आइतबार, वैशाख १६ गते २०८१    
images
images
images
images

५ वटा न्यारोबडी जहाजमार्फत अन्तर्राष्ट्रिय उडान गर्नेगरी तयार भएको बीबी एयरवेजको व्यावसायिक योजना स्वीकृत

images
images
images
५ वटा न्यारोबडी जहाजमार्फत अन्तर्राष्ट्रिय उडान गर्नेगरी तयार भएको बीबी एयरवेजको व्यावसायिक योजना स्वीकृत

२०६८ सालमा स्थापना भएको बीबी एयरवेजले त्यसको एकवर्षपछि नै २०६९ भदौ २८ गते काठमाडौंबाट अन्तर्राष्ट्रिय उडान सुरु गरेको थियो।

images
images

काठमाडौं- गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष भवन भट्ट अध्यक्ष रहेको बीबी एयरवेजको नयाँ व्यावसायिक योजना स्वीकृत भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले एयरवेजको व्यावसायिक योजना स्वीकृत गरेको हो।

images
images
images

२०६८ सालमा स्थापना भएको बीबी एयरवेजले त्यसको एकवर्षपछि नै २०६९ भदौ २८ गते काठमाडौंबाट अन्तर्राष्ट्रिय उडान सुरु गरेको थियो। कम्बोडियाको टोन्ले साप एयरलाइन्ससँग एक थान 'बोइङ ७५७-२००' सिरिजको जहाज भाडामा लिएर उडान गरेपनि कात्तिकमै उडान बन्द गरेको थियो।

images

तीन महिना पनि उडानमा टिक्न नसकेको बीबी एयरवेजको एओसी (एयर अपरेटर सर्टिफिकेट) निलम्बनमा परेको थियो। एओसी नै निलम्बन परेको एयरवेजले करिब दुई वर्षअगाडि मात्रै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट एयरलाइन्स सञ्चालनको अनुमति पत्र नवीकरण गरेको थियो।

images

बीबी एयरवेजले सबैभन्दा पहिला लाइसेन्समा फ्लिट (जहाज) को प्रकार परिवर्तन गर्दै इजाजत नवीकरण गरको थियो। पहिले बोइङ ल्याएर अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने भन्दै लिएको लाइसेन्स बीबी एयरवेजले एयरबस जहाज ल्याएर उडान गर्नेगरी अन्तर्राष्ट्रिय एयरलाइन्स सञ्चालनको लाइसेन्स नवीकरण गरेको थियो।

images
images

एयरलाइन्स सञ्चालनको अनुमतिसँगै निलम्बनमा परेको एओसी (एयर अपरेटर सर्टिफिकेट) ब्युँताउने प्रक्रिया एयरवेजले सुरु गरेको थियो। एयरवेजले एयरलाइन्स सञ्चालनको लाइसेन्स नवीकरण गर्नासाथ एओसी ब्युँताउन प्राधिकरणमा निवेदन दिएको थियो।

एओसी नवीकरणका लागि पाँचवटा प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ। त्यसमध्ये तीनवटा प्रक्रिया पूरा भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए। उनका अनुसार बीबी एयरवेजले प्रि एप्लिकेसन, एप्लिकेसन र डकुमेन्टेसन चरण पार गरेको हो। डकुमेन्टेसन चरणमा नै बीबी एयरवेजको व्यवसायिक/वित्तीय व्यवस्थापनसम्बन्धी योजना स्वीकृत भएको हो।

bb karmachari.jpg
बीबी एयरवेजले कर्मचारी भर्ना गर्दै।

योसँगै एयरलाइन्सले कर्मचारी भर्नासमेत सुरु गरेको छ। अब एयरवेजले जहाज खरिदका लागि एनओसी पाउने चरणमा रहेको छ। एओसी पाउनुभन्दा पहिले जहाज खरिदका लागि पाउने अनुमति हो एनओसी। अब एयरवेजले जहाज खरिद गर्ने अनुमति पाउने चरणमा रहेको छ।

बीचमा बीबी एयरवेजले नै प्रक्रियामा ढिलाइ गरेको थियो। पछिल्लो समयमा भने काम छिटोछिटो भएको प्राधिकरणको भनाइ छ। अब एनओसी पाएसँगै उसले जहाज खरिद तथा आवश्यक जनशक्ति जुटाउने काम गर्ने छ। जहाज आएपछि भने बीबीले उडानका लागि आवश्यक एओसी पाउने छ।

व्यावसायिक योजनामा एयरवेजले पाँचवटा न्यारोबडी जहाज ल्याएर उडान गर्ने विषय समावेश गरेको छ। यसअघि पनि २०७४ सालमा नेपाल एयरलाइन्सको पुरानो बोइङ जहाज किनेको बीबीले उडान गर्ने योजना बनाएको थियो। तर त्यो जहाजबाट पनि बीबीले उडान गर्न सकेन। फेरि पाँचवटा न्यारोबडी जहाजमार्फत अन्तर्राष्ट्रिय उडान गर्नेगरी व्यावसायिक योजना स्वीकृत गराएको हो।

bb air.jpg

बीबी एयरवेज भारतलगायतका देशमा उडान सुरू गर्ने योजनामा रहेको छ। अन्तर्राष्ट्रिय साझेदारी तथा विदेशी लगानी पनि ल्याउने बीबीका तर्फबाट प्रतिबद्धता जाहेर भएको बुझिएको छ। 

नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने दुईवटा घरेलु एयरलाइन्स छन्। चारवटा एयरलाइन्सले अनुमति लिएका छन्। यसमा बुद्ध एयरले सीमित गन्तव्यमा मात्र उडान गरिरहेको छ। श्री एयरलाइन्सले चार्टर्ड उडानको मात्र अनुमति पाएको छ। नेपाल एयरलाइन्स र हिमालयले उडान गरिरहेका छन्। 

images

प्रकाशित : शनिबार, भदौ २३ २०८००४:२०

प्रतिक्रिया दिनुहोस