आइतबार, वैशाख १६ गते २०८१    
images
images
images
images

अर्थले रोक्यो अन्त:शुल्क स्टिकरको ठेक्का सम्झौतामा आर्थिक अनियमितता गरेको मुद्रण केन्द्रको बजेट

images
images
images
अर्थले रोक्यो अन्त:शुल्क स्टिकरको ठेक्का सम्झौतामा आर्थिक अनियमितता गरेको मुद्रण केन्द्रको बजेट
images
images

काठमाडौं- सरकारले सुरक्षण मुद्रण केन्द्रले आर्थिक अनियमितता गर्दै सेवा खरिद तथा निर्माण कार्य गर्न लागेको भन्दै चालु आर्थिक वर्ष २०७९/०८९ को लागि विनियोजन भएको बजेट रोक्का गर्ने निर्णय गरेको छ।

images
images
images

अर्थ मन्त्रालयले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत केन्द्रमा जाने बजेट रोक्न पत्रचार गरेको हो। बजेट रोक्का भएको पत्र केन्द्रमा आएको केन्द्रका लेखा अधिकृत विष्णुप्रसाद गौतमले जानकारी दिए। तर उनले बजेट रोक्नुको कारण भने खुलाउन चाहेनन्। 

images

योसँगै केन्द्रको ४ अर्ब ५० करोड रुपैयाँ रोक्का भएको छ।

images

केन्द्रले बजेट विनियोजन भएपछि पाँच गुणा महँगोमा अन्त:शुल्क स्टीकर छपाइको लागि कम्पनी छनोट गरेको थियो। साथै केन्द्रले विद्युत सप्लाइका लागि भन्दै ८/९ करोड रुपैयाँमा हुने काममा लागि २० करोड रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो।

images
images

यसैगरी केन्द्रले १२-१३ करोडमै वेव अपसेट मेसिन खरिद हुनेमा पनि ४५ करोड रुपैयाँको ठेक्का सम्झौताका प्राविधिक रुममा एउटा मात्रै कम्पनी सफल बनाइ आर्थिक प्रस्ताव माग गरेको थियो।

यो विषयमा बिजनेस न्युजले लगातर चारवटा समाचार प्रकाशन गरेको थिए।

१) ५ गुणा महँगोमा स्टिकर छपाइ गर्दै सुरक्षण मुद्रण केन्द्र, ३८ करोडको ठेक्कामा २५ करोड घोटाला

सुरक्षण मुद्रण केन्द्रले नेपालमै अन्त:शुल्क स्टिकर छाप्ने भएको छ। स्टिकर छाप्नका लागि सबै प्राविधिक तयारी पूरा गरेको केन्द्रले चालु आर्थिक वर्षदेखि नै छपाइ सुरु गर्ने भएको छ। केन्द्रले पहिलो वर्ष ४३ करोड ३२ लाख स्टिकर छाप्ने काम अघि बढाएको छ। केन्द्रले यो वर्षका लागि स्टिकर छपाइका लागि निजी क्षेत्रको कम्पनीलाई छनौट गरिसकेको छ।

थप समाचार- 

५ गुणा महँगोमा स्टिकर छपाइ गर्दै सुरक्षण मुद्रण केन्द्र, ३८ करोडको ठेक्कामा २५ करोड घोटाला ५ गुणा महँगोमा स्टिकर छपाइ गर्दै सुरक्षण मुद्रण केन्द्र, ३८ करोडको ठेक्कामा २५ करोड घोटाला


२) आन्तरिक राजस्व विभागसँग सम्झौताबिनै आफूखुसी पाँच गुणा महँगोमा स्टिकर छाप्दै मुद्रण केन्द्र

अन्तःशुल्कको स्टिकर आन्तरिक राजस्व विभागले प्रयोग गर्ने हो। उसले खरिद नगरे त्यो खेर जान्छ तर सुरक्षण मुद्रण केन्द्रले विभागसँग यसबारे कुनै सम्झौता नै नगरी पाँच गुणा महँगोमा अन्त:शुल्क स्टिकर छपाइको काम अघि बढाएको पाइएको छ।

थप समाचार- 

आन्तरिक राजस्व विभागसँग सम्झौताबिनै आफूखुसी पाँच गुणा महँगोमा स्टिकर छाप्दै मुद्रण केन्द्र आन्तरिक राजस्व विभागसँग सम्झौताबिनै आफूखुसी पाँच गुणा महँगोमा स्टिकर छाप्दै मुद्रण केन्द्र


३) सुरक्षण मुद्रण केन्द्रको भोल्टेज व्यवस्थापन ठेक्कामा अनियमितता, सुरुदेखि सेटिङ 

सुरक्षण मुद्रण केन्द्रले विद्युत प्रसारणको भोल्टेज व्यवस्थापनको काम २० करोड रुपैयाँमा गराउने भएको छ। केन्द्रले यसका लागि इन्जिनियरिङ मार्केटिङ कन्सर्न प्रालि त्रिपुरेश्वरलाई २० करोड २४ लाख ४१ हजार रुपैयाँमा यो कामको जिम्मा दिएको हो।

थप समाचार- 

सुरक्षण मुद्रण केन्द्रको भोल्टेज व्यवस्थापन ठेक्कामा अनियमितता, सुरुदेखि सेटिङ  सुरक्षण मुद्रण केन्द्रको भोल्टेज व्यवस्थापन ठेक्कामा अनियमितता, सुरुदेखि सेटिङ 

 

४) सुरक्षण मुद्रण केन्द्रमा पाँचगुणा महँगोमा स्टिकर छपाइले आन्तरिक राजस्व विभागमा तरंग

सुरक्षण मुद्रण केन्द्रले पाँचगुणा महँगोमा नेपालमै अन्त:शुल्क स्टिकर छाप्ने प्रक्रिया अगाडि बढाएपछि आन्तरिक राजस्व विभागमा तरंग पैदा भएको छ।  आन्तरिक राजस्व विभागले प्रयोग गर्ने स्टिकर छपाइमा चरम अनियमितता भएको र महँगो लागतको स्टिकर छपाएर भिडाउने देखेपछि विभागभित्र छलफल भएको छ।

थप समाचार- 

सुरक्षण मुद्रण केन्द्रमा पाँचगुणा महँगोमा स्टिकर छपाइले आन्तरिक राजस्व विभागमा तरंग सुरक्षण मुद्रण केन्द्रमा पाँचगुणा महँगोमा स्टिकर छपाइले आन्तरिक राजस्व विभागमा तरंग

images

प्रकाशित : शुक्रबार, पुस २२ २०७९०१:५०
  • सम्बन्धित विषय:

  • # सुरक्षण मुद्रण केन्द्रमा अनियमितता


  • प्रतिक्रिया दिनुहोस