बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

पर्यटनमन्त्री किराती एकपछि अर्को विवादमा मुछिएपछि विकल्प सोच्दैछन् प्रधानमन्त्री

भारत भ्रमणको टिप्पणीदेखि पशुपतिको जग्गाको विवादास्पद निर्णयसम्मले प्रधानमन्त्री रुष्ट

सोमबार, जेठ २९ २०८०
पर्यटनमन्त्री किराती एकपछि अर्को विवादमा मुछिएपछि विकल्प सोच्दैछन् प्रधानमन्त्री

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले एकपछि अर्को विवादित निर्णय गर्न थालेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचन्डले हटाउने तयारी गरेका छन्। पर्यटनमन्त्री किरातीले विशेषगरी भारत भ्रमणका विषयमा गरेको टिप्पणीबाट प्रधानमन्त्री रुष्ट बनेका छन्। 

पर्यटनमन्त्री किरातीले एक कार्यक्रममा हवाई रुट नदिने थाहा पाएर नै भारत भ्रमणमा नगएको टिप्पणी गरेका थिए। भलै अर्को कार्यक्रममा भने पुनः प्रधानमन्त्री दाहालको प्रशंसा गर्दै भारत भ्रमण सफल भएको प्रतिक्रिया दिएका थिए। यता कर्मचारीहरूलाई असभ्य भाषामा गालीगलोज गरेकोप्रति पनि प्रधानमन्त्री दाहाल रुष्ट छन्। 

पर्यटनमन्त्री किरातीले गत साताको मंगलबार खिजीदेम्बा हुँदै नयाँ पदमार्ग शुभारम्भ कार्यक्रममा- ‘मैले दुई देशबीचको सम्झौता उपलब्धिमूलक नहुने भएर विदेश भ्रमण नजाने प्रण गरेको थिएँ। त्यही भएर भारत नगएको हो’ भनेका थिए। यो टिप्पणीपछि किरातीसँग प्रधानमन्त्री दाहाल रुष्ट थिए। 

मंगलबार काठमाडौंको मेरियट होटलमा भएको हिमालयन ट्राभल मार्टमा पनि पर्यटनमन्त्री किराती सहभागी भएनन्। कार्यक्रममा प्रधानमन्त्री दाहाल प्रमुख अतिथि र विशेष अतिथिमा किरातीलाई आमन्त्रण गरिएको थियो। तर पर्यटनमन्त्री किराती कार्यक्रममा सहभागी भएनन्। पर्यटन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरी कार्यक्रममा सहभागी भएकी थिइन्। 

यता ५० अर्बभन्दा बढी ऋणको भारले थिचिएको नेपाल वायुसेवा निगम पनि नाफामा गएको भन्दै किरातीले चर्चा कमाएका थिए। निगमको सुधारमा लाग्नुपर्ने समयमा कर्मचारीकै गलत ब्रिफिङलाई आधार मानेर नाफामा गएको चर्चा चलाएपछि पनि विवाद भएको थियो। निगममा खर्च कटौती गर्नुपर्ने बेलामा करारमा कर्मचारी राख्न थालेको तथा निगम नेतृत्वलाई कारबाही गर्न नसकेको आरोप पर्यटनमन्त्री किरातीमाथि छ। 

४ वर्षमा १४ अर्ब घाटा भएको निगम नाफामा रहेको झुटो प्रचारमा कार्यकारी अध्यक्ष र मन्त्री ४ वर्षमा १४ अर्ब घाटा भएको निगम नाफामा रहेको झुटो प्रचारमा कार्यकारी अध्यक्ष र मन्त्री

कमिसनका लागि इन्जिन मर्मत लम्ब्याएर भाडामा लिँदा १३ महिनामा ३० करोड सकियो, पर्यटनमन्त्री किराती मुकदर्शक कमिसनका लागि इन्जिन मर्मत लम्ब्याएर भाडामा लिँदा १३ महिनामा ३० करोड सकियो, पर्यटनमन्त्री किराती मुकदर्शक

किरातीले पशुपति क्षेत्र विकास कोषमा नीतिगत भ्रष्टाचारलाई प्रोत्साहन हुनेगरी निर्णय गराएका छन्। परिषद् बैठकबाट कुनै विषयमा निर्णय गर्दा बैठकमा उपस्थित हुने बहुमत सदस्यबाट प्रमाणीकरणका लागि हस्ताक्षर गर्ने व्यवस्था नै हटाइएको छ। अहिले कोषका अध्यक्ष (पर्यटनमन्त्री हुने व्यवस्था छ) र कोषका सदस्यसचिवको हस्ताक्षर भए हुने व्यवस्था गरिएको हो। यो विषयले झनै विवाद बढाएको छ। 

पशुपति क्षेत्र विकास कोषको ३१ रोपनी जग्गा गायब भएको छ। गायब भएको जग्गा खोजी नगरी जति देखिएको छ त्यतिमात्रै हालसाविक गर्न सञ्चालक परिषदको बैठकले निर्णय गरेको छ। 

पशुपति क्षेत्रको ३१ रोपनी जग्गा गायब बनाएर हालसाविक गराउने पर्यटनमन्त्री किरातीको निर्णय पशुपति क्षेत्रको ३१ रोपनी जग्गा गायब बनाएर हालसाविक गराउने पर्यटनमन्त्री किरातीको निर्णय

पशुपतिमा नीतिगत भ्रष्टाचार हुनेगरी भएको निर्णयमा पर्यटनमन्त्री किरातीको साथ पशुपतिमा नीतिगत भ्रष्टाचार हुनेगरी भएको निर्णयमा पर्यटनमन्त्री किरातीको साथ


प्रकाशित : सोमबार, जेठ २९ २०८०११:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend