बुधबार, जेठ १७ गते २०८०

भवन भट्टले ६० करोडमा बिक्री गरे नेपाल ब्रुअरी

images
images
भवन भट्टले ६० करोडमा बिक्री गरे नेपाल ब्रुअरी
images
images
images

काठमाडौं- गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष भवन भट्टले नेपाल ब्रुअरी ६० करोड रुपैयाँमा बिक्री गरेका छन्। हेटौंडा औद्योगिक क्षेत्रमा रहेको ब्रुअरी बिक्री गर्ने प्रारम्भिक सहमति केही दिनअघि भएको हो। नेपालकै पहिलो बियर उत्पादक कम्पनी नेपाल ब्रुअरी प्रालि व्यवसायी अनिमेश मिश्रले खरिद गरेका हुन्।

images
images
images

आउँदो आइतबार नै बैंकिङ प्रक्रिया पूरा गर्नेगरी काम अगाडि बढाइएको छ। टीबीआई ग्रुप प्रा लिकै पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) मिश्रले सोहि ग्रुपअन्तर्गत रहेको नेपाल ब्रुअरी ६० करोडमा खरिद गरेको हो। करिब ५० वर्ष पहिले नेपाल ब्रुअरीको नाममा खुलेको उद्योग बीचमा भारतीय व्यवसायी विजय माल्याले खरिद गरी युनाइटेड ब्रुअरी नेपाल नामाकरण गरेका थिए। 

सोही ब्रुअरीबाट माल्याले किङफिसर ब्रान्डको बियर उत्पादन गरी भारत निर्यातसमेत गरेका थिए। माल्याले सन् १९९७ मा उक्त कम्पनी लिएका थिए। नेपालको पहिलो ब्रुअरी 'नेपाल ब्रुअरी'को स्थापना १९६६ मा भएको थियो भने उत्पादन १९७२ बाट सुरु गरिएको थियो। 

images

ब्रुअरी माल्यपछि तेजेन्द्र खड्का र भारतीय व्यापारी प्रिन्स बत्राले मिलेर सञ्चालन गरेका थिए। भट्टले २००८ मा ब्रअरी खरिद गरेका थिए।

भट्टले किनेपछि उक्त ब्रुअरीको नाम फेरि नेपाल ब्रुअरी नै बनाइएको थियो। ब्रुअरी भवन भट्टको एकल स्वामित्वमा रहेको छ। नेपाल ब्रुअरीका नाममा कामना सेवा विकास बैंकबाट १० करोड रुपैयाँ र अन्य वित्तीय संस्थाको समेत गरी करिब १७ करोड रूपैयाँ ऋण रहेको छ।

हेटौंडा औद्योगिक क्षेत्रमा रहेको प्लान्टबाट कम्पनीले स्टार, शेर्पा लगायत ब्राण्डका बियर उत्पादन गरिरहेको छ। प्रति महिना ६० हजार केस बियर उत्पादन गर्दै आएको छ। कम्पनीले हाल उत्पादन गर्दै आएको ब्राण्डसँगै यती र सांग्रिला ब्राण्डको बियरसमेत कम्पनीले उत्पादन गर्नेछ।

अहिले यती ब्रुअरीले यती बियर बिक्री गरिरहेको छ। अहिले यती ब्रुअरीले यती ब्राण्डमै बजारमा बियर बिक्री गरिरहेको छ। 

पछिल्लो समय भट्टले ब्रुअरी राम्रोसँग सञ्चालन गर्न सकेका थिएनन्। भट्टले नेपालमा जुन क्षेत्रमा लगानी गरेका छन्, ती कुनै पनि अहिले राम्ररी चल्न सकेका छैनन्। मोमेन्टो गार्मेन्ट किनेका उनले त्यो पनि चलाउन सकेनन्, जुन विवादको भूमरिमा फस्यो। त्यसैगरि बीबी एयरवेजमा अर्बौं लगानी गरे तर वर्षदिन पनि चल्न सकेन। 

धुलिखेलको डीएमआर रिसोर्ट किनेका भट्ट अहिले त्यो पनि बिक्री गर्न चाहन्छन्। तर हालसम्म भट्टले डीएमआर किन्ने उपयुक्त व्यक्ति भेट्न नसकेकाले बेच्न सकेका छैनन्। भट्टको टीबीआई ग्रुपले कारोबार दैनिक पत्रिकासमेत प्रकाशित गर्दै आएको छ।

images

प्रकाशित : शुक्रबार, पुस १५ २०७९०५:३४

प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ