सोमबार, वैशाख १७ गते २०८१    
images
images

बुटवल-नारायणगढ सडकको विलम्बले बढाएको जनस्वास्थ्य संकट, बालबालिका र जेष्ठ नागरिक मारमा

images
images
images
बुटवल-नारायणगढ सडकको विलम्बले बढाएको जनस्वास्थ्य संकट, बालबालिका र जेष्ठ नागरिक मारमा

१ सय १३ किलोमिटर सडक खण्डको निर्माण कार्यमा विलम्ब हुँदा बीचबीचमा भत्काइएको कारणले धुलोको साम्राज्य विस्तार भइरहेको छ। निर्माणको क्रममा अपाउन सकिने न्यूनतम सावधानी नहुँदा जनस्वास्थ्यमा समस्या देखिएको हो।

images
images

कावासोती- नारायणगढ-बुटवल सडक खण्डको निर्माण कार्यमा विलम्ब हुँदा उक्त क्षेत्रमा जनस्वास्थमा संकट देखिएको छ। धुलोका कारणले गर्दा राजमार्ग आसपास बसोबास गर्नेहरूमा स्वासप्रश्वास, रुघाखोकीको समस्या बल्झिने गरेको छ। जसको दीर्घकालीन असरसमेत भइरहेको छ। 

images
images
images

१ सय १३ किलोमिटर सडक खण्डको निर्माण कार्यमा विलम्ब हुँदा बीचबीचमा भत्काइएको कारणले धुलोको साम्राज्य विस्तार भइरहेको छ। निर्माणको क्रममा अपाउन सकिने न्यूनतम सावधानी नहुँदा जनतामा स्वास्थ्य समस्या देखिएको हो। 

images

१ सय १३ किलोमिटर सडक खण्डमा जति पनि बस्ती छन् त्यहाँ बसोबास गर्नेहरू सडक आयोजन सुरू भएपछि बसोबासमा आएका होइनन्। वर्षौंदेखि बसिरहेका उनीहरू राजमार्गको सामान्य धुलोधुवाँ त पचाउन सक्ने भइसकेका थिए तर पछिल्लो समय सडक विस्तार आयोजनाले धुलोधुवाँको त्यसको रफ्तार यति धेरै बढाइदियो कि स्थानीय स्वास्थ्य संस्थामा स्वासप्रस्वासको समस्या लिएर जानेहरूकै संख्या बढिरहेको छ। राजमार्ग क्षेत्रमा रहेका विद्यालयमा अहिले पनि मास्क अनिवार्यजस्तै गरिएको छ। 

images

टेन्डर नहुँदासम्म सडकको नियमित मर्मतसम्भारको काम हुन्थ्यो। जुन काम सडक विभागले गर्थ्यो तर यसको टेन्डर भएपछि नियमित मर्मतसम्भार हुने कुरै भएन। निर्माण कम्पनीले कहिलेकाहिँ पानी हालिदिनेबाहेक यसमा धुलोको कुनै समाधान छैन। धुलो र धुवाँले मानव स्वास्थ्यमा गम्भीर असर गरिरहेको छ। बालबालिका र जेष्ठ नागरिक यसको मारमा परेका छन्। एक प्रकारले राजमार्ग क्षेत्रमा स्वास्थ्य संकट नै ल्याएको छ। 

images
images

gaidakot.jpeg

नगर अस्पताल तथा स्थानीय स्वास्थ्य चौकीमा बालबालिका र जेष्ठ नागरिकको घुँइचो हुने गरेको छ। उनीहरूमा मुख्यत: धुलोबाट सिर्जित रोग देखिएको छ। नवलपुर जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी छविलाल सुवेदीले बालबालिका र जेष्ठ नागरिकमा यस्तो समस्या बढेको बताए। वर्षा सकिएपछि यस्ता समस्या लिएर आउनेहरूको संख्या बढेको उनको भनाइ छ। 

एसियाली विकास बैंकको ऋण लगानी भएको यो आयोजनामा वातावरणीय सेफगार्डको ठूलै प्रतिवेदन बनाइएको छ। निर्माणको क्रममा हुने प्रदूषण न्यूनीकरणका लागि काम गरिने भन्ने उक्त प्रतिवेदनमा उल्लेख गरिएको छ। तर धरातलमा भने जनस्वास्थ्यमा संकटको अवस्था आएको छ। 

स्थानीय अस्पतालको दृष्य नै हिउँद र वर्षमा फरक हुने गरेको कावासोती नगरपालिकाका प्रमुख विष्णुप्रसाद भुसालको भनाइ छ। ‘अहिले आधाभन्दा धेरे बिरामी धुलोले सिर्जित रोगसम्बन्धित हुन्छन्’ उनले भने। जनताको गुनसाो पनि यहीसँग सम्बन्धित धेरै भएको उनको भनाइ छ। 

अवस्था यतिसम्म खराब छ कि धेरै गुनासो आएपछि र आफै सावधानी अपनाएर नहुने देखिएपछि सुत्केरीहरूलाई सकभर अन्यत्र जान सुझाव दिने गरेको गैँडाकोट नगरपालिका वडा नम्बर १० का अध्यक्ष देवीदत्त कँडेलले बताए। 

‘मैले सुझाव दिने गरेको छु कि सकभर सुत्केरीहरू केही समय माइत गएर बस्नुहोस भनेर। यहाँ गर्न नै के सकिन्छ र? हामीले गर्न सक्ने धेरै केही पनि छैन’ उनले भने। 

kawasoti.jpeg
कावासोतीको भित्री वस्तीमा धुलोले छोपेको रुख।

१ सय १३ किलोमिटर सडक खण्डमा बसोबास गर्नेहरूका लागि सुविधा सम्पन्न अस्पताल कि नारायणगढ कि बुटवल पुग्नुपर्छ। कुनै आपतकालीन स्वास्थ्य समस्या आएमा त्यस्ता बिरामीलाई त्यहाँ पुर्‍याउनका लागि लाग्ने समय बढेको छ। 

समस्या यतिसम्म छ कि बाटोको बेहालका कारणले गर्दा यो क्षेत्रबाट सुविधासम्पन्न अस्पताल पुग्ने यात्रा नै लम्बिएको छ। कतिपय अवस्थामा सिकिस्त बिरामीलाई सुविधासम्पन्न अस्पताल पुर्‍याउन ढिला हुँदा ज्यान जाने गरेको छ। सडकको अवस्था खराब हुँदा यस्ता धेरै बिरामीको बाटोमै निधन हुने गरेको स्थानीय बताउँछन्। 

‘अस्तीमात्र एक जनाको मुटुमा समस्या आएपछि निधन भयो। उहाँलाई समयमै अस्पतालन पुर्‍याउन सक्ने अवस्था थिएन। त्यस्तै दुर्घटना तथा अन्य कारणले पनि सयौँको ज्यान जाने गरेको छ’ दुम्किबासमा होटल गर्दै आएकी सीता क्षेत्रीले भनिन्। 

narayanghath1.jpeg

राजमार्ग छेउछाउका विद्यालय ग्यास च्याम्बरजस्ता भएका छन्। यसै पनि हिउँदको समयमा धेरै घाम नलाग्ने ठाउँमा धुलोले गर्दा कक्षा कोठा नै धुलाम्य भएका हुन्छन्। यसले साना विद्यार्थीको स्वास्थ्यमा असर गरिरहेको छ। 

धुलो र धुवाँ न्यूनीकरणका लागि निर्माण भइरहेको बस्ती क्षेत्रमा चौबीस घण्टा नै सडक ओसिलो बनाउनका लागि प्रयास गरे पनि निर्माण कम्पनीले अटेर गरिरहेको जनप्रतिनिधिहरूको गुनासो रहेको छ।

बुटवल-नारायणगढ सडकमा विलम्ब : प्रदूषणले चौपट व्यापार, रोजीरोटीमाथि चुनौती बुटवल-नारायणगढ सडकमा विलम्ब : प्रदूषणले चौपट व्यापार, रोजीरोटीमाथि चुनौती राज्यलाई नोक्सानी र जनतालाई सास्ती दिइरहेको एउटा विकास आयोजना राज्यलाई नोक्सानी र जनतालाई सास्ती दिइरहेको एउटा विकास आयोजना

images

प्रकाशित : शुक्रबार, पुस १३ २०८०११:२२

प्रतिक्रिया दिनुहोस