सोमबार, असोज ७ गते २०८१    
images
images

बीबी एयरवेजले अनुमति पाएको ६ महिनासम्म जहाज ल्याउन सकेन, वित्तीय स्रोत जुटाउनसमेत असफल

एक वर्षभित्र दुई जहाज नल्याए एनओसी खारेज हुने

images
बुधबार, भदौ १९ २०८१
images
images
बीबी एयरवेजले अनुमति पाएको ६ महिनासम्म जहाज ल्याउन सकेन, वित्तीय स्रोत जुटाउनसमेत असफल

भट्टको वित्तीय तथा व्यावसायिक योजनामा लगानीकर्ताले विश्वास गरेका छैनन्। जसका कारण भट्टले जहाज खरिद प्रक्रिया नै अगाडि बढाउन सकेका छैनन्।

images
images

काठमाडौं- गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष भवन भट्ट अध्यक्ष रहेको 'बीबी एयरवेज'ले जहाज ल्याउन अनुमति पाएको छ महिना भइसकेको छ। 'एनओसी' पाएको एयरवेजले एक वर्षमा दुईवटा जहाज अनिवार्य ल्याउनु पर्छ। तर भट्टले जहाज खरिदका लागि अहिलेसम्म कुनै प्रक्रिया नै सुरु नगरेको स्रोतको दाबी छ। 

images
images
images

जहाज खरिद प्रक्रिया अगाडि बढाउँदै गर्दा नेपाल नागरिक उड्डयन प्राधिकरणलाई जानकारी गराउनु पर्ने हुन्छ। प्राधिकरण स्रोतका अनुसार भट्टले जहाज खरिद प्रक्रिया नै सुरु गरेका छैनन्। 

भट्टले जहाज ल्याएर उडान गर्नेभन्दा पनि बीबी एयरको इजाजत नवीकरण गर्ने योजनाअनुसार काम गरेका थिए। लाइसेन्स नवीकरण भएपछि लगानीकर्ताबाट रकम उठाउनका लागि भट्टले स्रोतको सुनिश्चितता नै नभइ एनओसी लिएका थिए।

भट्टको वित्तीय तथा व्यावसायिक योजनामा लगानीकर्ताले विश्वास गरेका छैनन्। जसका कारण भट्टले जहाज खरिद प्रक्रिया नै अगाडि बढाउन सकेका छैनन्। 

images

एनओसी पाएसँगै ६ महिनामा दुईवटा जहाज ल्याएर उडान सुरु गर्ने भट्टले बिजेनेस न्युजसँग बताएका थिए। तर छ महिनासम्म भट्ट उड्डयन प्राधिकरणको सम्पर्कमा नै नआएको स्रोतको दाबी छ। प्राधिकरणले भने एनओसी पाएको एक वर्षमा जहाज नल्याए स्वत: एनओसी रद्द हुने जनाएको छ।

प्राधिकरणले कम्पनीलाई तीनवटा 'एयरबस ३२०' जहाज ल्याउन पाउनेगरी अनुमति दिएको थियो। कम्पनीले पाँचवटा जहाजमार्फत अन्तर्राष्ट्रिय उडान गर्ने योजनाअनुरुप लाइसेन्स नवीकरण गर्दै 'एओसी'का लागि प्राधिकरणमा पत्र दिएको थियो।

प्राधिकरणले एओसी दिनुअघि कम्पनीले विभिन्न पाँचवटा प्रक्रिया पूरा गर्नुपर्छ। सोहीअनुसार तीन चरणको प्रक्रिया पूरा गरेपछि प्राधिकरणले जहाज ल्याउन पाउने गरी बीबी एयरवेजलाई गएको फागनु २३ मा 'एनओसी' दिएको थियो। 

२०६८ सालमा स्थापना भएको बीबी एयरवेजले त्यसको एकवर्षपछि नै २०६९ भदौ २८ गते काठमाडौंबाट अन्तर्राष्ट्रिय उडान सुरु गरेको थियो। कम्बोडियाको टोन्ले साप एयरलाइन्ससँग एक थान 'बोइङ ७५७-२००' सिरिजको जहाज भाडामा लिएर उडान गरेपनि कात्तिकमै उडान बन्द गरेको थियो। 

तीन महिना पनि उडानमा टिक्न नसकेको बीबी एयरवेजको एओसी (एयर अपरेटर सर्टिफिकेट) निलम्बनमा परेको थियो। एओसी नै निलम्बन परेको एयरवेजले दुई वर्षअगाडिदेखि नै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट एयरलाइन्स सञ्चालनको अनुमति पत्र नवीकरण गरेको थियो।

बीबी एयरवेजले सबैभन्दा पहिला लाइसेन्समा फ्लिट (जहाज) को प्रकार परिवर्तन गर्दै इजाजत नवीकरण गरको थियो। पहिले बोइङ ल्याएर अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने भन्दै लिएको लाइसेन्स बीबी एयरवेजले एयरबस जहाज ल्याएर उडान गर्नेगरी अन्तर्राष्ट्रिय एयरलाइन्स सञ्चालनको लाइसेन्स नवीकरण गरेको थियो।

एयरलाइन्स सञ्चालनको अनुमतिसँगै निलम्बनमा परेको एओसी ब्युँताउने प्रक्रिया एयरवेजले सुरु गरेको थियो। एयरवेजले एयरलाइन्स सञ्चालनको लाइसेन्स नवीकरण गर्नासाथ एओसी ब्युँताउन प्राधिकरणमा निवेदन दिएको थियो। बीबी एयरवेजले प्रि-एप्लिकेसन, एप्लिकेसन र डकुमेन्टेसन चरण पार गरेको हो। डकुमेन्टेसन चरणमा नै बीबी एयरवेजको व्यावसायिक/वित्तीय व्यवस्थापनसम्बन्धी योजना स्वीकृत भएको थियो। 

सुरूमा दुईवटा एयरबसका न्यारोबडी जहाज ल्याउर उडान सुरू गर्ने योजना बनाएको बीबीले कुल लागत २ अर्ब ५३ करोड रुपैयाँ अनुमान गरेको छ। यसमा ३० प्रतिशत स्वपुँजी र ७० प्रतिशत ऋण लगानी हुने अनुमान गरिएको छ। एयरवेजले प्राधिकरणबाट तीनवटा जहाज ल्याउन पाउनेगरी अनुमति पाएको थियो। तर अहिलेसम्म जहाज ल्याउन सकेको छैन भने वित्तीय स्रोत जुटाउनसमेत असफल देखिएको छ। 

बीबी एयरवेजको एओसी ब्युँताउने दौडधुपमा भवन भट्ट बीबी एयरवेजको एओसी ब्युँताउने दौडधुपमा भवन भट्ट २ अर्ब ५३ करोड लगानीको भरपर्दो आधारबिनै बीबी एयरवेजको एओसी माग्दै भवन भट्ट २ अर्ब ५३ करोड लगानीको भरपर्दो आधारबिनै बीबी एयरवेजको एओसी माग्दै भवन भट्ट भवन भट्टको बीबी एयरवेजले पायो तीनवटा एयरबस ल्याउने अनुमति भवन भट्टको बीबी एयरवेजले पायो तीनवटा एयरबस ल्याउने अनुमति ५ वटा न्यारोबडी जहाजमार्फत अन्तर्राष्ट्रिय उडान गर्नेगरी तयार भएको बीबी एयरवेजको व्यावसायिक योजना स्वीकृत ५ वटा न्यारोबडी जहाजमार्फत अन्तर्राष्ट्रिय उडान गर्नेगरी तयार भएको बीबी एयरवेजको व्यावसायिक योजना स्वीकृत


प्रकाशित : बुधबार, भदौ १९ २०८११०:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend