बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

भवन भट्टको बीबी एयरवेजले पायो तीनवटा एयरबस ल्याउने अनुमति

सोमबार, चैत ५ २०८०
भवन भट्टको बीबी एयरवेजले पायो तीनवटा एयरबस ल्याउने अनुमति

पहिलो चरणमा प्रि एप्लिकेसन, दोस्रो चरणमा एप्लिकेसन, तेस्रो चरणमा डकुमेन्टेसन, चौथो चरणमा निरीक्षण तथा परीक्षण र पाँचौँ चरणमा व्यावसायिक उडानका लागि योग्य रहेको उडान अनुमतिपत्र (एओसी) दिने प्रक्रिया हुन्छ।

काठमाडौं- गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष भवन भट्ट अध्यक्ष रहेको 'बीबी एयरवेज'ले जहाज ल्याउन अनुमति पाएको छ। 'एनओसी' पाएको एयरवेजले अब जहाज ल्याएपछि उडानको लागि 'एओसी' पाउने छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले कम्पनीलाई तीनवटा 'एयरबस ३२०' जहाज ल्याउन पाउनेगरी अनुमति दिएको हो। कम्पनीले पाँचवटा जहाजमार्फत अन्तर्राष्ट्रिय उडान गर्ने योजनाअनुरुप लाइसेन्स नवीकरण गर्दै एओसीका लागि प्राधिकरणमा पत्र दिएको छ। 

प्राधिकरणले एओसी दिनुअघि विभिन्न पाँचवटा प्रक्रिया पूरा गर्छ। सोहीअनुसार तीन चरणको प्रक्रिया पूरा गरेपछि प्राधिकरणले जहाज ल्याउन पाउने गरी बीबी एयरवेजलाई एनओसी दिएको हो। प्राधिकरणले फागनु २३ मा बीबीलाई एनओसी प्रदान गरेको हो।

पहिलो चरणमा प्रि एप्लिकेसन, दोस्रो चरणमा एप्लिकेसन, तेस्रो चरणमा डकुमेन्टेसन, चौथो चरणमा निरीक्षण तथा परीक्षण र पाँचौँ चरणमा व्यावसायिक उडानका लागि योग्य रहेको उडान अनुमतिपत्र (एओसी) दिने प्रक्रिया हुन्छ। 

अब बीबी एयरवेजले एक वर्षभित्र तीनवटा जहाज ल्याउनु पर्ने हुन्छ। एन‌‌ओसीको सयम एक वर्षको हुने प्राधिकरणले जनाएको छ। व्यावसायिक योजनामा एयरवेजले पाँचवटा न्यारोबडी जहाज ल्याएर उडान गर्ने विषय समावेश गरेको थियो तर प्राधिकरणले तत्कालका लागि तीनवटा जहाज ल्याउन पाउनेगरी एनओसी दिएको हो।

२०६८ सालमा स्थापना भएको बीबी एयरवेजले त्यसको एकवर्षपछि नै २०६९ भदौ २८ गते काठमाडौंबाट अन्तर्राष्ट्रिय उडान सुरु गरेको थियो। कम्बोडियाको टोन्ले साप एयरलाइन्ससँग एक थान 'बोइङ ७५७-२००' सिरिजको जहाज भाडामा लिएर उडान गरेपनि कात्तिकमै उडान बन्द गरेको थियो। 

तीन महिना पनि उडानमा टिक्न नसकेको बीबी एयरवेजको एओसी (एयर अपरेटर सर्टिफिकेट) निलम्बनमा परेको थियो। एओसी नै निलम्बन परेको एयरवेजले दुई वर्षअगाडिदेखि नै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट एयरलाइन्स सञ्चालनको अनुमति पत्र नवीकरण गरेको थियो।

बीबी एयरवेजले सबैभन्दा पहिला लाइसेन्समा फ्लिट (जहाज) को प्रकार परिवर्तन गर्दै इजाजत नवीकरण गरको थियो। पहिले बोइङ ल्याएर अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने भन्दै लिएको लाइसेन्स बीबी एयरवेजले एयरबस जहाज ल्याएर उडान गर्नेगरी अन्तर्राष्ट्रिय एयरलाइन्स सञ्चालनको लाइसेन्स नवीकरण गरेको थियो।

एयरलाइन्स सञ्चालनको अनुमतिसँगै निलम्बनमा परेको एओसी ब्युँताउने प्रक्रिया एयरवेजले सुरु गरेको थियो। एयरवेजले एयरलाइन्स सञ्चालनको लाइसेन्स नवीकरण गर्नासाथ एओसी ब्युँताउन प्राधिकरणमा निवेदन दिएको थियो। बीबी एयरवेजले प्रि एप्लिकेसन, एप्लिकेसन र डकुमेन्टेसन चरण पार गरेको हो। डकुमेन्टेसन चरणमा नै बीबी एयरवेजको व्यावसायिक/वित्तीय व्यवस्थापनसम्बन्धी योजना स्वीकृत भएको थियो। 

सुरूमा दुईवटा एयरबसका न्यारोबडी जहाज ल्याउर उडान सुरू गर्ने योजना बनाएको बीबीले कुल लागत २ अर्ब ५३ करोड रुपैयाँ अनुमान गरेको छ। यसमा ३० प्रतिशत स्वपुँजी र ७० प्रतिशत ऋण लगानी हुने अनुमान गरिएको छ। एयरवेजले प्राधिकरणबाट तीनवटा जहाज ल्याउन पाउनेगरी अनुमति पाएको छ।

५ वटा न्यारोबडी जहाजमार्फत अन्तर्राष्ट्रिय उडान गर्नेगरी तयार भएको बीबी एयरवेजको व्यावसायिक योजना स्वीकृत ५ वटा न्यारोबडी जहाजमार्फत अन्तर्राष्ट्रिय उडान गर्नेगरी तयार भएको बीबी एयरवेजको व्यावसायिक योजना स्वीकृत

२ अर्ब ५३ करोड लगानीको भरपर्दो आधारबिनै बीबी एयरवेजको एओसी माग्दै भवन भट्ट २ अर्ब ५३ करोड लगानीको भरपर्दो आधारबिनै बीबी एयरवेजको एओसी माग्दै भवन भट्ट बीबी एयरवेजको एओसी ब्युँताउने दौडधुपमा भवन भट्ट बीबी एयरवेजको एओसी ब्युँताउने दौडधुपमा भवन भट्ट 


प्रकाशित : सोमबार, चैत ५ २०८०१४:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend