सोमबार, वैशाख १७ गते २०८१    
images
images

बुटवल-नारायणगढ सडकमा विलम्ब : प्रदूषणले चौपट व्यापार, रोजीरोटीमाथि चुनौती

images
images
images
बुटवल-नारायणगढ सडकमा विलम्ब : प्रदूषणले चौपट व्यापार, रोजीरोटीमाथि चुनौती

धुवाँ र धुलो प्रत्यक्ष नउड्ने ठाउँमा पनि व्यवसाय सुकेको धेरैले प्रतिक्रिया दिएका छन्। बुटवलबाट आउनेहरू पनि गैँडाकोट पार गर्न हतारोमा हुने र नारायणगढबाट गएकाहरू पनि देवदह पार गर्न हतारोमा हुने भएकाले त्यो बीचमा व्यवसाय सुकेको धेरैको अनुभव छ।

images
images

नवलपुर-  वर्षौं विदेशमा काम गरेपछि घर आँगनमै सानोतिनो व्यवसाय गर्ने सोचले नवलपुरको गैडाकोट नगरपालिका-१० सिस्नेका वेदप्रसाद ढकाल स्वदेश फर्किए। स्वदेश फर्किएर उनले विदेशको आफ्नो सीप र अनुभवसँग सम्बन्धित व्यवसाय गर्ने सोच बनाए। 

images
images
images

पूर्वपश्चिम राजमार्गसँगै जोडिएको गाउँ भएका कारणले गर्दा राम्रो हुने सोचले रेष्टुरेन्ट खोले। विदेशबाट कमाएको पुँजीमात्र होइन सीपका कारणले पनि उनलाई व्यवसाय फस्टाउने विश्वास थियो।

images

पूर्वबाट जाँदा नारायणगढ र गैँडाकोटको मूल बजार क्रस हुने र पश्चिमबाट आउँदा मुख्य सहर सुरू हुनुभन्दा ठीक पहिलेको वरपर जंगल, सानो हरियालीसहितको बस्तीमा होटल खोल्दा त्यसले ग्राहक पाउने वेदप्रसादको विश्वास थियो। 

images

शान्त वातावरण र सफा ठाउँमा होटल खोल्दा निजी सवारीमा यात्रा गर्नेहरू उनको पहिलो प्राथमिकतामा थिए। सार्वजनिक सवारीका लागि निश्चित बिन्दु हुने भएपनि निजी सवारीमा यात्रा गर्नेको प्राथमिकता यस्तैमा हुने र आफ्नो सीप र स्वादले गर्दा एक पटक आएपछि ग्राहक दोहोरिने आशमा उनी थिए। 

images
images

उनको अर्को बलियो विश्वास पनि थियो कि- 'दुई वर्षमा त्यही राजमार्ग चार लेनसहितको एसियाली स्तरको हुने भनेपछि त झन व्यापार बढ्ने छ।'

5.jpg

सफा र चिल्लो सडक, हरियाली वातावरणको छेउमा खुलेको रेष्टुरेन्टमा यात्रुहरू सहजै बस्ने उनको विश्वास थियो तर अब भने उनलाई झर्को लाग्न थालेको छ। गएका दुई वर्षसम्म सडक विस्तार आयोजना केही ढिला भएपनि समयमै सम्पन्न हुन्छ भन्ने विश्वास थियो तर अब त त्यही विश्वास पनि छैन। हुन त अहिले आयोजना बनाउनेलाई नै थाहा छैन यो कहिलेम्म बनिसक्छ भन्ने।

‘गएका दुई वर्षमा त हाम्रो व्यापार नै छैन। यात्रुहरू केहीगरी झुक्किएर आएपनि धुलो देखेर तर्सिने अवस्था छ। कोही पनि बस्दैनन्’ उनले गुनासो गरे। 

पछिल्लो दुई वर्षमा भविष्यको आशामा रहेर गुमेको व्यापार बिर्सिएपनि अब त झर्को मान्न थालेका छन् उनी। किनभने आयोजना समयमै बन्ने अवस्था छैन। ‘यस्तै ढिला हुने हो भने हामीलाई त उठिबास लगाउने भयो। जनतलाई उठिबास लगाउने विकास किन चाहियो भनेर मनमा लाग्न थालेको छ’ उनले असन्तोष व्यक्त गरे। 

उनकोजस्तो कथा नारायणगढदेखि बुटवलसम्मको १ सय १३ किलोमिटर सडक खण्डमा प्रत्येकको छ। राजमार्गकै आवतजावतलाई मध्यनजर गर्दे सुरू भएका हरेक व्यवसायको हालत ठीक वेदप्रसादको जस्तै छ। 

1.jpg

वर्षौंदेखि लगानी गरेर भविष्यको टेको बनाएका उनीहरूको हालत सडक विस्तार आयोजनाले बिगारिदिएको छ। 

रुपन्देहीको देवदहदेखि नवलपुरको गैँडाकोटसम्मको खण्डमा भइरहेको सडक विस्तारमा विलम्ब हुँदा विकासको सपनाबाट लालयित हुनेभन्दा चिन्तित हुनेहरू धेरै रहेका छन्। राजमार्ग छेउछाउमा होटल, पसल गरेर बसेकाहरूको रोजीरोटी खोसिनेमात्र होइन कृषि उत्पादन नै प्रभावित भएको छ। 

अत्याधिक धुलो र धुवाँले गर्दा छेउछाउका बस्तीमा हुने उत्पादन नै प्रभावित भएको छ। 

राजमार्गलक्षित व्यवसायसँगै सहरी क्षेत्रका पसल तथा होटल बन्द भएको र कयौँ विस्थापित भएको गैँडाकोट नगरपालिका १० नम्बर वडाका अध्यक्ष देवीदत्त कँडेल बताउँछन्। विकास निर्माणको कामबाट लाभबाट हानी र क्षति धेरै भएको र यस्तो गुनासो जनताबाट धेरै आइरहेको उनको भनाइ छ। 

‘व्यवसाय बन्द भएको कुरा त हाम्रो नगरको दर्ता तथा राजस्वबाट पनि देखिन्छ। हाम्रो कामै गाउँघरमा घुम्ने हो, कयौँ यस्ता पसल बन्द भएका छन्’ उनी भन्छन्। 

बजार क्षेत्रमा काम गरिरहेका कयौँ यस्ता व्यवसायी जसले अलि भित्रतिर व्यवसाय सारेका छन् तिनीहरूको पनि व्यापार बढेको छैन। जो विस्थापित भएका छन् उनीहरू त यसै पनि चरम घाटामा रहेका छन्। 

सबै प्रकारका पसलहरू बन्द हुँदै गएको कावासोती नगरका अध्यक्ष विष्णुप्रसाद भुसाल बताउँछन्। जीवनकालभर राजनीति गर्दै आएका उनी निर्माणको अवधिमा अपनाउन सकिने सामान्य सावधानी नहुँदा स्थानीय अर्थतन्त्र र जीविका नै प्रभावित भएको बताउँछन्।

आफ्नो नगरमात्र नभएर यो क्षेत्रकै व्यवसाय प्रभावित भएको उनको भनाइ छ। 

4.jpg

‘जतिसुकै बजार भनेपनि राजमार्गमै निर्भर हुन्छन्। अझ हाम्रो क्षेत्र त अलिअलि पर्यटकीय आगमन हुने ठाउँ पर्छ। यस्तोमा सबै प्रभावित भएका छन्। राजमार्गका यात्रुलक्षित व्यवसाय त झन धरासायी नै छन्। जसले भाडामा लिएर व्यवसाय गरेका थिए उनीहरू त पहिले नै पलायन भइसके जसले आफ्नै थातथलोमा गरेका छन् उनीहरू बाध्य भएर बसिरहेका छन्’ उनी भन्छन्। 

यात्रुहरूले यो १ सय १३ किलोमिटर खण्ड सकेसम्म 'स्किप' गर्न खोज्छन्। धुलो धुँवामात्र होइन कि कतिबेला कहाँ अवरुद्ध हुन्छ भनेर कोही पनि सकभर रोकिन खोज्दैनन्। यही कारणले गर्दा यो क्षेत्रले गएको चार वर्षदेखि आफ्नो लाभ गुमाइरहेको छ।

स्थलगत अवलोकनको क्रममा भेटिएका अधिकांश जनप्रतिनिधिहरू जनताले प्रत्येक दिन गुनासो गरिरहेको बताउँछन्। 

वातावरण स्वच्छ बनाउनका लागि वातवारणीय सेफगार्डको लम्बेतान प्रतिवेदन तयार पारिएपनि धरातलमा भने जनताको उठिबास लाग्ने अवस्था आएको छ। यस्तो विषयमा आफूहरूले सकेसम्म निर्माण कम्पनीलाई भनेर धुलो मार्नका लागि पानी हाल्न दबाब दिएपनि कार्यान्वयन नभएको जनप्रतिनिधहरू बताउँछन्। 

‘हामीले सकेसम्म न्यूनीकरणको प्रयास गर्ने हो। हाम्रो क्षेत्राधिकार त होइन तै पनि जनताले त हामीलाई प्रश्न सोध्छन्, त्यही भएर निर्माण कम्पनीलाई चौबिसै घण्टा धुलो मार्ने वातावरणका लागि दबाब दिइरहेका छौँ’ बर्दघाट नगरपालिकाका अध्यक्ष शम्भुलाल श्रेष्ठले बताए। 

दाउन्नेमा भेटिएका होटल व्यवसायी हरि सुवेदी आफ्नो व्यावसायिक जीवनमै पहिलोपटक व्यवसायमा चरम संकटको सामना गरेको बताउँछन्। दाउन्नेको टाकुरोमा होटल गरेका उनले यसअघि यस्तो सन्नाटाको महुसुस कहिल्यै गरेका थिएनन्। 

‘दुई वर्षजति भयो हाम्रोमा सिंगै कुखुराको अर्डर नभएको। त्योभन्दा पहिला त हाम्रोमा दैनिक २/४ वटा त सिंगै कुखुराकै अर्डर आउँथ्यो’ उनी भन्छन्।

3.jpg

धुलो र धुवाँबाट त्यति धेरै प्रभावित नभएपनि वरिपरिको वातावरणबाट तर्सिएर यात्रुहरू ठाउँ छाडेर जाने गरेको उनको बुझाइ छ। 

धुवाँ र धुलो प्रत्यक्ष नउड्ने ठाउँमा पनि व्यवसाय सुकेको धेरैले प्रतिक्रिया दिएका छन्। बुटवलबाट आउनेहरू पनि गैँडाकोट पार गर्न हतारोमा हुने र नारायणगढबाट गएकाहरू पनि देवदह पार गर्न हतारोमा हुने भएकाले त्यो बीचमा व्यवसाय सुकेको धेरैको अनुभव छ। 

त्रिवेणी दुम्किबासमा साढे दुई दशकदेखि होटल व्यवसाय गर्दै आएकी सीता क्षेत्री पनि व्यवसायमा अनौठो सन्नाटा छाएको बताउँछिन्। बाटो बिग्रिँदा यसै त लागत बढेको त्यसमाथि ग्राहक घट्दा चौपट भएको उनको भनाइ छ। 

आफ्नै थातथलोबाहेक व्यवसाय गर्नेहरू कयौँ पलायन भएको उनले देखेकी छन्। ‘यही बजारम व्यापार गर्नेहरू कतिले छाडिसके। हामी त हाम्रै घर छ यसमा व्यापार नै नभएपनि जेनतेल चल्न कठीन छैन। त्यही पनि एकजना काम गर्न राखेका मान्छेलाई टिकाउन कठीन छ’ उनी भन्छिन्। 

राजमार्गका होटलमा व्यवसायको आकार हेरिकन प्राय बाहिरबाट कामदार ल्याउने गरिन्छ तर त्यो सडकखण्डमा प्रतिक्रिया दिने अधिकांशले एक त कामदार कटौती गरेको, दोस्रो कुरा भएकै पनि बस्न कठीन रहेको बताएका छन्। 

राज्यलाई नोक्सानी र जनतालाई सास्ती दिइरहेको एउटा विकास आयोजना राज्यलाई नोक्सानी र जनतालाई सास्ती दिइरहेको एउटा विकास आयोजना

images

प्रकाशित : सोमबार, पुस ९ २०८००४:४१

प्रतिक्रिया दिनुहोस