शुक्रबार, वैशाख १४ गते २०८१    
images
images

४६ करोड ठगी आरोपमा सिभिल बैंकका अध्यक्ष तामाङसहित १२ जना पक्राउ

images
images
images
४६ करोड ठगी आरोपमा सिभिल बैंकका अध्यक्ष तामाङसहित १२ जना पक्राउ

पूर्वसांसद तथा सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङलाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ठगी र रकम हिनामिनाको आरोपमा तामाङलाई सोमबार पक्राउ गरेको हो।

images
images

काठमाडौं- पूर्वसांसद तथा सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङलाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ठगी र रकम हिनामिनाको आरोपमा तामाङसहित १२ जनालाई सोमबार पक्राउ गरेको हो।

images
images
images

तत्कालीन सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडमा निक्षेपकर्ताले राखेको रकम हिनामिना गरेको आरोपमा तामाङलाई पक्राउ गरिएको सीआईबीले जनाएको छ। सीआईबीका अनुसार हालसम्म ४६ करोडभन्दा बढी रकम ठगी र हिनामिना भएको उजुरी प्राप्त भएपछि तामाङलाई पक्राउ गरिएको हो। 

images

पक्राउ पर्नेमा सिभिल सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेडका पूर्वअध्यक्ष समेत रहेका तामाङसँगै हालका सञ्चालक समिति अध्यक्ष केशवलाल श्रेष्ठ, प्रबन्धक सहजकर्ता भगवानबहादुर सिंह, जुनियर असिष्टेन्ट म्यानेजर मायोनानी महर्जन र एलिना तुलाधर रहेका छन्।

images

यस्तै जुनियर अधिकृत शङ्करप्रसाद पाठक, असिसटेन्ट सङ्गीत श्रेष्ठ, लेखा अधिकृत राकेश महर्जन, जुनियर साहयक प्रबन्धक बुद्धराज तामाङ र कौस्तुभकेतन ढुङ्गाना, सिभिल होम्सका वरिष्ठ प्रबन्धक विजयविक्रम शाह, पूर्वलेखा समिति सदस्य हरिहर लामिछानेलाई पनि पक्राउ गरिएको सीआईबीले जनाएको छ।

images
images

सीआईबीका धिरजप्रताव सिंहका अनुसार ४६ करोड ठगी आरोपमा पक्राउ गरिएको हो। आजै निवेदन परेको समेत सिंहले जानकारी दिए।

images

प्रकाशित : सोमबार, असोज १८ २०७८०४:३०

प्रतिक्रिया दिनुहोस