शुक्रबार, असार १३ गते २०८२    
शुक्रबार, असार १३ २०८२
images
images

पार्किङ अभाव देखाउँदै काठमाडौं महानगरपालिकाले भन्यो- काठमाडौं प्लाजा भाडामा लिन सक्दैनौँ

नेपाल ट्रष्ट भन्छ - पहिला पुग्ने अहिले नपुग्ने हुँदैन, लिन्छौँ वा लिदैनौँ भन्ने स्पष्ट निर्णय दिनुहोस्

images
आइतबार, भदौ ५ २०७९
images
images
पार्किङ अभाव देखाउँदै काठमाडौं महानगरपालिकाले भन्यो- काठमाडौं प्लाजा भाडामा लिन सक्दैनौँ

नेपाल ट्रष्टको कार्यालयले भवन भाडामा लिने वा नलिने विषयमा स्पष्ट जवाफ माग्दै महानगरपालिकालाई पत्राचार गरिरहेको थियो।

images
images

काठमाडौं- नेपाल ट्रष्टको काठमाडौं प्लाजा भवन भाडामा लिन नसक्ने आशयसहितको पत्र काठमाडौं महानगरपालिकाले पठाएको छ।

images
images

काठमाडौं प्लाजाको भवन आफूहरूलाई तत्कालको अवस्थामा आवश्यक नरहेको जानकारी गराउँदै महानगरपालिकाले केही दिनअघि पत्र पठाएको नेपाल ट्रष्टको कार्यालयका प्रवक्ता विष्णुराज ढकालले बताए।

images
images

‘भवनमा आवश्यक मात्रामा पार्किङ छैन र महानगरपालिकालाई तत्कालको अवस्थामा भवन चाहिँदैन भनेर पत्र आएको छ,’ ढकालले भने, ‘महानगरको पत्रमा अझै पनि भवन लिने वा नलिने स्पष्ट जवाफ नआएका कारण लिने वा नलिने उत्तर मागेर पत्र पठाउने तयारी भएको छ।’

images
images
images

भवन २०७८ बैशाखदेखि खाली छ। भवनमा अवैध व्यापार गरेकाहरूलाई कार्यालयले बल प्रयोग गरेर निकालेको थियो।

कार्यालयले मासिक ६० हजार ५० लाख रुपैयाँमा काठमाडौं महानगरपालिकालाई भवन भाडामा दिने निर्णयसँगै भवन खाली गरेको थियो।
तर महानगरपालिकाले लामो समयदेखि भवन भाडामा लिने निर्णय गर्दै दुईपक्षीय सम्झौता गरेको थिएन।

नेपाल ट्रष्टको कार्यालयले भवन भाडामा लिने वा नलिने विषयमा स्पष्ट जवाफ माग्दै महानगरपालिकालाई पत्राचार गरिरहेको थियो। अन्तत: महानगरपालिकाले भवन भाडामा नलिने आशयसहितको पत्र पठाएको हो। योसँगै १६ महिना वापतको भाडा रकम मात्रै ९ करोड ६८ लाख रुपैयाँ गुम्ने भएको छ। 

भवन खाली गराउने प्रक्रिया २०७७ असारदेखि सुरु भएको थियो। २०५० असार ३ गतेदेखि कन्सेप्ट डेभलपर्सले भवन भाडामा लिएको थियो। नेपाल ट्रष्टको नाममा जग्गा आएसँगै २०६६ पुस २३ गते पुनः लिज सम्झौता नवीकरण गर्दै २०६७ असार ३ गतेदेखि २०७२ असार ३ गतेसम्मको वार्षिक भाडा ६१ लाख र यसपछि सम्झौता अवधि रहने समय २०७७ असार ३ गतेसम्मको वार्षिक भाडा ७५ लाख तोकिएको थियो। उक्त सम्झौता अवधि असार २ गतेबाट सकिएको थियो।

काठमाडौं प्लाजा महानगरपालिकालाई दिने निर्णय कार्यान्वयन नहुँदा १६ महिनादेखि मासिक ६० लाख ५० हजार गुमाउँदै नेपाल ट्रष्ट काठमाडौं प्लाजा महानगरपालिकालाई दिने निर्णय कार्यान्वयन नहुँदा १६ महिनादेखि मासिक ६० लाख ५० हजार गुमाउँदै नेपाल ट्रष्ट

१४ महिनादेखि काठमाडौं प्लाजा खाली, नयाँ भाडा प्रक्रिया थालनीका लागि मेयर बालेनको निर्णय कुर्दै नेपाल ट्रष्ट १४ महिनादेखि काठमाडौं प्लाजा खाली, नयाँ भाडा प्रक्रिया थालनीका लागि मेयर बालेनको निर्णय कुर्दै नेपाल ट्रष्ट


प्रकाशित : आइतबार, भदौ ५ २०७९१०:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend