बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

चुलिँदो आर्थिक संकटबीच नेपाल एयरलाइन्सपछि पशुपतिमा पनि करारमा जागिर बाँड्दै छन् पर्यटनमन्त्री

सोमबार, जेठ १५ २०८०
चुलिँदो आर्थिक संकटबीच नेपाल एयरलाइन्सपछि पशुपतिमा पनि करारमा जागिर बाँड्दै छन् पर्यटनमन्त्री

काठमाडौं- देश आर्थिक संकटमा परेर कर्मचारीको तलब र सामाजिक सुरक्षा भत्ता वितरणमा समेत समस्या देखिँदा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती भने करारमा कर्मचारी थप्दै कार्यकर्ता र आसेपासेलाई जागिर खुवाउन लागिपरेका छन्। केही समयअघि नेपाल वायुसेवा निगममा ६१ जनालाई नियुक्ति दिएका मन्त्री किरातीले पशुपति क्षेत्र विकास कोषमा समेत करारमा कर्मचारी नियुक्त गर्ने निर्णय गरेका छन्। 

मन्त्री किरातीको अध्यक्षतामा बसेको पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को बैठकले करारमा कर्मचारी थप गर्ने निर्णय गर्दै पदपूर्तिका लागि कमिटिसमेत गठन गराइसकेको छ। २०७९ चैत १२ गते बसेको परिषद् बैठकले पशुपति क्षेत्र विकास कोषको दैनिक प्रशासन सञ्चालनका निमित्त पर्याप्त जनशक्ति अभाव भइरहेको भन्दै २५ जना कर्मचारी करारमा नियुक्त गर्ने निर्णय गरेको हो। यसमा केही कर्मचारी नियुक्तसमेत भइसकेका छन्। 

करारमा उपनिर्देशक तहका प्राविधिक विज्ञ र पशुपति अनुगमन तथा अनुसन्धान अधिकृत, इन्जिनियर, आर्किटेक्ट, आईटी इन्जिनियर, आईटीसी सहायक, कानून अधिकृत, लेखापाल, भेटी गणक र सुन जाँचकीजस्ता पदमा नियुक्त गर्न लागिएको हो। 

मन्त्री किरातीले यसअघि ऋण र खर्चको भारमा थिचिएको नेपाल वायुसेवा निगममा पनि थप भार पर्नेगरी आसेपासे र आफन्तलाई जागिर खुवाएका थिए। थोरै जहाज र धेरै कर्मचारीका कारण खर्चको भार थेग्न नसकेको निगममा मन्त्री किरातीले कार्यकर्ता र आसेपासेलाई धमाधम नियुक्ति दिलाएका हुन्।

वायुसेवा निगममा पहिलो चरणमा ११ जनालाई नियुक्ति दिएका मन्त्री किरातीले दोस्रो चरणमा थप ५० जनाको नियुक्ति पत्र तयार पार्न लगाएका छन्। ११ जनालाई नियुक्ति पत्र दिएर काममा पठाइसकिएको छ।

पशुपतिमा नीतिगत भ्रष्टाचार हुनेगरी भएको निर्णयमा पर्यटनमन्त्री किरातीको साथ पशुपतिमा नीतिगत भ्रष्टाचार हुनेगरी भएको निर्णयमा पर्यटनमन्त्री किरातीको साथ

पशुपति क्षेत्रको ३१ रोपनी जग्गा गायब बनाएर हालसाविक गराउने पर्यटनमन्त्री किरातीको निर्णय पशुपति क्षेत्रको ३१ रोपनी जग्गा गायब बनाएर हालसाविक गराउने पर्यटनमन्त्री किरातीको निर्णय

वायुसेवा निगममा भार थप्नेगरी मन्त्री किरातीले कार्यकर्ता र आसेपासे पाँच दर्जनलाई दिए नियुक्ति वायुसेवा निगममा भार थप्नेगरी मन्त्री किरातीले कार्यकर्ता र आसेपासे पाँच दर्जनलाई दिए नियुक्ति

४ वर्षमा १४ अर्ब घाटा भएको निगम नाफामा रहेको झुटो प्रचारमा कार्यकारी अध्यक्ष र मन्त्री४ वर्षमा १४ अर्ब घाटा भएको निगम नाफामा रहेको झुटो प्रचारमा कार्यकारी अध्यक्ष र मन्त्री 

कमिसनका लागि इन्जिन मर्मत लम्ब्याएर भाडामा लिँदा १३ महिनामा ३० करोड सकियो, पर्यटनमन्त्री किराती मुकदर्शककमिसनका लागि इन्जिन मर्मत लम्ब्याएर भाडामा लिँदा १३ महिनामा ३० करोड सकियो, पर्यटनमन्त्री किराती मुकदर्शक


प्रकाशित : सोमबार, जेठ १५ २०८००६:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend