आइतबार, मंसिर ९ गते २०८१    
images
images

जनार्दन शर्माले भद्रगोल बनाएको अर्थ प्रशासनलाई प्रकाशशरण महतले ल्याए लयमा

images
बिहीबार , मंसिर २८ २०८०
images
images
जनार्दन शर्माले भद्रगोल बनाएको अर्थ प्रशासनलाई प्रकाशशरण महतले ल्याए लयमा

विज्ञताभन्दा आज्ञाकारी प्रशासक खोजीखोजी प्रशासनमा छिराएपछि राजस्व संकलनदेखि सामान्य नीति निर्माण नै प्रभावित भएको थियो। राजनीतिक उत्तरदायित्व आफूमा निहित भएकाले आफूले भनेको मान्नुपर्ने धम्कीपूर्ण निर्देशन दिने शर्माले प्रशासनलाई पङ्गु बनाइदिएका थिए।

images
images

काठमाडौं- यसअघिका अर्थमन्त्री जनार्दन शर्माले भद्रगोल बनाएको अर्थ प्रशासनलाई वर्तमान अर्थमन्त्री डा. प्रकाशशरण महतले लयमा ल्याएका छन्।

images
images
images

कांग्रेस-माओवादीकै गठबन्धनको सरकारले निरन्तरता पाएपनि अर्थमन्त्री फरक हुँदा प्रशासनिक अवस्थामा बदलाब आएको छ। कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा अर्थमन्त्री बनेका जनार्दन शर्माले अर्थ प्रशासनलाई भद्रगोल बनाएका थिए। 

images

जनार्दन शर्मा अर्थमन्त्री हुनेवित्तिकै भन्सार, आन्तरिक राजस्व तथा मन्त्रालयमै अनुभवी प्रशासक निकालेर आफूलाई मनपर्नेमात्र छानीछानी राखेका थिए। अर्थ प्रशासनमा अनुभव नभएका तर आज्ञाकारीलाईमात्र प्रशासनमा छिराएपछि प्रणाली नै प्यारालाइज भएको थियो। 

images

विज्ञताभन्दा आज्ञाकारी प्रशासक खोजीखोजी प्रशासनमा छिराएपछि राजस्व संकलनदेखि सामान्य नीति निर्माण नै प्रभावित भएको थियो। राजनीतिक उत्तरदायित्व आफूमा निहित भएकाले आफूले भनेको मान्नुपर्ने धम्कीपूर्ण निर्देशन दिने शर्माले प्रशासनलाई पङ्गु बनाइदिएका थिए। 

शर्माले अर्थ प्रशासनमात्र होइन केन्द्रीय बैंकलाई पनि आफ्नै निजी सचिवालयजस्तो चलाउन खोज्दा गभर्नरसँग टकराब सिर्जना भएको थियो। त्यही कदमले गर्दा दुई महिना मुलुक पुरानै नीतिमा चल्यो। त्यहि समयमा हो सबैभन्दा धेरै विदेशी मुद्रा बाहिरिएको। त्यसपछि एकपछि अर्को मौद्रिक नीतिमाथिको दबाब जारी रह्‍यो। त्यही कारणले गर्दा लामो मौद्रिक दबाब मुलुकले भोग्नुपर्ने अवस्था आयो।

लगभग तीन वर्षपछि मुलुकको मौद्रिक अवस्था स्रोतको हिसाबले सुविधाजनक अवस्थामा पुगेको छ। 

‘राजस्वको त विजोग नै भएको थियो। प्रशासनिक अस्थिरता सिर्जना गरेर शर्माले तहसनहस नै बनाइदिएका थिए। प्राविधिक मानिने अर्थ तथा राजस्व प्रशासनमा अनुभव नभएकाहरूको रजगज चल्यो। भन्सार तथा करमा देखिएको बिचलनका कारणले गर्दा राजस्व संकलन नराम्रोसँग प्रभावित भयो। यही कारणले गर्दा अहिलेसम्म पनि लयमा आउन सकेको छैन’ अर्थ प्रशासनका एक उच्च अधिकारीले भने। 

तर कांग्रेस माओवादीकै गठबन्धन सरकारमा प्रकाशशरण अर्थमन्त्री बनेर आएपछि भने सबैभन्दा पहिला राष्ट्र बैंकलाई विश्वासमा लिएर काम गर्न खोजे। मौद्रिक स्रोतको परिचालनमा देखिएका समस्याको गाँठो फुकाउन उनले धेरै मेहनत गरेर बल्ल राष्ट्र बैंकले सहज पारिदिएको छ। यद्यपि यो नीतिको प्रभाव मन्त्रीले भनेको जस्तो राम्रै नै हुने भने देखिँदैन तर जोरी खोज्नेभन्दा पनि विश्वासमा लिएर काम गर्न महतले गरेको प्रयासले काम गरेको छ। 

प्रकाशशरण महत अर्थमन्त्री बनेर आएपछि सचिवबाहेक अन्य ठाउँमा खासै चलाउन खोजेको देखिएको छैन। मन्त्री हुनेवित्तिकै आन्तरिक संरचनामा सामान्य फेरदबल गरेपनि अनुभवीहरूलाई ठाउँ दिएका छन्।  ‘राजस्व प्रशासन तथा अर्थ मन्त्रालयको कोर संगठनलाई अस्थिर र तरल हुनबाट महतले जोगाएकोजस्तो देखिन्छ’ एक पूर्वप्रशासक भन्छन्। 

आफू मन्त्री बनेर आएपछि फेरिएका महाशाखा प्रमुख पनि महतले अनुभवीहरूलाई नै ठाउँ दिएका छन्। त्यस्तै अन्तर्राष्ट्रिय समन्वय महाशाखामा श्रीकृष्ण नेपाललाई निरन्तरता दिएर प्रणालीको स्थिरताको पक्षमा रहेको र राजनीतिक विभेद नगर्ने सन्देश उनले दिए। 

त्यस्तै अर्थ मन्त्रालयमा बजेटदेखि राजस्वको राम्रो अनुभव भएका धनिराम शर्मालाई मन्त्रालयकै संरचनामा निरन्तरता दिए। राजस्व व्यवस्थापन महाशाखामा रितेश शाक्य निरन्तर भए। त्यस्तै उपसचिवहरूमा पनि आवश्यकता तथा अनुभवको आधारमा राखिएको छ। 

आन्तरिक राजस्व विभागको मुख्य नेतृत्व तथा उपमहानिर्देशकहरूमा खासै हेरफेर यो बीचमा भएन। त्यस्तै भन्सार विभागमा पनि कर तथा राजस्व प्रशासनका अनुभवी अधिकृतहरूको पदस्थापन तथा निरन्तरता दिने काम महत नेतृत्वमा भयो। 

राजस्व सचिव नचलाएका महतले अर्थसचिव भने योबीचमा परिवर्तन गरेका छन्। सचिव परिवर्तनमा मन्त्री महतको आफ्नै चाहनाभन्दा प्रधानमन्त्री तथा पार्टी नेतृत्वको चाहनाले काम गरेको मन्त्रीनिकट स्रोतहरू बताउँछन्। 

सूचकमा सुधार भएको दाबि

अर्थमन्त्री महतले पत्रकार सम्मेलन गर्दै आफू आएपछिको परिवर्तन र गर्न खोजिएको प्रयासका बारेमा जानकारी दिएका छन्। अर्थतन्त्रका अधिकांश परिसूचक प्रतिकूल भएको समयमा कार्यभार सम्हालेको तर अहिले सबै सुविधाजनक अवस्थामा पुगेको जानकारी महतले दिएका छन्। 

महतले यो बीचमा अर्थतन्त्रमा देखिएको निरासा मेटाउनका लागि सक्दो प्रयास गरेको तर अझै पनि धेरै काम गर्न नसकिएको स्वीकार गरेका छन्। बजेटबाट गरिएका कतिपय सुधारका कामलाई भनेजस्तो गर्न नसकिएको उल्लेख गरेका छन्। 

चालु खर्चलाई सीमामा राख्न प्रयास जारी रहेको, पुँजीगत खर्चमा सामन्य वृद्धि भएको उनले जानकारी दिए। राजस्वमा वृद्धिदर हासिल भएको तर अपेक्षाअनुसार नभएको उनले जानकारी दिएका छन्। 

अर्थतन्त्रको अवस्थाबारे मन्त्री महतको ब्रिफिङ : सूचक सबै सकारात्मक छन्, परिणाम देखिन केही समय लाग्छ अर्थतन्त्रको अवस्थाबारे मन्त्री महतको ब्रिफिङ : सूचक सबै सकारात्मक छन्, परिणाम देखिन केही समय लाग्छ


प्रकाशित : बिहीबार , मंसिर २८ २०८००९:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend