कसम्मको प्रयोग वर्ल्डलिंकमै भर पर्ने वाइफाइ नेपाल नामको कम्पनीले निकै सस्तोमा सेवा दिन्छ। नयाँ सेवा विस्तार भएका बजार एयरिया तथा मूल्य संवेदनशील हुने क्षेत्रमा यसको पेनिट्रेसन उच्च देखिने गरेको छ।

अधिकांश स्रोतसाधन वर्ल्डलिंककै प्रयोग गरेर अरु कम्पनीले सिर्जना गरेको सस्तो मूल्यको बजारमा प्रतिस्पर्धा गर्न यसले यस्तो कम्पनी खडा गरेर ग्राहकलाई आफ्नै छातामा राख्न खोजेको छ। 

वर्षौँदेखि यस्तो अभ्यास गरेपनि यस बारेमा नियामकले पनि खासै चासो दिएको छैन। सामान्य प्याकेजको मूल्यमा क्याप लगाउने नेपाल दूरसञ्चार प्राधिकरणले बजारको यो अस्वस्थ अभ्यासमाथि भने आँखा चिम्लिँदै आएको छ। कानूनीरुपमा कतै पनि नजोडिने भएकाले यसमा खासै हेर्न नमिल्ने भन्दै प्राधिकरण पन्छिने गरेको छ।

तर यो विषयमा सिधै लाइसेन्स क्रसहोल्डिङ भएमा सिधै कारबाही हुने भए पनि रणनीतिक म्यानुपुलेसनको कुरा पनि दण्डनीय हुन्छ। यो विषयमा के कस्तो हो भनेर आफूले थप बुझ्नलाई निर्देशन दिने प्राधिकरणका अध्यक्ष भुपेन्द्र भण्डारीले जानकारी दिए।

‘सम्बन्धित शाखालाई यस बारेमा के कस्तो रहेको छ भनेर बुझ्नलाई भन्छु, के रहेछ त्यसपछि बल्ल भनौँला’, अध्यक्ष भण्डारीले भने।

नेपालको बजारमा उल्लेख्य सहभागीता भएका २० वटा इन्टरनेट सेवा प्रदायक कम्पनी छन्। यसमध्ये ३१ प्रतिशत बजार हिस्सासहित वर्ल्डलिंक कम्युनिकेसन एक नम्बरमा छ।

लामो समयदेखि बजारमा एक नम्बरमा रहेको यो कम्पनीले नयाँ कम्पनीले चुनौती दिन थालेपछि प्रोक्सी कम्पनीको अवधारणमा गएको हो। वस्तु उत्पादन तथा बिक्रीको क्षेत्रमा व्यवसायीहरूले फाइटर प्रडक्टका रुपमा सस्तो मूल्यको उत्पादनलाई बजारमा उतार्ने अभ्यास रहने गरेको छ। तर सेवाको क्षेत्रमा वर्ल्डलिंकले प्रोक्सी कम्पनी नै खडा गरेर बजारमा अरु कम्पनीलाई तह लगाउने काम गरेको छ।

वर्ल्डलिंकले विदेशबाट ब्यान्डविथ खरिदमा ओभर इन्भ्वाइस गरेर पुँजी पलायन पनि गर्दै आएको छ। विभिन्न लेयर क्रियट गर्दै अधिक बिलिङ गरेर पुँजी पलायन गर्दै आएको छ। यो विषयमा विभिन्न सरकारी निकायले अनुसन्धान गरिरहेका छन्।

ब्यान्डविथ खरिदमा वर्ल्डलिंकको ‘ओभर इन्भ्वाइसिङ’मा थप अनुसन्धान गर्दै प्राधिकरण, मागेको प्रमाण नदिँदा विदेशी मुद्राको सिफारिस रोकियो ब्यान्डविथ खरिदमा वर्ल्डलिंकको ‘ओभर इन्भ्वाइसिङ’मा थप अनुसन्धान गर्दै प्राधिकरण, मागेको प्रमाण नदिँदा विदेशी मुद्राको सिफारिस रोकियो

वर्ल्डलिंकले सबैतिर मिलाएर सामसुम पारेको थियो राजस्व छली, महालेखाको प्रश्नपछि लेखा समिति लगाएर खोजिएको थियो ठीक पार्न वर्ल्डलिंकले सबैतिर मिलाएर सामसुम पारेको थियो राजस्व छली, महालेखाको प्रश्नपछि लेखा समिति लगाएर खोजिएको थियो ठीक पार्न

दशकदेखि सबैलाई गुमराहमा राखेर कसरी राजस्व छली गरेको थियो वर्ल्डलिंकले? यस्तो छ अदालतको व्याख्या दशकदेखि सबैलाई गुमराहमा राखेर कसरी राजस्व छली गरेको थियो वर्ल्डलिंकले? यस्तो छ अदालतको व्याख्या 

वर्ल्डलिंकको करछली र पुँजी पलायनमाथि एकसाथ अनुसन्धान हुँदै वर्ल्डलिंकको करछली र पुँजी पलायनमाथि एकसाथ अनुसन्धान हुँदै

 

वर्ल्डलिंकको बद्‍मासी : इन्टरनेटको बजारीकरणमा आईपी टीभीको उपयोग, रोयल्टी छल्न नाममात्रको बिलिङ वर्ल्डलिंकको बद्‍मासी : इन्टरनेटको बजारीकरणमा आईपी टीभीको उपयोग, रोयल्टी छल्न नाममात्रको बिलिङ

ब्यान्डविथ खरिदमा वर्ल्डलिंकको ‘ओभर इन्भ्वाइसिङ’, करछलीको विषयमा अुनसन्धान गर्दै आन्तरिक राजस्व विभाग ब्यान्डविथ खरिदमा वर्ल्डलिंकको ‘ओभर इन्भ्वाइसिङ’, करछलीको विषयमा अुनसन्धान गर्दै आन्तरिक राजस्व विभाग

वर्ल्डलिंकको ब्यान्डविथ खरिदमा सरकारले उठायो प्रश्न, वर्षौंदेखि ‘ओभर इन्भ्वाइस’ गरेर करछलीसँगै पुँजी पलायन गरेको आशंका वर्ल्डलिंकको ब्यान्डविथ खरिदमा सरकारले उठायो प्रश्न, वर्षौंदेखि ‘ओभर इन्भ्वाइस’ गरेर करछलीसँगै पुँजी पलायन गरेको आशंका

 


प्रकाशित : शुक्रबार, वैशाख १२ २०८२११:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend