मंगलबार, वैशाख २५ गते २०८१    
images
images

२ अर्ब ५३ करोड लगानीको भरपर्दो आधारबिनै बीबी एयरवेजको एओसी माग्दै भवन भट्ट

images
images
images
२ अर्ब ५३ करोड लगानीको भरपर्दो आधारबिनै बीबी एयरवेजको एओसी माग्दै भवन भट्ट

विश्वसनीय व्यावसायिक योजनाबिनै एओसी दिन नहुने समितिले सिफारिस गरेको छ। बीबी एयरवेजको बक्यौता पनि रहेको देखिएको छ।

images
images

काठमाडौं- गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष भवन भट्टले लगानीको भरपर्दो आधारबिनै बीबी एयरवेजको एयर अपरेटर सर्टिफिकेट (एओसी) माग गर्दै नेपाल नागरिक उड्डयन प्राधिकरणमा आवेदन दिएका छन्। 

images
images
images

बीबी एयरवेजको नयाँ व्यावसायिक योजना विश्वसनीय र भरपर्दो नदेखिएको प्राधिकरणले गठन गरेको अध्ययन समितिले निष्कर्ष निकालेको छ। 

images

२०६८ सालमा स्थापना भएको बीबी एयरवेजले त्यसको एकवर्षपछि नै २०६९ भदौ २८ गते काठमाडौंबाट अन्तर्राष्ट्रिय उडान सुरु गरेको थियो। कम्बोडियाको टोन्ले साप एयरलाइन्ससँग एक थान 'बोइङ ७५७-२००' सिरिजको जहाज भाडामा लिएर उडान गरेपनि कात्तिकमै उडान बन्द गरेको थियो।

images

तीन महिना पनि उडानमा टिक्न नसकेको बीबी एयरवेजको एओसी निलम्बनमा परेको थियो। एओसी नै निलम्बनमा परेको एयरवेजले करिब दुई वर्षअगाडि मात्रै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट एयरलाइन्स सञ्चालनको अनुमतिपत्र नवीकरण गरेको थियो।

images
images

बीबी एयरवेजले सबैभन्दा पहिला लाइसेन्समा फ्लिट (जहाज) को प्रकार परिवर्तन गर्दै इजाजत नवीकरण गरको थियो। पहिले बोइङ ल्याएर अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने भन्दै लिएको लाइसेन्स बीबी एयरवेजले एयरबस जहाज ल्याएर उडान गर्नेगरी अन्तर्राष्ट्रिय एयरलाइन्स सञ्चालनको लाइसेन्स नवीकरण गरेको थियो।

एयरलाइन्स सञ्चालनको अनुमतिसँगै निलम्बनमा परेको एओसी ब्युँताउने प्रक्रिया एयरवेजले सुरु गरेको थियो। एयरवेजले एयरलाइन्स सञ्चालनको लाइसेन्स नवीकरण गर्नासाथ एओसी ब्युँताउन प्राधिकरणमा निवेदन दिएको थियो।

एओसी नवीकरणका लागि पाँचवटा प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ। त्यसमध्ये तीनवटा प्रक्रिया पूरा भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए।

भुलका अनुसार बीबी एयरवेजले प्रि एप्लिकेसन, एप्लिकेसन र डकुमेन्टेसन चरण पार गरेको हो। डकुमेन्टेसन चरणमा नै बीबी एयरवेजको व्यावसायिक/वित्तीय व्यवस्थापनसम्बन्धी योजना स्वीकृत भएको हो।

स्वीकृत भएपनि जहाज चलाउनका लागि आवश्यक वित्तीय व्यवस्थापन नहुने अवस्था देखिएको समितिले ठहर गरेको छ।

जहाज उडाउनेभन्दा पनि लाइसेन्सको कारोबार हुनसक्ने व्यवस्थालाई रोक्नका लागि भन्दै वित्तीय व्यवस्था भरपर्दो हुनुपर्ने पूर्वसर्त राखिएको छ तर बीबीको वित्तीय व्यवस्थापन कमजोर देखिएको छ। 

सुरूमा दुईवटा एयरसका न्यारोबडी जहाज ल्याउर उडान सुरू गर्ने योजना बनाएको बीबीले कुल लागत २ अर्ब ५३ करोड रुपैयाँ अनुमान गरेको छ। यसमा ३० प्रतिशत स्वपुँजी र ७० प्रतिशत ऋण लगानी हुने अनुमान गरिएको छ। 

स्वपुँजीसँगै ऋण कहाँबाट ल्याउने भन्ने कुराको विश्वसनीय आधार योजनामा प्रस्तुत नभएको समितिले ठहर गरेको छ।

त्यस्तै  ऋणको लागत अनुमान पनि औसत १० प्रतिशत गरिएको र यो पनि भरपर्दो नभएको समितिले ठहर गरेको छ। 

वित्तीय व्यवस्थालाई ख्याल नगरी योजना प्रस्तुत गरिएको पाइएको छ। आम्दानी र खर्चको प्रक्षेपणमा तालमेल नभएको, जहाज लिज, संख्या र उडानपूर्वको तयारी पनि योजनामा देखिएको छैन।

त्यस्तै बीबी एयरवेजको बक्यौता पनि रहेको देखिएको छ। विश्वसनीय व्यावसायिक योजनाबिनै एओसी दिन नहुने समितिले सिफारिस गरेको छ। 

बीबी एयरवेजको एओसी ब्युँताउने दौडधुपमा भवन भट्ट बीबी एयरवेजको एओसी ब्युँताउने दौडधुपमा भवन भट्ट भवन भट्टले ६० करोडमा बिक्री गरे नेपाल ब्रुअरी भवन भट्टले ६० करोडमा बिक्री गरे नेपाल ब्रुअरी

images

प्रकाशित : बुधबार, माघ ३ २०८०१०:५२

प्रतिक्रिया दिनुहोस