बिहीबार , वैशाख १३ गते २०८१    
images
images
निगम कार्यकारी अध्यक्षको बदमासी

कमिसनका लागि इन्जिन मर्मत लम्ब्याएर भाडामा लिँदा १३ महिनामा ३० करोड सकियो, पर्यटनमन्त्री किराती मुकदर्शक

डिसेम्बरमा बिग्रिएको इन्जिन सेप्टेम्बरमा मर्मत, जुलाईमा बिग्रिएको इन्जिन मर्मत अझै अन्योलमा

images
images
images
कमिसनका लागि इन्जिन मर्मत लम्ब्याएर भाडामा लिँदा १३ महिनामा ३० करोड सकियो, पर्यटनमन्त्री किराती मुकदर्शक
images
images

काठमाडौं- नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले जहाजको समयमै इन्जिन मर्मत गर्न छाडेर भाडामा लिँदा १३ महिनामै ३० करोड रूपैयाँ सकिएको छ। निगमले २०२२ को मार्च ५ देखि न्यारोवडी ए ३२० नाइन एन ए के डब्लू (सरगमाथा) जहाजको बाँया इन्जिन भाडामा प्रयोग गरिरहेको छ।

images
images
images

यो जहाज डिसेम्बर २७ मा कतारको दोहामा अवतरणपछि इन्जिन बिग्रिएको थियो। जसका  कारण  जहाज ६० दिन ग्राउन्डेड भएको थियो। सजिलै मर्मत हुने इन्जिन पनि भाडामा लिएर कमिसनका लागि प्रक्रिया लम्ब्याउने परम्परामा अध्यक्ष अधिकारीले रेकर्ड नै राखेका छन्।

images

कार्यकारी अध्यक्ष अधिकारीसँगै सञ्चालन समिति सदस्यहरू तथा निगम उचपदस्थ कर्मचारीको मिलेमतोमा इन्जिन भाडामा लिने काम भएको छ। जसमा निगम नाफामा गएको भन्दै झुटो प्रचारमा लागेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती महिनौँदेखि रमिते बनेर बसेका छन्।  

images

२०२२ को मार्च ५ देखि इन्जिन भाडामा लिँदा निगमले भाडावापत नै ३० करोड रूपैयाँ खर्च गरिसकेको छ। अझै भाडामा लिएकै इन्जिन ४० दिन प्रयोग हुने निश्चित भइसकेको छ। अहिले भाडामा लिएको इन्जिनवापत निगमले दैनिक ६ हजार ५ सय ७० डलर खर्च गरिरहेको छ। प्रतिडलर १३१ रूपैयाँको दरमा दैनिक इन्जिन भाडामा ८ लाख ६० हजार रूपैयाँभन्दा बढी खर्च भइरहेको छ। निगमले एमटीयूसँग दैनिक २ हजार डलर, प्रतिघण्टा २ सय ७८ र प्रतिसाइकल २ सय ३९ डलरमा इन्जिन भाडामा लिएको आधारमा हिसाब गरिएको हो। 

images
images

निगमको न्यारोबडी जहाजको इन्जिन मर्मत र भाडामा आर्थिक हिनामिना भएको छ। २०२१ को डिसेम्बरमा कतारको दोहामा एयरबस ३२० कलसाइन ९ एन एकेडब्लू जहाजको वायाँ इन्जिनमा समस्या देखियो। प्राविधिक निरीक्षण पछि जहाजको इन्जिन बिग्रिएको र मर्मत गर्नु पर्ने देखियो।

जहाज २ महिनाभन्दा बढी समय कतारको दोहामा मै ग्राउन्डेड भयो। ग्राउन्डेड जहाज उडानका लागि निगमसँग जगेडा इन्जिन थिएन। जगेडा इन्जिन नभएपछि निगम व्यवस्थापनले ९० दिनसम्मका लागि भन्दै एमटीयूसँग इन्जिन भाडामा लियो। निगमले  जहाज उडान गरे वा नगरेपनि देनिक २ हजार डदरको दरमा इन्जिन भाडामा लियो। डिसेम्बर २७ देखि ग्राउन्डेड जहाजमा मार्च ५ मा भाडामा लिइएको इन्जिन प्रयोग गरियो। दैनिक भाडासँग प्रति उडान घण्टा २ सय ७८ डलर र प्रतिसाइकल १ सय ३९ डलरमा इन्जिन भाडामा लिएर जहाज उडान सुरु भयो।

डिसेम्बरमा बिग्रिएको इन्जिन मार्च पछि मात्रै मर्मतका लागि इजरायल पठाइयो। भाडामा इन्जिन प्रयोग गरेर जहाज उडान भइरहेको थियो। तर पुन: जुलाई ३० मा सोही जहाजको दायाँ इन्जिनमा समस्या देखियो। जहाज ग्राउन्डेड भयो। जहाज ग्राउन्डेड हुनमा डिस्म्बरमा बिग्रिएको इन्जिन जुलाई अन्तिमसम्म निगम व्यवस्थापनले मर्मत गरेको थिएन।

मर्मतमा ढिलाइ गर्नुको एउटै कारण थियो भाडामा लिएको इन्जिनको समय लम्बाइ राख्नु। जब दायाँ इन्जिनमा समस्या आयो त्यसपछि निगम व्यवस्थापनलाई भाडामा लिएको इन्जिन राखिराख्ने अवसर मिल्यो। निगम व्यवस्थापनको चाहान पनि इन्जिन भाडा लिने काम लम्बाइ राख्नु थियो।

डिसेम्बर २७ इन्जिन ९ महिनापछि बल्ल मर्मत भयो। इन्जिन मर्मत भएपछि सेप्टेम्बर ३० मा निगमले जहाज इजायल पठाएर जुलाईमा बिग्रिएको दायाँ इन्जिन झिकेर मर्मत भएको इन्जिन राखियो। जुलाईमा बिग्रिएको इन्जिन मर्मतको प्रक्रिया त्यसबेसासम्म कुनै प्रक्रिया सुरु भएन। इन्जिन मर्मतका लागि ४ देखि ५ महिनासम्म कुनै प्रक्रिया गरिएन। इन्जिन मर्मतमा ढिला गर्नुको एउटै कारण थियो मार्चदेखि भाडामा लिइएको इन्जिन प्रयोगलाई लम्ब्याइराख्नु। जति लम्ब्याइयो त्यति नै कमिसन आइरहने थियो।

 जुलाई ३० देखि बिग्रिएर मर्मतका लागि जर्मन पठाइएको इन्जिन जुन ३० सम्ममा आइपुग्ने निगमको दाबी छ।   डिसेम्बरमा बिग्रिएको इन्जिन ९ महिनामा सेप्टेम्बरमा मर्मत भएको थियो भने जुलाईका बिग्रिएको इन्जिन ११ महिनापछि मर्मत सम्पन्न हुने निगमको भनाइ छ। इन्जिन मर्मतमा ढिलाइको एउटै रहस्य एमटीयूको इन्जिन भाडामा लिँदै कमिसन लिने काम हो। डिसेम्बरमा बिग्रिएको इन्जिन ९ महिनामा मर्मत भएको थियो भने जुलाईमा बिग्रिएको इन्जिन ११ महिनामा मर्मत हुने निगमकै भनाइलाई आधार मान्दा पनि दुई महिनासम्म इन्जिन भाडामा लिँदा प्रयोग भएको रकममै चलखेल रहेको निगम स्रोतकै दाबी छ।

४ वर्षमा १४ अर्ब घाटा भएको निगम नाफामा रहेको झुटो प्रचारमा कार्यकारी अध्यक्ष र मन्त्री ४ वर्षमा १४ अर्ब घाटा भएको निगम नाफामा रहेको झुटो प्रचारमा कार्यकारी अध्यक्ष र मन्त्री

इन्जिन भाडामा कति गुम्यो?

निगमले २०२२ को मार्च ५ देखि इन्जिन भाडामा लिएर जहाज उडान गरिरहेको छ। इन्जिन भाडावापत निगमले जहाज उडान भए वा नभए पनि दैनिक २ हजार डलर भुक्तानी गर्नुपर्ने छ। यसैगरी जहाज उडान भएपछि थप प्रतिघण्टा २ सय ७८ डलर र प्रतिसाइकल २ सय ३९ डलर तिर्नु पर्ने छ।

२०२२ को मार्च ५ देखि २०२३ को मे २१ सम्म ३ सय ८३ दिनसम्म इन्जिन भाडामा प्रयोग भइरहेको छ। इन्जिन भाडामा लिने निर्णय ९० दिनका लागि भएपनि अहिले कमिसनको लोभमा पटक पटक समय थप भइरहेको छ। यसरी ३ सय ८५ दिन इन्जिन भाडामा लिएवापत नै निगमले ७ लाख ६६ हजार डलर भुक्तानी गरिसकेको छ। सरदरमा प्रतिडलर १ सय ३१ रूपैयाँको दरले दैनिक २ हजार डलरका दरले इन्जिन भाडामा १० करोड  ३ लाख ४६ रूपैयाँ भुक्तानी भइसकेको छ। 

यसरी भाडामा इन्जिन प्रयोग भएको ३ सय ८३ दिन भएपनि जहाज यो बीचमा ६० दिन जति ग्राउन्डेड भएको छ। निगमले दिएकै तथ्यांकअनुसार एयरबस ३२० जहाजको दैनिक एभरेज उडान १३ घण्टा छ। सोही हिसाबमा इन्जिन भाडामा लिए पछि जहाज ३२३ दिन उडिसकेको छ। ३२३ दिनमा निगमकै तथ्यांकमा अनुसार ४ हजार १ सय ९९ घण्टा जहाज उडेको छ। प्रतिघण्टा २ सय ७८ डलरका दरले ११ लाख ६७ हजार ३ सय २२ डलर तिर्नुपर्छ। समग्रमा प्रतिडलर १३१ को दरमा अहिलेसम्म सरदर १५ करोड २९ लाख १९ हजार १ सय ८२ रूपैयाँ खर्च भएको छ।

यसैगरी इन्जिन भाडामा लिँदा प्रति साइकल २ सय ३९ डलर पनि तिर्नु पर्छ। जहाज उडान भएको ३ सय २३ दिनमा प्रतिदिन ४ साइकलका दरले १ हजार २ सय ९२ सय वटा साइकल उडान गरेको छ। यसरी निगमले साइकल उडानमा ३ लाख ८ हजार ७ सय ८८ डलर खर्च गरेको छ। अमेरिकी प्रति १ डलर बराबर सरदर १३१ रूपैयाँका दरले हिसाब गर्दा ४ करोड ४ लाख  ५१ हजार ७ सय २८ रूपैयाँ खर्च भएको छ। यसरी समग्रमा ३ सय ८३  दिनदेखि इन्जिन भाडावापत निगमले ३० करोड रूपैयाँ खर्च गरिसकेको छ। 

निगमकै अनुसार जुन ३० मा बिग्रिएको इन्जिन मर्मत भएर जहाजमा राख्न पाइयो भने अब ४० दिनपछि इन्जिन भाडामा लिन पर्दैन। यो ४० दिनमा निगमलाई दैनिक २ हजार डलरका दरले ८० हजार, प्रतिघण्टा २ सय ७८ डलरको दरमा १ लाख ४४ हजार ५ सय ६० डलर र ४० दिनमै प्रतिसाइकल २ सय ३९ डलरमा दरमा ३८ हजार २ सय ४० डलर भुक्तानी गर्नु पर्छ। सम्रगमा थप ४० दिनमा जहाज इन्जिन भाडामा लिएर उडान गर्दा निगमले ३ करोड ४४ लाख रूपैयाँ तिर्नु पर्छ। 

images

प्रकाशित : सोमबार, जेठ ८ २०८००३:३७

प्रतिक्रिया दिनुहोस