आइतबार, पुस ७ गते २०८१    
images
images

वाईवाई उत्पादक सीजी फुड्सको करछली, न्यायाधीकरणमा पनि हार्‍यो चौधरी समूह

images
मंगलबार, पुस २ २०८१
images
images
वाईवाई उत्पादक सीजी फुड्सको करछली, न्यायाधीकरणमा पनि हार्‍यो चौधरी समूह

चौधरी समूहको सबैभन्दा ठूलो कम्पनीमा पर्ने सीजी फुड्सले वाईवाई चाउचाउ उत्पादन गर्छ। यसको सबैभन्दा ठूलो आम्दानी यही कम्पनीबाट हुन्छ।

images
images

काठमाडौं- चौधरी समूहअन्तर्गतको सीजी फुड्सले करछली गरेको विषयको मुद्दा राजस्व न्यायाधीकरणबाट पनि हारेको छ। 

images
images
images

मध्यमस्तरीय करदाता कार्यालयले सीजी फुड्सले करछली गरेको भन्दै थप रकम निर्धारण गरेको थियो। सोही रकम नतिर्ने भन्दै सीजी फुड्स प्रशासकीय पुनरावलोकनमा गएको थियो। 

images

आन्तरिक राजस्व विभागको प्रशासकीय पुनरावलोकनले पनि मध्यमस्तरीय करदाता कार्यालयकै निर्णय सदर गरिदिएको थियो। सो निर्णयविरुद्ध सीजी फुड्स न्यायाधीकरण गएको थियो। न्यायाधीकरणले मध्यमस्तरीय करदाता कार्यालय बबरमहल काठमाडौं र विभागको निर्णयलाई नै सरदर गरिदिएको छ। पुस १ गते राजस्व न्यायाधीकरणका अध्यक्ष रमेश ढकाल र लेखा सदस्य बासुदेव खनालको संयुक्त इजलासले फैसला सदर गरेको छ।

images

२०७७/०७८ मा सीजी फुड्स इण्डष्ट्रिज प्रालिले आयकर छली गरेको भन्दै मध्यमस्तरीय करदाता कार्यालयले थप कर निर्धारण गरेको थियो। कार्यालयले १ करोड २३ लाख ४३ हजार रुपैयाँ कर निर्धारण गरेको थियो।

थप निर्धारण भएको कर नितिरी सीजी फुड्स आन्तरिक राजस्व विभागको प्रशासकीय पुनरावलोकनका लागि गएको थियो। विभागले पनि मध्यमस्तरीय करदाता कार्यालयको निर्णय नै सदर गरिदिएपछि उक्त विषयमा चित्त नबुझेको भन्दै सीजी फुड्स राजस्व न्यायाधीकरणमा २०८१ असोज १६ गते गएको थियो।

अधिक र अस्वभाविक खर्च देखाएको भन्दै कर कार्यालयले सीजी फुड्सले करछली गरेको भन्दै थप कर निर्धारण गरेको थियो। सीजी फुड्सले विज्ञापन र अन्य व्यापारिक खर्च देखाएर आयकर छली गर्न खोजेको कार्यालयको ठहर थियो। 

चौधरी समूहको सबैभन्दा ठूलो कम्पनीमा पर्ने सीजी फुड्सले वाईवाई चाउचाउ उत्पादन गर्छ। यसको सबैभन्दा ठूलो आम्दानी यही कम्पनीबाट हुन्छ। चाउचाउसँगै अन्य स्न्याक्स पनि यही कम्पनीबाट उत्पादन हुन्छ। 

प्रत्येक वर्षको अडिटमा सीजी फुड्सको कैफियत देखिँदै आएको छ। ‘अडिट गर्दा यो कम्पनीको कैफियत सधैँ देखिन्छ’ एक कर अधिकृतले भने।

चौधरी समूहले आयात गर्ने कम्पनीकै करमा विवाद हुँदै आएको छ। यअसघि गाडी आयातमा भन्सार छलेको अभियोग पुष्टि भएसँगै थप कर तिरेको थियो। 

सीजी मोटर्सद्वारा विद्युतीय सवारी आयातमा बारम्बार करछली, मुद्दा हारेपछि तिर्‍यो करोडौँ कर र जरिवाना सीजी मोटर्सद्वारा विद्युतीय सवारी आयातमा बारम्बार करछली, मुद्दा हारेपछि तिर्‍यो करोडौँ कर र जरिवाना


प्रकाशित : मंगलबार, पुस २ २०८११६:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend