बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

चौधरी ग्रुपअन्तर्गतको सीजी ब्रुअरीमा करछली, तीन आर्थिक वर्षको अडिटबाट थप निर्धारण

न्यायाधीकरण गयो चौधरी समूह

सोमबार, पुस १५ २०८१
चौधरी ग्रुपअन्तर्गतको सीजी ब्रुअरीमा करछली, तीन आर्थिक वर्षको अडिटबाट थप निर्धारण

पुनरावलोकनबाट पनि सदर भएपछि कम्पनी राजस्व न्यायाधीकरणमा गएको छ। न्यायधीकरणमा अहिले यसको मुद्दा विचाराधीन रहेको छ।

काठमाडौं- चौधरी समूहअन्तर्गतको सीजी ब्रुअरीको स्वघोषणामा कैफियत भेटिएपछि कर कार्यालयले थप कर निर्धारण गरेको छ। 

ठूला करदता कार्यालयले सीजी ब्रुअरीको तीनवटा आर्थिक वर्षको अडिटबाट करछली गरेको फेला पारेको थियो। कार्यालयले तीन आर्थिक वर्षमा आयकर र अग्रिम करकट्टीमा कैफियत फेला पारेको थियो।

कैफियत फेला पारेसँगै कार्यालयले ब्रुअरीलाई रकम तिर्न पत्र काटेको थियो। कार्यालयले आर्थिक वर्ष २०७२/७३, २०७३/७४ र २०७६/७७ मा करछली गरेको फेला पारेको थियो।

यसैगरी कार्यालयले २०७६/७७ को अग्रिम करकट्टीमा समेत कैफियत फेला पारेको थियो। तीनवटा आर्थिक वर्षमा विभिन्न माध्यमबाट करछली गरेको पाइएको थियो। सोही आधारमा थप कर निर्धारण भएको थियो। 

सबैगरी सीजी ब्रुअरीले १ करोड ५६ लाख रुपैयाँ करछली गरेको पाइएको थियो। कार्यालयले आर्थिक वर्ष २०७२/०७३ मा २८ लाख ८८ हजार १ सय रुपैयाँ, २०७३/०७४ मा ४५ लाख ६३ हजार ६ सय ९९ रुपैयाँ र २०७६/०७७ मा ५३ लाख २ हजार १० रुपैयाँ आयकर र आर्थिक वर्ष २०७६/०७७ मा १९ लाख ६९ लाख ८ सय ८२ रुपैयाँ अग्रिम करकट्टी शीर्षकमा छली भएको ठहर गरेको थियो।

थप कर निर्धारणमा चित्त नबुझाएपछि सीजी ब्रुअरी आन्तरिक राजस्व विभागअन्तर्गतको प्रशासकीय पुनरावलोकनमा गएको थियो। पुनरावलोकनबाट पनि कर कार्यालयकै निर्णय सदर भएको थियो। 

पुनरावलोकनबाट पनि सदर भएपछि कम्पनी राजस्व न्यायाधीकरणमा गएको छ। न्यायाधीकरणमा अहिले यसको मुद्दा विचाराधीन रहेको छ। यदि न्यायधीकरणबाट मुद्दा हारेपछि सर्वोच्चको अनुमति भएमा पुनरावेदन जान पाउने व्यवस्था रहेको छ। 

चौधरी समूहअन्तर्गतको सीजी ब्रुअरीले नेपाल आईस नामको बियर उत्पादन गर्दै आएको छ। विभिन्न प्रकारका बियर उत्पादन गर्ने यो कम्पनीका प्रत्येक वर्षका फाइलमा यस्तै कैफियत हुने गरेको छ। 

वाईवाई उत्पादक सीजी फुड्सको करछली, न्यायाधीकरणमा पनि हार्‍यो चौधरी समूह वाईवाई उत्पादक सीजी फुड्सको करछली, न्यायाधीकरणमा पनि हार्‍यो चौधरी समूह

सीजी मोटर्सको विद्युतीय सवारी आयात शंकास्पद, ‘एल्लो लेन’बाट हुन्छ जाँचपास सीजी मोटर्सको विद्युतीय सवारी आयात शंकास्पद, ‘एल्लो लेन’बाट हुन्छ जाँचपास

करछली गरेर वित्तीय अपराध गर्ने सीजी मोटर्स र एनईभी नेपाल कसरी योग्य भए जीजीजीआईको परियोजनामा करछली गरेर वित्तीय अपराध गर्ने सीजी मोटर्स र एनईभी नेपाल कसरी योग्य भए जीजीजीआईको परियोजनामा


प्रकाशित : सोमबार, पुस १५ २०८११७:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend