बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

अन्त:शुल्क स्टिकर छपाइ घोटाला : मुख्यसचिव अर्यालविरुद्ध पनि मुद्दा

आइतबार, असार ९ २०८१
अन्त:शुल्क स्टिकर छपाइ घोटाला : मुख्यसचिव अर्यालविरुद्ध पनि मुद्दा

आन्तरिक राजस्व विभागले मद्रास सेक्युरिटीसँग गरेको सम्झौताभन्दा निकै महँगोमा स्टिकर छाप्ने सम्झौता गरेपछि यसमा अनियमिता पाइएको थियो।

काठमाडौं- अन्त:शुल्क स्टिकर छपाइमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन सञ्चारसचिव तथा अहिलेका बहालवाला मुख्यसचिव वैकुण्ठ अर्यालसहितका अन्य पदाधिकारीविरुद्ध मुद्दा दायर गरेको छ। 

सुरक्षण मुद्रण केन्द्रले स्टिकर छपाइका क्रममा अनियमितता गरेको र केन्द्रको अध्यक्षका रुपमा तत्कालीन सचिव अर्याल, केन्द्रका तत्कालीन कार्यकारी निर्देशक तथा अन्य विषयमा दोषी ठहर भइसकेका विकल पौडेलसहितलाई विपक्षी बनाएर मुद्दा दायर गरेको हो। 

मुख्यसचिव अर्यालसहित ११ जना र एक कम्पनी गरी १२ विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियारले उनीहरूमाथि ३८ करोड ६७ लाख १७ हजार ६ सय ४० रुपैयाँ बिगो मागदाबी गरेको छ। 

जसमा यसअघि नै भ्रष्टाचार मुद्दामा दोषी ठहर भइ अन्य केही मुद्दामा विचाराधीन रहेका सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल, सुरक्षण मुद्रणकै तत्कालीन लेखा अघिकृत विष्णुप्रसाद गौतम शाखा अधिकृत हरिवल्लभ घिमिरे, केन्द्रका तत्कालीन परामर्शदाता शक्तिप्रसाद श्रेष्ठ, स्टिकर छपाइको जिम्मा पाएको कम्पनी प्रिन्टसेल र यसका सञ्चालक केशव शर्माविरुद्ध पनि मुद्दा दायर भएको छ। 

तत्कालीन अर्थमन्त्री जनार्दन शर्मा, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको सहमतिमा छापइको काम केन्द्रले लिएको थियो। तर केन्द्र आफैले नछापी निजी कम्पनीबाट स्टिकल छाप्ने भन्दे टेन्डर गरेको थियो। 

आन्तरिक राजस्व विभागले मद्रास सेक्युरिटीसँग गरेको सम्झौताभन्दा निकै महँगोमा स्टिकर छाप्ने सम्झौता गरेपछि यसमा अनियमिता पाइएको थियो। 

मद्राससँगको सम्झौताअनुसार विभागले प्रतिस्टिकर १२ पैसा पाइरहेकोमा  केन्द्रले भने प्रतिस्टिकर ८८ पैसामा छाप्ने ठेक्का दिएको थियो।

कसरी भएको थियो अनियमितता? बिजनेस न्युजले पहिलोपटक प्रकाशित गरेको थियो समाचार, यहाँ पढ्नुहोस-  

सुरक्षण मुद्रण केन्द्रसँग स्टिकर छाप्नका लागि दुईवटा मेसिन भएपनि निजी कम्पनीलाई छपाइको जिम्मेवारी दिने भएको छ। छपाइको क्रममा चाहिने मेसिन, बिजुली तथा जनशक्ति, सुरक्षा सबैको जिम्मा आफै लिएको विभागले एउटा कम्पनीलाई ३८ करोड ६७ लाख रुपैयाँमा छपाइको जिम्मेवारी दिने निर्णय गरेको थियो। 

केन्द्रले प्रिन्टसेल प्रालि ललितपुरलाई यसको जिम्मेवारी दिएको थियो।  यो जिम्मा पाउने कम्पनीले एक वर्षमा ४३ करोड ३२ लाख स्टिकर छपाइका लागि मसी, कागज र सफ्टवेयरको व्यवस्था गर्ने छ। यसबाहेक छपाइको क्रममा मेसिनरी पार्ट्समा समस्या देखिएमा मर्मतको काम पनि उसैको हुने भएको छ। 

५ गुणा महँगोमा स्टिकर छपाइ गर्दै सुरक्षण मुद्रण केन्द्र, ३८ करोडको ठेक्कामा २५ करोड घोटाला ५ गुणा महँगोमा स्टिकर छपाइ गर्दै सुरक्षण मुद्रण केन्द्र, ३८ करोडको ठेक्कामा २५ करोड घोटाला आन्तरिक राजस्व विभागसँग सम्झौताबिनै आफूखुसी पाँच गुणा महँगोमा स्टिकर छाप्दै मुद्रण केन्द्र आन्तरिक राजस्व विभागसँग सम्झौताबिनै आफूखुसी पाँच गुणा महँगोमा स्टिकर छाप्दै मुद्रण केन्द्र सुरक्षण मुद्रण केन्द्रमा पाँचगुणा महँगोमा स्टिकर छपाइले आन्तरिक राजस्व विभागमा तरंग सुरक्षण मुद्रण केन्द्रमा पाँचगुणा महँगोमा स्टिकर छपाइले आन्तरिक राजस्व विभागमा तरंग अर्थले रोक्यो अन्त:शुल्क स्टिकरको ठेक्का सम्झौतामा आर्थिक अनियमितता गरेको मुद्रण केन्द्रको बजेट अर्थले रोक्यो अन्त:शुल्क स्टिकरको ठेक्का सम्झौतामा आर्थिक अनियमितता गरेको मुद्रण केन्द्रको बजेट


प्रकाशित : आइतबार, असार ९ २०८११५:४४
  • सम्बन्धित विषय:

  • # अन्त:शुल्क स्टिकरमा घोटाला
  • # सुरक्षण मुद्रण केन्द्रमा अनियमितता


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend