सोमबार, चैत १८ गते २०८१    
सोमबार, चैत १८ २०८१
images
images

सुरक्षण मुद्रण केन्द्रको भोल्टेज व्यवस्थापन ठेक्कामा अनियमितता, सुरुदेखि सेटिङ 

images
सोमबार, पुस ११ २०७९
images
images
सुरक्षण मुद्रण केन्द्रको भोल्टेज व्यवस्थापन ठेक्कामा अनियमितता, सुरुदेखि सेटिङ 

यो टेन्डरमा एउटामात्र कम्पनीले आवेदन दिएको थियो। एउटै मात्र कम्पनीले आवेदन दिएपछि उक्त कम्पनीसँग कुनै पनि नेगोसिएसन नगरि उसकै कबोल अन्तिम भयो। 

images
images

काठमाडौं- सुरक्षण मुद्रण केन्द्रले विद्युत प्रसारणको भोल्टेज व्यवस्थापनको काम २० करोड रुपैयाँमा गराउने भएको छ। 

images
images

केन्द्रले यसका लागि इन्जिनियरिङ मार्केटिङ कन्सर्न प्रालि त्रिपुरेश्वरलाई २० करोड २४ लाख ४१ हजार रुपैयाँमा यो कामको जिम्मा दिएको हो। 

images
images

धुलीखेलमा रहेको केन्द्रको भवनसम्मको प्रसारण क्षमता वृद्धि गर्नका लागि आह्वान गरिएको यो टेन्डरमा सुरुदेखि नै सेटिङमा काम गरिएको पाइएको छ। 

images
images

भोल्टेज बढाउनका लागि २० करोड लागत अस्वभाविक भएको मात्र होइन यसको ठेक्का प्रक्रिया नै मिलेमतोमा भएको अधिकारीहरूले दाबी गरेका छन्। 

नेपाल विद्युत प्राधिकरणका प्राविधिकहरूका अनुसार यो लागत अस्वभाविक छ। प्राधिकरणमार्फत् नै गराउनसक्ने कामलाई आफै खरिद प्रक्रियामा गएर निजी क्षेत्रलाई दिइएको छ। प्राधिकरणलाई दिएमा आफै सेटिङ गर्न नपाइने भयले केन्द्रले यस्तो गरेको अधिकारीहरूको दाबी छ। 

'लागत पनि यसमा अस्वभाविक देखिन्छ। स्थान तथा क्षमता हेरि लागत तय हुने भएपनि केन्द्रले जुन काम गर्दैछ त्यसको लागत त्यति धेरै हुनै सक्दैन' विद्युत प्राधिकरणका एक वरिष्ठ प्राविधिकले भने, 'यो बढीमा १० करोडमा हुनुपर्ने काम हो।' 

अधिक लागत तय हुनुमा केन्द्र आफैले अध्ययन गराएको थियो। 

अस्वभाविक लागत मात्र होइन यसमा ठेक्का प्रक्रिया पनि मिलोमतो देखिएको छ। क्षमता बढाउनका लागि भन्दै केन्द्रले भदौ २४ गते टेन्डर आह्वान गरेको थियो। 

यो टेन्डरमा एउटामात्र कम्पनीले आवेदन दिएको थियो। एउटै मात्र कम्पनीले आवेदन दिएपछि उक्त कम्पनीसँग कुनै पनि नेगोसिएसन नगरि उसकै कबोल अन्तिम भयो। 

'टेन्डरका शर्त नै यसरी डिजाइन गरिएको थियो कि यसमा अर्को कुनै पनि कम्पनी योग्य हुने अवस्था थिएन। त्यसैले एउटामात्र कम्पनी आयो। यति भएपछि स्वत: उसले बोलेकै रकममा काम पाउने भयो' स्रोतले भन्यो। 

सामान्यतया यस्ता काम अघि बढाउँदा सकेसम्म नेपाल विद्युत प्राधिकरणको प्राविधिक सहायता लिने चलन सरकारी संस्थाहरूमा छ। प्राधिकरणले टेन्डर डकुमेन्ट तथा लागत अनुमानमा सुझाव तथा राय दिन सक्छ। तर केन्द्रले यस्तो केही पनि नगरि स्वेच्छाचारी काम गरेको थियो। 

केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलले योजनाबद्ध रुपमा यो खरिद प्रक्रिया अघि बढाएका थिए। हरेक खरिदमा प्रतिस्पर्धा सीमित पार्ने तथा अधिक लागत तय गर्दै आएपनि उनको कामकारबाहीमा कुनै पनि निकायले अनुमगन गरेका छैनन्। 

प्रधानमन्त्रीदेखि मन्त्रीसम्मको आशिर्वाद पाएका पौडेलले केन्द्रमा अनियमितताको श्रृंखला नै चलाएका छन्। 

आन्तरिक राजस्व विभागसँग सम्झौताबिनै आफूखुसी पाँच गुणा महँगोमा स्टिकर छाप्दै मुद्रण केन्द्र आन्तरिक राजस्व विभागसँग सम्झौताबिनै आफूखुसी पाँच गुणा महँगोमा स्टिकर छाप्दै मुद्रण केन्द्र ५ गुणा महँगोमा स्टिकर छपाइ गर्दै सुरक्षण मुद्रण केन्द्र, ३८ करोडको ठेक्कामा २५ करोड घोटाला ५ गुणा महँगोमा स्टिकर छपाइ गर्दै सुरक्षण मुद्रण केन्द्र, ३८ करोडको ठेक्कामा २५ करोड घोटाला


प्रकाशित : सोमबार, पुस ११ २०७९०४:४०
  • सम्बन्धित विषय:

  • # सुरक्षण मुद्रण केन्द्रमा अनियमितता


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend