आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

१ अर्ब ७५ करोड ठगी गरेको भन्दै सिभिल बैंकमा अध्यक्ष इच्छाराज तामाङविरूद्ध ३७० जनाको उजुरी

शुक्रबार, असोज २२ २०७८
१ अर्ब ७५ करोड ठगी गरेको भन्दै सिभिल बैंकमा अध्यक्ष इच्छाराज तामाङविरूद्ध ३७० जनाको उजुरी

१ अर्ब ७५ करोड रुपैयाँभन्दा बढी ठगी गरेको भन्दै सिभिल बैंकमा अध्यक्ष इच्छाराज तामाङविरूद्ध ३७० जनाले प्रहरीमा उजुरी दिएका छन्। 

काठमाडौं- १ अर्ब ७५ करोड रुपैयाँभन्दा बढी ठगी गरेको भन्दै सिभिल बैंकमा अध्यक्ष इच्छाराज तामाङविरूद्ध ३७० जनाले प्रहरीमा उजुरी दिएका छन्। 

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रवक्ता श्यामकुमार महतोका अनुसार शुक्रबार मात्रै १ सय ७९ जनाको उजुरी दर्ता भएको छ। थप ३० जनाको जाहेरी दर्ता प्रक्रियामा रहेको छ। 

गएको सोमबार सीआईबीले ठगी र रकम हिनामिनाको आरोपमा तामाङसहित १२ जनालाई पक्राउ गरेको थियो।  उनीहरूमार्फत ठगीमा परेका सबैलाई जाहेरी दिन आउन प्रहरीले आग्रह नै गरेको थियो।

तत्कालीन सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडमा निक्षेपकर्ताले राखेको रकम हिनामिना गरेको आरोपमा तामाङ पक्राउ परेका हुन्। मंगलबार जिल्ला अदालत काठमाडौंले उनीहरूलाई पाँच दिन हिरासतमा राख्न अनुमति दिएको थियो।


प्रकाशित : शुक्रबार, असोज २२ २०७८१३:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend