बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

वायुसेवा निगममा भार थप्नेगरी मन्त्री किरातीले कार्यकर्ता र आसेपासे पाँच दर्जनलाई दिए नियुक्ति

११ जनालाई कार्यक्षेत्रमा पठाएर ५० जनाको नियुक्ति पत्र तयार

बिहीबार , जेठ ११ २०८०
वायुसेवा निगममा भार थप्नेगरी मन्त्री किरातीले कार्यकर्ता र आसेपासे पाँच दर्जनलाई दिए नियुक्ति

काठमाडौं- ऋण र खर्चको भारमा थिचिएको नेपाल वायुसेवा निगममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले थप भार पर्नेगरी आसेपासे र आफन्तलाई जागिर खुवाएका छन्। थोरै जहाज र धेरै कर्मचारीका कारण खर्चको भार थेग्न नसकेको निगममा मन्त्री किरातीले कार्यकर्ता र आसेपासेलाई धमाधम नियुक्ति दिलाएका हुन्।

वायुसेवा निगममा पहिलो चरणमा ११ जनालाई नियुक्ति दिएका मन्त्री किरातीले दोस्रो चरणमा थप ५० जनाको नियुक्ति पत्र तयार पार्न लगाएका छन्। ११ जनालाई नियुक्ति पत्र दिएर काममा पठाइसकिएको छ।

मन्त्री किरातीले आफूखुसी निर्णय गराउन हवाईसम्बन्धी जानकारी नै नभएका बिक्रम राईलाई निगम सञ्चालकमा नियुक्त गराएका थिए। अहिले फेरि धमाधम कार्यकर्ता भर्ती केन्द्र बनाउँदैछन्। 

निगम उच्च स्रोतका अनुसार जागिरका लागि ६१ जना मात्रै नभएर अन्य दर्जनौँ व्यक्तिको सूची निगममा पठाइएको छ। अहिलेको ६१ जनामा धेरैजसो तेस्रो र चौथो तहका कर्मचारीका रुपमा नियुक्ति गरिएको छ। जसको भार नै मासिक २४ लाख रूपैयाँ थपिने छ।

निगममा चारवटा जहाजका लागि अहिले पनि १२ सयभन्दा बढी कर्मचारी रहेका छन्। संकटमा कर्मचारी कटौती गर्ने र खर्च भार घटाउनुपर्ने समयमा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी र मन्त्री किरातीको मिलेमतोमा धमाधम नयाँ कर्मचारी नियुक्ति थालिएको हो। 

४ वर्षमा १४ अर्ब घाटा भएको निगम नाफामा रहेको झुटो प्रचारमा कार्यकारी अध्यक्ष र मन्त्री ४ वर्षमा १४ अर्ब घाटा भएको निगम नाफामा रहेको झुटो प्रचारमा कार्यकारी अध्यक्ष र मन्त्री

निगमले खरिद गरेको जहाजको ऋणसमेत बढ्दो छ। भएका जहाजको मूल्यमा दिनप्रतिदिन ह्रास आइरहेको छ। निगमसँग भएको सम्पत्तिभन्दा ऋण बढी छ। निगमको ऋण नै ५० अर्बको हाराहरीमा पुगेको छ।

एयरबस ३२० र वाइडबडी ए ३३० जहाज खरिदमा लिएको ऋणको समेत समयमा किस्ता र ब्याज भुक्तानी गर्न सकेको छैन। पछिल्लो समय केही रकम भने तिरेको छ। तर निगम कार्यकारी अध्यक्ष अधिकारी गत आर्थिक वर्ष २०७८/०८९ को सञ्चालन नाफालाई लिएर प्रचार गरिरहेका छन्।

कार्यकारी अध्यक्ष अधिकारीको प्रचारलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले पनि साथ दिएका छन्। तर पछिल्लो ४ वर्षमा निगमले व्यहोरेको १४ अर्ब घाटाको कुनै कुरा गरेका छैन। पछिल्लो चार वर्षमा निगममा १४ अर्ब घाटा भइसकेको छ। निगमको सम्पत्ति पछिल्लो पटक मूल्यांकन गर्दा ५४ अर्ब मात्रै देखिएको छ।

अहिले निगमको सबै सम्पत्ति बिक्री गर्ने हो भने ४ अर्ब मात्रै बाँकी रहन्छ। यता सञ्चयकोष र नागरिक लगानी कोष भने अर्थ मन्त्रालयमा पटक पटक निगमको ऋण उठाइदिन आग्रह गर्दै आएका छन्। लाखौँ कर्मचारीको संकलित रकम डुब्ने हो कि भन्ने चिन्ता गर्दै आएका छन्।  निगमको गतवर्ष २०७८/७९ को सञ्चालन भएर आएको नाफा १ अर्ब मात्रै छ। जुन ऋण र किस्ता नतिरीकन कमाएको पैसा हो। ऋण र किस्ता तथा अन्य खर्च जोड्दा निगमको घाटा अझै ४ अर्ब ७९ करोड रूपैयाँ छ।   

निगमले अहिले आन्तरिकतर्फ दुईवटा जहाजमार्फत उडान गरिरहेको छ भने अन्तर्राष्ट्रिय उडानतर्फ चारवटा जहाजले उडान गरिरहेको छ। निगमले अहिले जापानको नारिता, साउदीअरबको रियाद, भारतको दिल्ली, मुम्बई र बैंग्लोर साथै मलेसिया, कतार, दुबई, बैंकक र हङकङमा अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ।

कमिसनका लागि इन्जिन मर्मत लम्ब्याएर भाडामा लिँदा १३ महिनामा ३० करोड सकियो, पर्यटनमन्त्री किराती मुकदर्शक कमिसनका लागि इन्जिन मर्मत लम्ब्याएर भाडामा लिँदा १३ महिनामा ३० करोड सकियो, पर्यटनमन्त्री किराती मुकदर्शक


प्रकाशित : बिहीबार , जेठ ११ २०८००२:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend