शनिबार, वैशाख २२ गते २०८१    
images
images
बुटवल-नारायणगढ सडक

थपिएको समयमा पनि काम सम्पन्न नहुने स्वीकार्दै अर्को एक वर्ष मागेर एडीबीलाई ठेकेदारको पत्र

images
images
images
थपिएको समयमा पनि काम सम्पन्न नहुने स्वीकार्दै अर्को एक वर्ष मागेर एडीबीलाई ठेकेदारको पत्र
images
images

काठमाडौं- बुटवल-नारायणगढ सडक विस्तारको काम सुरु भएको पाँच वर्ष पूरा भएको छ। सडक निर्माणका लागि सन् २०१८ को डिसेम्बरमा चिनियाँ ठेकेदार कम्पनीसँग २०२२ को अगस्टमा काम सम्पन्न हुने गरी सम्झौता भएको थियो।

images
images
images

अहिले पाँच वर्ष बितिसक्दा आधा पनि काम भएको छैन। आयोजना निर्देशनालयले दिएको तथ्यांकअनुसार समग्रमा ४३ प्रतिशतमात्रै काम सम्पन्न भएको छ। यो बीचमा दुईपटक सयम थप भइसकेको छ।

images

पछिल्लो पटक समय थप गर्दै सडक निर्माण सम्पन्न हुनुपर्ने समयमा २०२४ को जुलाईसम्म तोकिएको छ। जसमा पूर्वी खण्डको हकमा २०२४ को २३ जुलाई र पश्चिम खण्डको हकमा २०२४ को २१ जुलाई रहेको छ।

images

समय सकिन ६ महिना बाँकी हुँदैमा ठेकेदार कम्पनीले उक्त तोकिएको समयमा निर्माण सम्पन्न गर्न नसक्ने स्वीकार गर्दै थप एक वर्ष समय थपका लागि एसियाली विकास बैंक (एडीबी) आयोजना निर्देशनालयमा पत्र पठाएको छ। यो सडक चाइना स्टेट कस्ट्रक्सन इन्जिनियरिङ कर्पोरेशन लिमिटेडले निर्माण गरिरहेको छ। 

images
images

राजमार्गलाई एसियाली मापदण्डको बनाउने र त्यसलाई भारतीय नाका सुनौलीसँग जोड्ने लक्ष्यसहित सुरू भएको यो आयोजना गैँडाकोटदेखि रुपन्देहीको देवदहसम्म रहेको छ। १ सय १३ किलोमिटर सडकलाई दुई भागमा बाँडेर ठेक्का लगाएपनि दुवै खण्डको जिम्मा भने चिनियाँ कम्पनीले पाएको छ। 

कति भयो काम?

चिनियाँले साढे तीन वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित ठेक्का सम्झौता भएको थियो। पाँच वर्ष पुगिसक्दा पनि काम आधा भएको छैन। चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनसँग सन् २०१८ को डिसेम्बरमा अगस्ट ७, २०२२ मा सम्पन्न गर्नेगरी सम्झौता भएको थियो। यो बीचमा सरकारले सम्झौता अवधि दुई पटक गरी दुई वर्ष थपिसकेको छ।

सम्झौता भएको ५ वर्ष पूरा हुँदा सडक निर्माणमा एनबी-१ (पूर्वीखण्ड) मा भौतिक प्रगति ४२.२१ प्रतिशत र एनबी-२ (पश्चिमखण्ड)को भौतिक प्रगति ३८.५० प्रतिशतमात्रै भएको छ। थपिएको समयमा आधा पनि काम सम्पन्न भएको छैन। बुटवल-नारायणगढ सडक आयोजना प्रमुख चुढाराज ढकालका अनुसार २०२३ को नोभेम्बरसम्ममा सम्रगमा ४० प्रतिशतमात्रै भौतिक प्रगति भएको छ।

वित्तीय प्रगतितर्फ एनबी-१ तर्फको ३३.०३ र एनबी-२ पश्चिमतर्फको हकमा २५.९० प्रतिशत प्रगति भएको छ। अन्तिमपटक भएको समय थपअनुसार निर्माण कम्पनीले एनबी-१ पूर्वीखण्डको २३ जुलाइ २०२४ र एनबी-२ पश्चिमखण्डको निर्माण सम्पन्न गर्नु पर्ने अन्तिम समय २०२४ को जुन २१ राखिएको छ।  यसपछि थप एक वर्षको सयमा कम्पनीले मागेको छ।

पहिलो पटक समय थप हुँदा अर्थात् सम्झौता गर्दाको अन्तिम समयसीमासम्म एनबी-१ पूर्वीखण्डको हकमा १७.७३ र एनबी-२ पश्चिमखण्डको १९.३५ प्रतिशतमात्रै भौतिक प्रगति भएको थियो। पहिलोपटक एनबी-१ पूर्वीखण्डको हकमा २०२३ को अगस्ट २८ र एनबी-२ पश्चिमखण्डको २०२३ को अगष्ट ६ सम्म समय थप गरिएको थियो। 

उक्त समयमा पनि निर्माण कम्पनीले काम सम्पन्न गर्न नसकेपछि दोस्रो पटक समय बढाउँदै एनबी-१ पूर्वीखण्डको हकमा २०२४ को जुलाइ २३ र एनबी-२ पश्चिमखण्डको हकमा २०२४ जुन २१ सम्म पुर्‍याइएको छ। 

१ सय १३ किलोमिटर सडक विस्तारका लागि एनबी-१ पूर्वीखण्डको हकमा काम गर्नका लागि निर्माण कम्पनीसँग ९ अर्ब १३ करोड (कर सहित) र एनबी-२ पश्चिमखण्डको हकमा ७ अर्ब ८६ करोड रुपैयाँमा सम्झौता भएको थियो। निर्माण कम्पनीले सडक निर्माणका लागि तय भएको लगात अनुमान रकमभन्दा २१ देखि २२ प्रतिशत कम मूल्य कबोल गर्दै ठेक्का लिएको थियो तर पाँच वर्ष बितिसक्दा पनि ४३ प्रतिशतमात्रै काम सम्पन्न गरेको छ।  

आयोजना निर्देशनालयले दिएको जानकारी अनुसार नारायणगढ-बुटवल सडक १ सय १३ किलोमिटरमध्ये ७० किलोमिटर ४ लेन र २९ किलोमिटर ४ लेन साथै दुईतर्फ ६/६ मिटरको सर्भिसलेन हुनेछ। दाउन्नेमा १४ किलोमिटर ३ लेनको हुनेछ।

समग्रमा ६४ वटा पुल, ४ सय ३२ कल्भर्ट, १२९.१६ किलोमिटर नालालगायत संरचना निर्माण गर्नुपर्नेमा हालसम्म ४० किलोमिटर २ लेन कालोपत्रे सडक, ३८ वटा पुल, २ सय ९५ वटा कल्भर्ट, ४८ किलोमिटर बेस, २०.४१ किलोमिटर थप सब बेस, ६० किलोमिटर ड्रेन गरी ४३ प्रतिशत काम सम्पन्न आयोजना निर्देशनालयले जनाएको छ।

गत चैतभन्दा अगाडि ५२ महिनामा कल्भर्ट २१९ वटा, पुल २९ वटा, सबबेस ३८.६३ किलोमिटर, बेस २३.४८ किलोमिटर, बाइन्डिङ कोर्स ५.२९ किलोमिटर र अस्फाल्ट २०० मिटर मात्रै भएको थियो भने हाल ९ महिनामा कल्भर्ट ७६ वटा, पुल ७ वटा, सववेस २२.५३ किलोमिटर बेस २६.८२ किलोमिटर, बाइन्डिङ कोर्स (कालोपत्रे) ३४.२७ किलोमिटर र अस्फाल्ट कक्रिट ९.१ किलोमिटर सम्पन्न भएको जनाइएको छ।

बुटवल-नारायणगढ सडकको विलम्बले बढाएको जनस्वास्थ्य संकट, बालबालिका र जेष्ठ नागरिक मारमा बुटवल-नारायणगढ सडकको विलम्बले बढाएको जनस्वास्थ्य संकट, बालबालिका र जेष्ठ नागरिक मारमा बुटवल-नारायणगढ सडकमा विलम्ब : प्रदूषणले चौपट व्यापार, रोजीरोटीमाथि चुनौती बुटवल-नारायणगढ सडकमा विलम्ब : प्रदूषणले चौपट व्यापार, रोजीरोटीमाथि चुनौती राज्यलाई नोक्सानी र जनतालाई सास्ती दिइरहेको एउटा विकास आयोजना राज्यलाई नोक्सानी र जनतालाई सास्ती दिइरहेको एउटा विकास आयोजना राजमार्ग विस्तारमा भएको विलम्बले जनताको सास्ती सहने सीमा सकियो : शम्भुलाल श्रेष्ठ [अन्तर्वार्ता] राजमार्ग विस्तारमा भएको विलम्बले जनताको सास्ती सहने सीमा सकियो : शम्भुलाल श्रेष्ठ [अन्तर्वार्ता]

images

प्रकाशित : बिहीबार , पुस २६ २०८००२:५५

प्रतिक्रिया दिनुहोस